ट्रेंडिंग:

>> टिपर र कार ठोक्किँदा दुईजनाको मृत्यु >> अमेरिकाले फालेका कागज पढेर चीनले निकाल्यो नुनबाट आणविक शक्ति >> सेयर बजार १.९४ प्रतिशतले बढ्यो >> कक्षा १२ को परीक्षा सारिएको छैन, भ्रममा नपर्न बोर्डको अनुरोध >> प्रचण्ड पुगे गौतम बुद्धले बाल्यकाल बिताएको तिलौराकोट क्षेत्र >> यमनको बन्दरगाहमा अमेरिकाको भिषण हवाई हमला, ३८ सर्वसाधारणको मृत्यु >> इभि गाडीको चार्जिङ स्टेशनसंगै ‘द डेली ग्राइण्ड क्याफे’ सन्चालनमा  >> क्यान्सर पीडित धवलशमशेर राणा हाजिर जमानीमा रिहा हुने तयारी >> ६ महिनापछि पुनः चलायमान भयो हेटौँडा सिमेन्ट उद्योग >> चेपाङ समुदायका लागि आवास निर्माणका कार्यक्रम ल्याउँछौंः प्रधानमन्त्री >> शिलन्यास बहिष्कार गरेकी रेणु अन्ततः भरतपुर सडकको उदघाटनमा >> दाउन्ने सडकखण्डमा एकतर्फी रूपमा मात्र गाडी चल्न थाले >> लुम्बिनी प्रदेश सरकारले ल्याउने बजेट घाटाविहीन, टुक्रे योजनाको अन्त्यतर्फ सरकार >> सुनको भाउ तोलामा आठ सय रुपैयाँले घट्यो >> सशस्त्रको ब्यारेकमा मध्यरातमा गोली चले पछि… >> राष्ट्र बैंकका निर्देशक गुणाकर भट्टले दिए राजिनामा >> भीमाको उपचारमा अस्तालको लापरवाही ठहर, १५ लाख क्षतिपुर्ति भराउन अदालतको आदेश >> लमही–कोइलावास सडकखण्डमा बस दुर्घटना, २१ जना घाइते >> दाल धेरै भयो वा बाँकी रहयो, उसो भए सजिलो तरिकाले पराठा बनाएर खानुहोस् >> आज राष्ट्रिय टोलीका तीन सदस्य सहित त्रिभुवन आर्मी क्लब मैदानमा उत्रिदै  >> बिराटनगर एमालेमा ओली पक्षधर क्लिन स्विप, ढकाल समुह बिजयी >> बारामा साढे तीन क्विन्टल बढी गाँजा सहीत ५ जना पक्राउ >> वीरगन्जमा निषेधाज्ञा हट्यो >> बरूण धवन यो बर्ष बुवा डेभिडसहित थप ३ फिल्ममा देखिदै >> धाक धम्की दिई रकम उठाएको आरोपमा पत्रकार पक्राउ >> आजको विदेशी मुद्रको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ? >> मेलमिलाप सम्बन्धी आधारभूत तालिम >> स्वेच्छाले अमेरिका छाडनेलाई पैसा देखी हवाई टिकटसम्म निःशुल्क >> आइपिएलमा मुम्बई इन्डियन्सको तेस्रो जित >> सिरहामा चट्याङ लागेर कृषकको मृत्यु >> दोश्रो गुल्मी महोत्सव तयारी पुरा >> सम्पदा दिवसः संरक्षणमा ढिलाई किन ? >> डुबान जोगाउने गुरुयोजनामा आशंका >> राप्तीको बगरमा लटरम्म तरबुजा >> राप्ती साहित्य परिषदले २४ जना स्रष्टा पुरस्कृत गर्दै >> ’ट्रान्सजेन्डर महिला’ अब बेलायतमा ‘महिला’ कोटावाट बाहिर >> शुद्धोधन गाउँपालिकाका अध्यक्ष माथि गोली प्रहार >> स्थानीय र पश्चिमी वायुमा थपियो भारतको न्यूनचापीय प्रणाली, सातै प्रदेशमा वर्षा हुने >> सुमनाले रास्वपा बैठकमा दिइन् रविलाई राजीनामा बुझाएको जानकारी >> एल डोराडो एवेन्यूमा कविता वाचन तथा ब्याण्डको प्रस्तुति हुने >> सहकारी, लघुवित्त पीडितको पक्षमा राष्ट्रिय मुक्ति पार्टीको ऐक्यबद्धता >> कमल थापाले फेरि भने, ‘तीनकुने घटनामा पक्राउ परेकालाई छाडियोस्’ >> देश बन्दैन भन्नेहरूको पछि नलाग्नुस -परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा >> आईसर मजिस्टेक वाईको च्यासिस हस्तान्तरण, यात्रुलाई सुबिधायुक्त र गुण्स्तरिय सेवा प्रदान गर्ने ब्यवसायीको दाबी >> विश्वप्रसिद्ध वक्ता प्रेम रावत शनिबार रुपन्देहीमा >> तपाईँको जीवनको लक्ष्य के हो ! >> घोराही उपमहानगरपालिकाले थारू भाषाको बुलेटिन प्रकाशित गर्ने >> राप्रपाले अब निषेधित क्षेत्रमा प्रदर्शन गर्ने >> प्रचण्ड माथि बिष्णु रिमालको कडा व्यंग्य >> शेयर बजार लगातार तेस्रो दिन बढ्यो

