ट्रेंडिंग:

>> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस

गण्डक नहरमा पानी प्रवाह

२ पुष २०७९, शनिबार
२ पुष २०७९, शनिबार

नवलपरासी, १ पुस ।

नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणालीमा सिचाईका लागि जलप्रवाह सुरु गरिएको सिचाई ब्यवस्थापन कार्यालय सेमरी नवलपरासीले जनाएको छ । स्थानीय किसानको माग अनुसार नै गण्डक नहरमा पानी प्रवाह गरिएको जानकारी गराइएको हो ।

विगत बर्षमा भारतीय नहरमा पानी प्रवाह भएपछि मात्र नेपाल गण्डक नहर सिचाई प्रणालीमा पानी प्रवाह गरिने परम्परा थियो । तर गत बर्षदेखि तोडिएकोमा पछि त्यसैको निरन्तरता अनुसार यो बर्ष पनि भारतीय नहर भन्दा अगावै नहरमा पानी प्रवाह भएको सिचाई ब्यवस्थापन कार्यालयका प्रमुख रनधिर शाहले जनाए । “पहिला भारतीय नहरमा पानी प्रवाह गरिए पनि मात्रै नेपाली नहरमा पानी प्रवाह हुने परम्परा थियो”–उनले भने, “तर गत बर्ष भारतीय पक्षसँग भारतीय किसान भन्दा नेपाली किसानलाई पहिला नै पानी आवश्यक पर्छ ।”

“सम्झौतामै उल्लेख नभएको कुरा परम्परा बनाएर नेपाली किसानलाई मर्कामा नपार्न भनि संवाद गरियो । त्यो तर्कबाट भारतीय पक्ष सहमत भयो”–उनले थपे, “त्यसैको निरन्तरता अहिले पनि कायम भएको छ ।” भारतीय पश्चिमी नहर सिचाई प्रणाली र पुर्व नहर सिचाई प्रणालीमा भारतले पानी छाडेको छैन । तर नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणालीमा पानी छाडिएको उनले जनाए । नेपाली किसानका लागि यो एउटा सुनौलो अवसर बनेको उनको भनाई थियो । कार्यालय प्रमुख शाहको पहलले बेलामै नेपाली नहरमा पानी प्रवाह सुरु भएपछि नेपाली किसानलाई राहत भएको छ ।

कार्यालय प्रमुखको भूमिका नेपाली किसानप्रति सकारात्मक भएको कृषक हक हित संरक्षण मञ्च नवलपरासीका अध्यक्ष शम्भु उपाध्यायले बताए । उनले कार्यालय प्रमुख शाहको सो कार्य सह्रानीय रहेको बताउँदै खुशी ब्यक्त गरेका छन् । विगतका कार्यालय प्रमुखहरुले नगरेको कार्य अहिले उनले भारतीय पक्षसँग पहल गरेर दुई बर्षदेखि निरन्तर भारतीय नहरमा पानी प्रवाह गराउन सक्नु एक कुशल प्रमुखको भूमिका निर्वाह गरेको अध्यक्ष उपाध्यायले बताएका थिए ।

भारत भन्दा नेपालका किसानले छिट्टै हिउँदे खेती सुरु गर्ने गरेका छन् । नेपालको भूमि भारत भूमि भन्दा छिट्टै आद्रता घटदै सुख्खा हुने हुँदा नेपाली किसानले छिट्टै खेतमा बिउ छर्ने र उम्रिने गरेको छ । भारतीय भूमि केही दिन ढिलो मात्र सुख्खा हँुदा बाली पनि ढिलो लगाउने हुँदा भारतीय किसानलाई ढिलो पानी आवश्यक पर्छ । यी कुरा भारतीय पक्ष समक्ष राखिएपछि उनीहरु समहत भएका थिए । “सिचाई प्रणालीमा भारतीय नहरका लागि छुट्टै ढोका छ”, प्रमुख शाहले भने, “नेपाल गण्डक पश्चिमी नहरमा छुट्टै ढोका छ । त्यो भएर गण्डक ब्यारेज बन्द गरे पानीको सतह निर्धारण गरी पठाउनु पर्छ ।”

