ट्रेंडिंग:

>> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते
सुस्तामा सधै सास्तीः

सात वर्ष बित्यो, बनेन झोलुङ्गे पुल

२७ मंसिर २०७९, मंगलवार
२७ मंसिर २०७९, मंगलवार

नवलपरासी, २७ मंसिर ।

सात वर्षमा पनि सुस्ताको झोलुङ्गे पुल बन्न नसक्दा सुस्ताबासीले सास्ती खेप्नु परेको छ । ठेकदारको लापर्वाहीका कारण हालसम्म झोलुङ्गे पुल बन्न नसक्दा सुस्ताबासीले सास्ती खेप्न परेको हो । पुल निर्माणमा हुने ढिलाईका कारण अझै जोखिमपूर्ण डुङ्गा यात्रा गर्न सुस्ताबासी बाध्य रहेको स्थानीयबासीले गुनासो समेत गरिरहेको नवनिर्वाचित लुम्बिनी प्रदेश सभा सदस्य (साँसद) देवकरण कलवारले बताए । आफु संविधान सभा सदस्य हुँदा नै नेपाल सरकारसँग पहल गरी सुस्तामा पुलको योजना पार्न लगाएको दाबी गर्दै यस क्षेत्रका जनप्रतिनिधिले बेलामा पहल नगरिदिदा पुल निर्माणमा ढिलाई भइरहेको उनले बताए । “अहिले म पुनः प्रदेश साँसदमा निर्वाचित भएको छु”, साँसद कलवारले भने,“मेरो पहिलो दायित्व पुलको छिटो भन्दा छिटो निर्माण गराई सुस्ताबासीको समस्या समाधन तर्फ लाग्नु हो ।”

ठेकेदारसँग सम्पर्क भई रहेको उनले बताए । “यसै बर्षभित्र जसरी पनि पुल निर्माण कार्य सम्पन्न गराई सञ्चालनमा ल्याईन्छ । पुल निर्माणले सुस्ताबासीलाई बजारदेखि दैनिकी चलाउनमा जोखिमपूर्ण डुंगाको यात्रा गर्न परिरहेको छ”–उनले भने । पुल निर्माणमा ढिलाईले सुस्ताबासीलाई पुल तर्न आकासको फल, आँखा तरी मर, जस्तै भएको साँसद जैसवालको तर्क थियो । तर जसरी पुल ल्याउने प्रयास आफ्नो कार्यकालमा गरेर छाडें, त्यसरी नै आफुले पुल निर्माणमा पनि सहजीकरण गराउँदै पुल बेलामा सम्पन्न गराई सञ्चालनमा ल्याउनका लागि आफु अहिलेदेखि नै लागि परेको बताए । नारायणी नदी (गण्डक) ले घेरिएको सुस्ता भूमिबाट आफ्नै वडा एवं गाउँपालिका र त्रिवेणी बजार आउन जोखिमपूर्ण डुङ्गा यात्रा गर्नु पर्ने बाध्यता रहेको छ भने बर्षाको समयमा भारतीय यातनाका बीच पनि भारतीय बाटो नै प्रयोग गर्न बाध्यात्मक अवस्था छ । वर्षाको समयमा, गर्भवती महिला, विरामीलाई उपचार गराउन नेपालमा नसकेर बाध्य भई भारतको बिहार पुग्नु पर्ने बाध्यता रहेको छ । नदीमा बाढीले विद्यार्थीहरु उच्च शिक्षा अध्ययन गर्न, नदी पारी जान, स्थानीयलाई दैनिक हाटबजार गर्न पारी जान निकै कठिनाई हुने सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जयसवालले दुःखेसो पोखेका थिए ।

नारायणी नदी पारी भारतको विहारसंँग जोडिएको सुस्ताभूमि जिल्लाको सुस्ता गाउँपालिका वडा ५ को एक गाउँ हो । उक्त गाउँलाई वडा कार्यालय, गाउँपालिका कार्यालय र सदरमुकाम संग जोडने गरी सरकारले ७ वर्ष पहिला २०७२ सालमा झोलुङ्गे पुलको आयोजना दिए पनि ठेकेदारको चरम लापरवाहीले उक्त पुल निर्माण हुन सकेको छैन । वर्षाैंदेखि भारतीय यातना खेप्दै र जोखिमपूर्ण डुङ्गाबाट यात्रा गर्दै आएका सुस्ताबासीको समस्या सामाधान गर्न सरकारले सुस्ता र पक्लिहवा गाउँ जोडन एसियाकै दोश्रो ठुलो झोलुङ्गे पुलको आयोजना दिएको थियो ।