पुस १ : राजा महेन्द्रले ‘कु’ गरेको दिन

१ पुष २०७९, शुक्रबार
१ पुष २०७९, शुक्रबार

 

५६ वर्ष अघि मुलुकको पहिलो निर्वाचित सरकार र संसद माथि ‘कु’ गरेर राजा मेहन्द्रले सैन्यबलमा शाही निरंकुशता सुरु गरे। प्रजातन्त्रवादीहरु त्यसैले पुष १ लाई कालो दिनका रुपमा चिन्छन्।

त्यो दिनले देशमै पहिलो पटक स्थापित प्रजातान्त्रिक शासन व्यवस्थाको अन्त्य मात्र गरेन बरु मुलुकमा कायम रहँदै आएको शाहवंशीय राजतन्त्र अन्त्यको मार्ग चित्र बनाउने आधार समेत स्थापित गरिदियो।

धेरै मानिसहरु आजसम्म पनि भन्ने गर्छन् बीपी र राजा महेन्द्र मिलेर त्यो बेला प्रजातान्त्रिक शासन व्यवस्था चल्न पाएको भए देश धेरै अघि जाने थियो।

कसरी आएको थियो पुस १
२०१५ सालका सांसद श्रीभद्र शर्माले त्यो दिनको स्मरण गर्दै ‘बीपीसँगका केही स्मरण’ नामक आफ्नो पुस्तकमा लेखेका छन्, ‘घाम एकदमै प्यारो लाग्ने याममा आकाश जब बादलले डम्म ढाकिन पुग्छ र वातावरण पूरै रुदिलो र बुदिलो वन्छ, त्यस्तो दिनलाई संस्कृत भाषामा दुर्दिन भनिन्छ।

रातिदेखि बुँदाबुँदी पानी परेको र आकाश पूरै कालो बादलले डम्म ढाकिएको । चिसो बतासले मुटु कमाउने र कुहिरोले गर्दा दृष्टि परसम्म फैलिन नपाउने दुर्दिन थियो पुष १ गते।

बिहानैदेखि काठमाडौंका सडक गल्ली र चोक चोकमा सेनाका बख्तर बन्द गाडीहरु ओहरदोहर गर्न थाले। त्यो दृष्यले सम्भावित दुर्घटनाको संकेत गरिरहेको थियो । राजाले आज भोलीमा ‘कु’ गर्छन् भन्ने हल्ला धेरै दिनदेखि चलेको थियो।’

