ट्रेंडिंग:

>> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली

टुकी निभाई बिजुलीबत्ती

१४ आश्विन २०७५, आईतवार
१४ आश्विन २०७५, आईतवार

पछिल्लो समय विकासको गतिले फड्को मार्दै अगाडि बढेको छ । हरेक गाउँ बिजुलीबत्तीले झिलीमिली छ । अझ हेर्ने हो भने पहाडको कुना काप्चामा समेत बिजुलीबत्ती पुगेको छ । सडक तथा संचारको सुविधा छ । सबैका हातहातमा मोबाइल छन् । तर कपिलवस्तुकै ऐतिहासिक बस्तीमा पहिलो पटक बिजुलीबत्ती पुगेको सुन्दा तपाईं पनि अचम्म पर्नुहुन्छ ।
कपिलवस्तुको सुदूरपश्चिम अति दुर्गम क्षेत्रमा पर्ने जवाबैराठ गाउँमा बलेको टुकी बल्ल निभेको छ । पहिलो पटक गाउँघरमा बिजुलीबत्ती बलेपछि त्यहाँका स्थानीयले टुकी निभाएका हुन् । जिल्लाको विजयनगर गाउँपालिका–१, जवाबैराठ र मधनगरामा बल्ल बिजुलीबत्ती पुगेको हो । जीवनमा कल्पनै नगरेको काम हुँदा त्यहाँका स्थानीय यतिबेला दङ्ग छन् । उनीहरूमा खुशियाली छाएको छ । गरे के हुँदैन र? सामुहिक प्रयासले गाउँघरमा बिजुलीबत्ती ल्याउन सफल भएपछि उनीहरूमा आशाका किरण जागेको छ । बिजुलीबत्ती बलेसँगै उनीहरूमा अझ केही गरुँ भन्ने उर्जा थपिएको छ ।
बिजयनगर गाउँपालिका अध्यक्ष गोपाल थापाले जलिरहेको टुकीलाई निभाएर बल्ब बाली बिद्युतसेवाको उद्घाटन गरे । विकट गाउँमा बिजुली पु¥याउन सफल भएपछि मनमा निकै खुशी छाएको अनुभूति भएको बताउँछन् अध्यक्ष थापा । गाउँपालिकाको अथक प्रयासले जवाबैराठमा बिजुलीबत्ती पु¥याउन सफल भएको उनको भनाई छ । जवाबैराठमा मुख्य तीन समस्या देखेका थापाले आफ्नो पहिलो सपना पुरा भएको बताउँछन् । यसबाट आफूले धेरै सिक्ने अवसर पाएको बताउँदै थापाले भने– “अब उक्त बस्तीमा बाटोको स्तरोन्नति र मोबाइल टावरको लागि मेरो निरन्तर प्रयास हुनेछ । आफ्नो कार्यकालमा त्यस वस्तीको मुहार फेर्ने मेरो एक मात्र धोको छ ।” बाल्यकालमा त्यस ठाउँमा रमाइलो गर्न आएको स्मरण गर्दै सानैदेखि त्यस बस्तीको विकासको बारेमा चिन्तन्मनन् गर्दै आएको अनुभूति सुनाए । त्यस बस्तीमा बिजुलीबत्ती पु¥याउन अनेकौं समस्या झेलेको स्मरण गर्दै उनले सो अभियानमा सहयोग गर्ने सबैलाई धन्यबाद समेत दिए ।
उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै गाउँपालिका उपाध्यक्ष लक्ष्मी चौधरीले गाउँलेको सक्रियता र स्थानीय सरकारको पहलकै कारण अहिले जवाबैराठ गाउँ अन्धकार मुक्त बनेको उद्घोष गरिन् । चौधरीले शिक्षा, स्वाथ्य, संचार जस्ता आधारभूत विकास निर्माणबाट पछाडि परेको गाउँको बिकासको लागि अग्रसर हुन गाउँवासीलाई अनुरोध समेत गरिन् । विजयनगर गाउँपालिका २ का वडाध्यक्ष नेपाल थारुले बिजुलीबत्तीको सही