ट्रेंडिंग:

>> आज अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको अवस्था कस्तो छ ? >> रातमा भुलेर पनि नखानुहोस्, यी तीन चीज, देखिन्छ नकारात्मक असर >> बुटवलको बुद्धनगरमा गोली चल्यो >> तातोमा ‘लोहार दाई’ >> सातवटै वडामा उज्यालो समाजका लागि सार्वजनिक प्रतिबद्धता >> पर्यावरण मैत्री लघुकथा वाचनको एक दिन…… >> श्रीनगर घुमघाम र बिचरणको रोमाञ्चकता >> अराजकता नरोकिए शिक्षा प्रणाली ध्वस्तः मन्त्री तिमल्सिना >> रातीमा मणिमुकुन्द भलिबल >> ‘पैसा चुहिने’ भन्सारमा संसदीय समितिको निरीक्षण >> मध्यरातिसम्म प्रधानमन्त्री र सभामुखसँग शिक्षक महासंघको छलफल >> पानी पार्ने प्रणाली पश्चिमबाट पूर्वतिर सर्दै >> लुम्बिनी कप महिला फुटबलमा आर्मीको विजयी सुरुवात >> रुपन्देहीमा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसिप सुरु >> नगरभित्र ट्राफिक व्यवस्थापनमा लचकता अपनाउन ट्राफिक प्रहरीलाई आग्रह >> दाङमा बस दुर्घटना: दुईजनाको मृत्यु >> मणिमुकुन्द भलिवल कप इन्डो नेपाल प्रतियोगिताको तयारी पूरा, उदघाटन खेलमा आयोजक र भारतीय टिम भिड्दै >> देश विकासमा पूर्वाग्रह र मतभेद राख्न आवश्यक छैन : प्रधानमन्त्री >> देवदह र आयोजक वेष्ट्रन विजयी >> गभर्नरमा गुणाकरलाई रोक्न सर्वोच्चमा रिट, आइतबार पेसी >> लुम्बिनीको मासिना बाबा नरेन्द्रपूरी माध्यमिक विद्यालयमा नक्कलको भिडियो लिक >> १०२ ग्राम ब्राउन सुगर सहित दुई युवा पक्राउ >> टिपर र कार ठोक्किँदा दुईजनाको मृत्यु >> अमेरिकाले फालेका कागज पढेर चीनले निकाल्यो नुनबाट आणविक शक्ति >> सेयर बजार १.९४ प्रतिशतले बढ्यो >> कक्षा १२ को परीक्षा सारिएको छैन, भ्रममा नपर्न बोर्डको अनुरोध >> प्रचण्ड पुगे गौतम बुद्धले बाल्यकाल बिताएको तिलौराकोट क्षेत्र >> यमनको बन्दरगाहमा अमेरिकाको भिषण हवाई हमला, ३८ सर्वसाधारणको मृत्यु >> इभि गाडीको चार्जिङ स्टेशनसंगै ‘द डेली ग्राइण्ड क्याफे’ सन्चालनमा  >> क्यान्सर पीडित धवलशमशेर राणा हाजिर जमानीमा रिहा हुने तयारी >> ६ महिनापछि पुनः चलायमान भयो हेटौँडा सिमेन्ट उद्योग >> चेपाङ समुदायका लागि आवास निर्माणका कार्यक्रम ल्याउँछौंः प्रधानमन्त्री >> शिलन्यास बहिष्कार गरेकी रेणु अन्ततः भरतपुर सडकको उदघाटनमा >> दाउन्ने सडकखण्डमा एकतर्फी रूपमा मात्र गाडी चल्न थाले >> लुम्बिनी प्रदेश सरकारले ल्याउने बजेट घाटाविहीन, टुक्रे योजनाको अन्त्यतर्फ सरकार >> सुनको भाउ तोलामा आठ सय रुपैयाँले घट्यो >> सशस्त्रको ब्यारेकमा मध्यरातमा गोली चले पछि… >> राष्ट्र बैंकका निर्देशक गुणाकर भट्टले दिए राजिनामा >> भीमाको उपचारमा अस्तालको लापरवाही ठहर, १५ लाख क्षतिपुर्ति भराउन अदालतको आदेश >> लमही–कोइलावास सडकखण्डमा बस दुर्घटना, २१ जना घाइते >> दाल धेरै भयो वा बाँकी रहयो, उसो भए सजिलो तरिकाले पराठा बनाएर खानुहोस् >> आज राष्ट्रिय टोलीका तीन सदस्य सहित त्रिभुवन आर्मी क्लब मैदानमा उत्रिदै  >> बिराटनगर एमालेमा ओली पक्षधर क्लिन स्विप, ढकाल समुह बिजयी >> बारामा साढे तीन क्विन्टल बढी गाँजा सहीत ५ जना पक्राउ >> वीरगन्जमा निषेधाज्ञा हट्यो >> बरूण धवन यो बर्ष बुवा डेभिडसहित थप ३ फिल्ममा देखिदै >> धाक धम्की दिई रकम उठाएको आरोपमा पत्रकार पक्राउ >> आजको विदेशी मुद्रको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ? >> मेलमिलाप सम्बन्धी आधारभूत तालिम >> स्वेच्छाले अमेरिका छाडनेलाई पैसा देखी हवाई टिकटसम्म निःशुल्क

