© २०२३
पद्मप्रसाद शर्मा
नेपालमा मनाइने कुनै दिवस राष्ट्रिय स्तरका छन् भने कुनै विश्वस्तरका छन् । अर्थात् कुनै दिवस हामी नेपालीहरूले मात्र मनाउने गर्दछौं भने कुनै कुनै दिवसहरू विश्वका सबै मुलुकका साथमा रहेर मनाउने गर्दछौं । हामी नेपालीले आफ्नै बलबुताले आर्जन गरेको प्रजातन्त्र दिवस, गणतन्त्र दिवस, लोकतन्त्र दिवस, संविधान दिवस नेपालीहरूले मात्र मनाउने गर्दछौं । यसैगरी शहीद दिवस, पुस्तकालय दिवस, हुलाक दिवस लगायतका दिवसहरू पनि नेपालीहरूले आफ्नै किसिमबाट मनाउने दिवसहरू हुन् । कुनै दिवसहरू विश्वभरका मानिस अर्थात् धेरै मुलुकहरूले एकसाथ मनाउने दिवसहरू पनि छन् । जस्तो पानी दिवस, हातधुने दिवस, नारी दिवस, मजदूर दिवस, पर्यटन दिवसजस्ता दिवसहरू विश्वका अधिकांश मुलुकहरूले एकसाथ मनाउने गर्दछन् ।
असोज ११ गते (आज) अर्थात् सेप्टेम्वर २७ तारेखका दिन विश्व पर्यटन दिवस परेको छ । हामीले गतवर्ष पनि यो दिनमा यही दिवस मनाएका थियौं । यो विश्वस्तरको दिवस भएको हुनाले कुनै एउटा मुलुकमा मनाइएको दिवसभन्दा वेग्लै महत्वको हुने गर्दछ । एकै मुलुकमा मनाउने दिवस आफ्नै महŒवको हुन्छ भने विश्वस्तरमा मनाउने दिवसको महŒव बेग्लै हुन्छ । आफ्नै मुलकमामात्र मनाउनेको महŒवको कम र विश्वस्तरको दिवस बढी महŒवको भन्ने हुँदैन ।
हामीले भर्खरै संविधान दिवस मनायौं । यो कम महŒवको थिएन । नेपालमा सात दशकको अथक प्रयासपछि संभव भएको संविधानसभा र त्यही सभाबाट पारित भएको संविधानको जति महत्व हुनुपर्ने हो त्यत्तिकै महŒव छ । हाम्रा लागि यो दिन ऐतिहासिक दिन हो । हामी आपसमा अति हर्षकासाथ यो दिवस मनाउँछौँ । तर विश्वस्तरमा मनाइने दिवसलाई पनि महत्वकासाथ हेरिनु पर्दछ । विश्वाब्यापी मनाइने यस्ता दिवसहरूले विश्वलाई जोड्न मद्दत गर्दछन् ।
पर्यटन र पर्यटक एकसाथ आउने शब्दहरू हुन् । पर्यटक नभई पर्यटन हुँदैन भने पर्यटन नभई पर्यटक हुँदैन । शब्द र यसको अर्थ फरक भए पनि यी दुवै शब्दहरू नङ र मासुजस्तै एकसाथ आउने गर्दछन् । पर्यटन भनेको अनेकौं ऐतिहासिक तथा धार्मिक दर्शनीय र महŒवपूर्ण स्थानहरू हेर्नका लागि वा त्यहाँ पुगेर मन वहलाउनका लगि स्वदेश वा विदेशमा गरिने भ्रमण वा यात्रा हो भने पर्यटक भनेको पर्यटन गर्ने वा देश विदेश घुम्ने वा भ्रमण गर्ने ब्यक्ति हो । जसलाई घुमक्कड वा अवलोकनकर्ता पनि भनिन्छ ।
