ट्रेंडिंग:

>> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने

विदेशी मुद्रा आर्जनमा पर्यटन क्षेत्रको भूमिका

८ आश्विन २०७५, सोमबार
८ आश्विन २०७५, सोमबार

छवि पाण्डे
विश्वका अधिकांश मुलुकले पर्यटन क्षेत्रको विकास र बिस्तार गरेरै देशको सम्मृद्धि र विकास हासिल गरिरहेको बेला नेपाल सरकारले समेत देशभर थप एक सय नयाँ पर्यटकीय गन्तव्य थप्ने तयारी गरेको छ । विश्वका उजाड मुलुकहरूले अप्राकृतिक माध्यमबाट समेत पर्यटकीय गन्तव्यको विकास गरिरहेको बेला नेपाल आफैमा सुन्दर र प्राकृतिक मुलुक भएको नाताले पर्यटन क्षेत्रको विकास र सम्मृद्धिमा योगदान गर्नु अब ढिला भैसकेको महशुस भैरहेको छ । नेपाल विश्वकै उच्चतम पर्यटकीय गन्तव्य मुलुक रहेको घोषणा विश्वले नै गरिरहेको बेला नेपाल आफैले त्यसको लागि आवश्यक पूर्वाधार विकास गरी विदेशी मुद्रा आर्जनमा योगदान पु¥याउन सक्छ । त्यसका लागि फेरि पनि नेपालका पर्यटकीय स्थलहरूको प्रचार प्रसारमा जुट्नु जरुरी भैसकेको छ । नेपालले पछिल्लोपटक थप एक सय बढी स्थानलाई पर्यटकीय गन्तव्य स्थानको पहिचान गरी तिनको विकास गर्ने योजना अघि बढाएको छ जुन स्वागतयोग्य कदम हो भन्नुपर्दछ । नयाँ पर्यटकीय गन्तव्य बन्न आवश्यक मापदण्डका लागि विभिन्न प्राकृतिक, ऐतिहासिक, पुरातात्विक, साहसिक, धार्मिक र सांस्कृतिक महŒवका गन्तव्यलाई पहिलो प्राथमिकता दिइएको छ भने एक सय वर्ष पुराना पुरातात्विक महŒवका सम्पदा तथा पूर्वाधारको अवस्था, सडकको पहुँच, खाना र आवासको व्यवस्था तथा शौचालयको उपलब्धतालाई पनि पर्यटकीय गन्तव्यको नयाँ मापदण्ड निर्धारण गरिएको छ । त्यसैगरी प्रस्तावित गन्तव्य नजिक रहेका अन्य आकर्षक गन्तव्यको उपलब्धता र त्यसलाई नयाँ सर्किटको रूपमा व्यवस्था गर्न सकिने, गन्तव्य नजिक रहेका स्थलहरूमा करिब पाँच घण्टा समय व्यतित गर्न सक्ने गन्तव्यलाई पर्यटकीय स्थलका रूपमा व्याख्या गर्ने मापदण्ड तय गरिएको छ ।
नेपाल विश्वकै प्रमुख पर्यटकीय गन्तव्य मुलुक हो । पर्यटकीय क्षेत्रको विकासबाटै विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । वास्तवमा नेपालले विदेशी मुद्रा आर्जनका लागि आफ्नो प्रमुख आधार पर्यटन क्षेत्रलाई वनाउन सक्दछ, तर त्यसका लागि फेरि पनि नेपालका पर्यटकीय क्षेत्रको विकास र तिनको प्रचार प्रसारमा ध्यान दिनु जरुरी छ । नेपालले अहिले जसरी रेमिटान्सवाट आर्थिक सम्मृद्धिमा योगदान पुगिरहेको ठानिरहेको छ त्यसरी नै विदेशी मुद्रा आर्जनवाट पनि सम्मृद्धिमा महत्वपूर्ण टेवा पुग्ने आधारहरू तयार छन, केवल तिनको पूर्वाधारमा जोड दिनु जरुरी छ । विश्वका कैंयौ मुलुकले जसरी विदेशी पर्यटक भित्राउन पर्यटकीय क्षेत्र नभए पनि कृत्रिम रूपमा पर्यटन क्षेत्रको