© २०२३
मथुरा पिया
तनहु“ पर्यटन महोत्सव स्थल बन्दीपुर जाने कार्यक्रम बन्यो । भतिजहरू बोनिन पिया, संजीव पिया र मसहित तीनजनाको टोली अपरान्हको खानापछि सोझियो । मुग्लिनको बाटोमा जाममा फस्नुपर्ने अवस्था रहेनछ । यसैले हामी साँझ नै बन्दीपुर पुग्यौँ । बजारभरी मान्छेको ता“ती देख्यौँ । पञ्चेबाजा घन्कीरहेको थियो । बाजाको तालमा सबै झुमीरहेका थिए । तनहु“ पर्यटन महोत्सव सफल पारौं लेखिएका ब्यानरहरू, प्लेकार्डहरू छरपष्ट रहेछन् । उद्घाटनस्थल भगवती चोकबाट प्रभातफेरी चा“दनी चोकतिर बढ्दै थियो । बन्दीपुर “छे” रोटरी हेरिटेज होमका सञ्चालक श्री रामराजा प्रजापतिलाई भिडकोबीचमा भेट्ने अवसर मिल्यो । उनले मलाई आफ्नो हेरिटेज होममा लिएर गए । हेरिटेजले बन्दीपुर आउने आन्तरिक एवं बाह्य पर्यटकहरूलाई ब्रेकफाष्ट सेवा पुराउ“दै आएको छ । उसले पा“चवटा सामुदायिक विद्यालयहरूमा पठनपाठनमा सहयोग पुगोस् भन्ने उद्देश्यकासाथ मासिक ४ हजार रुपिया“ नगद सहयोग पनि गर्दै आएको प्रजापतिले भन्नुभयो ।
नेपाली कला र संस्कृति जगेर्ना गर्नेहेतु तन्हू“ पर्यटन तथा सांस्कृतिक महोत्सव एवम् बन्दीपुर भेटघाट २०७५ को परिकल्पना गरिएको हो । बन्दीपुर गा.पा., युनेस्को क्लब र रोट¥याक्ट क्लब अफ दमौलीको समन्वयमा कार्यक्रम गर्न लागेको हो । बन्दीपुर होम स्टे, ड्याम्प नेपाल, पर्यटन विकास वोर्ड एसिष्टको रूपमा छ । नेपाल सरकारको “समृद्ध नेपालमा खुशी नेपाली” नारालाई मूर्त रूप दिन सशक्त पक्ष पर्यटन पनि हो । तनहु“ संघीय नेपालको गण्डकी प्रदेशमा अवस्थित छ । यस भित्र भानु, व्यास, शुक्लागण्डकी र भीमाड न.पा. तथा आबुखैरेनी, बन्दीपुर, देवघाट, म्याग्दे, रिसिङ र धिरिङ गा.पा. नामाकरण गरिएको छ । यस न.पा. र गा.पा. भित्रका “ढोर बराही मन्दिर” “भानुभक्तको जन्मस्थल चु“दीरम्घा”, मणिमुकुन्द सेनको दरबार र देवघाट जगतप्रसिद्ध छ । तन्हू“ ससानो चिउँडो भएको “तनुहुन” नाम गरेको ऋषिले तपस्या गरेकाले सो शब्दको अप्रभंश भएर तन्हू“ रहेको हो । तन्हू“को राजधानी तन्हुसुर वरपर तीनवटा चुचुराहरू छन् । जसलाई “त्रीतुङ” भनिन्छ । यहि त्रीतुङबाट अप्रभंश हु“दै तनहु“ हुन गएको इतिहासविद्हरूको भनाइ छ ।
महोत्सव (२०७५ भाद्र २३ गते) को भोलिपल्ट कोठामा आराम गर्दै थिएँ । बजारमा बाजा बजीरहेको आवाज सुनेँ । हल्लाखल्ला पनि निकै थियो । झ्यालबाट बाहिर हेरेँ । लाखेले एउटा दर्शकलाई लछारपछार गरिरहेको दृश्य देखेपछि च्यापाङचाले उनलाई भीडबाट बाहिर लगे । झगडा शान्त भयो । म बाहिर निस्केँ । बाजा बजाउन छुटेको पनि धेरै बर्ष भैसकेको थियो । तालसुर मिलाउन निकै गाह्रो भयो । राती १० बजे लाखेलाई सेलाइयो । गुठीयार भाइहरूले तयार पारिराखेका स्थानीय नेवारी भोज (कचुला, भुटन, छोयला च्यूरा, आलुडमसंगै ऐला) मा सहभागी भएँ । नेवारी खाना अघाउन्जेल खाएँ । बन्दीपुरमा लाखे जात्रा गाँठेमंगलपछि प्रारम्भ हुन्छ । श्रीपञ्चमीको दिनमा