खासमा राजा महेन्द्र बीपीलाई सत्ताबाट हटाएर उनको स्थानमा कांग्रेसकै अर्का नेता सुवर्णशमशेर राणालाई प्रधानमन्त्री बनाउन चाहन्थे । त्यसका लागि राजाले बीपीमाथि अनेकौ उपायमार्फत् दबाब दिए।

कुनै उपाय नचलेपछि राजाले निर्वाचित सरकारलाई हटाउँछन् भन्ने हल्ला फिँजाउन लगाए। यो काममा उनले बीपीका दाहिने मानिएका कांग्रेस महामन्त्री डा।तुलसी गिरी र अंगरक्षक जर्नेल शेरबहादुर मल्ललाई उपयोग गरे।

राजाले आफूलाई हटाए पनि प्रजातन्त्र माथि कु गर्छन् भन्ने विश्वास बीपीलाई थिएन। पुष १ भन्दा दिन अघि प्रमुख प्रतिपक्षी दलका नेता भरतशमशेर राणा बीपीलाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास त्रिपुरेश्वर ९दशरथ रंगाशालाको नजिक हाल भन्सार विभाग रहेको १ नं गेष्ट हाउस० गएका थिए।

उनले त्यही मुलुकको अवस्था ठीक नभएको र राजाले जुनसुकै बेला प्रधानमन्त्रीलाई जेल हाल्ने पक्का भैसक्यो भन्दै देश छाडेर भागौं भन्ने प्रस्ताव राखे । राणालाई सम्झाउँदै बीपीले भनेका थिए ‘प्रधानमन्त्री र विपक्षी दलको नेता भाग्न हुँदैन। जे पर्छ हामीले बेहोर्नु पर्छ’।

कु भएकै दिन बिहान आफ्नो सरकारी निवासमा पुगेका पत्रकार मदनमणि दीक्षितसँग बीपीले राणासँग अघिल्लो दिन भएको वार्तालाप सुनाउँदै भने ‘राजाले मलाई रुचाउँदैनन् भने म प्रधानमन्त्री पद त्याग्न तयार छु। सुवर्ण शमशेरलाई देशको प्रधानमन्त्री बनाउने उहाँको इच्छा हो भने म विरोध गर्दिनँ।’

राजधानीमा चिसो बढ्दै जाँदा राजनीतिक तापक्रम भने उच्च विन्दुतर्फ उन्मुख थियो। कुन बेला के हुने हो थाहा छैन। विपक्षी दलका नेता भरतशमशेर २०१७ मंसिरको अन्तिम दिन राति सुत्नै सकेनन्।
अन्धकार सन्नाटाबीच घोडचडीको टक्कर–वक्कर आवाज सुनियो। सके छन् की क्या हो भन्ने लाग्यो उनलाई । राजप्रसादको घोडचढी सिपाही रिसल्ला राति अचानक १२ बजे बबरमहलतर्फ बढेको देखियो। ‘अन्धकार सन्नाटामा घोडचडी राणाको ढोकै अगाडि आएर टक्क अडियो । किन, केको हतार पर्‍यो रु राणा छक्क परे।

दरबारको पत्र दिउँसो नपठाएर मध्यरातमै किनरु उनलाई लाग्यो ल अब राजाले सके छन् क्यारे । राजाले आज सिध्याउँछन्, कि भोली भन्ने गज्जबको पृष्ठभूमिमा यिनै प्रश्नहरुको चापले हतारिएर उनी लिफफा च्यात्न थाले । त्यहाँ लेखिएको थियो भोलि ३ बजे श्री ५ को दर्शन गर्न नारायणहिटी दरबारमा हाजिर हुनुहोला।

स्नेही निजी सचिव।

दर्शन पाउँ सरकार भनेर विन्तिपत्र नचढाएसम्म दरबारले बोलाउने कुनै चलन थिएन। तर के हतार पर्‍यो र मध्यरातमा चिठी पठाएर भेट्न बोलाएको रु राणा छक्क परे।

