ट्रेंडिंग:

>> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य
निर्माणमा लापरवाही

अनुगमन फितलो हुँदा निर्माणमा अनियमितता

३ पुष २०७९, आईतवार
३ पुष २०७९, आईतवार

नवलपरासी, ३ पुुस ।

नवलपरासी जिल्लाभित्र अहिले ठाउँ ठाउँमा निर्माण कार्यमा अनियमितता भई रहेको भए पनि नियमन गर्ने निकाय मौन रहेको आरोप स्थानीयबासीले लगाएका छन् । जिल्ला अनुगमन सिमिति होस् वा जिल्लाभित्रका भए गरेका गतिविधिका लागि जनप्रतिनिधिमूलक निकाय जिल्ला समन्वय समिति (जिसस) ले समेत ती अनियमितता प्रति ध्यान नदिएकोप्रति स्थानीयले आश्चर्य ब्यक्त गरेका हुन् ।

जिल्लाको प्रमुख मार्ग हुलाकी राजमार्ग निर्माणमा कमसल इटाको प्रयोग होस वा महेशपुर मूल भन्सार जोड्ने सडकको ढल दुबैमा कमसल सामग्री प्रयोग भई रहेका छन् । कमसल सामग्री प्रयोग गर्दा महेशपुर भन्सार जोड्ने सडकको ढल भत्किएको छ । त्यसैगरी हुलाकी सडकका पुल कलभर्ट निर्माणमा सिमेन्टको प्रयोग भईरहेका प्रमाण सहित विभिन्न आम सञ्चार माध्यम र समाजिक सञ्जालमा आउँदा समेत नियमन गर्ने निकाय कानमा तेल हालेर बसेको आरोप स्थानीयबासीको रहेको छ । अनुगमन निकाय पनि भत्तामुखी हँुदा यस्तो समस्या आएको स्थानीयले आरोप लगाएका छन् । नियमन निकायले कि अनुगमनको नाममा कोटा पुरा गर्नका लागि दैनिक भ्रमण भत्ता पाए जाने हो, वा कुनै गैर सरकारी संस्थाले भत्ता दिएर अनुगमन गरिदिन बोलाए मात्र अनुगमनकारी निकाय जाने गरेको स्थानीयबासीको आरोप छ ।

महेशपुर मूल सडकको स्तरउन्नती गरी फराकिलो सडक निर्माण गर्न सडकको दुबै साईडमा निर्माण गरिएको ढलमा कमसल निर्माण सामग्री मिसाइएकोले ढलका भित्ताहरु भत्किन थालेको स्थानीय दामोदर पाठकले आरोप लगाए । ठेकदारले दुबै साईडमा ढल बनायो, अहिले सडकमा बेस खसाली रोलिगँ गर्ने क्रममा ढलहरुमा प्रेसर पर्दा ठाउँठाउँमा ढल भत्किन थालेको छ भने कतै चिरा पर्न थालेको छ । काम नसकिदै सामान्य प्रेसरले ढल भत्किनु भनेको यसको निर्माणमा कमसल सामग्री र कमजोर सिमेन्ट मसला प्रयोग भएको हुनु पाठकको दावी छ ।

ढल सडको पश्चिम तर्फ ५० फुट बढी भत्किएको छ भने कतै दबेर खुम्चिएको, भत्किएको र चर्किएको प्रत्यक्ष हेर्न सकिन्छ । ३ महिना अगाडि ढल बनाउँदा ढलमा कमजोर मसला, सेम ईटा र स्थानीय खोलाको माटो मिसिएको बालुवा प्रयोग गरेकोमा स्थानीयले चर्काे विरोध गरेका थिए । तर पनि सुधार भएको थिएन । अहिले ढल भत्किनुले कमसल र अनियमिततालाई प्रमाणित गर्दछ । यस्तो ठुलो रकम र मूल सडकको निर्माण कार्यमा न त साईटमा ईन्जिनियरहरु नै देखिन्छ न त पालिका र जिल्ला समन्वय समिति र जिल्ला प्रशासन मार्फत अनुगमनहरु नै भएको छ । सम्बन्धित निकाय मौन हुनुमा कतै आर्थिक प्रलोभन त होईन नि भनी स्थानीय दामोदर पाठकलेप्रश्न गरे ।

सडक डिभिजन कार्यालयले उक्त सडक निर्माणका लागि २ करोड ८१ लाख ३९ हजार ३७१ रुपैयाँमा प्रदिप सामथ्र्य जेभी कम्पनीलाई ठेक्का दिएको छ । उक्त सडकमा रिटनिगँ वाल, ढल, माटो फिलिगँ भईसकेको र अब बेस झारी रोलिगँको काम भैरहेको छ । हालसम्म कुल कामको करिब ६० प्रतिशत काम सम्पन्न भएको देखिन्छ ।

त्यसैगरी हुलाकी सडकको वर्दघाट नगरपलिका, प्रतापपुर गाउँपालिका हुँदै सुस्ता गाउँपालिका भित्रको सडकमा बन्ने कल्भर्ट र साना पुलहरुका सिम इटाको प्रयोग भईरहेको देखिन्छ । १५ किलोमिटर दुरीको उक्त हुलाकी सडक तल बर्दघाट नगरपालिका, प्रतापपुर गाउँपालिका, सुस्ता गाउँपालिका हुँदै बिनयीत्रिवेणीको रानीनगरलाई जोडेको छ । उक्त हुलाकी सडक निर्माणका लागि बज्रगुरु महालक्ष्मी जेभी ललितपुरले ४९ करोड ६७ लाख ६२ हजार ५ सय ४६ रुपैयाँमा ठेक्का लिएको छ । बाटो निर्माणका लागि ठेकेदार कम्पनीले २०७६ मंसिर १ गते सम्झौता गरी २०७९ मंसिर १ गतेसम्म सम्पन्न गर्नु पर्ने म्याद रहेको छ ।

साढे ३ बर्षको म्याद सकिए पनि हालसम्म जम्मा करिब ४० प्रतिशत मात्र काम सम्पन्न भएको छ । यस ठेक्काको म्याद यही मंसिर १ गते सकिएको छ । यता जिल्ला समन्वय समिति प्रमुख भगौती यादवले स्थानीयबासीको सडक अनियमितताबारे गुनासो आएको स्वीकार गरेका छन् । सम्बन्धित कार्यालयका प्राविधिक सहितको अनुगमन चाडै गर्ने उनले प्रतिवद्धता जनाए । “एक दुई दिन भित्रै ती क्षेत्रको स्थलगत अनुगमन गरिने जिससको योजना रहेको छ”–उनले भने,“तर त्यसका लागि सम्बन्धित क्षेत्रको प्राविधिक सहितको अनुगमन गरिए प्रभावकारी हुने हँुदा अनुगमनमा ढिलाई भई रहेको छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?