© २०२३
चुरेको अनियन्त्रित उत्खनन तथा अत्यधिक दोहनले जिल्लाका अधिकांस स्थानमा रह्ेका भुमिगत जलका श्रोतहरू सुक्न थालेका छन । पछिल्लो समय जिल्लाको बाणगंगा नगरपालिका, बुद्धभुमी नगरपालिका र कपिलवस्तु नगरपालिकाका बिभिन्न स्थानमा सो समस्या देखिन थालेको छ । बाणगंगा नगरपालिका ५ कोपवा र सोही नगरपालिकाको मोतिपुर, भलवाड लगायतका स्थानमा रहेका भुमिगत जलका श्रोतका रूपमा रहेका धारा र आर्टिजन बोरिङ्गहरू सुक्ने क्रम बढेको छ । बढदो बन बिनास, चुरेमा अनियन्त्रित नदिीजन्य पर्दाथको निकासी र जल सञ्चय गर्नका लागी ठोस योजना नबन्दा जमिनमुनीको पानीको सतह घटदै गए पछि जलका श्रोतहरू सुक्न थालेको जलश्रोत बिशेषज्ञहरू बताउछन । बाणगंगा नगरपालिका ५ को कोपवाको मनोहरापुरमा १० बर्ष अघि बाह्रै मासे आउने गरेको आर्टिजन बोरिङ्ग सुकेको स्थानिय बलराम घिमिरेले बताए । चुरेको दोहनले आफै पानी आउने गरेका आर्टिजन बोरिङ्ग मात्रै नभई धाराहरू पनि सुक्न थालेका छन । यता बुद्धभूमि नगरपालिका वार्ड नं. १० का बिभिन्न गाँउमा अहिले नजिकै गरिएको डिप बोरिङले धाराको पानी सुक्ने समस्या देखिएको छ । सोही वडाको देवपुराका दयाशंकर केवटले ७ दिन यता धारा सुकेको गुनासो गरे । धारा सुक्दा मानिस र पशु चौपायालाई समेत पानीको समस्या परेको उनले जनाए ।
बुद्धभूमि नगरपालिका वार्ड नं. १० पिपरहवा स्थित तिलौराकोट ईटा उद्योग (सोनी ईटा)छेउमा डिप बोरिङ संचालन गर्दा ३ गाउका सय घरका स्थानिय प्रभावित बनेका छन् । ५ सय फिट तल गाडिएको बोरिङ संचालन गर्ना साथ छेउछाउका देवपुरा, लौहरौला र सकुम्बासी बस्तीका ह्याण्ड पम्पमा सुकेको स्थानियको गुनासो छ । गत शनिवारदेखि नलमा पानी नआउदा जनजीवन कष्टकर बनेको स्थानिय बहरैची केवटले बताए । चापाकल जति चलाएपनि पानी नआउने गरेको उनले गुनासो गरे । आफुहरूलाई नुहाउन र कपडा धुन समेत पानीको अभाव भएको जनाउदै धारामा पानी नआउदाँ ३ गाउका सय फुट बढी गहिराई भएका सबै नल सुकेको लोहरौलाका फुलचन्द केवटले बताए । धारामा पानी नआउने समस्याले सय घरका ५ सय बढी स्थानिय प्रभावित बनेका छन् । पानी नहुदा गाउमा सय हेक्टर बढीमा लगाएको तरकारी बाली सुक्न थालेको छ । जिल्लाकै तरकारीको नमुना पकेट क्षेत्रको रूपमा रहेको सो क्षेत्रमा पानीको अभाव भए पछि कृषकहरू चिन्तित बनेका छन । यता डिप बोरिङले समस्या नपारेको तिलौराकोट ईटा उद्योग (सोनी ईटा)का संचालक महबुव मियाले बताए । पिपरहवाका कृषकको उपभोक्ता समुह बनाएर उनले ईटा उद्योगका लागि उक्त डिप बोरिङ गाडेका हुन् । माथिल्लो भागमा पाईने पानीको सतह धेरै शक्ती भएको मोटरबाट तानिएपछि अन्यत्र छेउछाउका छापाकल सुक्ने खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका निमित्त प्रमुख युद्धप्रसाद गुप्ताले बताए । समस्या समाधानकालागि त्यहा गाडिएको डिप बोरिङ्ग थोरै समय मात्र चलाउन सकिने उनले बताए । कतिपय सिचाई प्रयोजनकै लागी अनियन्त्रित रूपमा डिप बोरिङ्ग जडान गर्न थालिए पछि समेत सो समस्या बढदै गएको हो । पछिल्लो केही बर्ष यता चुरे क्षेत्रको अत्यधिक दोहनले समेत भुमीगत जलको सतह घटदै जाँदा धारामा पानी नआउने समस्या देखिएको सिमसार बिज्ञ बताउछन ।
चुरेमा भएको बनको बिनास, अनियन्त्रित नदीजन्य पर्दाथ निकासी लगायतका कारण बर्षामा परेको पानी सिधै बगेर जानुका साथै वास्पिकरण हुन नपाउदा जमिनको भित्रि सतहमा पानीको संकलन कार्यमा कमी आएकाले पनि सो समस्या आउने गरेको बताईन्छ । पानीको संचितीकरण भन्दा बढि उपभोग हुने गरेकाले पानीको सतह घटदै तल गएर आर्टिजन बोरीङ्ग सुक्ने समस्या आउने गर्दछ । तराईमा केही बर्ष यता जलबायु परिर्वतनको असरका रूपमा पनी पानीको सतह सुक्दै गएको एक कारणमा पर्ने सिमसार बिज्ञ तथा बातावरणबिद दिपेन्द्र जोशीले बताए । भुमिगत जलको श्रोत सुक्नुको मुख्य कारण बन बिनास सगै चुरे क्षेत्रको अनियन्त्रित दोहनका कारण पारिस्थितीक प्रणालीमा परको असर, बातावरणीय असरको मुल्याङ्कन बिना गरिएको औधोगिकरण, अनियन्त्रित बिकास, जग्गा प्लटिङ्ग र बसाईसराईका कारण हुने बनबिनास रहेको जोशीले बताए । चुरे क्षेत्र सम्बेदनशिल पाहाडी श्रृखलामा पर्ने हुदाँ चुरे दोहन र बन बिनासका कारण पानी सोस्ने शक्ति र संञ्चितीकरणमा समस्या आउदा आवश्यकता अनुरूप पानी सञ्चय नहुँदा पानीको सतह घटदै जादाँ सिमसार, मुल र धाराहरूमा सुक्ने समस्या आउने गरेको उनले बताए ।à