विकास गरेका छन् र तिनले त्यसका लागि अवौं अर्व रूपैया खर्च गरेका छन् तर नेपालले त्यो केही नगरिकनै भएका क्षेत्रलाई सरसफाइ गरेमात्रै पनि प्रशस्त आधार तयार गर्न सक्दछ र विदेशी पर्यटक भित्राएर डलर कमाउन सक्दछ । विदेशी मुद्रा आर्जन नभैकन देश सम्मृद्ध वन्न सक्दैन भन्ने कुरा पुष्टी भैसकेको छ । देशमा विदेशी मुद्रा जति धेरै सञ्चित रहन्छ, त्यति नै मुलुकको सम्मृद्धिको आधार तयार हुन्छ । त्यसकारण पनि अहिले नेपालको प्रमुख ध्येय सम्मृद्धिको लागि पर्यटक भित्राउने र विदेशी मुद्रा कमाउने नै हुनु जरुरी छ ।
नेपाल सरकारले पर्यटन क्षेत्रबाटै देशको विकास गर्ने भन्दै एकसय बढी पर्यटकीय स्थललाई आधार सूची वनाएको छ र तिनको प्रवद्र्धनमा जोड दिएको छ । ती आधार भनेको विश्वमै ऐतिहासिक स्थलहरूको पहिचान गर्ने नै हो । नेपालमा त्यस्ता ऐतिहासिक स्थलहरूको संख्या हजारौंको संख्यामा छ । त्यसमध्ये पनि लुम्बिनी एक हो जहाँ विश्वका करिव ६ अर्व बौद्धमार्गीहरूको आस्थाको केन्द्र बनेको छ र ती आफ्नो जीवनमा कुनै न कुनै दिन लुम्बिनीको भ्रमण गर्न चाहना राख्छन् । लुम्बिनीको विकास त्यही रूपमा गर्ने हो र लुम्बिनी आउने मार्ग सहज हुने हो भने एक वर्षमा लुम्विनी भ्रमण गर्ने पर्यटकहरूको संख्या लाखौंको हुनेछ । लाखौं पर्यटकले लुम्विनीमा खर्च गरे भने त्यसले नेपालको आर्थिक गतिविधि बढाउन ठोस मद्दत पुग्ने निश्चित छ । भैरहवामा वन्दै गरेको क्षेत्रीय स्तरको अन्तर्राष्ट्रिय विमानस्थलले पनि लुम्बिनीमा पर्यटक बढाउने छ र अन्तर्राष्ट्रिय उडान तथा अवतरण भैरहवामा हुने भएपछि अन्तर्राष्ट्रिय पर्यटक सिधै लुम्विनी आउनेछन् जसबाट विदेशी मुद्रा आर्जनमा लुम्बिनी एक सशक्त माध्यम हुनेछ । समग्र लुम्बिनी क्षेत्रको विकासमा विदेशी पर्यटकको आगमन एक उदाहरणीय डलर सञ्चितीको माध्यम हुने निश्चित छ । त्यसैगरी नेपालकै सगरमाथासहितको दर्जनौं हिमालहरू, पशुपतिनाथ मन्दिर, जनकपुरको जानकी मन्दिर लगायत सयौंको संख्यामा त्यस्ता धार्मिक केन्द्रहरू छन् जसको आकर्षण थोरैमात्र बढाएपनि विदेशी पर्यटक आकर्षित गर्न सकिन्छ र त्यसका माध्यमवाट देशको अर्थतन्त्र बलियो वनाउनमा मद्दत मिल्दछ ।
नेपालको कूल ग्राहस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान सात दशमलव ५ प्रतिशत रहेको छ । पर्यटन क्षेत्रमा नेपालमा कूल ४ लाख बढी रोजगारीको अवसर सिर्जना भएको छ जुन कूल रोजगारीको दुई दशमलव ६ प्रतिशत हो । नेपाल सरकारले ५ लाख रोजगारीको अवसर सिर्जना गर्ने योजना अघि सारिरहेको बेला पर्यटन क्षेत्रको योगदान एक महत्वपूर्ण साझेदार वन्न सक्छ । पर्यटन क्षेत्रको प्रवद्र्धन, शान्ति सुरक्षाको अवस्थामा सुधार र नेपालको प्रचार प्रसार विश्वमा त्यही विन्दुमा