ट्रेंडिंग:

>> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता

विद्यालयमा खेलकुद अतिरिक्त हैन, अनिवार्य : घिसिङ

१ पुष २०७९, शुक्रबार
१ पुष २०७९, शुक्रबार

बुटवल, १ पुस ।  जिल्लास्तरिय दोस्रो कालिका रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । कालिका मानवज्ञान माध्यामिक विद्यालयले आफनो ६२ औ वार्षिकोत्सब तथा अभिभावक दिवस अवसरमा आयोजना गरेको रनिङशल्डि प्रतियोगिताको राखेपका सदस्यसचिव टंकलाल घिसिङले उद्घाटन गर्दै विद्यालयमा खेलकुद अतिरिक्त नभई अनिवार्य पाटो भएको बताए । पाठ्यक्रमको ज्ञान र खेलकुद एक सिक्काको दुई पाटाका रुपमा रहेको उनले बताए । देशमै शैक्षिक गतिविधिमा अग्रसर रहेको कालिका खेलकुदमा पनि अब्बल रहेको प्रमाण नवौ राष्ट्रिय प्रतियोगितामा पदक जितेर गरेको उनले बताए । खेलकुद विकासमा धेरै लगानी गर्ने विद्यालयहरु पहिचान गरि सम्मानका कार्यक्रमबाट प्रोत्साहन मिल्ने उनले बताए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दिनेश थापाले स्वास्थ्य र खेललाई प्राथमिकता दिदै खेलकुद गतिविधिलाई अगाडि बढाएको बताए । खेलकुदबाट विद्यार्थीहरुको शैक्षिक र वौद्घिक विकासमा सहयोग हुने उनले बताए । उमेर समुहको खेलाडी उत्पादन गर्ने आधार विद्यालयस्तरको गतिविधि भएको दाबी गर्दै उनले तीन तहकै सरकारबाट यसमा सहयोग जरुरी रहेको बताए । बिस २०४६ सालमा नगरस्तरीय रनिङशिल्ड खेलाईएको ईतिहास बोकेको प्रतियोगिता विसं २०७८ बाट जिल्लास्तरीय खेलाउन थालिएको उनले बताए ।
कार्यक्रममा प्रदेश खेलकुद विकास परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले सरकारबाट गर्नुपर्ने खेलकुद विकासका धेरै गतिविधि सामुदायिक र नीजि विद्यालयबाट भैरहेको बताए । कर्मचारी समायोजन र संरचनागत जिम्मेवारी किटान स्पष्ट हुने गरि खेलकुद नीति संघिय परिषदबाट नआउदा समस्या परेको उनले बताए ।
कार्यक्रममा बुटवल कालिका कलेजका प्राचार्य घनश्याम पाठकले खेलाडी देशको गहना ब्यवहारमा उतार्न जरुरी रहेको बताए । समाज परिवर्तनमा प्रत्येक घडीमा चुनौती आउने भन्दै यो पार गर्न सक्नु सफलता भएको उनले बताए ।
कार्यक्रममा राखेपका सदस्य अन्जन धमला, मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्य, रुपन्देही जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र क्षेत्री (हरि), निवर्तमान विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष होम बहादुर गलामी, सदस्य नित्यानन्द ज्ञवाली, एसियाली खेलकुदका कोषाध्यक्ष निरंजन राजवंशी, वडा नं १० का वडाअध्यक्ष बलु पुनले खेलकुदको विकासमा टेवा दिन विद्यालयमा हुने खेलकुद गतिविधिमा जोड दिनुपर्ने बताए । कार्यक्रमको उद्घाटन सत्रमा विद्यालयका किर्तिमानी खेलाडी सलिम देवानले टर्च लाईट प्रदर्शन, खेलाडीहरुको मार्चपास, र विद्यार्थीहरुले पिटी प्रदर्शन गरेका थिए ।

यसैबिच विद्यालयले वार्षिकोत्सवको अवसरमा शुक्रबार पदक विजेता खेलाडीहरुलाई सम्मान गरेको छ । पोखरामा सम्पन्न नवौ राष्ट्रिय प्रतियोगिता २०७९ र काठमाण्डौ सम्पन्न १२ औ राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा विभिन्न विद्यामा पदक जित्ने खेलाडीहरुलाई दोसल्ला, सम्मानपत्रबाट सम्मान गरेको हो । एथलेटिक्समा लङजम्प विधामा राष्ट्रिय किर्तिमानसहित पदक विजेता सलिम देवान, कबड्डी प्रतियोगितामा पदक बिजेता सतिस चौधरी, धर्मराज धवल, कृष्ण तरामु, आईटिएफ तेक्वान्दोमा पदक जितेका सबिना श्रेष्ठ तथा १२ औ राष्ट्रपति रनिङशिल्डमा कबड्डीमा स्वर्ण पदक जितेका राहुल अर्याललाई सम्मान गरेका थिए ।
प्रतियोगिता अन्तरगत एथलेटिक्सतर्फ एक सय, दुई सय, चार सय, आठ सय, एक हजार पाच सय मिटर दौड, लङजम्प, त्रिपलजम्प, सटपुट, ४ बाई १ सय रिले, ४ बाई ४ सय रिले खेल हुनेछ । यसैगरि छात्रछात्रा भलिबल प्रतियोगिता हुनेछ जसमा छात्रतर्फ ३८ र छात्रातर्फ २२ टिम भाग लिनेछन । यसैगरि कबाडीतर्फ छात्रमा २८ र छात्रातर्फ २० टिमले भाग लिएको खेल संयोजक हरिश वलीले बताए । प्रतियोगितामा २४ स्वर्ण, २४ रजत र २४ कास्य पदक गरि ७२ पदकमा खेलाडीहरुले प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको प्रथम, द्घितिय र तृतीय टिमलाई क्रमश नगद ५० हजार, ३० हजार र २० हजार रुपैया, शिल्ड, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । पुस ७ गतेसम्म संचालन हुने प्रतियोगितामा निजि तथा सामुदायिक ५० वटा विद्यालयहरुले भाग लिने छन । विद्यालयमा ८ हजार २ सय विद्यार्थीहरु अध्ययनरत छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?