© २०२३
बुटवल,१० पुस । नेपाली कांग्रेससंग पहिलो पालोमा प्रधानमन्त्री को बन्ने लगायत पावर शेयरिङमा कुरा नमिलेपछि एमाले, माओवादी केन्द्र, जसपा र राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीको वैठक एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा शुरु र्भको छ ।
सत्ता गठबन्धन छाडेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बालकोट पुगेपछि नयाँ गठबन्धन बन्ने भएको छ ।
बैठकमा जसपा अध्यक्ष अशोक राई पनि छन् । यसअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पनि ओलीलाई भेटेका थिए ।
नयाँ सत्ता गठबन्धनको तयारी भइरहेका बेला जनमत पार्टीका अध्यक्ष सीके राउत पनि बालकोट वार्तामा मिसिएका छन् ।
राउतले आफ्नो पार्टी सरकारमा जान तयार रहेको बताउँदै आएका छन् । प्रचण्डले गठबन्धन छाडेपछि कांग्रेससंग नेकपा एकीकृत समाजवादी र लोसपा मात्रै बांकी छन् ।
नयां सरकार गठनका लागि राष्ट्रपतिले दिएको ७ दिनको समय सीमा आज सांझ ५ बजे सकिंदैछ ।