ट्रेंडिंग:

>> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस
प्रदेश सरकारको अपाङ्गता नीति

भागबण्डा नमिल्दा समिति नै अलपत्र

४ पुष २०७९, सोमबार
४ पुष २०७९, सोमबार

बुटवल, ४ पुस ।

लुम्बिनी प्रदेश सरकारको पहिलो कार्यकाल सकिएको छ । अहिले कामचलाउ सरकारले नयाँ सरकारलाई कार्यभार सुम्पिन अव केही दिन मात्रै बाँकी छ । यद्यपि सर्वप्रथम प्रदेशको नेतृत्व गरेको नेकपा एमालेका शंकर पोखरेल नेतृत्वको सरकार र हाल नेतृत्व गरिरहेका कुल प्रसाद केसी नेतृत्वको सरकारले अपाङ्गता क्षेत्रमा ‘सिन्कोसमेत भाँच्न’ सकेको छैन ।

सुरुवाती दिनमा अपाङ्गताको समेत क्षेत्र संवोधन गर्ने गरी लुम्बिनी प्रदेशमा समाजिक विकास मन्त्रालय थियो । पछि महिला बालबालिका, जेष्ठ नागरिक तथा परिवार कल्याण्ड मन्त्रालय स्थापना गरियो । पछि त्यसलाई कानून समेत जोडेर महिला बालबालिका तथा कानून मन्त्रालय बनाईयो, अहिले महिला वालबालिका तथा जेष्ठ नगारिक मन्त्रालय छ । कानून मन्त्रालय अहिले प्रदेशको आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रायमा रहेको छ ।

सामाजिक विकास मन्त्रालय पश्चात गठन भएको महिला वालबालिका, जेष्ठ नागरिक तथा कानून मन्त्रालय रहँदा बखत आशय पेस गरिएको प्रदेश अपाङ्गता ऐन हाल सम्म पनि बन्न सकेको छैन । तत्कालीन समयमा सोही मन्त्रालयको कानून अधिकृत रहेकी सिता घिमिरेका अनुसार अपाङ्गता सम्बन्धी ऐन बनाउने विषयमा पटक पटक छलफल गरी सोही अनुसारको अवधारणा पत्र समेत तयार भएको थियो । अवधारण पत्र मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि ऐन ड्राफ्ट हुने बेलामा मन्त्रालय नै टुक्र्याईयो । साविक कानून मन्त्रालयलाई टुक्र्याएर आन्तरिक मामिला कानून तथा सञ्चार मन्त्रालयमा ल्याईयो । अहिले त्यो आशयको ड्राफ्ट कहाँ के के छ ? कस्ले बनाउने, कसरी अगाडि बढाउने वा के बढाउने भन्ने विषयमा मन्त्रालयका कर्मचारी नै अनभिज्ञ छन् ।

  • अपाङ्गताको क्षेत्रमा प्रदेश सरकारले धेरै काम गर्न सक्थ्यो, तर केही गरेन । ५ बर्षमा ऐनको ड्राफ्ट समेत बनाउन सकेन, हाम्रो लागि विनियोजीत बजेट पनि फ्रिज गरायो, प्रदेश सरकारमाथि महासंघको आरोप छ ।

हाल महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका अनुसार यो ऐन बन्ने बाटोमा छैन । प्रदेशको मन्त्रालयले चासो नदेखाउँदा यो बन्नबाट बञ्चित भएको अपाङ्गता सरोकारवालाहरुले बताउँदै आएका छन् । पटक पटक यो विषयमा लविङ्ग गर्दै आएका राष्ट्रिय अपाङ्ग महासंघ नेपालका निवर्तनमा प्रदेश अध्यक्ष तथा हालै संघीय अध्यक्षमा निर्वाचित देवीदत्त आचार्यका अनुसार अपाङ्गताको क्षेत्रमा प्रदेश सरकारले गरेको गम्भीर लापरवाही भएको बताउँछन् । उनले यो विषयमा पटक पटक मन्त्रालय, मन्त्री तथा अन्य सरोकारवाला निकायका बीचमा छलफल, अन्तक्र्रिया गरेको भएपनि अगाडि बढ्न नसक्नु लज्जाको विषयमा भएको उनको तर्क रहेको छ । उनी भन्छन्–‘अपाङ्गताको क्षेत्रमा प्रदेश सरकारले धेरै काम गर्न सक्थ्यो, तर केही गरेन, पाँच बर्षमा ऐनको ड्राफ्ट समेत बनाउन सकेन, हाम्रो लागि विनियोजित बजेट पनि फ्रिज गरायो ।’