  • पुल निर्माण ढिलाईले सुस्ताबासीलाई पुल तर्न आकासको फल,आँखा तरि मर,जस्तै भएको छ । नारायणी नदी (गण्डक) ले घेरिएको सुस्ता भुमीबाट आफनै वडा एवं गाउँपालिका र त्रिवेणी बजार आउन जोखिमपुर्ण डुङ्गाा यात्रा गर्नु पर्ने बाध्यता रहेको छ ।

त्रिशुली आश्रय जेभी कन्स्ट्रक्शन कम्पनीले २०७४ सालमा (२९ महिनामा) सम्पन्न गर्ने गरी २७ करोड रुपैयाँमा उक्त ठेक्का लिएको छ । उक्त पुलको एक हजार ५ सय ७१ मिटर लम्बाई र डेढ (१.६) मिटर चौडाई रहेको छ । उक्त झोलुङ्गे पुल निर्माणमा ठेकदार कम्पनीले ढिलाई गर्दै ७ बर्षसम्ममा पनि अझै पिलर ठड्याउने र तार तान्ने कार्यमै अल्झिएको छ ।

दुई बर्षमा सन्पन्न गर्नु पर्ने उक्त योजना ठेकेदारको चरम लापरवाही र आलटाल गर्ने कार्यले पुल सम्पन्न हुन नसकेको सुस्ता बचाउ अभियानका प्रवक्ता जयसवालले आरोप लगाए ।

ठेकदार कम्पनीले कहिले श्रमिक अभाव त कहिले पानीको उच्च बहाव र सरसमान नपाएको बहाना देखाउँदै काममा ढिलासुस्ती गर्दै आएको छ । समग्रमा पुलको करिब ७० प्रतिशत मात्र काम हुन सकेको छ । पुलमा ढिलाई देखेपछि पुललाई छिटो छरितो सम्पन्न गराउन सुस्ता गाउँपालिकाले चाँसो देखाएको छ । गाउँपालिकाले पुलको नियमित निरीक्षण र आईपर्ने समस्याहरुको सामाधान गर्दै पुल निर्माणको कार्य छिटै सम्पन्न गराउन ठेकदार कम्पनीलाई ताकेता गर्दै आएको गाउँपालिका जनाएको छ । समयमा पुल नबनेपछि सुस्ताबासीको पिडा यथावत नै छ । पुललाई छिटो तयार गराउन ३ महिनादेखि काम बन्द गरेका ठेकदारलाई बोलाई पुनः काम सुरु गराएको छ ।

सुस्ता पुग्न एकमात्र नेपाली बाटो जोखिमपूर्ण डुङ्गा यात्रा हो । सुस्ताभूमि पुग्न नदीमा करिब ढाई (२.५) किलोमिटरको दुरी डुङ्गाले यात्रा तय गर्नु पर्दछ । उक्त यात्रा अहिले मोटरबोट भएकाले सहज भएपनि जोखिमपूर्ण नै रहेको छ । नदी वारपार गर्न बाढीको समयमा एक घण्टा र सुख्खा समयमा आधा घण्टा बढी समय लाग्ने गर्दछ । वर्षाको बेला नदीमा उच्च बाढीका कारण नदीमा डुङ्गा चलाईदैन त्यसबेला भारतको वैकल्पिक विहार बाटो हँुदै आवतजावत गर्ने र भारतीय पक्षको दुव्र्यवहार सहनुपर्ने सुस्ताबासीको बाध्यता रहन्छ । सुस्ताबासीहरुको मुख्य पेशा खेती र माछा मार्ने हो । तीनसय घरधुरी रहेको सुस्तामा खासगरी विपन्न परिवारका समुदायहरुको बसोबास बढी छ । पुल निर्माणका लागि स्थानीय तह भन्दा प्रदेश साँसद र संघीय साँसदहरुले नै पहल गरेर बेलामै निर्माण गरी सञ्चालनका लागि काम गर्नु पर्ने सुस्ता गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेलले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?