बिसर्जन गरिन्छ । यहा“ लाखेलाई कालो इष्टकोट, कालो लुंगी, सेतो पटुका, रातो ख्वापा र सिरमा चमरले बानिन्छ । च्यापाङचाको पुरै शरीरमा बाक्लो बोरा र मुखमा सेतो कालो रातो रंगले पोतिन्छ । यी दुवै भालेपोथी (जोडी) नानाभा“तीको क्रियाकलाप गर्दै बाजाको तालमा बजार परिक्रमा गर्दछन् । लाखेजात्रा सत्ययुग देखि चलीआएको हो । सत्ययुगमा बिष्णु भगवानलाई सबैले पुज्दथे । गुणगान गर्थे । भगवानको नाममा भजन कृतन गर्दथे । त्यो बेला एकजना घण्टाकर्ण भन्ने राक्षस रहेछ । उसले भगवान बिष्णुलाई पूजा गर्दैन्थ्यो । गुणगान भजन कृतन पनि गर्दैन्थ्योे । भगवानको नाममा प्रस्तुत गरेको भजन, कृतन, आरती सुन्नुपर्ला भनेर राक्षसले आफ्नो कानमा घण्टा झुण्ड्याएको थियो । यसरी राक्षसको नाम नै घण्टाकर्ण भएको हो । राक्षसको यो अटेरीपनले गर्दा सबै मिली राक्षसलाई बजार लगी नाच्न बाध्य गराए । यसरी राक्षसलाई बजार लगी नचाउने चलन त्यो बेलादेखि सुरु भएको हो । अहिले यो नेवारी संस्कृतिको रूपमा भित्रिएको छ ।
बिहान टँुडिखेलको लागि निस्केँ । मनिङवार्कको लागि उत्तम स्थान मानिन्छ त्यो । चिज भेनाज्यू पहिल्यै नै पुगिसकेका रहेछन् । दुवै ग्राउण्डमा गफिँदै हिँड्न शुरु ग¥यौँ । ग्राउण्डको एकछेउँमा युवाहरू फुटबल खेल्दैथिए । म उनीहरूसंग मिसिन पुगेँ । खेल सकिसकेपछि मेरो इनडाइरेक्ट किक हेर्न भेनाज्यूले इच्छा गर्नुभयो । मैले किक गरेँ । बल गोलपोष्ट भन्दा बाहिरियो । भेनाज्यूले तिम्रो स्पीड (इनर्जी) पुगेन, पक्कै पनि तिम्रो डाइटमा कमी भएको हुनुपर्छ । आज म तिमीलाई मेरै घरमा ब्रेकफास्ट खुवाउँछु भन्नुभयो । घरको पा“चतलामाथि भान्सा छ । भेनाज्यू आफै ब्रेकफास्टको तयारीमा जुटे । मचाहि“ ब्ल्याक टि पिउ“दै फेसबुकमा आ“खा पु¥याएँ ।
घरमा सबै श्राद्धको लागि सरजाम मिलाउ“दै रहेछन् । आमाको दुई बर्षको कार्यक्रमको लागि हो । पुरेतले भोलि बिहान ९ बजे विधिवत पूजा शुरु गर्ने भन्दै उनी आफ्नो गन्तव्यतिर हिँडे । श्राद्ध शुरु हुनुभन्दा दुई घण्टा पहिले प“धेरामा चोखो हुन गयौँ । सेतो धोतीको पहिरनमा हामी चारैजना दाजुभाइहरू मण्डपअगाडि बस्यौँ । दुई घण्टामा सम्पूर्ण कार्य फत्ते भयो । दुईबर्षको श्राद्धमा विधिवत नियम पु¥याउन पर्नेरहेछ । यसैले सा“झ पनि हामी दाजुभाइहरू लस्करै सुकुलमाथि बसियो । बुहारीहरू पनि छेउँमा रहन्छन् । घरको मुली मान्छेले केराको पातमा विभिन्न खानाका परिकारहरू पस्कन्छन् । करुवाको पानीले मुख सफा गरेपछि मुलीले भिजाएको केराउ दिन्छन् । हामीले भित्र खाना खाइरह“दा बाहिर दोबाटोमा मसान (राक्षस) पर्खि बसीरहेको हुन्छ भन्ने किंबदन्ती छ । यसैले मुलीले बचेको जुठो खाना लिएर बाहिर दोबाटोमा जान्छन् ।
