ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

बालविकास सहजकर्तालाई शैक्षिक सामग्री बनाउने तालिम

३ पुष २०७९, आईतवार
३ पुष २०७९, आईतवार

कपिलवस्तु, ३ पुस । जिल्लाका तीन गाउँपालिकाका ३० जना बालबिकास सहजकर्ताले शैक्षिक सामग्री निर्माण तथा क्षमता अभिबृद्धि तालिम पाएका छन् । मायादेवी, यशोधरा र बिजयनगर गाउँपालिकाका प्रत्येक पालिकाका १०/१० सहजकर्तालाई तालिम दिइएको हो । स्थानिय तहमा उपलब्ध सामग्रीहरु बाट शैक्षिक सामग्री निर्माण गरी बालबालिकाको शैक्षिक उपलब्धी बृद्धि गर्ने उद्धेश्यका साथ कालिका स्वाबलम्बन सामाजिक केन्द्रले बालविकासका शिक्षकहरुका लागि १० दिने क्षमता अभिबृद्धि तालिम आयोजना गरेको हो । युएसएड र युनिसेफको सहयोगमा शिक्षामा कोभिड प्रतिकार्य कार्यक्रम अन्र्तगत तालिम सञ्चालन ल्याइएको हो ।
सो कार्यक्रम अन्र्तगत रुपन्देहीका १० वटा गाउँपालिका र कपिलवस्तुका ३ गाउँपालिकामा टोल शिक्षा कार्यक्रम सञ्चालनमा छ । जसमा बिद्यालय बाहेकको अतिरिक्त समयको १ घण्टा टोल शिक्षा कक्षा सञ्चालन हुने गरेको छ । जसका लागी १ हजार ३० जना शिक्षकलाई तालिम दिएर परिचालन गरिएको छ । सबै शिक्षकलाई प्रबिधी सँग शिक्षालाई जोड्ने उद्धेश्यका साथ ट्याब्लेट र ब्लुटुथ स्पिकर दिइएको छ । जसका कारण ३७ हजार ७ सय ९७ बालबालिकालाई ट्याबमा रहेका शिक्षण सिकाईका डिजिटल सामाग्री मार्फत शिक्षण गर्ने गरिएको छ । शैक्षिक उपलब्धीलाई प्रबद्र्धन गर्ने उद्धेश्यका साथ कार्यक्रम अन्र्तगत ४६ हजार ८ सय २० बालबालिकालाई जनही ७ सय ७८ रुपैया बराबरको शैक्षिक सामाग्री प्रदान गरिएको कालिका स्वाबलम्बन सामाजिक केन्द्रका कार्यकारी निर्देशक अर्जुन थापा मगरले जानकारी दिए । त्यसै गरि सबै गाउँपालिकाका १०/१० बालबिकास केन्द्र गरि १ सय ३० बालबिकास केन्द्रलाई प्रारम्भिक बालबिकासको शैक्षिक सामाग्री भएको किट बक्स उपलब्ध गराईएको उनले प्रष्ट्याए । किटबक्सले बालबिकास केन्द्रमा हुनु पर्ने सिकाईका ६ वटै कुनाका लागी आवश्यक सिकाई सामाग्री परिपुर्ति गर्ने छ । ‘दुई जिल्लाका १३ स्थानिय तहका १ सय ३० बालबिकास केन्द्रलाई मोडल केन्द्रको रुपमा तयार पार्न प्रदेश तालिम केन्द्र मार्फत १० दिने मोडल १ र २ का तालिम दिलाउदै छौं ’ कार्यकारी निर्देशक थापा मगरले भने ।
क्षमता अभिबृद्धि तालिममा व्यवहारिक र प्रयोगात्मक रुपमा गरिएकाले तालिमको सिपलाई बालबिकासमा प्रयोग गरी बालबालिकाको सिकाई उपलब्धी बढाउन भुमिका खेल्ने बिजयनगरकी सहभागी कमला भुसालले बताइन । कार्यक्रममा सहभागी भएर आफुले बालबिकासका ६ वटै कुना छुट्टयाएर बालबिकास केन्द्र व्यवस्थित बनाउन सक्षम बनेको यशोधराकी सहभागी साधना शर्माको भनाई थियो । १० दिनको तालिममा स्थानिय श्रोत साधनको प्रयोग गरि कोठा भरि शैक्षिक सामाग्री बनाउन सक्ने भएको मायादेवी गाउँपालिकाकी सहभागी शुसिला धोबीले बताईन । पालिकास्तरमै पुर्नताजगी तालिम वा छलफलको बातावरण बने भविष्यमा बालबिकास व्यवस्थापनका चुनौती सामाना गर्न सहज हुने उनको बुझाई थियो । खेर गएका सामाग्रीको शैक्षिक सामाग्री बनाएर बालबालिकाको सिकाई उपलब्धी बृद्धि गराउन सकिने प्रशिक्षक रिता थापा बोहराको सुझाव थियो । क्षमता बिकासको तालिम प्रयोगात्मक र व्यवहारिक देखिएको बताउदै गाउँपालिकाको शिक्षा शाखाले यस्ता कार्यक्रमलाई प्राथमिकता दिई बार्षिक योजनामा राख्ने यशोधरा गाउँपालिकाका शिक्षा शाखा प्रमुख धुब्र सेजुवालले बिश्वास दिलाए । सहजकर्ताका लागी सिकाई सहजीरकणको कार्यक्रम तत्कालै आयोजना गर्न आफु प्रतिबद्ध रहेको बिजयनगर गाउँपालिकाका शिक्षा शाखाका प्रमुख हरिहर बेल्बासेको प्रतिबद्धता थियो । सिकाई राम्रो भए बिद्यार्थीले बिद्यालयको शिक्षालाई निरन्तरता दिने बताउदै तालिमको सिकाईलाई कार्यक्षेत्रमा कार्यान्वयन गर्नु पर्नेमा कालिका स्वाबलम्बन सामाजिक केन्द्रका अध्यक्ष रामेन्द्रसिंह रावलले जोड दिए । कार्यक्रममा सहभागी संस्थाकी महासचिव शान्ता पौडेल, कोषाध्यक्ष मंदिप सिंह कार्यक्रमका कर्मचारीहरु हेमराज थारु, सुचेता शाक्य लगायतले तालिमले बालबिकास सहजकर्ताको क्षमता अभिबृद्धि भएको र बालबालिकाको सिकाई उपलब्धी बृद्धि गर्न सहयोग मिल्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?