ट्रेंडिंग:

>> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर
जलवायु परिवर्तनको असर

दाङमा वायु प्रदुषणको मात्रा उच्च

२६ मंसिर २०७९, सोमबार
२६ मंसिर २०७९, सोमबार

घोराही, २६ मंसिर ।

दाङमा वायु प्रदुषणको मात्रा उच्च बिन्दुमा पुगेको छ । शुक्रबार दाङको वायु प्रदुषणको मात्रा १२२ रहेकोमा त्यसको २४ घण्टा नबित्दै बढेर १६५ पुगेको छ । अहिले पनि यसको स्तर स्थिर रहेको छ ।

वातावरण विभागको वायु गुणस्तर सूचकका अनुसार दाङको वायुको गुणस्तर दैनिक रुपमा खराब हुँदै गएको छ । काठमाडौको एयर क्वालिटी इन्डेक्स (एक्युआई) १०१ हुँदा दाङको एयर क्वालिटी इन्डेक्स (एक्युआई) १६२ पुगेको छ । पहिलो नम्बरमा धनगढी देखिएको छ । त्यहाँको एक्युआई २०६ छ भने तेस्रो नम्बरमा बुटवलमा एक्युआई १६३ रहेको छ । वायुको गुणस्तर एयर क्वालिटी इन्डेक्स (एक्युआई)मा मापन गरिन्छ ।

एक्वुआई ५० सम्म हुनु राम्रो हो, ५० देखि १०० सम्मलाई मोडरेट अर्थात मध्यम मानिन्छ । एक्युआई १५० सम्म पुग्दा संवेदनशील समूहलाई अस्वस्थकर हुन्छ । २०० सम्म पुगे सबैका लागि अस्वस्थ हुन्छ । एक्वुआई ३०० पुग्नु भनेको जोखिमपूर्ण हो । ३ सयभन्दा माथि जानुचाहिँ घातक हो । अघिल्लो वर्षहरुमा दाङको वायुको गुणस्तर निकै खस्किएको थियो । त्यही अवस्थामा यो वर्ष पनि पुग्ने देखिएको छ ।
विज्ञहरूले सुख्खा हिउँद, कमजोर पश्चिमी वायु र धुँवा–धुलो प्रदुषण बढेको बताउँछन् । हिउँदमा वर्षा नहुने तथा विकासका नाममा हुने कामबाट निस्कने धूलो धुवाँका कारण वायु मण्डलमा प्रदुषण फैलिने हुँदा यसको असर मानव स्वास्थ्यमा पर्ने विज्ञहरुको भनाई छ । पछिल्लो दिनमा धेरैले आँखा पोल्ने, खोकी लाग्ने, नाक चिलाउने समस्या झेलिरहेका छन् ।

आँखा पोल्ने गरेको भन्दै कतिपय आँखा अस्पतालसम्म पुग्ने गरेका छन् । पछिल्लो दिनहरुमा आँखा पोल्ने समस्या लिएर अस्पतालसम्म धेरै जसो आउने गरेको राप्ती आँखा अस्पताल तुलसीपुरका नेत्ररोग विशेषज्ञ डा. सन्तोष सुवेदीले बताउनुभयो । सुख्खा हिउँद, कमजोर पश्चिमी वायु, बाटो घाटोको कमजोर अवस्था, सवारीसाधन, कलकारखानाको धुवाँका कारण प्रदुषणले अहिलेको अवस्था आएको बताएका छन् ।
नेपालमा दुईतिरबाट आउने वायुले पानी पार्ने हुँदा यसको असर वायु प्रणालीमा प्रत्यक्ष पर्ने मौसमविदको भनाई छ । असारदेखि कात्तिकसम्म बंगालको खाडीबाट मनसुनी वायु आउँछ । पूर्वबाट पश्चिमतिर फैलिन्छ । तराई र पहाडमा धेरै पानी पर्छ ।

जाडोमा जम्मु–कस्मिर हुँदै पश्चिमी वायु नेपाल पस्छ । त्यो वायुले हिमालमा हिमपात, पहाड र तराईमा वर्षा गराउँछ । प्रि–मनुसनको समयमा स्थानीय वायु पनि सक्रिय भएर निश्चित ठाउँमा पानी पर्छ । अहिले पश्चिमी वायुले ल्याएको त्यही धुलो, देशभित्रकै निस्केको धुँवा, सवारी साधन, उद्योग र इँटाभट्टाले फालेको धुँवाधुलो वरिपरि घुमिरहेको हुँदा अहिले वायु प्रदुषण बढ्दै गएको छ । त्यसले दाङसहित देशका धेरै जसो स्थानमा वायु प्रदुषणको मात्रा बढाउँदै लगेको छ ।

वातावरण विज्ञ अरनिको पाण्डेका अनुसार अब यो हटेर मौसम सफा हुन कि बेस्सरी हावा चल्नुपर्छ, कि ठूलो पानी पर्नुपर्छ वा चर्को घाम लाग्नुपर्छ । तर, जाडो मौसममा यो सम्भावना निकै कम रहेकाले वायु प्रदुषणको मात्रा अझ बढ्दै जाने अनुमान गरिएको वातावरण विज्ञ पाण्डेले बताए ।

‘तत्कालै यी तीनमध्ये कुनै एउटा घटना हुने र हामीले अलिक स्वस्थ हावा फेर्न पाउने सम्भावना न्यून छ । ठूलो हावा र पानीका लागि बलियो प्रणाली छैन,’ उनले भने, ‘चर्को घाम लाग्न वायुमण्डलमा अहिले जम्मा भइरहेको प्रदुषण हट्नु पर्छ, सतहको प्रदुषण माथि जान फेरि जमिनको सतह तात्नुपर्छ ।’ योसँगै प्रदुषण कम गर्ने अरू मापदण्ड पनि अपनाउनु पर्ने उनको भनाई छ ।

यस पटक हिउँदमा वर्षा नहुनु र वायुमण्डलमा धुवाँ तथा धूलोको मात्रा बढी भएकोले प्रदुषण बढेको वातावरण विभागले जनाएको छ । यसैगरी छिमेकी मुलुक भारत तथा चीनमा रहेका औद्योगिक क्षेत्रहरुबाट उत्पादित कार्वनडाइअक्साइडका कारण नेपालले पनि वायु प्रदुषणको सामना गर्नु परेको विज्ञहरु बताउँछन् ।

धुलो धुवाँ र ठूला ठूला सिमेन्ट उद्योग, इटाभट्टाबाट निस्कने धुवाँले गर्दा पनि वायु प्रदुषण बढ्दै गएको वातावरण मन्त्रालयले जनाएको छ । प्रदूषणको सूचकांक एक्युआई १५० कटेपछि वातावरण अस्वस्थ मानिन्छ । यस्तो अवस्थामा हावामा २.५ माइक्रो ग्रामभन्दा साना प्रदूषित सामग्री मिसिएको भन्ने हुन्छ । यो प्रदूषण बढी घातक हुने वातावरणविद्हरु बताउँछन् । यस्तो अवस्थामा सार्वजनिक ठाउँमा जाँदा अनिवार्य मास्क लगाउन स्वास्थ्यकर्मीहरुले समेत सुझाव दिएका छन् । विज्ञहरूले पनि वायु प्रदुषणको असरबाट जोगिन सकभर घरबाहिर ननिस्किने, निस्कनै परे मास्कको अनिवार्य प्रयोग गर्ने, बालबालिका र वृद्धवृद्धाको विशेष हेरचाह गर्नुपर्ने सुझाव दिएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?