© २०२३
गोविन्द राज पोखरेल
नैतिकताको खडेरीले मुलुक चुर्लुम्म डुबेको छ । गाउँ–घर, शहर–बजार जताततै नैतिकताकै बारेमा चर्चा चलिरहेको छ । बुद्धको देश, राम राज्य, कृष्ण चरित्र, महाभारत पर्व, बेद, पुराण, मिमाँसा, बाइबल, कुरान, धर्मयुद्ध आदि जति पनि युगपुरुष वा धार्मिक ग्रन्थका बारेमा चर्चा गरिन्छ ती सबै नैतिकवान मान्छे र नैतिकताको बारेमा सिकाइएको नालीबेली नै हो । बर्तमान राजनैतिकबृत्तमा नैतिकता सम्झाउनको लागि गरिएका साना ठूला आन्दोलनमात्र हुन् ।
यिनै आन्दोलनको माध्यमबाट नैतिकता सम्झाएकामात्र हुन् । जब नैतिकता स्वीकार्न लगाइन्छ त्यसले सकारात्मक पाटो समात्छ जसले स्वीकार्दैनन् तब राजनैतिक नेतृत्व, सत्ता, व्यबस्था सबै परिबर्तन हुन पुग्दछ । सत्ता र सम्पत्तिमा नैतिकता गुमाउनेहरूले अरूलाई बलिबेदीमा चढाउँछन् र आफुलाई सर्बज्ञ ठान्ने गर्दछन् । यो प्रबृत्तिगत अबस्था हो जसलाई नैकिता सम्झाएर पनि हुँदैन, सिकाएर पनि हँुदैन उसले समाज त के आफै पनि परिवर्तन हुँदैन ।
नैतिकता एउटा पसल हो जसलाई बजारबाट किन्न पाइन्छजस्तो गरी उर्दी जारी गर्ने होइन । यो त आफैले देखाउने व्यबहार हो । प्रधानमन्त्री केपी ओलीले स्व. नेता पोष्टबहादुर बोगटीको स्मृतिमा आप्mना पार्टीका कार्यकर्तालाई राजनैतिक बृत्त वा प्रधानमन्त्रीबिरुद्ध बोल्नेको हकमा अरिङ्गाल जसरी जाइलाग्न अह्राए । उनको सोंचाइमा उनले बोलेका सबै बाक्यहरू महानबाणी हुन् त्यसैले उनका बाणीलाई स्वीकार्नै पर्दछ । उनले सिकाएको नियमहरू नैतिक शिक्षा हो वा उर्दी हो कसैले पनि फेरबदल गर्न हँुदैन, कसैले फेरबदल गरेमा उ दण्डभागी हुनेछ । नैतिकता, सभ्यता र संस्कृति सिकाउने व्यक्तिका भाषाहरू समाजमा पाच्यखालको हुनुपर्दछ । आफुलाई सत्य, नैतिकवान देख्ने र अरूलाई असत्य अनैतिक देख्ने प्रधानमन्त्रीको बोली पाच्यखालको छैन । यस्ता विचारले थिति बाँध्ने होइन शासन लोप, बंश लोप हुने हो । प्रधानमन्त्रीलाई राजा चुनेको होइन आबधिक समयको लागि नेता चुनेको हो प्रधानमन्त्री बनाएको हो ।
नैतिकताले एउटा प्रथा पनि बसालेको छ जसलाई पिँढी दरपिँढीले मान्दै आएको छ । कतिलाई राम्रै कामको लागि सिकाएको छ कतिलाई आफु मालिक र अरूलाई दासत्व स्वीकार्ने गराउनको लागि प्रयोग गरिन्छ । नैतिकता कसलाई सम्झाउने, सिकाउने वा स्वीकार्न लगाउने त्यो आफैमा स्पष्ट छ, राम्रा कार्यको लागि थिति बाँध्नु र त्यसलाई अबलम्बन गर्दै जानाले एउटा रूप धारण गर्दछ । समय परिस्थितिले त्यो राम्रो मानिन्छ, कालान्तरमा त्यो अस्वाभाविक र बेरूप पनि हुन सक्दछ, तर पनि समाजले सहजै पचाउँदछ ।
