© २०२३
बुटवल,५ पुस । नेपाली कांग्रेसभित्रको डा. शेखर कोइराला र गगन थापा गुटबीच सहमति भएको छ । संसदीय दलको नेता हुन उम्मेदवारी दिने दुबै गुटका दुबै नेताले घोषणा गरेका थिए । तर गगनले चुनाव अगावै घोषणा गरेका थिए भने कोइरालाले चुनावको परिणाम आएपछि केही दिनअघि मात्रै गरेका थिए । जसले गर्दा दुई गुटलाई मिलेर जान दवाव परेको थियो । दुई दिनदेखि काठमाडौं भएको छलफल र वैठकले मिलेर जाने सहमति जुटेको हो ।
अब संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध महामन्त्री गगन थापाले उम्मेदवारी दिने भएका छन् । थापा संसदीय दलको नेताको उम्मेदवार बन्ने र कोइराला प्रस्तावक बन्ने सहमति भएको डा. शेखर कोइराला निकट एक नेताले जानकारी दिए । छलफलमा सहभागी एक नेताले जानकारी दिए ।
कांग्रेस संसदीय दलको निर्वाचनका लागि आज दिउँसो २ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । बुधबार बिहान ८ बजेदेखि निर्वाचन हुनेछ ।
संसदीय दलको नेता पार्टीको तर्फबाट प्रधानमन्त्री बन्ने भएकाले कांग्रेस नेताहरु रस्साकस्सीमा छन् । देउवा समूहबाट पार्टी सभापति एवम् हालका प्रधानमन्त्री शेरबहादुर देउवा आफैं दलको नेताको उम्मेदवार बन्ने निश्चित छ । देउवा छैठौंपटक प्रधानमन्त्री बन्ने दाउमा छन् ।