© २०२३
गिरि श्रीस
नेपाली समाज अहिले आशा र निराशा, विश्वास र अविश्वास, भय र भरोसाको दोसा“धमा देखिएको छ । यसकासामु एकातिर नया“ संविधान र त्यसले दिने भविष्यको आशा छ, अर्कोतिर असिमित असन्तुष्टिले उत्पन्न गरिरहेको निराशा । एकातिर जनताको पक्षमा लडेर आएको र दुई तिहाईभन्दा बढी मत प्राप्त गरेको नेकपाको सरकारप्रति आशा छ भने अर्कोतिर यसको नेतृत्व तहमा देखिएको बोली र व्यवहारले उत्पन्न गरिदिएको निराशा ।
केही दृष्टान्तहरू हेरौंः
–१३ वर्षीया नाबालिकाको बलात्कार र हत्या हुन्छ । सारा देश हत्यारालाई कारवाही गर, न्याय देऊ भनेर सडकमा ओर्लिन्छ तर महिना दिनसम्म पनि सरकार र सरकारको संयन्त्र मानौं उदासीनताको बर्को ओढेर बसिरहेको छ ।
–यातायात क्षेत्रको सिन्डिकेट तोडियो भनियो, तर त्यो क्षेत्रको अस्तव्यस्तता यथावत नै छ । सरकार मानौं आ“खा चिम्लेर बसिरहेको छ ।
–कैयौं दिनदेखि चालकहरूको हड्तालले सार्वजनिक यातायातका सवारी साधनहरू ठप्प छन् । आम मान्छेले सास्ती पाइरहेका छन् । तर सरकार मानौं कानमा तेल हालेर बसिरहेको छ ।
थप केही दृष्टान्तहरू हेरौंः
–संघ र प्रदेश सरकारकाबीचमा केही विरोधाभासहरू देखिएको कुरा मिडियामा आयो तर त्यसलाई उपयुक्त विधि र प्रक्रियाले एउटा टुङ्गोमा पुर्याएको देखिएन ।
–करका बारेमा अनेक किसिमका हल्लाहरू भए । महंगीका बारेमा त्यस्तै । सुन काण्डका बारेमा पनि । तर सम्बन्धित ठाउ“बाट यसका बारेमा सत्य तथ्य कुरा ल्याएको देखिएन ।
–सबै तहका सरकारका मन्त्रीहरू र सभासद आदिका महङ्गा गाडी र तिनका तलब भत्ताका बारेमा अनेकथरि कुरा आयो तर त्यसमा ‘सा“चो कुरा यस्तो हो’ भनी जनआक्रोशलाई सम्बोधन गरिएन ।
देश अहिले लोकतन्त्र र गणतन्त्रलाई संस्थागत र सुदृढ गर्ने अभियानमा छ । यो बेला देशस“ग समस्याहरूको पहाड पनि खडा छ । गास, बास र कपासको समस्यामा रोएर बा“चेको युगौं भइसक्यो । शिक्षा, स्वास्थ्य र सुरक्षाकालागि लडेको पनि दशकौं भइसक्यो । लोकतन्त्रले नै ती कुराहरूको प्रत्याभूति गर्नुपर्ने हो । तर परिणाम उत्साहजनक त छैन नै, क्रमशः निरासाजनक भइरहेको छ । त्यसैले व्याप्त चिन्ताको पृष्ठभूमिमा लोकतन्त्रको सलामती अन्तरनिहीत हुन पुगेको छ ।
यस्तो किन भयो भने लोकतन्त्रको महŒवपूर्ण तत्व सहिष्णुता गुमाइरहेको छ राजनीतिले । लोकतन्त्रमा विरोधका स्वरहरू त जरुरी हुन्छ नै तर त्योभन्दा जरुरी हुन्छ त्यसलाई उपयुक्त सम्बोधन । प्रतिपक्षीहरूले विरोधमात्र गर्ने र सत्तापक्षले त्यसलाई विरोधका लागि विरोध ठान्ने हुनुहु“दैन ।
जनआकांक्षाको घोर उपेक्षा गर्दै तिनको सपनामाथि सत्ताको उही पुरातन् गन्दे खेललाई निरन्तरता दिन खोज्ने दलहरूको चरित्रले लोकतन्त्रमा अस्थिरता र अन्यौलको कालो धुवा“मात्र उत्पन्न गर्दछ ।
सत्ताको त्यो पुरातन् गन्दे खेलकै पीडा अहिलेसम्म पनि व्याप्त छदैंछ । विगतको राज्यसत्ताले क्षेत्र, धर्म, जाति र वर्ण छुट्टयाएर मात्रै गरेको थिएन शोषण । त्यो राज्यसत्ताको मूलभूत चरित्र नै दमनकारी, सामन्ती र पीडक थियो । त्यसैको विरुद्धमा लडेर ल्याएका हौं हामीले यो लोकतन्त्र । समानताका लागि, स्वायत्तताका लागि र नागरिक अधिकारका लागि ।
यो लोकतन्त्रमा के चाहिँ चीज पुगेको छैन सत्तालाई ? किन यो धरमर धरमर देखिन्छ ? किन ‘माहुरीजस्तै बनु“’ नभनेर ‘अरिङ्गाल बन्नुपर्ने’ उदघोष् हुन्छ सत्ताको शिखरबाट ? लोकतन्त्रको पानी जहाजमा भकाभक समुद्री डा“काहरू चढीसक्दा पनि किन कप्तानको अभिमान चुलिएको देखिन्छ ?
