© २०२३
बुटवलमा भएको १५ किलोमिटर क्रस कन्ट्रि दौड प्रतियोगिताको उपाधी पुरुषतर्फ शिव बोटे र महिलातर्फ शान्ति थापाले जितेका छन् । बुटवलको ट्राफिक चोकदेखि शंकरनगरबाट फर्किएर हिलपार्कमा पुगेर टुङ्गीएको दौडमा १५ किलोमिटरको दुरी बोटेले ५२ मिनेट २१ सेकेण्डमा र थापाले ६७ मिनेटमा पारगरी विजेता बनेका हुन् ।
विजेता बनेका दुबैले प्रमाणपत्र शिल्ड तथा थुप्रै गिफ्ट हेम्परहरू हात पारेका छन् । यस्तै पुरुषतर्फ ५६ मिनेट ४४ सेकेण्डमा तोकिएको दुरी पार गरेका सकि मिजार द्वितीय भए भने ५६ मिनेट ५६ सकेण्डमै लक्ष्य भेटाएका ईश्वर खड्काले तृतिय स्थानमा चित्त बुझाएका छन् । त्यसैगरी महिलातर्फ ६७ मिनेट ५६ सकेण्डमा दुरी पार गरेका भावी गाहा द्वितिय भएकी छन् । यस्तै ७६ मिनेट लगाएर लक्ष्य भेटाएकी सृजता भण्डारीले भने तृतिय स्थानमा चित्त बुझाएकी हुन् । प्रथम द्वितीय र तृतीय भएका दुबैतर्फका खेलाडिलाई प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगितामा महिलातर्फ ललिता पाण्डे र पुरुषतर्फ खोप बहादुर खत्रीले सान्त्वना स्थान हासिल गर्न सफल भएका छन् ।
लियो क्लव अफ तिलोत्तमाका अध्यक्ष आशिष गौचनका अनुसार पुरस्कार वितरण कार्यक्रममा लायन्स इन्टरनेशनल बी टुका पाष्ट गर्भनर महेन्द्र नारायण श्रेष्ठ, डिष्ट्रिक सिनीयर एड्भाईजर सुरेशरत्न बज्राचार्य, कार्यक्रम संयोजक अमृत पौडेल, सचिव अनिल पंगेनी लगायतले विजयी खेलाडीलाई बधाई तथा शुभकामना दिएका थिए । दौड प्रतियोगिता लायन्स क्लब अफ बुटवल तिलोत्तमा, लायन्स क्लब अफ तिलोत्तमा मायादेवी र लियो क्लब अफ तिलोत्तमाको संयुक्त आयोजनामा भएको थियो । à