बिहानै राणा दिल्ली उड्ने तरखरमा थिए। बाहिर हेरे जताततै हुस्सुले ढपक्क ढाकेको। दरबारको पत्र बारे सोच्दा सोच्दै उनी रातभर सुत्नै सकेनन्।

पुष १ को ‘कु’का योजनाकार पूर्व प्रधानमन्त्री तुलसी गिरीले गत जेठको अन्तिम साता एक बिहान मसँ भनेका थिए– ‘कु हुन्छ भन्ने हामी केहीलाई थाहा थियो तर मिति बारे राजाबाहेक कसैलाई सुइँकोसम्म थिएन।

पुष १ को अघिल्लो रात नारायणहिटी दरबारमा राजा पनि जाग्राम नै थिए। नाताले आफ्नै जेठान सेनापति नीरशमशेर राणामाथि उनको विश्वास थिएन । प्रहरीको नेतृत्वमा २००७ सालको क्रान्तिमा कांग्रेसले बनाएको मुक्ति सेनाका कमाण्डहरु पुगिसकेका थिए । त्यसैले पुलिसमाथि उनी भर पर्न सक्ने अवस्था थिएन।

राजाले कु को योजनाबारे पर्याप्त छलफल र गृहकार्य गरे पनि साइत भने आफ्नो मुटु भित्र बन्द गरेर राखेका थिए। कसलाई कसरी समाउने, के गर्ने भन्ने योजना पनि राजा आफैले आफ्ना निकट सहयोगीलाई समेत बताएका थिएनन्।

कु को योजनामा राजालाई राजनीतिक तहमा सल्लाह दिने प्रमुख योजनाकार तुलसी गिरी भन्छन् ‘हुन त मसँग कुरा भएरै एक्सनको प्लान राजाले बनाएका हुन्। तर पुष १ गते नै कदम चाल्दैछन् भन्ने मलाई पनि थाहा थिएन।

कु भएको दिन पुष १ गते बिहान ५ बजे नै गिरी गृहमन्त्री सूर्यप्रसाद उपाध्यायलाई भेट्न गएका थिए। गिरीले उपाध्यायसँग सोधे, ‘सहरभरी सिपाही मात्र छन्। तपाई गृहमन्त्री, केही हुनेबाला छ ।’ उपाध्यायले भने ‘खै मलाई त केही थाहा छैन।

हेर डाक्टर यो गृहमन्त्री हुनु भन्दा त सामान्य सिपाही भएको भए केही थाहा हुन्थ्यो की रु हिजो सुवर्णजीसँग बाटोमा भेट भएको थियो। ल वाईवाई म त कलकत्ता गए भनेर हिडे।’

अर्कोतर्फ रातभर सुत्न नसकेका विपक्षी दलका नेता भरतशमशेर बिहानै बीपीलाई भेट्न प्रधानमन्त्रीको त्रिपुरेश्वरस्थित सरकारी निवास पुगे। दुई नेताबीच राजाले आजै कु गर्न सक्छन् भन्ने विषयमा कुरा भयो। बीपीले भने ‘राजाले हतियार प्रयोग गरे भने तत्काल त्यसको प्रतिरोध गर्ने साधन प्रजा पक्षमा छैन।’

त्यस समयमा बीपीका भतिजा शेखर कोइराला शान्तभवन स्थित ९हालको पाटन अस्पताल० मा टन्सिलको उपचार गराउँदै थिए। पुष १ गतेकै बिहान उनको अप्रेशन हुँदै थियो। शेखर भन्छन्, ‘बिहान बीपी बाबा अस्पताल आउनुभयो र त्यही उहाँले भन्नु भएको थियो आज राजाले समाउँछन् होला।’

