ट्रेंडिंग:

>> रुपन्देहीमा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसिप सुरु >> नगरभित्र ट्राफिक व्यवस्थापनमा लचकता अपनाउन ट्राफिक प्रहरीलाई आग्रह >> दाङमा बस दुर्घटना: दुईजनाको मृत्यु >> मणिमुकुन्द भलिवल कप इन्डो नेपाल प्रतियोगिताको तयारी पूरा, उदघाटन खेलमा आयोजक र भारतीय टिम भिड्दै >> देश विकासमा पूर्वाग्रह र मतभेद राख्न आवश्यक छैन : प्रधानमन्त्री >> देवदह र आयोजक वेष्ट्रन विजयी >> गभर्नरमा गुणाकरलाई रोक्न सर्वोच्चमा रिट, आइतबार पेसी >> लुम्बिनीको मासिना बाबा नरेन्द्रपूरी माध्यमिक विद्यालयमा नक्कलको भिडियो लिक >> १०२ ग्राम ब्राउन सुगर सहित दुई युवा पक्राउ >> टिपर र कार ठोक्किँदा दुईजनाको मृत्यु >> अमेरिकाले फालेका कागज पढेर चीनले निकाल्यो नुनबाट आणविक शक्ति >> सेयर बजार १.९४ प्रतिशतले बढ्यो >> कक्षा १२ को परीक्षा सारिएको छैन, भ्रममा नपर्न बोर्डको अनुरोध >> प्रचण्ड पुगे गौतम बुद्धले बाल्यकाल बिताएको तिलौराकोट क्षेत्र >> यमनको बन्दरगाहमा अमेरिकाको भिषण हवाई हमला, ३८ सर्वसाधारणको मृत्यु >> इभि गाडीको चार्जिङ स्टेशनसंगै ‘द डेली ग्राइण्ड क्याफे’ सन्चालनमा  >> क्यान्सर पीडित धवलशमशेर राणा हाजिर जमानीमा रिहा हुने तयारी >> ६ महिनापछि पुनः चलायमान भयो हेटौँडा सिमेन्ट उद्योग >> चेपाङ समुदायका लागि आवास निर्माणका कार्यक्रम ल्याउँछौंः प्रधानमन्त्री >> शिलन्यास बहिष्कार गरेकी रेणु अन्ततः भरतपुर सडकको उदघाटनमा >> दाउन्ने सडकखण्डमा एकतर्फी रूपमा मात्र गाडी चल्न थाले >> लुम्बिनी प्रदेश सरकारले ल्याउने बजेट घाटाविहीन, टुक्रे योजनाको अन्त्यतर्फ सरकार >> सुनको भाउ तोलामा आठ सय रुपैयाँले घट्यो >> सशस्त्रको ब्यारेकमा मध्यरातमा गोली चले पछि… >> राष्ट्र बैंकका निर्देशक गुणाकर भट्टले दिए राजिनामा >> भीमाको उपचारमा अस्तालको लापरवाही ठहर, १५ लाख क्षतिपुर्ति भराउन अदालतको आदेश >> लमही–कोइलावास सडकखण्डमा बस दुर्घटना, २१ जना घाइते >> दाल धेरै भयो वा बाँकी रहयो, उसो भए सजिलो तरिकाले पराठा बनाएर खानुहोस् >> आज राष्ट्रिय टोलीका तीन सदस्य सहित त्रिभुवन आर्मी क्लब मैदानमा उत्रिदै  >> बिराटनगर एमालेमा ओली पक्षधर क्लिन स्विप, ढकाल समुह बिजयी >> बारामा साढे तीन क्विन्टल बढी गाँजा सहीत ५ जना पक्राउ >> वीरगन्जमा निषेधाज्ञा हट्यो >> बरूण धवन यो बर्ष बुवा डेभिडसहित थप ३ फिल्ममा देखिदै >> धाक धम्की दिई रकम उठाएको आरोपमा पत्रकार पक्राउ >> आजको विदेशी मुद्रको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ? >> मेलमिलाप सम्बन्धी आधारभूत तालिम >> स्वेच्छाले अमेरिका छाडनेलाई पैसा देखी हवाई टिकटसम्म निःशुल्क >> आइपिएलमा मुम्बई इन्डियन्सको तेस्रो जित >> सिरहामा चट्याङ लागेर कृषकको मृत्यु >> दोश्रो गुल्मी महोत्सव तयारी पुरा >> सम्पदा दिवसः संरक्षणमा ढिलाई किन ? >> डुबान जोगाउने गुरुयोजनामा आशंका >> राप्तीको बगरमा लटरम्म तरबुजा >> राप्ती साहित्य परिषदले २४ जना स्रष्टा पुरस्कृत गर्दै >> ’ट्रान्सजेन्डर महिला’ अब बेलायतमा ‘महिला’ कोटावाट बाहिर >> शुद्धोधन गाउँपालिकाका अध्यक्ष माथि गोली प्रहार >> स्थानीय र पश्चिमी वायुमा थपियो भारतको न्यूनचापीय प्रणाली, सातै प्रदेशमा वर्षा हुने >> सुमनाले रास्वपा बैठकमा दिइन् रविलाई राजीनामा बुझाएको जानकारी >> एल डोराडो एवेन्यूमा कविता वाचन तथा ब्याण्डको प्रस्तुति हुने >> सहकारी, लघुवित्त पीडितको पक्षमा राष्ट्रिय मुक्ति पार्टीको ऐक्यबद्धता
अन्तिम किनारबाट

