© २०२३
भारतको गोरखपुरमा हुन गैरहेको मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा सहभागी हुने रूपन्देहीको टिमलाई बिदाई गरिएको छ । उमेर समूहमा नै अन्तर्राष्ट्रिय खेलाडी र टिमका बीचमा प्रतियोगिता गराएर उनीहरूलाई आत्मविश्वास बढाउने र प्लटफर्म दिने उद्देश्यका साथ ईन्डो–नेपाल मैत्रिपूर्ण क्रिकेट प्रतियोगिताको आयोजना हुन लागेको हो ।
प्रतियोगितामा बुटवल युथ स्पोर्टस् क्लवको यु १६ उमेर समुहको टिमको नेतृत्व गर्दै टिम क्याप्टेन महेन्द्र सुवेदीसहित प्रशिक्षक धनश्याम थारु, टिम म्यानेजर राजु राना भारत जान लागेका हुन् । नेपाली टिमले भारतको फैसला नगर क्रिकेट एकेडेमी र गोरखपुर क्रिकेट एशोसियसनसँग दुई–दुई म्याच खेल्ने छन् ।
यसैबीच क्रिकेट विकाश समिति, रूपन्देहीका उपाध्यक्ष संजय गुरुङ, बुटवल क्रिकेट विकाश समितिका अध्यक्ष नेत्र पौडेल, समितिका उपाध्यक्ष रोमीत बज्राचार्यले टिम क्याप्टेन, म्यानेजर, प्रशिक्षक र खेलाडीहरूलाई बिदाई गरेका छन । क्लबले बुटवलमा प्रतियोगिता संचालन गरेर सहभागी खेलाडीहरूमध्येबाट उत्कृष्टलाई टिममा पारेको हो । कार्यक्रममा क्रिकेट विकाश समिति रूपन्देहीका उपाध्यक्ष संजय गुरुङले पूर्वाधारमा सरकारले जोड दिए । नेपाली क्रिकेटले उचाई लिने दाबी गरे । खेलबाट नयाँ अनुभव मिल्ने भन्दै उनले अनुशासन नै खेलाडीको पहिचान भएको बताए । क्लबका अध्यक्ष राकेश अग्रहरीले खेलाडीलाई प्रतियोगितामार्फत खेलमा आकर्षित र ब्यवसायीक बनाउन जरुरी रहेको बताए । नेपाली खेलाडीहरू अभावका बीच पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा राम्रो प्रस्तुति दिँदै आएको उनले बताए । असोज १३ देखि १६ गतेसम्म प्रतियोगिता संचालन हुनेछ । à