© २०२३
अमरबहादुर शाह
स्वतन्त्र अस्तित्व बनाउन नसकेका यी पेशागत समूहलाई आज पनि कालोलाई सेतो र सेतोलाई कालो बनाउने यन्त्रको रूपमा लिइन्छ । हरेक दिन देशमा नयाँ कानून निर्माण भई रहेको अवस्थामा आन्दोलन हड्तालको खबरले उग्र रूप लिँदै छ । कानूनको व्याख्या गर्न माहिर भएका अभियन्ताले यी कानूनका सकारात्मक पक्षमा नबोली मात्र कुन न्यायकर्तालाई उच्च पदमा व्यवस्थित गर्ने वा कसको खुट्टा तान्ने, त्यो पनि राजनितिक दलको निर्देशनमा भइरहेको छ । कुनै न कुनै दलको झण्डाको आडमा वकालत गर्ने विद्वानहरूकै कारण देशमा अराजकताको जड मजबुत भइआएको छ ।सामाजिक अभियन्ताको अर्थ देशमा निर्माण भई रहेको कानून, समाज अनुकुल वा प्रतिकुल के छ ? त्यसको तर्कपूर्ण व्याख्या गरी विद्यमान सरकारलाई उक्त कानूनबाट समाजमा हुन सक्ने हित एवं अहितको परिणाम बारे खबरदारी गर्ने कर्तव्य हो । आज नेपाली जनता निराशाको जीवन व्यतीत गर्न बाध्य देखिन्छन् । कारण रहेको छ सक्षम र योग्य नेतृत्वको चयनमा कमी । निर्वाचनमा मतदान बिक्री गरेको आरोप लागेका जनता, खण्डन गर्न असमर्थ देखिन्छन् । साथै भविष्यमा आउन सक्ने विकृतिको पहिचान गर्न मुस्किल हुँदै गइरहेको छ । पत्रपत्रिकाका समाचारबाट दिनहुँ विद्वानहरूको अन्तर्वार्ता सुन्न पढ्न पाइन्छ, सैद्धान्तिक रूपमा विचारको धनी भएता पनि व्यवहारिकतामा कुनै न कुनै दलको झण्डा तल अडिएकै पाइन्छ । कसैलाई नहोच्याई अपशव्द बयान नगरी मन्तव्य पुरा हुँदैन र लोकतन्त्र गणतन्त्रले अँगालेको रहस्य यसरी सार्वजनिक गर्दै छन् । जनताबाट चर्को कर असुल्दै सत्ताधारी मन्त्री सांसद लगायत विपक्षीहरूको विलासी जीवन यापनमा मद्दत पुराउनु रहेको छ । यहाँ जनताले नेता, नेताले कार्यकर्ता, कार्यकर्ताले गुण्डा, गुण्डाले व्यापारी, व्यापारीले बाह्य संघ संस्था, बाह्य संघ संस्थाले विद्वान र विद्वान वर्गले पुनः नेता पाल्ने जीवनचक्र चलिरहेको छ । तर जुनसुकै अवस्थामा खाल्डोमा पर्ने जनता नै हुन् ।
बिधिशास्त्रले कानूनको ज्ञान भएका विद्वानहरूलाई पहिचान गरी सामाजिक अभियन्ताको रूपमा परिभाषित गरेको छ । नेपालको तुलनामा अन्य देशमा यस धारणाको महत्व होला तर यहाँ सबै भन्न नमिल्ने भए पनि प्रायः कनिष्ठ देखि वरिष्ठ विद्वान अराजकताको मुख्य जड देखिएका छन् । यी अभियन्तालाई पेशाको दायरामा ल्याउने आचारसंहिता रहेता पनि कानून एकातिर व्यवहारिकता अर्कोतिर रहेको पाइन्छ । स्वतन्त्र अस्तित्व बनाउन नसकेका यी पेशागत समूहलाई आज पनि कालोलाई सेतो र सेतोलाई कालो बनाउने यन्त्रको रूपमा लिइन्छ । हरेक दिन देशमा नयाँ कानून निर्माण भई रहेको अवस्थामा आन्दोलन हड्तालको खबरले उग्र रूप लिँदै छ । कानूनको व्याख्या गर्न माहिर भएका अभियन्ताले यी कानूनका सकारात्मक पक्षमा नबोली मात्र कुन न्यायकर्तालाई उच्च पदमा व्यवस्थित गर्ने वा कसको खुट्टा तान्ने, त्यो पनि राजनितिक दलको निर्देशनमा भइरहेको छ । कुनै न कुनै दलको झण्डाको आडमा वकालत गर्ने विव्दानहरूकै कारण देशमा अराजकताको जड मजबुत भई आएको छ । यसलाई सुरुवात मान्न सकिन्छ आउने दिनमा देशवासी गुलाम वा मालिक के बन्लान् आफैं सोच्दै गर्नुहोला ।