घुम्नु आफैमा राम्रो काम हो । यो घुमाइलाई सार्थक बनाउन सक्नु घुम्नुको अर्थ लाग्दछ । मानिसहरू केही ज्ञान आर्जन गर्न र केही मनोरञ्जन प्राप्तिका लागि घुम्ने गर्दछन् । मनोरञ्जन प्राप्त गर्ने पर्यटकीय स्थल र ज्ञान आर्जन गर्ने स्थल एकै पनि हुन सक्छन् वा अलग–अलग पनि हुन सक्छन् । मनोरञ्जन प्राप्त गर्ने स्थलमा ज्ञानको अथाह भण्डार पनि हुन सक्छ ज्ञान आर्जन गर्ने स्थलमा मनोरञ्जन प्राप्त हुन पनि सक्दछ । मनोरञ्जन प्राप्त गर्ने र ज्ञान आर्जन गर्ने कुरा ब्यक्तिहरूमा भर पर्दछ । कसैले त्यही स्थानमा पुगेर भाषा, कला, संस्कृति, भूगोल, इतिहास, रहनसहन आदि धेरैकुराको बारेमा ज्ञान हासिल गरेर आउन सक्दछ भने कोही ब्यक्ति त्यहाँ पुगेर त्यहाँका बस्तुहरू देखेर वा आकृतिहरू देखेर रमाउनमात्र पनि सक्दछ । यो कुरा ब्यक्तिमा भर पर्ने कुरा हो । कसको मन कस्तो छ र बस्तुलाई कसरी ग्रहण गर्दछ भन्ने कुरा हो । सबैमा एकप्रकारको सोंच्ने शक्ति हुन्छ भन्ने पनि छैन । जसको जस्तो सोंचाइ छ उसले हरेक बस्तुलाई त्यसैगरी ग्रहण गर्दछ । ब्यक्तिको ग्रहणशीलतामा बस्तुले ज्ञान दिने वा मनोरञ्जन मात्र दिने भन्ने हुन जान्छ । एउटै बस्तुलाई कसैले कुनै किसिमबाट ब्याख्या वा विश्लेषण गर्दछ भने कसैले त्यही बस्तुलाई भिन्दै ढाँचाबाट विश्लेषण गर्न पनि सक्दछ ।
विश्वसंगै हाम्रो मुलुकले पनि मनाउँदै आएको यो दिवसमा प्रायः गरेर हवाई यात्राबाट आउने पर्यटकहरूलाई विमान स्थलमा स्वागत गर्ने र भाडामा थोरै भएपनि सहुलियत दिने गरिआएको पाइन्छ भने यता जमीनमा गुड्ने गाडीहरूमा यसदिन लामो दुरीको यात्रा गर्नेहरूलाई थोरै भए पनि भाडामा सहुलियत दिने प्रचलन रही आएको छ । यस्तो खालको प्रचलन विश्वका अन्य कतिपय मुलुकहरूमा पनि रही आएको पाइन्छ । यसले पर्यटनको महत्व बढ्नुका साथै उनीहरूको सम्मान भएको ठहर्छ । पर्यटनको महत्व बढ्नु र पर्यटकको सम्मान हुनु पनि अति उत्तम कुरा हो । तर यो दिवसको सार्थकता यतिले मात्र पुग्दैन । यो दिवस मनाउनुसंगै हाम्रा पर्यटकीय स्थलहरू कस्ता छन् ?
