ट्रेंडिंग:

>> स्थानीय तथा पश्चिमी वायुको प्रभाव : कहाँ-कहाँ छ वर्षाको सम्भावना ? >> शिक्षकका माग सम्बोधन गर्न शिक्षा मन्त्रालयले ७ बुँदे प्रस्ताव मन्त्रिपरिषद् लैजाँदै, आन्दोलन टुंगिने सम्भावना >> बालविवाह न्युनीकरणका लागि बरघरलाई अभिमुखीकरण >> वन्यजन्तु सप्ताहमा संरक्षणकर्मीलाई सम्मान >> घरेलु टोली बाँकेलाई हराउँदै रौतहट लुम्बिनी कपको सेमिफाइनलमा >> बालबिबाह न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्न सरकारलाई आग्रह >> वालिङमा बौद्धिक विमर्श, राजनीतिक मतभेदले विकास रोकिएको निष्कर्ष >> सामाजिक संजालमा हातहतियार प्रदर्शन गरी त्रास फैलाउने पक्राउ >> उपाधिका लागि देवदह र आयोजक वेष्ट्रन भिड्ने >> मणिमुकुन्द भलिवल कप : गुजराँत एकेडेमी र गल्कोट भलिवल क्लब बिजयी >> जितगढी उत्सव: ऐतिहासिक किल्लालाई विश्व सम्पदा सूचीमा सूचीकृत माग >> सिंहदरबारभित्रै प्रदर्शन गरेका राजेन्द्र लिङ्देनसहितका नेताहरू रिहा >> अध्यक्षसहित थप नेता पक्राउ पछि राप्रपाको आकस्मिक बैठक बस्दै >> नेपाल प्रहरीमा १० डीआईजीको बढुवाकाे दौड सुरु, तीन समूहबीच प्रतिस्पर्धा >> महिला एकदिवसीय क्रिकेट विश्वकपमा पाकिस्तान टोली भारत नजाने >> रवि लामिछानेकाे तर्फबाट सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन >> कमजोर बैंकिङ प्रतिवेदनले सेयर बजार ओरालो, नेप्से १६.६८ अंकले घट्यो >> शिक्षक आन्दोलनको प्रभाव, कर्णालीका विद्यालयहरु सुनसान >> गणतन्त्रमाथि कुनै खतरा छैन : प्रचण्ड >> लिङ्देन र ज्ञानेन्द्र शाही सिंहदरबारबाट पक्राउ >> एमालेले वैशाख ११ लोकतन्त्र दिवसको अवसरमा युवा भेला विशेष हुने >> जितगढी विजय उत्सव (लाइभ) >> ज्ञानेन्द्र शाही सिंहदरबारमै ‘नजरबन्द’, आन्दोलनमा जान पाएनन् >> संबैधानिक निकायका ५२ नियुक्तिमाथि सर्वोच्च अदालतमा सुनवाइ जारी >> सेनाको पदयात्रा टोली बुटवलमा : जितगढीमा विजय उत्सव (फोटो फिचर) >> माइतीघर देखि बानेश्वरसम्म तीन समुहको प्रदर्शन जारी >> शिक्षा ऐन नआएसम्म आन्दोलन नरोकिने भन्दै शिक्षक महासंघले आइतबार पनि काठमार्डौंमा प्रदर्शन >> वाणिज्य बैंकहरूको त्रैमासिक वित्तीय विवरण सार्वजनिक, नाफामा थोरै उकालो >> बदाम तेल एक, फाइदा अनेक >> भट्टको मुद्दा न्यायधिस फुयाँल र पाण्डेको इजालसमा >> शुक्रबारकै भाउमा सुनचाँदीको मुल्य >> रौतहटमा ५४९ सवारी दुर्घटना ३८ को मृत्यु,९०० बढी घाईते >> कोहलपुरमा फेन्सी पसलमा आगलागी >> अमेरिका भर ट्रम्प बिरूद्द हजारौंको प्रदर्शन >> गौतमबुद्ध विमानस्थलमा नियमित सञ्चालनका लागि पहल गरिरहेका छौं : मुख्यमन्त्री आचार्य >> राप्रपाका सिमित नेताले मात्रै निषेधित क्षेत्र तोड्ने >> तिलोत्तमामा १५ दिने नेपाल भाषा प्रशिक्षण सम्पन्न >> ‘आदिवासी जनजातिको माग मुद्दा सम्बोधन गर्न आवश्यक’ >> नेपाली सेनाको पदयात्रा तानसेनमा >> परियोजनाको उपलब्धि परीक्षणमा केन्द्रीय टोली दाङमा >> कंगोमा डुंगामा आगलागी हुदाँ मृत्यु हुनेको संख्या १४८ नाघ्यो >> जितगढीको ऐतिहासिकता >> नेपालीमाथि हुने दुव्र्यवहारका घटना रोक >> जितगढी किल्लामा ‘विजय उत्सव’ >> जितगढी के हो के भयो, के हुनुपर्छ ? >> आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> राप्रपालाई गृह मन्त्रालयको चेतावनी– निषेधित क्षेत्र तोडे कारबाही हुन्छ >> सिलगुरी एफसीविरुद्ध सहज जित निकाल्दै पुलिस सेमिफाइनलमा >> माछा पालक किसान र दाना उत्पादक कम्पनी विच अन्तरक्रिया >> अर्थमन्त्री पौडेल हस्तक्षेपकारी बजेटको पक्षमा : रकम कटौती हुने भएपछि धेरैजसो मन्त्रालय असन्तुष्ट