बढ्दै जान सक्यो भने निश्चितै रूपमा नेपालमा पर्यटनको क्षेत्रवाट विदेशी मुद्रा आर्जनमा सघाउ पुग्न सक्छ । फेरिपनि त्यसका लागि नेपालको विषयमा विदेशमा गलत सन्देश जानु हुँदैन । यद्यपि नेपालमा भैरहने वन्द, हडताल र द्वन्द्व अन्त्य भएको लामो समय नभएको कारण पर्यटक आगमनमा केही समस्या छ । विदेशमा नेपालको विषयमा नकारात्मक सन्देश फैलाउने माध्यमहरू पनि छन् तर तीनको सामना गर्दै अघि बढ्ने र नेपालको सकारात्मक गतिविधिहरूको प्रचार प्रसार गराउनेतर्फ ध्यान दिने हो भने निश्चित रूपमा आउँदा दिनमा पर्यटन क्षेत्र नेपालको लागि रेमिट्यान्सजस्तै स्थायी मुद्रा आर्जनको माध्यम बन्ने कुरामा कुनै शंका छैन ।
नेपालमा आउने अधिकांश पर्यटकहरू विदा मनाउन तथा घुम्न आउने गरेका छन् । त्यसैगरी तीर्थयात्राका लागि पनि पर्यटकहरूको आगमन ठूलो संख्यामा हुने गरेको छ । विदा मनाउन र घुम्न तथा मनोरञ्जनका लागि आउने पर्यटकहरूले नेपालको विषयमा सधै सकारात्मक सन्देश नै लिएर जाने गरेका छन् । नेपालको प्राकृतिक सुन्दरताबाट मोहित नहुने विदेशी पर्यटक कमै होलान् । तिनले विदेशमा गर्ने प्रचार प्रसारले नेपालमा थप विदेशी पर्यटक भित्राउन ठूलो सहयोग मिलेको छ । अतः त्यस्तो पर्यटकको आगमनलाई सहज बनाउने तथा तीनले घुम्ने स्थानहरूमा स्वागतको व्यवस्था नेपाल सरकारले आफै गर्ने हो भने निश्चित रूपमा पर्यटक आगमनको त्यो आधार नै हुनेछ ।
अन्त्यमाः बदलिँदो परिबेशसंगै पर्यटन क्षेत्रको परिभाषामा पनि ठूलो बिस्तार हुँदै गएको छ । यसो भनिरहँदा नेपालमा अनेकथरी पर्यटनका आधार स्तम्भहरू स्थापित देखिन्छन् । धार्मिक पर्यटन एक प्रमुख आधार हो भने त्यसपछि ग्रामीण पर्यटन, कृषि पर्यटन, पर्वतारोहण पर्यटन, ट्रेकिङ पर्यटन लगायतका पर्यटनका माध्यमहरू हुन् । पर्यटनका यिनै श्रोत र माध्यमहरूबाट समग्र देशको विकासमा टेवा पुग्न सक्दछ । त्यसकै माध्यमवाट विदेशी मुद्रा आर्जनमा सहयोग पुग्दछ । जतिधेरै विदेशी पर्यटक आउँछन् त्यति नै मात्रामा विदेशी मुद्रा आर्जन हुन्छ । त्यसबाट देशको अर्थतन्त्र चलायमान बनाउने सहयोग पुग्दछ । अहिले विदेशी मुद्रा आर्जनको एक माध्यम वनेको पर्यटन क्षेत्रको विकासमा नेपाल सरकारले समेत चासो दिएको छ । सन् २०२० लाई नेपाल पर्यटन वर्षको रूपमा मनाउने नेपाल सरकारले तयारी समेत थालेको छ । पर्यटन वर्ष मनाउने निर्णय गरेर सरकारले नेपालमा धेरै भन्दा धेरै विदेशी पर्यटक भित्राउने लक्ष्य लिएको छ । अहिले पर्यटन क्षेत्रवाट नेपालको कूल ग्राहस्थ्य उत्पादनमा सात प्रतिशतको योगदान छ । आगामी दिनमा त्यसमा अझ बृद्धि गर्न पर्यटन क्षेत्रको विविध आयाममा ध्यान दिनुपर्ने आवश्यकता छ । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?