ट्रेंडिंग:

>> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस

पुस्तकालय स्थापना, जगेर्ना र सञ्चालन आजको आवश्यकता

४ आश्विन २०७५, बिहीबार
४ आश्विन २०७५, बिहीबार

पद्मप्रसाद शर्मा

पुस्तकालयलाई छोंटोमा भन्दा ज्ञानको भण्डार भन्ने गरिन्छ । यो पुस्तक + आलय शब्दबाट बनेको छ । पुस्तक भन्ने वित्तिकै जो कसैले पनि पढ्ने पढाउने, पाठ गर्ने गराउने उद्देश्यकासाथ तर्क, विचार भावना कल्पना, ज्ञान विज्ञान आदिका कुरा समेटेर लेखिएको वा छापिएको ग्रन्थ हो भन्ने बुझिन्छ । अर्को शब्दमा ज्ञान विज्ञान सम्वन्धि कुरालाई सुरक्षित राख्न लिपिबद्ध गरिएको लिखित वा मुद्रित ठेलीलाई पनि पुस्तक भन्ने गरिन्छ । पुस्तक शब्द संस्कृत शब्द हो भने आलय शब्द पनि संस्कृत शब्द नै हो । संस्कृत भाषाबाट नेपालीमा जस्ताको तस्तै आएकाले यस्ता शब्दलाई तत्सम शब्द भनिन्छ । नेपालीमा आलयको सिधा अर्थ घर हो । यसलाई आधार वा ठाउँ भनेर पनि बुझिन्छ । अर्थात पुस्तकालय भन्नेवित्तिकै सोझो भाषामा पुस्तक राख्ने घर वा स्थान भन्ने बुझाउँछ भने यसलाई ब्यापक रूपमा हेर्ने हो भने पुस्तक पढ्नका लागि सुविधा होस् भनेर अनेकथरीका पुस्तक ब्यवस्थित रूपले राखिएको घर वा सार्बजनिक रूपले पाठकहरूले विभिन्न सर्तमा पढन सहज होस् भनेर विभिन्न भाषा, विधा तथा विषयका पुस्तकहरूको संग्रह गरेर राखिएको घर वा स्थान हो, जसको अर्थ पुस्तक घर भन्ने पनि हुन्छ । पुस्तक धेरै होउन् वा थोरै घर सानो होस् वा ठूलो पाठ्य, श्रब्य वा दृष्य सामाग्रीहरू ब्यवस्थित रूपले वितरण गर्न, हेर्न वा पढ्न बन्ने गरी सुब्यवस्थित किसिमबाट उक्त सामग्री राखिएको छ भने त्यस्तो स्थानलाई पुस्तकालय भनिन्छ । पुस्तक धेरै हुनु वा थोरै हुनु भन्दा पनि र घर ठूलो वा सानो हुनु भन्दा पनि पाठकले चाहेको समयमा सहजै पुस्तक लगायतका बस्तुहरू झिक्न सक्ने र राख्न सक्ने ब्यवस्था पुस्तकालयमा हुनु पर्दछ । पुस्तकको थुप्रो वा अन्य श्रब्य दृष्य सामग्रीको थुप्रो लगाएरमात्र भन्दा पनि र भवन ठूलो बनाउँदैमा पुस्तकालय भिनहाल्नु जरुरी छैन । यसमा पुस्तक लगायतका सामग्रीको सुरक्षा देखि लिएर पठन पाठन र श्रब्य दृष्यमा सरलिकृत र वितरणमा सहजता भएको हुनुपर्दछ ।
पुस्तकका साथमा अन्य सामग्रीसमेत राखेका तर ब्यवस्थित हुन नसकेका पनि केही स्थानहरू होलान् र छन् । यसरी सञ्चालन हुन गाह्रो हुने गरी राखिएका नामका पुस्तकालय भन्दा पुस्तक पढ्न सहज हुनेगरी र अन्य सामग्री प्रयोग गर्न सहज हुने गरी साथमा खास पुस्तकालयको मर्मअनुसार ब्यवस्था मिलाउन सक्नु पुस्तकालय स्थापना गर्नु र यसको महत्व बुझ्नु हो । नेपालमा पुस्तकालय कहिले देखि