अर्कोतर्फ राजाले राजनीतिक षड्यन्त्रको सम्पूर्ण योजना तयार गरेपछि पुष १ गते बिहान मात्र सेनापति नीरशमशेर राणा र प्रहरी प्रमुखलाई बोलाएर आफू मुलुकको शासनभार हातमा लिने निष्कर्षमा पुगेका सुनाए । उनले भने ‘तिमीहरु सहयोग गर्ने भए गर नत्र दरबारको सेनाले यो काम गर्ने छ।’ सेनापति राणाले सोधे, ‘सरकारबाट कहिलेदेखि यो कदम उठाई बक्सन्छ।’ राजाले भने ‘अहिले नै।’

राजाको आदेश सुनेपछि प्रधानसेनापतिले आश्चर्य जनाउँदै भने, ‘सरकार यो त व्यवस्था विपरित हुन्छ । चुनिएर आएको यस्तो सरकारलाई गिरफ्तार गर्दा सरकारलाई नै नराम्रो पर्दछ।’ सेनापतिको कुरा सुनेपछि राजाले उनलाई दरबारमै बस्न आदेश दिए।

सेनामा उनी पछिका सुरेन्द्रबहादुर शाह पनि राजाको कदमप्रति सहमत हुन सकेनन्। सेनाको नेतृत्व कुको पक्षमा नदेखिएपछि राजाले राजदरबार भित्रकै सेनाका जेनरल समरबहादुर कुँवरको नेतृत्वमा प्रधानमन्त्री कोइरालालाई गिरफ्तार गर्न सैनिक खटाए ।

त्यो दिन थापाथली उकालोस्थित तुङगशमशेर राणाको दरबारमा तरुण दलको महाधिवेशनमा सुरु हुँदै थियो। बीपीले उद्घाटन गर्ने त्यो अधिवेशनमा देशभरबाट युवा प्रतिनिधिहरु आएका थिए। गणेशमान सिंह, श्रीभद्र शर्मा, कष्णप्रसाद भट्टराईलगायत कांग्रेसका शीर्ष नेता र सबैजसो मन्त्री त्यहीं थिए।

अधिवेशनमा बीपीले भाषण नसक्दै कर्णेल समरराज कुवर सैनिक वर्दीमा मञ्चतर्फ उक्लिए। उनले केही समयमै प्रधानमन्त्रीका अंगरक्षकलाई बाहिर आउन इसारा गरे। त्यसपछि सेनाले सम्मेलन स्थल घेरिहाल्यो।

अनी प्रधानसेनापतिको रोलमा रहेका शाही सेनाका दोस्रो तहका जर्नेल सुरेन्द्रबहादुर शाह मञ्चमा उक्लिए र प्रधानमन्त्रीलाई स्यालुट ठोके। अनि सुरुमै प्रधानमन्त्रीको सुरक्षाका लागि खटिएका बडीगार्डको रिभल्वर कब्जामा लिए। त्यो दृष्य देख्ने बित्तिकै गृहमन्त्री सूर्यप्रसाद उपाध्यायले भने, ‘ल सकियो। उनले प्रधानमन्त्री बीपीलाई भने देख्नु भएन तपाईको बडीगार्डको पिस्टल खोसेको।’

मञ्चमा रहेका बीपीले १५ सेकेण्ड जति कुनै प्रतिकृया दिएनन्। त्यसपछि जर्नेल शाहले उहाँलाई पनि भनेर देखायो, अनि गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईतर्फ देखायो । मञ्चमा रहेका महामन्त्री श्रीभद्र शर्मालाई तपाईहरु सभा चालु राख्नुहोला भनेर बीपी बाहिरिए।

त्यो दिनको स्मरण गर्दै गणेशमान सिंहले भनेका छन्, ‘डपुटी कमाण्डर इन चिफ सुरेन्दबहादुर शाहको ओठमुख सबै सुकिसकेको थियो। उनलाई समशरबहादुरको आदेशमा खटाइएको थियो। समरबहादुरले जसजसलाई गिरफ्तार गर्न भन्यो शाह उनीहरुलाई जीपमा बस्न अनुरोध गर्दै थिए। ९गौतम्, २०७१ स् ३५०