धान खरिद प्रकृया तत्कालै सुरु गर

२७ मंसिर २०७९, मंगलवार
२७ मंसिर २०७९, मंगलवार

नेपाललाई कृषि प्रधान देश भनिएपनि त्यही देशका कृषक न्याय नपाएको भन्दै आन्दोलित हुनुपर्ने बाध्यता छ । सरकारले कृषकलाई नाममात्रको राहत र अनुदान प्रदान गर्दै आएको किसानको गुनासो छ । किसानहरु विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका छन । अहिले उत्पादित धान विक्री गर्ने समय हो तर विक्रीका लागि पनि किसानले गुहार माग्नुपर्ने बाध्यता छ । धान उत्पादक किसानले धान खरिद प्रक्रिया अविलम्ब अगाडि बढाउन र मलको सहज आपूर्तिको माग गर्दै आन्दोलन गर्न बाध्य हुनु भनेको किसानका माग सुनुवाई नहुनु नै हो । नेपाल किसान महासंघ र अखिल नेपाल किसान महासंघ रुपन्देहीले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड लुम्बिनी प्रादेशिक कार्यालय भैरहवामा तालाबन्दी गर्ने अवस्था आएको छ । किसानका लागि यो रहर होइन बाध्यता हो । किसानले आफूहरुका माग सम्वोधन गर्न सरकारले आनाकानी गरिरहेको गुनासो गरिरहेका छन । महासंघले त्यही भएरपनि आम किसानलाई संघर्षमा उत्रिनका लागि आह्वान गरेको छ । आन्दोलनकै क्रममा किसान महासंघले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीलाई ज्ञापनपत्र बुझाउने, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको कार्यालयमा धर्ना तथा तालाबन्दी, विभिन्न जिल्ला र स्थानीयस्तरमा किसान प्रदर्शन, ¥याली तथा सभाहरुको आयोजना गर्नेगरि आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । विडम्वना नै भन्नुपर्दछ जुन देशलाई कृषि प्रधान देश भनिएको छ त्यही देशका नागरिक न्यायको माग राख्दै आन्दोलनमा उत्रिनु पर्दछ । सुन्दा सामान्य लागेपनि वास्तविकतामा किसान मर्कामा परेर सडकमा आउनु परेको छ । सरकारमा थोरै भएपनि मानवीय मूल्य र मान्यता छ भने तत्काल किसानहरुले उठाएका माग सम्वोधन गरोस् ।

एकातिर धानको मूल्य नपाएको किसानको गुनासो छ । अर्कोतिर हिउँदे खेतीका लागि आवश्यक मल बीउको अभाव छ । किसानले देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउनकै लागि मल र बीउको माग गरेका हुन । जसबाट उत्दान बढ्छ तर सरकार किसानका मागप्रति जवाफदेही नै छैन । कृषि मन्त्रालय किसानलाई चाहे र आवश्यक जति मल उपलब्ध गराउन सक्दैन । अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेशका सचिव महेन्द्र गिरीले अविलम्ब किसानको धान खरिद प्रक्रिया अगाडि बढाउन र हिउँदे खेतीका लागि आवश्यक मलको तत्काल व्यवस्था गर्न आन्दोलन गर्नुपरेको बताउनु भएको छ । किसान महासंघले अन्यथा किसान महासंघहरु देशभरका किसान परिचालन गर्न बाध्य हुने चेतावनी समेत दिएको छ । सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेटमा धानको समर्थन मूल्य निर्धारण गरी खरिद गर्ने, यदी किसानले समर्थन मूल्य भन्दा कम मूल्यमा विक्री गर्नुपरेमा त्यस्तो फरक समेत सोधभर्ना दिने उल्लेख गरेको छ तर नीति कार्यक्रम एकातिर छ । किसानलाई अनावश्यक भ्रममा पारिएको छ । सरकार आफ्नै घोषणा र प्रतिवद्धताविपरीत धान खरिदबाट भाग्नु सरकारको असक्षमताको पराकाष्ठा हो । सरकारले धानबाली भित्राउने समय सुरु हुनासाथ धान खरिद प्रक्रिया अगाडि बढाउनुपर्नेमा सम्पूर्ण उत्पादित धान व्यापारीकहाँ पुग्न लाग्दासम्म धान खरिद नगर्ने सरकारी निकाय आफै मुकदर्शक बनेर बस्नु बिडम्बना हो । सरकारी निकायले धान खरिद प्रक्रिया सुरु नगरेकोले किसानहरु व्यापारीहरुलाई सस्तो मूल्यमा विक्री गर्न बाध्य छन । यो क्रम बर्षौंदेखि चलिआएको छ । किसानले त्यसका विषयमा गुनासो गर्दै आएका छन तर समस्याको सम्वोधनमा आनाकानी भैरहेको छ । खेती लगाउने समयमा मलबीउको अभाव, कृषि उत्पादन लागतमा वृद्धि, कृषि श्रमिको अभाव जस्ता समस्याका बाबजुद उत्पादित उपजहरुमा बिचौलियाको मनोमानीले त्यसै त किसान पीडित छन । त्यसमाथि सरकारको रवैयाले किसानलाई पीडा दिएको छ । अझैपनि समय छ– किसान महासंघलाई आन्दोलित हुनबाट रोक्नेतर्फ सरकारले प्रयास गरोस् । किसानले उठाउँदै आएका माग सम्वोधन होस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%