वर्तमान अवस्थामा भएका पर्यटकीय स्थलहरू पुग्दो मात्रमा छन् कि छैनन् ? यदि छैनन् भने राज्यको तर्फबाट कहाँ के थप्न वा सुधार गर्न सकिन्छ ? त्यसको निधो हुन जरुरी छ । नयाँ पर्यटकीय स्थलहरूको सम्भाब्यता अध्ययन गर्ने र विद्यमान अवस्थाबाट सुधार गरेर पर्यटकका लागि सुविधायुक्त कसरी बनाउन सकिन्छ भन्ने बारेमा राज्यको ध्यान जान जरुरी छ ।
पर्यटकीय स्थलहरू राज्यका स्थायी स्रोतहरू हुन । एकपटक सानो लगानी गरेपछि त्यसमा तत्काल लगानी थप्न नपर्ने । सानोतिनो भए पनि राज्य र जनस्तरमा आम्दानी भइरहने हुन्छ । यस्ता स्थललाई स्थायी स्रोत पनि भन्ने गरिन्छ । तर यस्ता स्थलहरू मर्मत सम्भारको अभावमा जीर्ण पनि बन्न सक्छन् । तत्काल मर्मत संम्भारको ब्यवस्था मिलाउनु पर्दछ । विश्व पर्यटन दिवसको अवसरमा यो वर्ष राज्यबाट यहाँको पर्यटकीय स्थलमा यो यो कामको थालनी भयो । वा यो यो कार्य सम्पन्न भयो वा यहाँको पर्यटकीय स्थललाई यो कार्य सम्पन्न गर्नका लागि यति रकम अथवा यति बराबरको जनश्रम लगानी गर्ने कुरा भएको छ भनेर राज्यबाट तोकिनु पर्दछ । विश्व पर्यटन दिवस मनाउने नाममा दुई चारजना पर्यटकलाई स्वागत गर्दैमा राज्यको कार्य पुरा भएको मानिँदैन । हरेक वर्ष आउने विश्व पर्यटन दिवसका अवसरमा यो स्थनमा पर्यटकीय केन्द्र स्थापना गरियो वा यहाँको पर्यटकीय केन्द्रलाई यो कुरा सुधार हुने कार्य गरियो भन्ने खालको कार्य विवरण राज्यसँग हुनु पर्दछ र कार्यसम्पन्न भएको पनि हुनु पर्दछ ।
जहाँको भए पनि र जुनसुकै भएपनि पर्यटकीय स्थल वा पर्यटकीय केन्द्रमा के सुधार गरियो वा के के मर्मत गरियो अथवा के कुरा थप भयो भनेर सबैले देख्न र पढ्न सक्ने गरी त्यही स्थानमा लेखिन आवश्यक छ । किनकी यसबाट त्यहाँ पुग्ने पर्यटकलाई पनि गत वर्षभन्दा यहाँ यो सुधार भएछ भनेर जान्ने मौका मिल्छ । पर्यटकले पनि राज्यको काममा आफूलाई समाहित गर्न सक्छ । यसबाट पर्यटन ब्यवसाय फष्टाउन सघाउ हुनेछ । नामको दिवस भन्दा कामको दिवस सार्थक हुनेमा कसले मत बझाउन सक्ला र ?
नेपालमा पर्यटकीय स्थलको कुनै कमी छैन । हामीलाई प्रकृतिले यति प्रचुरमात्रामा पर्यटकीय स्थल बन्ने स्थान दिएको छ कि नेपालमा ती सबै सदुपयोग गर्ने हो भने नेपालका अरू जुनसुकै उद्योग पनि पछाडी पर्नेछन् । भू–बनोटको हिसावले हाम्रा पहाडी तथा हिमाली जिल्लाहरू अति कष्टकर छन् । त्यहाँ राम्रोसंग खाद्यान्न उत्पादन हुन सक्दैन । तर हाम्रा अधिकांश डाँडाहरूबाट सूर्योदय र सूर्यास्त हेर्न सकिन्छ ।
थोरै लगानीमा सूर्योदय र सूयास्त हेर्न सहुलियत प्रदान गर्ने हो भने र नेपालमा भएका सबै गुफा, तालतलैया देखि मानव निर्मित बस्तुहरूहरू हेर्न लायक बनाउन सक्ने र हाम्रा जलासयहरूलाई नौकाविहारका स्थल बनाउने, माछापालन गर्ने क्षमताका बनाउन सकेमात्र पनि पर्यटन विकास हुनेछ । पर्यटकको मन जित्न सकिने छ । विश्व पर्यटकीय दिवस मनाउनुको सार्थकता हुनेछ । à