सदुपयोग गर्न आग्रह गरे । बिजुलीको चुहावट नियन्त्रण गर्न गाउँले आफैं सक्रिय हुनुपर्ने समेत वडाध्यक्ष थारुले सुझाव दिए । नेपाल पत्रकार महासंघ कपिलवस्तुका कोषाध्यक्ष दिपक खडका, महासंघका जिल्ला कार्यसमिति सदस्य एवं दूधाधारी माविका अध्यक्ष रामप्रकट कोरीले जवाबैराठमा बिजुलीबत्ती पुग्नमा संचारक्षेत्रको पनि ठूलो हात रहेको औल्याए । त्यस बस्तीको मुहार परिवर्तनमा संचारक्षेत्रबाट अझ सशक्त कलम चलाई थप सहयोग पु¥याउने प्रतिबद्धता जाहेर गरे ।
वडा नं. १ का वडाध्यक्ष इन्नर थारु, विद्युत उपभोक्ता समिति अध्यक्ष जगदीश थारु, उपाध्यक्ष जितमान सुनार, स्थानीय कृष्ण बहादुर थारु लगायतले पुस्तौंदेखि राज्यबाट दोस्रो दर्जाको नागरिकको रूपमा उपेक्षित बन्नुपरेको गुनासो गरे । स्थानीय सरकारको पहलमा आफ्नो बिजुलीबत्ती आउँदा भने उनीहरू निकै खुशी भएको अनुभूति सुनाए । “यस पटकका चाडपर्व निकै उल्लासमय तरिकाले मनाउन पाउने भइयो । बिजुलीबत्तीले गाउँघर झिलिमिली हुने भए, बालबालिकालाई पढाइमा निकै सुविधा हुने भयो, मोबाइल चार्ज गर्न पाइने भइयो, टेलिभिजन हेर्न पाइने भइयो ।” प्रफुल्लित मुद्रामा उनीहरूले सामुहिक आवाज निकाले । बिजुलीबत्ती त आयो तर मोबाइलमा नेटवर्क नआउँदा अझ पनि सञ्चारबाट बन्चित हुनुपरेको स्थानीयको गुनासो छ । अर्कोतर्फ बाटोघाटोको निकै समस्या रहेको स्थानीयको दुखेसो छ ।
कूल १२० घरधुरी रहेको जवाबैराठका ६ घरधुरीमा मिटर जडान भई बिजुलीबत्तीको उज्यालोमा बसेका छन् । ५३ घरधुरीले मिटरको लागि सिफारिस माग गरेका छन् । यसै साताभित्र सबैघरमा मिटर जडान भइसक्ने उपभोक्ता समिति अध्यक्ष जगदीश चौधरीको भनाई छ । यसैगरी कूल ६५ घर रहेको मधनगराका ४३ घरधुरीले मिटरको लागि सिफारिस माग गरेकाले ४३ घरधुरीमा एकैपटक बिजुलीबत्ती बल्ने उपभोक्ता समिति उपाध्यक्ष एवं मधनगराका स्थानीय जितमान सुनारले बताए ।
कुल २८ लाखको लागतमा बिजुलीबत्ती बाल्न सफल भएको नेपाल विद्युत प्राधिकरण कृष्णनगरका प्रमुख लक्ष्मी केसर अगन्जाले बताए । झण्डै २३ लाख रकम त तारमा मात्र खर्च भएको अगन्जाको भनाई छ । कूल लागतमध्ये विजयनगर गाउँपालिका १० लाख रूपैयाँ सहयोग गरेको प्राधिकरण प्रमुख अगन्जाले बताए । बिजुलीबत्ती जडान गर्दा स्थानीयको पनि झण्डै ५ लाखको जनश्रमदान रहेको अगन्जाको भनाई छ । बिजुलीबत्ती उद्घाटनमा अगन्जाले निकै दुःख गरी पाएको बत्तीलाई सही सदुयोग गर्न गाउँलेलाई अनुरोध गरे । उनले बिजुली खपतका लागि सीएफएल वा एलईडी चिमको प्रयोग गर्न र बिद्युत चुहावटमा विशेष निगरानी बढाउन स्थानीयलाई सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?