उर्जा उत्पादन र प्रसारणमा ‘सिन्क्रोनाइजेशन’ को महत्वपूर्ण स्थान छ । जुनसुकै मेड वा मोडेलका दुई वा दुईभन्दा बढी जेनेरेटरहरूलाई एकसाथ एउटै प्रणालीमा चलाएर अधिकतम उर्जा प्राप्त गर्नु सिन्क्रोनाइजेशनको उद्देश्य हुन्छ । सिन्क्रोनाइज्ड जेनेरेटरहरूले दिएको पोटेन्सियललाई स्टेप अप गरेर प्रसारण गरिएपछि उर्जा चुहावट कम हुन्छ र अधिकतम उर्जा डेलिभरि गर्न सकिन्छ ।
तर यसका लागि चारवटा अवस्था हुन्छ । पहिलो, जेनेरेटरहरूबाट निस्कने पोटेन्सियल बराबर हुनुपर्दछ । दोस्रो, तिनका रोटरको दिशा एउटै हुनुपर्दछ । तेस्रो, रोटरको गति बराबर हुनुपर्दछ । चौथो, तिनका फेज सिक्वेन्स उही हुनु पर्दछ ।
चार अवस्था पूरा गर्न कतिपयलाई ‘एडजस्ट’ गर्नुपर्ने हुनसक्छ । किनभने यी चार अवस्था पूरा नगरी सिन्क्रोनाइज गर्न सकिँदैन । गर्ने प्रयत्न गरियो भने त्यसले सारा प्रणालीलाई नै हानी गर्न सक्छ ।
हाम्रा दलहरू र राज्य संयन्त्र उज्यालाका लागि कार्यरत् उत्पादन इकाईहरू हुन् । उनीहरूबाट नै अघि बढ्ने उर्जा प्राप्त गर्दछ मुलुकले । त्यसैले सरकार, प्रतिपक्ष, राज्यका सारा संयन्त्रहरू ‘सिन्क्रोनाइज्ड’ हुनुको विकल्प छैन ।
तर हाम्रो दुर्भाग्य के देखिन्छ भने सरकार, प्रतिपक्षी र राज्यका संयन्त्रहरूको ‘पोटेन्सियल’ बराबर छैन । यिनीहरूको घुमाइको केन्द्रमा देश र आम मान्छेको स्वार्थ छैन, तिनका आफ्नै स्वार्थ छ । सबै एकार्काको विपरीत दिशातिर घुमिरहेका छन् । तिनका गति र ‘फेज सिक्वेन्स’ बिलकुलै ‘रेन्डमली’ अपरेट गरिरहेको छ । अनि कसरी हुन्छ सिन्क्रोनाइजेशन ?