र कहाँ देखि सञ्चान भएको हो भन्ने तथ्यगत प्रमाण फेला नपरे पनि बिक्रम सम्वत १८६९ साल भाद्र १५ गतेका दिन गिर्वाण युद्ध विक्रम शाहदेवको पालामा उनै राजाबाट “पुस्तक चिताई तहविल” स्थापना गर्न लालमोहर लगाएको दिनलाई नेपालमा प्रथम पुस्तकालय स्थापनाको दिन भनेर मान्ने गरिन्छ । पुस्तकालय स्थापनाको लागि यो भन्दा पहिले कतै कुनै पनि सरकार प्रमुखबाट लालमोहर लागेको वा आदेश जारी भएको पाइँदैन । राज्यस्तरबाट प्रथम पटकको यो प्रयास भएको हुनाले यस दिनलाई नेपालको सन्दर्भमा भन्नु पर्दा पुस्तकालय दिवसको रूपमा विक्रम सम्वत २०६५ साल देखि “पुस्तकालय दिवस” को रूपमा मनाउन थालिएको छ । योभन्दा बलियो प्रमाण कसैले फेला पारेमा प्रमाणको आधारमा सोही दिनलाई मान्नुपर्ने हुन्छ । तर अर्को बलियो प्रमाण फेला नपरेसम्म १८६९साल भाद्र १५ गते पुस्तकालय स्थापनाको यो नै बलियो प्रमाण हो ।
नेपालमा यसै दिनबाट पुस्तकालय आरम्भ भयो भन्ने कुरा प्रमाणले पुष्टि गरेपछिका दिनहरूमा विभिन्न स्थानमा पुस्तकालय स्थापना गर्ने र सञ्चालन गर्ने प्रचलन बढ्न लाग्यो तर राणा कालमा भने बेग्लै कुरा पाइन्छ । तत्कालिन प्रधानमन्त्री भीम शमशेर राणाको पालामा अर्थात १९८७ सालमा लक्ष्मीप्रसाद देवकोटालगायतका ४६ जना युवाहरूको सक्रियतामा काठमाडौँमा जनस्तरबाट “सरस्वती सदन” नामक पुस्तकालय स्थापना गरियो । जुन कुरा राणाहरूलाई मन पर्दैनथ्यो । कसैले पुस्तकालय स्थापना गरेको सुँइको दरवारमा लगायो अनि तत्काल सबै पुस्तकहरू जफत गरी पुस्तकालय स्थापना गर्नेहरूलाई रु १०० देखि रु १००० सम्म जरिवाना गरियो । राणाहरूको दमनको वावजुद पनि नेपालका केही भागमा जहाँ सचेत नागरिकहरू थिए ती स्थानमा छिटफुट रूपमा पुस्तकालय स्थापना गरेको पाइन्छ ।
खासगरी नेपालमा २००७ सालपछि राणाहरूको प्रत्यक्ष शासन अन्त्य भएसंगै विद्यालयहरू खुल्ने क्रमको आरम्भ भयो त्यसैसंग पुस्तकालयहरू पनि स्थापना र सञ्चालन हुन लागेको पाइन्छ । २००७ सालअघि नेपालमा विद्यालयहरू खोल्न नपाइने भएको हुनाले विद्यालय र पुस्तकालय नेपालीकालागि दुर्लभ कुराहरू थिए । सात सालअघि कतै कतै गाउँमा वा गाउँका गन्यमान्य ब्यक्तिको घरमा खोलिएका भाषा पाठशालाहरूमा रुद्री, चण्डी, लधुकौमुदि, वेद आदि पढ्ने प्रचलन थियो भने पुस्तकका लागि काशी पुग्नुपर्ने वाद्यता थियो । सात सालपछि शैक्षिक चेतनासंगै पुस्तकालय स्थापना गर्ने र सञ्चालन गर्ने क्रम बढेर आएको पाइन्छ । आजभोलिको कुरा गर्ने हो भने कतै ब्यक्तिले पनि पुस्तकालय सञ्चालन गरेको अवस्था छ भने कतै संङ्घ संस्थाहरूले पनि पुस्तकालय स्थापना र सञ्चालन गरेको पाइन्छ । त्यसो त सरकारी स्तरबाट पनि केही पुस्तकालयहरू स्थापना र सञ्चालन भएका छन् ।