त्यसले भारतीय नहरलाई प्रभावित गर्दैन । तर नेपाल गण्डक पश्चिमी नहर सिंचाई प्रणालीमा पानी प्रवाह भए पनि नेपाल गण्डक पूर्वि नहरमा अहिले पनि पानी प्रवाह भने भएको छैन । नेपाल गण्डक पूर्वि नहरमा पानी प्रवाहका लागि गण्डक सिचाई प्रणालीमा छुट्टै ढोकाको ब्यवस्थापन गरिएको छैन । सो नहरमा पानी प्रवाह हुनका लागि भारतीय पूर्वि नहरबाट भारतको रामनगरबाट मात्रै शाखाको रुपमा पानी जाने गरेको छ । पूर्वि नहरले नेपालको बारा, पर्सा र रौतहटमा सिचाई गर्ने गरेको छ । त्यसैगरी नेपाल गण्डक पश्चिमी नहरमा मात्रै पानी प्रवाह भईरहेको भए पनि भारतीय गण्डक पश्चिमी नहरबाट पानी प्रवाह हुने गरेको नवलपरासीकै प्रतापपुर र सुस्ता गाउँपालिकामा सिचाई हुने पिपरपाती प्रसौनी सिचाई प्रणालीमा अझै पनि पानी प्रवाह नभएको ब्यवस्थापन कार्यालयले जनाएको छ ।

“ती नहरमा भारतीय पश्चिमी नहर सिचाई प्रणालीमा पानी प्रवाह भएपछि मात्र सम्भव हुनेछ”, ब्यवस्थापन कार्यालय प्रमुख शाहले भने, “तर अधिकाँश भूमि सिन्चित गर्ने नेपाल गण्डक नहर सिचाई प्रणालीमा पानी प्रवाह भईसकेको छ । गत बर्ष मंसिर २३ गते नै पानी नेपाल गण्डक नहर सिचाई प्रणालीमा प्रवाह भई सकेको थियो । तर गण्डक नदीमा केही निर्माण कार्य भईरहेको हँुदा यो बर्ष एक साता ढिलो मात्र मंसिर २८ गते पानी थुन्ने कार्य भएको थियो । अहिले नहरमा पानी प्रवाह भइरहेको छ । नहरमा पानी पूर्णरुपमा प्रवाह हुनका लागि भारतीय नहरमा पनि पानी प्रवाह हुनु पर्छ । तर पनि पूर्णरुपमा पानी प्रवाह नभए पनि किसानलाई राहत मिलेको उनको भनाई थियो । नेपाल गण्डक नहर सिचाई प्रणालीको ७ हजार ८ सय हेक्टर क्षेत्रफल सिन्चित क्षेत्र रहेको छ । केही नहर संरचना जिर्ण भइसकेको र केही नहरका शाखा प्रशाखाहरु पनि पुरिएका कारण सिन्चित क्षेत्रभरि पानी जाने अवस्था नरहेको उनले स्वीकार गरे ।

विगत बर्षमा नहरप्रति स्थानीय किसानको भरोसा उठ्दै जाँदा नहरको प्रशाखाहरु पुर्दै केही किसानले बोरिङलाई सिचाईको आधार बनाएका थिए । तर अहिले इन्धनको मूल्य बढदै गएपछि पुनः नहर सिचाईप्रति आकर्षण बढ्दो क्रममा रहेको प्रमुख शाहको भनाई छ ।

सिचाईका लागि अहिले पनि नेपाली किसानले पानी पोत थोरै मात्रामा उठाउने गरेका छन् । प्रति विघा ८० रुपियाँ सिचाई सेवा शुल्क (पानीपोत) रहेको छ । जबकी बोरिङले सोही जमिनको सिचाई गर्दा ५ सय देखि १ हजार बढी खर्चिनु पर्छ । त्यसले किसानको उत्पादन लागत बढ्ने हुन्छ । स्थानीय तह र प्रदेश सरकार वा भूमिगत सिचाई परियोजनाले गण्डक क्षेत्रमा बोरिङ गाड्ने भन्दा अब गण्डक नहरको शाखा प्रशाखा सरसफाईमा स्थानीय किसानलाई सहयोग गरिदिए नेपाली किसानलाई फाईदा पुग्ने उनको तर्क थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?