श्राद्धको दिनमा बन्दीपुरमा रातभरी पानी परिरह्यो । बिहानसम्म रोकिएन । तैपनि हामी बुटवल फर्कने शुरु कस्यौँ । दुर्भाग्य मुग्लिन बन्द रहेछ । रातभरीको पानीले त्यहा“ ठाउ“ ठाउ“मा ठूलो पैरो गएको छ भन्ने थाहा पायौं । संजोग उक्त दिन “दर खाने दिन” परेछ । घरमा नै परिवारसंग बसी रमाइलो गर्ने भन्ने तय भयो । साँझ चिज भेनाज्यूले ‘ल मलाई भेट्नु’ भनी फोन गरे । बाहिर निस्केँ । न्यू हेभेन होटलको प्रांगणमा नेवार्नीहरूको तीज कार्यक्रम चलिरहेको देखेँ । सबै नाचीरहेका, खाइरहेका । चीज भेनाज्यूलाई पनि होटलकै सामुन्ने भेटेँ । हामी दुवैलाई आयोजकको स–सम्मान मञ्चमा बसाले । कोल्डड्रिङकले सत्कार गरे । अन्तमा ग्रुप फोटो लियौं । भेनाज्यू पूर्व लागे म पश्चिम लागँे ।
मुग्लिनको बाटो नखोलिएकोले पोखरा भएर जाने कार्यक्रम बन्यो । त्यो पनि तीजको दिनमा भोलि गणेश चौथी छ । हामी नेवारहरूको ठूलो चाड । चौथीको तिथिमा गणेश जन्मेकाले “गणेश चौथी” नाम रहन गएको हो । एकदिन गणेश भगवान मुसामा चढेर घुमिरहेको अवस्थामा चन्द्रमाले देखेछन् । हात्तीको सुँडजस्तो अनुहार र भद्दा ज्यान देखेपछि चन्द्रमाले भगवान गणेशलाई उपहास गर्दै हाँसेछन् । चन्द्रमाको यो व्यवहारले गणेश भगवानलाई साह्रै असैह्य भयो । उनले आजदेखि तिमी सधैँकोलागि कालो हुनेछौ भनी सरापे । पछि चन्द्रमाले आफ्नो गल्ती महशुस गरेर गणेशसँग माफी मागे । तर उक्त दिन चन्द्रमालाई हेर्न बर्जित छ । किनकी त्यो दिन भगवान गणेशको सराप परेकोले पनि चन्द्रमालाई हेर्न नमिलेको हो । साँझ थकाली (मुलीमान्छे) ले बाहिर कौसीमा चन्द्रमालाई नहेरीकन पुजा गर्दछन् । पुजापछि सबै परिवारहरू एकै ठाउ“मा बसी झ्याल ढोका बन्द गरी (छुस्यामुस्या, समयबजी, ऐला) भोज खान्छन् । यी परिकारहरूलाई एक हातको केराको पातमा पस्किनु पर्ने हुन्छ । गणेश चौथीलाई नेवारहरूले गणेश चठाको रूपमा पुज्ने गर्दछन् ।
बुटवलमा सा“झ पुग्यौँ । यहा“पनि सिमसिम पानी पर्दै थियो । सिमसिम पानीकोबीचमा पनि बाटैमा महिलाहरू नाचिरहेकै थिए । बढि भीड बुटवल क्याम्पस भित्र थियो । हरितालिका तीजको अन्तिम दिन । महिलाहरूको महान पर्व । यो पर्व परम्परादेखि विवाह गरी कर्मघर गएका दिदीबहिनीहरू आपसमा जम्मा भएर रमाइलो गर्ने गर्दछन् । संस्कृत भाषाको “हरित” र आलिका दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको हो । हरित शब्दको अर्थ हरण गरिएको र आलिका शब्दको अर्थ साथी भन्ने हुन्छ । उहिले राजा हिमालयकी छोरी पार्वती सानैदेखि दृढनिश्चयी स्वभावको थिइन् । सानैमा उनले महादेवलाई आफ्नो स्वामीको रूपमा पाउने अखण्ड इच्छा गरेकी थिइन् । पार्वतीले गौरीघाटमा बसी तपस्या गरिन् । तर पिता हिमालयले छोरीको इच्छा बिपरित बिष्णुसंग बिवाह गरिदिन प्रपञ्च रचे । यस फैसलाबाट पार्वती दुखी भइन् । उनले आफ्नी सहेलीलाई आफु समस्यामा परेको कारण बताइन् । सहेलीले कसैलाई पनि जानकारी नदिई पार्वतीलाई हरण गरेर लगिन् । पार्वतीलाई कसैले नदेख्ने ठाउ“मा लुकाएर राखिदिइन् । साथीहरूले लुकाएकै ठाउ“मा पार्वतीले निराहार ब्रत आराधना गरी महादेवलाई प्राप्त गरिन् ।à बन्दीपुर, हाल बुटवल