वास्तवमा पुस्तकालयको महत्व अहिले दूरदराजमा मात्र होइन कतिपय शहर तथा शहरका बासिन्दामा पनि राम्ररी बुझाउन नसकिएको अवस्था हो । पुस्तकालय नभएको शहर के शहर ?जहाँ पुस्तकालय छैन र भएको पनि उपयोगमा छैन भने त्यो शहर चेतनाले उच्च छ भन्न गाह्रो हुन्छ । पुस्तक मानव जीवनको समृद्धि र प्रतिष्ठासंग जोडिएको विषय हो । यसले समाजको शिक्षा र चेतनालाई मापन गर्ने गर्दछ । मानव जीवनमा उलटफेर ल्याउने काम पुस्तकालयले गर्दछ । जहाँ विश्व विद्यालय, विद्यालय तथा पुस्तकालय खुलेका छन् र सञ्चालन भएका छन् त्यसबाट पाठक वा श्रोताले भरपुर अवसर तथा सहयोग पाएका छन् । बाहिरबाट त्यो समुदायलाई हेर्ने दृष्टिकोण फरक हुन्छ । जहाँ विद्यालयहरू पनि छैनन् भएका पनि स्तरीय छैनन् र पुस्तकालय वा वाचनालय पनि छैन र भएको पनि सञ्चालनमा आएको छैन भने त्यो स्थानको मूल्यांकन वेग्लै ढाँचाबाट गरेको पाइन्छ ।
पुस्तकालय स्थापना गर्नुमात्र पनि एउटा उपलब्धि हो तर त्यो सुसञ्चालनमा ल्याउन सक्नु सुनमा सुगन्ध भरे जस्तै हो । हामीले हाम्रो समाजमा सुगन्ध तव भर्दछौं जब सर्बसुलभ तरिकाले पुस्तकालय सञ्चालन गर्दछौं । पुस्तकालय सिंगो विद्यालय तथा विश्व विद्यालय हो । विभिन्न ब्यक्तिहरूले विद्यालयको पहुँचबाट टाढा भए पनि यदि पुस्तकालयको पहुँचमा छन् भने उनीहरूले त्यसकै माध्ययमबाट आफूले ज्ञान आर्जन गर्न सक्दछन् । स्वाध्यायनले पनि मानिसलाई उचाइमा लैजान सक्दछ । प्रसिद्ध साहित्यकार म्याक्सिम गोर्की कुनै विद्यालय गएका ब्यक्ति होइनन् । पुस्तकालका माध्ययमबाट उनी विश्व विख्यात साहित्यकार बन्न सफल भए । उनीले आफूलाई स्वाध्ययनबाट परिमार्जन गर्दै लगेका हुन् । आज उनको नाम नसुन्ने सायद कोही छैन । यस्ता धेरै उदाहरणहरू पाइन्छन् र दिन पनि सकिन्छ ।
पुस्तकालयको महत्व सत्तापक्षले बुझ्नु पर्दछ । जसरी भीम शमशेरले यसको मर्म नबुझेर पुस्तकालय स्थापना गर्नेहरूलाई जरिवाना गरे त्यस्तै सरकार वा सत्ता भयो भने जनस्तरबाट जति महत्व बुझेपनि कम हुन्छ । तर सत्ताले सबै गरिदेला भनेर बस्नु पनि नागरिककै आफ्नै दोष हो । दोश्रोमा पुस्तकालय मानव जीवनसंग गाँसिएको हुनाले यसलाई जनस्तरबाट माथि उठाउन आवश्यक छ । सरकारले गर्ने निर्णय भन्दा पनि जनताको चाहना के हो ? यो प्रमुख कुरा हो । पुस्तकालय स्थापना र सञ्चालनमा सरकार भन्दा पनि नागरिक आफै सचेत हुन आवश्यक छ । नोपलीको चेतना स्तर हेर्दा अव जति सक्दो चाँडो विभिन्न स्थानमा पुस्तकालय स्थापना, जगेर्ना र सुसञ्चालन अति जरुरी बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?