नेपालको साँस्कृतिक इतिहासमा ४÷५ बर्षको बालिका जसलाई कुमारीको रूपमा जिउँदो देवी भनेर पूजा गरिन्छ । उनले झुटो बोलदिनन्, इश्र्या गर्दिनन्, लोभ लालच केही छैन । उनी रजाश्वला हुने समय अगावै अर्को कुमारी खोजिन्छ । उनलाई नैतिकता सिकाइन्छ । नैतिकता सम्झाइन्छ । त्यस्तै बौद्ध धर्म मान्नेहरूका लागि झुमा बनाइन्छ । उनीहरूलाई पनि नैतिकता सम्झाइन्छ सिकाइन्छ । त्यस्तै अबोध बालिकालाई देउतीको रूपमा चढाइन्छ नैतिकता सिकाइन्छ, सम्झाइन्छ । यी पृथक पृथक छन् जुन एक अर्काको संस्कार, चालचलन र व्यबहार फरक कोणबाट हेर्ने गरिन्छ । तर यिनलाई सिकाउने अबिभावक हुन्छन् उनले सिकाउँछन् ती बालिकाले सिक्छन् र नैतिकता स्वीकार्छन् । तर प्रधानमन्त्री ओली आम नागरिकका अबिभावक हुन् प्रधानमन्त्री पद कुनै पार्टी बिशेषको होइन, तर विपक्षीहरूलाई आक्रमण गर्न अरिङ्गालको बुद्धि सापट लिएका छन् उनको समर्थनको लागि सबै कार्यकर्ताहरू अरिङ्गाल बनेर जाइलाग्न निर्देश दिएका छन् यस घडीमा उनलाई नैतिकता सिकाउने कि उनी आफैले नैतिकता स्वीकार्ने हो ? उनको व्यबहार अनुत्तरित छ ।
हाम्रा धार्मिक ग्रन्थले सिकाएको एउटा पाटो पाप र धर्म हो । पाप अनैतिकता हो धर्म नैतिकता हो । धर्मको नाममा अरूमाथि गरिने चरम शोषण र दमन अनैतिकता हो । समाजले तत्काल त नबुभ्mला तर यसलाई बिस्तारै अबश्य बुभ्mछ जब बुभ्mछ टाउकै नउठ्ने गरी थचार्छ ओली कमरेडले कसरी बुझेका छन् कौतुहलताको बिषय पनि हो । ओलीलाई अहिले थिति बाँध्ने र उनले बाँधेका थिति पिँढी दरपिँढीले अंगिकार गर्दै लैजाने मौका छ । उनलाई युग युगमा प्राप्त हुने अबसर प्राप्त भएको छ, तर उनलाई त्यस्तो सद्बुद्धि कसले दिने हो ? परापूर्वकालमा धार्मिक, नैतिकताका बारेमा व्याख्या गर्ने गरिन्थ्यो र धर्मकै नाममा शासन हुन्थे । जुन राजा बन्छ त्यसलाई देवको दुतको रूपमा व्याख्या गर्दथे । जो राजा बन्यो उसले आफुलाई देवत्व सम्झन्थ्योे अरूलाई रैती सम्झन्थ्यो । फलतः नैतिकतामा खडेरी पर्दथ्यो । यसले राजा र रैतीकोबीचमा लडाइ गराउँथ्यो, लडाइले समाज छियाछिया बनाउँथ्यो । समाज विकासका क्रममा राजा बनेर पनि राम्रो र नैतिक चरित्र निर्माण गर्न सक्षम व्यक्तित्वहरू पनि छन् सत्चरित्र र नैतिकवानमा बुद्ध बने । राम बने । धार्मिक गुरुहरू जिसस क्राइस, पैगम्बर महमद बने । उनीहरूले राम्रा काम र समाजलाई नैतिकवान बनाउने थिति बाँध्ने कार्य गरे परिणामस्वरूप अहिले उनीहरू युगपरुषको रूपमा दर्ज भएका छन् । तर ओली कमरेड राम्रो काम गर्लान् भनेको अरिङ्गाल खेज्दैछन् । आप्mना विचारसंग असहमत हुनेहरूलाई लखेट्दैछन् । जेलबन्दी बनाउँदै छन् हतकडी लगाउँदैछन् ।