थापाथलीबाट गिरफ्तार गरिएका बीपी, गणेशमान, सूर्यप्रसाद र कृष्णप्रसाद चारै जनालाई एउटै मोटरमा राखेर सिंहदरबार लगियो। बीपीलाई सिंहदरवारस्थित बिलियार्ड हल र मन्त्रीहरु गणेशमान सिंह र सूर्यप्रसाद उपाध्याय र सभामुख कृष्णप्रसाद भट्टराई लगायतलाई वरफवाग पुर्‍याएपछि रेडियो नेपालबाट अपरान्ह्र साढे ३ बजे शाही घोषणा भयो। अनि हेलिकप्टरवाट शाही घोषणाको पर्चा देशभरी छरियो।

१८ महिनाअघि भएको संसदीय चुनावमा दुई तिहाई बहुमतबाट निर्वाचित सरकारलाई अपदस्त गरियो । राजा आफैंले शासन सत्ता चलाए । भनिन्छ राजनीतिमा कोही कसैको स्थायी मित्र र शत्रु हुँदैन। राजा र बीपीको सम्बन्ध पनि त्यतै रह्यो।

पूर्वप्रधानमन्त्री तुलसी गिरीले पुष १ को कदम उठाउनु पर्ने कारण बनाउँदै लेखकसँग भनेका छन् राजा महेन्द्र र बीपीबीच व्यक्तित्वको टकराव थियो, सिद्धान्तको होइन । बीपीले आफूलाई जी हजुरी गरुन् भन्ने अपेक्षा गर्दथे राजा ।

तर बीपीबाट त्यस्तो व्यवहार असम्भव थियो। बीपी सार्वभौमसत्ता जनतामा हुनु पर्छ भन्ने मान्यता राख्थे । राजा आफूलाई देवताको अवतार ठान्थे र राज्य शक्तिको श्रोत आफूमा निहित छ भन्ने मान्याता राख्दथे। त्यो झगडा राजा र बीपीबीचको भन्दा पनि शासन शक्तिको श्रोत जनता हुने कि राजा भन्ने मुद्दाको थियो।

राजाका सचिवसमेत रहेका ईश्वरीमान श्रेष्ठले आफ्नो आत्मकथामा राजा महेन्द्र र बीपीको सम्बन्धबारे भनेका छन्, ‘राजा बीपीको भावना र विचारको कदर गर्थे भने कार्यशैलीको विरोध गर्थे। बीपीको व्यक्तित्वबाट भारतीयहरु झस्केका थिए।

उनीहरु बीपी निर्वाचित प्रधानमन्त्री भएकोमा खुसी थिएनन् र राजालाई सहयोग गरेका थिए। राजा महेन्द्र बीपीलाई अपदस्त गरी शासनसत्ता आफ्नै हातमा लिँदा पनि बीपीलाई मात्र परिवर्तन गरी निर्वाचित सरकार राख्न चाहन्थे।

धेरैपटक राजाले विश्ववेश्वरसँग कुरा गर्न चाहे तर बीपी झुक्दै नझुक्ने। त्यसैले त्यो राजा र बीपीको व्यक्तित्वको लडाई थियो र राजाले उनलाई कारावासको सजाय दिए। पञ्चायती व्यवस्था लागु गरे पछि उनले तुलसी गिरी, सूर्यबहादुर थापा, किर्तीनिधि विष्ट आदिलाई प्रधानमन्त्री बनाए।

तर कुनैबाट पनि त्यति सन्तुष्ट हुन सकेनन्। त्यसैले त २०२८ सालमा स्वर्गे हुनु अघि नै उनले भनेका थिए ‘मैले धेरैलाई प्रधानमन्त्री र मन्त्री बनाए तर विश्ववेश्वर जस्तो योग्य र दुनियाँलाई देखाउन लायकको प्रधानमन्त्री अर्को हुन सकेन।’ (श्रेष्ठ, २०७० : ४६)
– डायरी अफ जगत नेपालबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%