पेशागत दृष्टिकोणले निर्दोष वा अपराधी, जो कोहीको वकालत गर्ने संहिता रहेको छ तर आफैं पक्ष बनी मुद्दामा गलत तवरले प्रभाव पार्ने छुट कसैले कसैलाई दिएको छैन । दिनहुँ समाजमा विवाद बढ्दो छ । तर समाधान न्यून । यस्तैमा विद्वानबाटै न्याय सम्प्रेषणमा बाधा अड्चन पुराएको खबर आउँदा जनमानसमा कस्तो शिक्षा संप्रेषण होला । मेरो विचारमा सामाजिक अभियन्ताको दायित्व न्याय प्रेषणको दौरान हुन आउने विकृतिको पहिचान गरी समाजमा सकारात्मक उत्साह बढाउने कार्यको प्रोत्साहन गर्ने कानूनको निर्माणमा जोड दिनु हो । आजको समयमा राजनीति व्यापारको माध्यम भएको छ, जहाँ असल भन्दा खराब व्यक्तिको आगमन हुँदै गई रहेको छ । सक्षम भन्दा असक्षम व्यक्तित्वको मानमर्दन भइरहेको छ । कारण राजनीतिमा हुने एक असल व्यक्ति कानून र सभ्यताको पालना गर्दै सबको हकहित सोच्दै जाँदा भने जस्तो तत्काल प्रगति दिन सक्दैनन् भने अर्को तर्फ स्वार्थी र उपद्रव मच्चाउनेले माफिया पोषण गर्दै वाहवाह कमाई रहेका हुन्छन् । आजको परिस्थितिमा स्वदेश हो वा विदेश, कानूनको उपहास गर्ने नै सबका लायक भएका छन्, यो कुन युगमा छौं हामी ?
एक सच्चा सामाजिक अभियन्ताले राष्ट्र र राष्ट्रियता जोगाउनुलाई आफ्नो मुख्य उद्देश्य ठान्दछ । समाज र जनतालाई न्याय दिलाउन लागि लडी राख्छ । तर मेरो देशमा यो सिद्धान्त र परिभाषाको चरम दुरूपयोग भएको देखिराखेको छु । अरूको स्वार्थको पिछा गर्दै आफ्नो इमान्दारिता भुलेका यी नायकहरूलाई राज्यको असल नीतिको स्वागत र असभ्य व्यवहारलाई बहिष्कार गर्नुपर्नेमा जोड दिनु पर्ने महशसुस गर्दै छु । हामी सबै स्वतन्त्र अभियन्ता स्वरूप असललाई असल र खराबलाई खराब भन्ने बानी बसाइ हाल्नुपर्नेमा ढिला भएको छैन । कानून निर्माताले प्रस्तुत गरेका कानूनले समाजमा सकारात्मक वा नकरात्मक के कस्ता असर पार्ने बारेमा सुझाव दिनुपर्नेमा कुन दलले कुन कानून निर्माण गर्यो र त्यसपछि समर्थन असमर्थनको निहुँ खोज्नुले कुनै प्रकारको बौद्धिकताको पहिचान दिँदैन । सामाजिक अभियन्ता सदा निष्पक्ष रहनुपर्छ । अरूको स्वार्थलाई आफ्नो लक्ष्य बनाई राजनीतिक माफियाको पालन पोषण गर्न पछि हट्नु पर्ने वातावरणको सुरुवात आजै देखि गर्नु पर्ने हो । आफ्नो र समाजको हितलाई ध्यानमा राखी संहितावद्ध भएको आचारसंहिताको महŒव जोगाउँदै न्यायको वकालत गर्दै जानुपर्छ, अन्यायको मोल मोलाइमा होइन । यदि सामाजिक अभियन्ताले नै राजनीतिक दलका कार्यकर्ता झैँ न्याय अन्याय छुट्याउन सक्ने हैसियत राख्दैनन् भने देशमा बढ्दै गइरहेका अपराध र असामाजिक विकृतिका मुख्य कारकका रूपमा परिभाषित हुन तयार रहनु होला । à नवलपरासी