अपाङ्गता समिति राजनीतिक स्वार्थमा अड्कियो

तत्कालीन अपाङ्गताको सरोकार हेर्ने निकायको रुपमा रहेको सामाजिक विकास मन्त्रालयमा प्रदेश अपाङ्गता संमन्वय समिति गठन गर्ने गरी मन्त्रिपरिषद्बाट समेत स्वीकृत भएकोमा त्यो समेत हाल सम्म अगाडि बढ्न सकेको छैन । सामाजिक विकास मन्त्री सुदर्शन बराल रहँदा अपाङ्गताको क्षेत्रमा काम गर्ने सरोकारवाला निकायका बीचमा छलफल र संमन्वयबाट समिति समेत प्रस्वात भएको थियो । समितिका सदस्यहरु समेत छनौट भईसकेपछि संयोजक÷अध्यक्ष को बन्ने भन्ने विषयमा ‘राजनीतिक स्वार्थ बाँझिदा’ त्यो समिति समेत अहिले अलपत्र छ । अर्थात त्यो समिति गठन हुन पाएन ।

‘मन्त्रीका आफ्ना मान्छे राख्न नपाएपछि समिति पनि यत्तिकै अलपत्र प¥यो’–एक अपाङ्गता अभियान्ताले भने । उनका अनुसार अपाङ्गताको विषयमा सरकारलाई आफ्नो कुरा सुनाउने निकायको रुपमा यसलाई अगाडि बढाउन खोजिएको थियो । तर राजनीतिक लडाईंको कारण त्यो काम पुरा हुन पाएन ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपालका पुर्व केन्द्रीय उपाध्यक्ष तथा हाल अनुशासन विभाग प्रमुख देवीबहादुर पोखरेलले अपाङ्गताको क्षेत्रमा प्रदेश सरकार निरीह भएको बताउँछन् । उनले अपाङ्गतालाई संवोधन गर्ने गरी प्रदेश सरकारले विनियोजन गरेको रकम समेत फ्रिज गराएर सरकारले राम्रो काम विगतमा नगरेको भन्दै अव आउने सरकारले भने यसमा ठोस काम गर्ने अपेक्षा लिइएको बताए । उनले भने–‘समिति गठन गर्ने कुरा पनि यत्तिकै अड्कियो, कार्यक्रम तथा काम समेत केही भएनन्, अव यसो नहोला ।’

कार्यविधी मार्फत पुनस्र्थापना कार्यक्रम

अपाङ्गता सम्बन्धी कुनै पनि ऐन ल्याउन नसकेको प्रदेको मन्त्रालयले हाल कार्यविधि मार्फत समुदायमा आधारित पुनस्र्थापना (सिविआर) कार्यक्रम ल्याएको छ । ‘अपाङ्गता भएका व्यक्तिहरुका लागि समुदायमा आधारित पुनस्र्थापना सञ्चालन कार्यविधि २०७९’ मार्फत एउटा कार्यक्रम ल्याएको हो । जुन हाल सम्मकै प्रदेश सरकारको एउटा कामको रुपमा उल्लेख गर्न सकिन्छ । आर्थिक बर्ष २०७९–८० को बजेटमा विनियोजन भएको सिविआर सम्बन्धी बजेट कार्यान्वयन ल्याउनको लागि कार्यविधि ल्याएको हो । कार्यविधी अनुसार मन्त्रालयका सचिव संयोजक भएको समितिमा अर्थ, भौतिक, स्वाथ्य खेलकुद मन्त्रालयका महाशाखा प्रमुख सदस्य रहेको निर्देशक समिति गठन गर्ने उल्लेख छ । जसको सदस्यमा राष्ट्रिय अपाङ्ग महासंघ लुम्बिनी प्रदेशको तोकिएको व्यक्ति रहने कुरा उल्लेख छ भने मन्त्रालयको महाशाखा प्रमुख सदस्य सचिव रहने व्यवस्था गरिएको हो । जस अनुसार हाल मन्त्रालयले सूचना प्रकाशन गरी सिविआर कार्यक्रम सञ्चालनका लागि संस्थाबाट प्रस्ताव आह्वान समेत गरेको छ ।

मन्त्रालयका उप–सचिव तथा फोकल पर्सन शारदा बेल्बासेका अनुसार पछिल्लो समयमा कार्यविधि मार्फत अपाङ्गताको क्षेत्रमा काम हुँदै आएको छ । उनले ऐन निर्माणको क्रममा रहेको भन्दै आगामी संसदमा यो सम्बन्धी संवोधन हुने उनको भनाई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?