विज्ञानको नियम उल्लंघन गरेर काम गरिरहेका छौं । विज्ञानबोध छैन, मात्र स्वार्थबोध छ । परिणामस्वरूप दुई तिहाईको अंक गणितले अति शक्तिशाली भनिएको सरकारका काम कारवाही नै असन्तुष्टि उत्पादनको श्रोत भएको छ ।
खासमा सत्तापक्ष र प्रतिपक्षी सबै दलहरू उर्जा उत्पादन गर्ने ‘सेल्फ कन्ट्रोल्ड’ जेनेरेटरहरू नै हुन् । तिनले सिन्क्रोनाइज्ड भएरै मुलुक हा“क्ने उर्जा उत्पादन गर्नु पर्दछ । राज्य संयन्त्र ट्रान्सफर्मर हुन्, प्रसारण टावर र लाइन हुन् । तिनले त्यो उर्जालाई देशभरि पुराउनु पर्दछ । राज्य संयन्त्र नै चौकिदार र नियन्त्रण प्रणाली हुन्, तिनले सारा प्रणालीको हेरचाह गर्नुपर्दछ । स्थानीय सरकारहरू वितरण संयन्त्र हुन् । तिनले त्यो उर्जालाई घरघरसम्म पुराउनु पर्दछ ।
तर अहिले यस्तो प्रतीत हुन्छ मानौं हाम्रा जेनेरेटरहरू डरलाग्दो ‘लो मेगर’ मा छन्् । हाम्रा ट्रान्सफर्मरहरू रिवाइन्डिङ गर्नुपर्ने अवस्थामा छन्, हाम्रा प्रसारण टावरहरू ढलेका छन् र लाइनहरू काटिएका छन् । हाम्रा चौकिदारहरू प्रसारण लाइनलाई नै कवाडीको भाउमा बेच्ने चोरहरूप्रति उदासिन छ । हाम्रो नियन्त्रण प्रणालीमा भाइरस पसेको छ । वितरण संयत्र नै ‘कोल्याप्स’ भएको छ ।
तर विकल्पहरू हन्छन् । कालो बादलमा पनि चा“दीको घेरा हुन्छ । र, कालै बादलबाटै निसृतः हुन्छ बिजुलीको उज्यालो पनि । समय बितेको छैन । हो, जनताको मन कु“डिएको छ र अराजकताका बीचबाट दुर्घटनाहरूले खुट्टा उचाल्न थालेका छन् । तिनलाई रोक्न हाम्रा दलहरूले जनताको छट्पटीको भुंग्रोमा तातिएर ‘हाई मेगर’ प्राप्त गर्नुपर्दछ र सिन्क्रोनाइज्ड हुनुपर्दछ । चु“डेका तारहरू जोडिनु पर्दछ, ढलेका टावरहरू उठाइनुपर्दछ र जीर्ण ट्रान्सफर्मरहरूलाई रिवाइन्डिङ गर्नुपर्दछ । राज्यका संयन्त्रहरू भाइरसमुक्त र संवेदनशील हुनुपर्दछ । स्थानीय र प्रादेशिक सरकारहरू सक्रिय हुनुपर्दछ ।
इतिहासका अनेक कालखण्डमा हरेक अप्ठ्याराहरूलाई चिर्दै र अझै नौलो इतिहास निर्माण गर्दै आइरहेको नेपाली जनताको चाहना योभन्दा बढी छ जस्तो लाग्दैन ।
त्यो जन चाहना पूरा गर्ने केन्द्रीय भूमिकामा भने ‘दुई तिहाई मत’ वाला सरकारहरू नै हुनेछन् । सरकारको नेतृत्वले पराईको परिभ्रमण गर्न छोडेर जनताको परिक्रमा गर्ने हो । अरूको परिक्रमा गर्दागर्दै मुलुकले यो हरिताल खाएको कुरा कसैले नबिर्सेको राम्रो ।
त्यसैले भनेको, सिन्क्रोनाइज्ड होऊ ।
सिन्क्रोनाइज्ड हुनु भनेको एउटा व्यक्ति, संयन्त्र वा दल अर्कोमा रूपान्तरण हुनु, गाभिनु वा विलिन हुनु होइन । मतभिन्नताहरूका बाबजुद कामको सारमा एकिकृत हुनु भनेको हो । उज्यालो उत्पादन र वितरणमा इमान्दारितापूर्वक लाग्नु भनेको हो । पृथक पहिचान, भूमिका र अस्तित्वमा एकिकृत रहनु भनेको हो ।
त्यो नै सिन्क्रोनाइजेशनको सुन्दरता हो । हामी त्यही सौन्दर्य खोजिरहेछौं ।