हत्या, हिंसा, बलत्कार, भ्रष्टाचारले समाज आक्रान्त छ । सेवा गर्नेले सेवा बिक्री गर्दैछन् । थिति बाँध्नेले थिति बिक्री गर्दैछन् । उनले थिति नेपालको भुगोल गुम्दा पनि बाँध्न सकेका छैनन्, बच्चा लुटिँदा पनि सकेका छैनन् । सिंउदो रित्तिँदा पनि सकेका छैनन् कोख रित्तिँदा पनि सकेका छैनन् । उनले लिएको विचारले फेरो समाउन जानेन । उनका बोलीले डिल बनाउन सकेको छैन बरु ५० डिग्रीको तातोमा आप्mनो पौरख बजार्न तयार छन् उनको फेरो समाउन खोजेका छैनन् । अरूको लागिी बौद्धिक खुराक पस्किरहेका छन् तर उनले उद्घोष गरेका कुनै पनि क्रियाकलापमा सामेल हुन मानेका छैनन् । कुनै सिद्धान्तको फेर समाएर गरेको उद्घोष हुन्थ्यो भने अहिले मुलुकले फेर समाइसक्दथ्यो । गणतन्त्रको अनुभूत जनताले गरिसक्दथे । उट्पटाङ् भाषा र बोलीकैकारण न्याय दिने व्यक्ति सडकमा आएर न्याय माग्दैछ । सुरक्षा दिने अधिकारी पञ्चमुख फर्काएर बसेका छन् । राजनैतिक दर्शन र चिन्तन घरको न घाटको छ । उनले हिँजो के बोले उनैलाई थाहा छैन भोलिको लागि के गर्दैछन् त्यो पनि थाहा छैन । उनले बिगतलाई गाली गर्दछन् । बर्तमानलाई धिक्कार्छन् तर भबिश्यको कुनै खाका छैन ।
नेतृत्व कार्टेलिंगमा छ । विचारको कार्यान्वयन कार्टेलिंगमा छ । शान्ति सुव्यबस्था खलबलिएको छ । अंश भोज र बंश भोजमा रमाइरहने, अरूलाई धारेहात लगाएर नैतिकवान बनिँदैन । देश खुशीले हाँसेको छ भन्ने ठाउँ देखिँदैन । खुशी भने आशेपासे कमिशनखोर र दलालहरू नै छन् । समय फेरिएको छ जीवन फेरिएको छैन । प्रधानमन्त्रीलाई नैतिकता सिकाउन सडक सडकमा ¥यालीहरू निस्केका छन् । नागरिक समाजले बाटो देखाउने कोशिस गरेको छ तर पनि प्रधानमन्त्रीमा नैतिकताको चेत खुलेको छैन । जीवनमा सधैँ अवसर आउँदैन । राजा जनकले जनक बंश बाँधे तर कारलले जनक बंश नै समाप्त गरे । ७० बर्षको संघर्षपछि प्राप्त भएको गणतन्त्र जोगाउने अभिभारा सुम्पेको छ । जनताले गणतन्त्रको अनुभव गरुन् भनेर दुई तिहाइको जनमतकासाथ सत्तामा पुराएका छन् । उट्पटाङ् भाषा प्रयोग गर्ने र सबैले संघर्ष गरि ल्याएको गणतन्त्रलाई अबसान गराउने अधिकार प्रधानमन्त्री भएको नाताले ओलीलाई छैन । नैतिकता कुमारी, झुमा र देउतीलाईजस्तै सिकाउने, सम्झाउने होइन । आफैले स्वीकार्ने हो । प्रधानमन्त्रीज्यू त्यस्तो चेतना कहिले आउँछ ? [email protected]