हिँडिरहने यात्रीहरुका नाममा

९ पुष २०७९, शनिबार
९ पुष २०७९, शनिबार

आफ्नो नवजात पनातिनीलाई काखमा लिएर बोजूले भन्नुभएको थियो–“पृथ्वीमा जन्मिने हरेक मानिसको जन्म एक उत्सव हो ।”
बुद्घले भनेका थिए–“महापरिनिर्वाण पनि एक उत्सव नै हो ।”
अर्थात् मृत्यु पनि एक उत्सव हो । त्यसैले त जीवन, उत्सवबाट शुरु भएर उत्सवमै टुङ्गिने एउटा अन्त्यहीन यात्रा हो ।

देशको पनि जीवन हुन्छ । देशको पनि जीवन–यात्रा हुन्छ । एउटा मानिसको जीवन यात्रामा जस्तै देशको जीवन यात्रामा पनि उज्याला मोडहरु आउँछन् । अँध्यारा घुम्तीहरु आउँछन् । उकालो आउँछ । ओरालो आउँछ । यो यात्रामा हरियालीको बर्को ओढेर गीत गाइरहेका पाटनहरु भेटिन्छन् । वालुवाको सिरक ओढेर कोमामा पल्टिरहेका मरुभूमि पनि भेटिन्छन् । सगरमाथाको उचाइ भेटिन्छ । प्रशान्त महासागरको गहिराइ पनि भेटिन्छ ।

सबैभन्दा स्वभाविक कुरा, यात्रामा अनेक अनेक अनेक दुर्घटनाहरु भेटिन्छन् ।
देशले पनि अनेकन दुर्घटनाहरु भोग्दै आएको छ । यी दुर्घटनाहरु सत्यको बाटो भनेर भ्रमको बाटो हिँड्दा भेटिएका हुन् । साथी भनेर दुश्मनलाई अँगालो मार्दा भेटिएका हुन् । फूल भनेर काँडा टिप्दा भेटिएका हुन् । खुसी भनेर दुःख रोज्दा भटिएका हुन् । मुस्कान भनेर आँसु आयात गर्दा भेटिएका हुन् ।
महिना दिन अघिको निर्वाचन–मेलाले दुर्घटनाहरुको श्रृंखलामा थप दुर्घटनाहरु छोडेर गएको छ । देशको नाममा । हाम्रा बीचमा केही मानिसहरु छन् । ती सघन अँध्यारोमा आगाको झिल्का जस्ता छन् । ती नदीमा डुब्दै गरेका असहायहरुका लागि किनारबाट प्रवाहतिर हुत्तिइरहेका डुंगा जस्ता छन् । ती सत्यको यात्रामा हिँडेका यात्रीहरु हुन् ।

तिनले निर्वाचनको कथित महासङ्ग्राममा कथित नागरिकका नाममा (शायद प्रजा !) अनेक सम्बोधन गरे । तिनलाई आफ्नो आवाजमा विश्वास थियो । तिनले नागरिकलाई त्यही आवाजले बोलाए । झक्झक्याए । तर तिनको आवाज नागरिकले सुनेनन् । ती चुनावमा हारे । आदिम सत्ताले प्रजाको कानमा सीसा पगालेर हालिदिए जस्तै नयाँ सत्ताले नागरिकको कानमा दासताको कपास कोचिदिएको छ नि त !

देश आफैमा सिंगो अस्तित्व होइन । देशको जीवनको आफ्नै अवयवहरु हुन्छन् । एउटा भूगोल वा सभ्यता मात्रै देश होइन । देश भनेको नागरिकहरुको चेतनाको समुच्चय हो । तर आफूलाई २१ औं शताब्दीको नागरिक दाबी गर्ने हाम्रो नागरिक चेतना कहाँ छ ?

अरु बेला स्वतन्त्रता र स्वाभिमानको जति गफ लाए पनि निर्वाचनको कथित महासङ्ग्राममा हाम्रो स्वतन्त्रता कहाँ कैद भइजान्छ ? हाम्रो स्वाभिमान कसको गोडामा झुक्दछ ? हाम्रो नागरिक चेतना नयाँ बोत्तलको पुरानै रक्सीमा झ्याप भएर किन नालीको दुर्गन्धमा पछारिन पुग्छ ?