मधुमेह, मृगौला र उच्च रक्तचापको स्वस्थ्य परीक्षण तथा परामर्श

४ पुष २०७९, सोमबार
४ पुष २०७९, सोमबार

बुटवल, ४ पुस ।

विश्वमा नै मानव मृत्युको मुख्य कारण बनिरहेको मधुमेह र उच्चरक्त चापबारे सचेतना जगाउने उद्देश्यका साथ बुटवलमा दुई दिने परीक्षण तथा परामर्श कार्यक्रम गरिएको छ । ‘स्वस्थ शरीर, स्वस्थ परिवार अनि मात्र स्वस्थ समाज’ भन्ने नारासहित श्री नेवा सेवा समितिको आयोजना, केन डाईबेटिज एण्ड थाईराइड सेन्टरको प्राविधिक सहयोग, जनकलाल हेल्थ फाउन्डेसनको सहकार्यमा मधुमेह, मृगौला र उच्च रक्तचापको रक्त र पिसाब परीक्षण, परामर्श कार्यक्रम गरिएको हो ।

एक कार्यक्रमका बीच वडा नं. ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्रीले बिरामीलाई परीक्षण कार्ड वितरण गरेर कार्यक्रमको उदघाटन गर्दै सामाजिक कार्यमा बुटवलका संघसंस्थाहरुको अग्रसरता उदाहरणीय रहेको बताए । नेवा भवनको जग्गा प्राप्ति र भवन निर्माणको सुरुवातमा उत्पन्न विवाद र समस्या स्मरण गर्दै उनले पछिल्लो समय नमुना सामाजिक कार्यमा भूमिका गर्न सफल भएको बताए । शंखध्वर साख्याको नामाकरणबाट स्थापना गरिएको भवन नाम अनुसार नै सामाजिक कार्यमा अग्रसर भएर योगदान दिएको उनले बताए । नसर्ने तर जटिलत रोगहरु दीर्घ रुपमा समस्या देखाउने भन्दै यसबारे सचेत हुनुपर्ने उनले सुझाव दिए ।

कार्यक्रममा समितिका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले नेवारी भाषा, संस्कृति, संस्कारको जगेर्ना, संरक्षणसंगै सामाजिक चेतनाको अभियानमा लागेको बताए । फेसनको रुपमा निःशुल्क परीक्षण कार्यक्रम समाजमा चलाउने गरिएको भन्दा फरक ढंगबाट न्युन शुल्क राखेर आफुहरुले तीन प्रकारको परीक्षण र परामर्शलाई जोड दिएको उनले बताए ।

प्रत्येक ब्यक्तिले ५० रुपैयाँ तिरेर आफनो मधुमेह, मृगौला र उच्च रक्तचापको अवस्थाबारे जानकारी र त्यसबाट बच्न के कस्ता उपाय अपनाउने भन्ने परामर्शहरु दिईने उनले बताए । कार्यक्रममा समितिका वरिष्ठ सल्लाहकार तथा प्रसुति तथा स्त्रीरोग विशेषज्ञ डा. प्रायश्चित श्रेष्ठले नेपालीहरुको खानपिन, आहारबिहारमा गलत बानी ब्यवहारका कारण नै रोग भित्रिरहेको बताए । सुर्ती, चुरोट, मादक पदार्थ सेवन जस्ता गलत ब्यवहारलाई रोक्ने अभियानलाई सामाजिक संघसंस्थाहरु लाग्नुपर्ने सुझाव दिए । साईलेन्स किलरको पहिचान बनाएको मधुमेह र रक्तचापको समयमा पहिचान गर्न सके ब्यवस्थापन गर्न सकिने चिकित्सकहरुको सुझाव छ ।

कार्यक्रममा केन डाईबेटिज एण्ड थाईराईड सेन्टरका अध्यक्ष दिनेश कक्षपतिले मधुमेह, मृगौला र रक्तचापको परीक्षण गरी अवस्था पहिचान गर्न आग्रह गरे । हरेकको घरघरमा दीर्घरोग भित्रिएको भन्दै यसको ब्यवस्थापन चुनौती बन्दै गएको उनले बताए । रोग लागेपछि उपचार गर्नु भन्दा बेलैमा खानपिन र जीवनशैली परिवर्तन गर्न सके दीर्घरोगमा बच्न सकिने उनले बताए । रोग लागेर ठूलो खर्च गर्नभन्दा रोगबाट बच्ने अभियानलाई तीन तहको सरकारले जोड दिनुपर्ने उनको सुझाव छ ।

कार्यक्रममा माझगाउ टोल विकास संस्थाका अध्यक्ष दुर्गा बहादुर थापा श्रीष, पवित्रानगर टोल समितिका अध्यक्ष गंगा बहादुर थापा, समितिका सल्लाहकार विष्णु श्रेष्ठ, उपाध्यक्ष डिल्ली कुमार श्रेष्ठले रोगको उपचारसंगै सही ब्यवस्थापन गर्नुपर्ने बताए । दुई दिनसम्म चल्ने शिविरमा स्थानीय ३ सय ५० बढीले सेवा लिने समितिका सचिव शारदा श्रेष्ठले बताईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%