नयाँ पुस्तालाई ‘राजनीति भनेको फोहर खेल हो’ भन्ने भाष्य पढाएर तिनलाई राजनीतिबाट टाढा राखेर देशको राजनीतिमा सँधै सँधै एउटा आदिम विचार एकलौटी रुपमा हावी भइरहेको छ । त्यो आदिम विचार भनेको राजनीतिक दलका शीर्ष भनिने नेताहरु हुन् । त्यो आदिम विचारलार्ई कसले मलजल गरिरहेको छ ? त्यो को बाट लालितपोषित छ ? यो कुराको हिसाबकिताब कसैसँग छैन । संस्थागत स्मृतिलाई कुन कुनामा धमिराले खाइरहेछ भन्ने कुराको कसैलाई मतलब छैन । नागरिकमा राजनीतिक चेतनाको एउटा उचाई विकास नभएसम्म कुनै पनि व्यवस्था सफल हुन सक्तैन भन्ने सत्यबोध नगरिकनै राजनीति गरिरहेको त्यही पुरानो विचारका कारण देश सँधैसँधै दुर्घटनामा परिरहेको छ ।

विचार, सिद्घान्त, निष्ठा, योजना र योग्यताले होइन, पद र पैसा, सत्ता र शक्ति, जात र क्षेत्रियता, थर र कुल गोत्रका हतियारले चुनाव जित्नेहरु सँधैसँधै सत्ता सङ्घर्षकै लागि मरिहत्ते गरिरहेका छन् । त्यो संघर्ष केवल सत्ता संघर्ष होइन, त्यो देशका लागि दुर्घटनाहरुको श्रृंखलामाथि थप श्रृंखला हो । किनभने गरिनु पर्ने र हुनु पर्ने संघर्ष सत्ता संघर्ष होइन, निर्मम राजनीतिक संघर्ष हो । राजनीतिको परम्परागत परिभाषाका सीमाहरु भत्काउँदै गरिने त्यो राजनीतिक संघर्ष जसले प्रजाजस्ता आम मान्छेको चेतनालाई नागरिक चेतनाको तहमा पु¥याउन सकोस् । आम मानिसको शक्तिको बाध आम मानिसलाई गराउनका लागि आवाज दिन सकोस् ।

निर्वाचनको कथित महासङ्ग्रामपछि चलिरहेको सत्ता संघर्षले देशको जीवनमा थप दुर्घटनाहरु निम्त्याउने आशंकाले नागरिक वृत्तमा (प्रजा बाहेकका !) छटपटीको गति बढाइरहेको छ । निर्वाचनमा युवा पुस्ताका केही भरोसिला युवाहरुको हारपछि देखिन थालेको त्यो छटपटी संसदीय दलको नेता छान्ने प्रतिष्पर्धामा पनि युवा पुस्ता हारेपछि अरु तीब्र भएको हो ।

राजनीति हो । हाम्रो व्यवस्थाले परिकल्पना गरेको पद्घतिमा हारजीत त भइ नै रहन्छ । त्यसैले हारजीत ठूलो कुरा होइन । ठूलो कुरा हो सत्यको बाटोमा हिँड्ने शाहस । उज्यालोको क्षितीज पहिल्याउने प्रयत्न । परिवर्तनको पक्षमा लड्ने दृढता । देशको जीवनलाई पटक पटक दुर्घटनाग्रस्त बनाउने आदिम विचार विरुद्घको विद्रोह ।

महाकवि रविन्द्रनाथ टैगोरको एउटा प्रसिद्घ गीत छ–तोबे एकला चलो रे ।
गीतको भावार्थले भन्छ–तिमीले आवाज देऊ । तिम्रो आवाजमा, मिसिन कोही आएनन् भने पनि हिँडिराख । हिँडिराख, एक्लै हिँडिराख । कोही बोलेनन्, कोही पनि बोलेनन् र डराएर कसैले मुख खोलेनन् भने पनि तिमी मुक्त कण्ठले बोलिराख । हिँडिराख, एक्लै हिँडिराख । सप्पै जना फर्किए र रात गहिरिदै गयो भने पनि काँडाहरु टेक्दै रक्तिम पाइला लिएर तिमी हिँडराख । हिँडिराख, एक्लै हिँडिराख । कतै दीयो जलेन र मध्य रातमा सप्पैले ढोका बन्द गरे भने पनि वज्र शिखाले हृदयको पञ्जर बालेर तिमी हिँडराख । हिँडिराख, एक्लै हिँडिराख ।

देशको जीवनलाई सँधैसँधै दुर्घटनाउन्मुख गराउनेहरुका विरुद्घमा हिँड्ने शाहस देखाउने यी युवाहरु के सँधै यसरी नै हिँडिरहलान् ? एक्लै भए पनि हिँडिरहलान्, हिँडिरहलान् ?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission