ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

जलवायु परिवर्तनको जोखिममा गरीबहरू

४ आश्विन २०७५, बिहीबार
४ आश्विन २०७५, बिहीबार

उन्नाइसौँ शताब्दीदेखि शुरु भएको औद्योगिकीकरण र यातायात तथा विलासिताका प्रविधिको विकासले मानव समुदायलाई निकै सजिलो त बनाएको छ, साथसाथै विश्वलाई संकटग्रस्त समेत बनाउँदै लगेको छ । खासगरी इन्धनको प्रयोगले पृथ्वीमा हरितगृह प्रभाव उत्पन्न भै विश्वब्यापी उष्णिकरणको अवस्था आएको छ, जसको प्रत्यक्ष असर पृथ्वीको जलवायु–चक्रमा परिरहेको छ । वैज्ञानिकहरूकाअनुसार पछिल्लो सय वर्षमा पृथ्वीको तापक्रम, मौसम–चक्र र हावापानीमा निकै हेरफेर भैरहेको छ । सन् १९०६ देखि २००५ को अवधिमा पृथ्वीको औशत तापक्रम ०.७४ सेल्सियस बढ्ेको छ । जलवायु परिवर्तनका प्रभाव विशेष गरेर नेपालजस्ता गरिब, विकासोन्मुख, भूपरिवेष्ठित तथा पर्वतीय मुलुकहरूमा बढी देखिएको छ ।
अधिकांश नेपालीहरूको आर्थिक अवस्था कमजोर भएकोले हरितगृह ग्याँस उत्सर्जन गर्ने मोटरगाडी र बिलाशिताका साधनहरूको प्रयोग निकै कम मात्रामा भैरहेको पाइन्छ । नेपालमा औद्योगीकीकरण पनि नगन्यमात्रामा छ । यी कारणहरूले गर्दा नेपालले विश्वको कूल हरितगृह ग्याँसको करिव ०.०२५ प्रतिशतमात्र उत्सर्जन गर्ने गरेको छ । नेपालले न्यूनमात्रामा हरितगृह ग्याँस उत्सर्जन गरेपनि वायुमण्डलीय तापक्रम बृद्धिकाकारण प्रभावित हुँदै गएको छ । नेपालको अधिकतम तापक्रम प्रति वर्ष सरदर ०.०६ डिग्री सेल्सियसका दरले बृद्धि भएको देखिन्छ र हिमाली क्षेत्रमा यो दर बढी देखिएको छ । जलवायु परिवर्तनको ६० प्रतिशतभन्दा बढी प्रभाव जलस्रोतमा पर्ने बताइन्छ । पछिल्ला वर्षहरूमा मुसलधारे वर्षा हुने दिनको सङ्ख्या बढ्दैछ । पानी पर्ने समय र अवधिमा परिवर्तन भइरहेको छ । तीब्र गतिमा हिमगलन हुँदै जानाले हिमनदीहरू पातलिँदै र छोट्टिँदै गएको र हिमतालको आकार बढ्दै गएको विभिन्न अध्ययनहरूले देखाएका छन् ।
कृषि तथा खाद्यान्न, जलस्रोत, वनजङ्गल तथा जैविक विविधता, स्वास्थ्य, पर्यटन तथा पूर्वाधारलगायतका हरेक क्षेत्रहरूमा जलवायु परिवर्तनको प्रतिकूल प्रभाव पर्न थालेको छ । बाढी, पहिरो डढेलोको साथै खडेरी, अतिवृष्टि अनावृष्टिका घटनाहरूमा तीव्रता आएको छ । यी कारणबाट नेपालमा अत्यधिकमात्रामा धनजनको क्षति हुनुकासाथै जीविकोपार्जनमा असर पारेको देखिन्छ । जीविकोपार्जनको लागि कृषि र वनमा आश्रित रहनुपर्ने तथा नेपालको कमजोर भुबनोटको कारणले नेपालमा निम्नवर्गीय परिवारमा जलवायु परिवर्तनको नकारात्मक असर बढी देखिएको छ । नेपालमा गरिबीको स्तरअनुसार जलवायु परिवर्तनको जोखिम फरक फरक भएको पाइएको छ । गरिबीको लघुक्षेत्र अनुमान २०६८ अनुसार नेपालका २५ दशमलव २ प्रतिशत जनता गरिविको रेखामुनि रहेका छन् । गरिबीको दरको राष्ट्रिय औशत २५ दशमलव २ प्रतिशत भन्दा बढी दर भएका जिल्लाहरूको संख्या ४२ वटा छन् , ति मध्ये २८ वटा जिल्लाहरू नारायणी पश्चिमका मात्र रहेका छन् । गरिवीको लघुक्षेत्र अनुमान २०६८ अनुसार जिल्लाको कुल जनसंख्याको एक तिहाइभन्दा धेरै मानिसहरू गरिबीको रेखामुनी रहेका २२ जिल्लाहरूमध्ये १८ जिल्लाहरू पश्चिमकै छन् । त्यसैगरी तापक्रम तथा वर्षा, बाढी पहिरो, खडेरी र हिमताल विस्फोटनलाई नेपालमा जलवायु परिवर्तनका प्रमुख असर मानिन्छ । वातावरण मन्त्रालयले तयार गरेको जलवायु परिवर्तनको जोखिम नक्शांकनअनुसार उच्च जोखिममा रहेका ९ मध्ये २ जिल्ला, जोखिममा रहेका १७ मध्ये ७ जिल्ला र मध्यम जोखिममा रहेका २८ मध्ये १८ जिल्लाहरू नारायणी पश्चिमकै रहेका छन् । मुगु, जाजरकोट, कास्की, सल्यान, जुम्ला, डोल्पा, डडेलधुरा, रुकुम कालिकोट जिल्लाहरू वर्षाको जोखिममा, मुगु, लमजुंग, दार्चुला बाग्लुंग, रोल्पा, अछाम, डोल्पा, पर्वत, गोरखा, सल्यान, डोटी, बझांग, जाजरकोट, बाजुरा, म्याग्दी र कास्की पहिरोको उच्च जोखिममा, नवलपरासी, कैलाली, कंचनपुर, वर्दिया, बाँके बाढीको जोखिममा, लमजुंग, गोर्खा, मनांग, जिल्ला हिमताल विस्फोटनको प्रभाव जोखिममा, जाजरकोट, मुगु, कालिकोट, दैलेख, अछाम, डोल्पा, हुम्ला, जुम्ला, डडेलधुरा, बाजुरा, बझांग, रुकुम, सल्यान, रोल्पा, डोटी जिल्ला खडेरी र सुख्खाको जोखिममा रहेका छन् । जलवायु परिवर्तनको समग्र जोखिम सुचकांकलाई हेर्दा नारायणी पश्चिमका लमजुंग, मुगु र जाजरकोट अति उच्च जोखिममा छन् भने गोर्खा, अछाम, मनांग, डोल्पा, कालिकोट, दैलेख र सल्यान उच्च जोखिममा रहेका देखिन्छन् । जलवायु परिवर्तनबाट सिर्जित हुन सक्ने असरको उच्च जोखिममा यी जिल्लाहरूमध्ये लमजुंग र गोरखाबाहेक अरू सबै जिल्लाहरू २८ प्रतिशत भन्दा धेरै मानिसहरू गरिवीको रेखामुनि रहेका जिल्लाहरू हुन् । राजधानी काठमाण्डौ जलवायु परिवर्तनको असरको सबैभन्दा उच्च जोखिममा रहेको भएपनि जोखिममा रहेका सबैजसो जिल्लाहरू समृद्धिस्तर निम्न भएका जिल्लाहरू भएको देखिन्छ ।
जलवायु परिवर्तनको असर र नागरिकहरूको आर्थिक–सामाजिक अवस्थालाई संगै हेर्दा नेपालमा गरिवहरू भएका क्षेत्रहरू नै जलवायु परिवर्तन र पर्यावरणीय दृष्टिले सबैभन्दा जोखिमपूर्ण अवस्थामा रहेको देखिन्छ । यसो हुनुको मुख्य कारण भूमिको असमान वितरण, कृषिमा निर्भरता, पानीको उपलब्धता जस्ता कारणहरू जिम्मेवार देखिन्छन् । नेपालको ५१ प्रतिशत खेतबारी २० प्रतिशत परिवारको स्वामित्वमा भएकोले अधिकांश परिवारहरू हातमुख जोर्न पुग्ने उब्जनी गर्न पुग्ने खेतवारी नभएकाहरू छन् । हातमुख जोर्नको लागि गरिवहरू प्रकोपको दृष्टिले जोखिमपूर्ण भीरपाखा र खोला नदिकिनारमा खेतीपाती र बसोबास गर्न बाध्य छन् । प्रकोप सम्भावित स्थानमा गरिबहरूको उपस्थिति बढी भएकोले बाढी, पहिरो, अतिवृष्टि र हिमताल विस्फोटनको पहिलो शिकार गरिवहरू नै भैरहेका छन् ।
नेपालमा २६ लाख ४१ हजार हेक्टर खेतीयोग्य जमीन रहेको भएपनि हालसम्म करिब १७ लाख ६६ हजार हेक्टर जमीन सिंचाई गर्न सकिने सिंचाई पूर्वाधार निर्माण गरिएको छ । (आर्थिक सर्वेक्षण २०७४÷७५) सिंचाई पूर्वाधार नपुगेका खेतबारीमात्र नभई खहरे र साना खोलामा आधारित अधिकांश सिंचाइ प्रणालीहरूसमेत आकाशे पानीमै निर्भर रहेका छन् । जलवायु परिवर्तनको कारणले पानीपर्ने समय र पानीको मात्रामा परिवर्तन आएको कारणले नेपालीहरूको कृषिकर्म नराम्ररी प्रभावित भैरहेको छ । वेमौसमी वर्षा, अतिवृष्टि र खडेरीले गर्दा कृषि उत्पादनमा तीव्र गिरावट आइरहेको छ । तापक्रममा आएको घटबढ, माटोको ओसिलोपनाको क्षय, हुरीबतास र असिनापानीजस्ता घटनाहरूले परम्परागत कृषि प्रणालीलाई नराम्ररी प्रभाव पारेको छ । आर्थिक वर्ष २०७३÷७४ मामात्र प्राकृतिक प्रकोपको कारणले १ लाख २७ हजार हेक्टर खेतवारीमा क्षति पुगेको थियो बढ्दो बाढी पहिरो खडेरीले पनि जमीनको क्षेत्रफल तथा माटोको ऊर्वराशक्तिलाई घटाइरहेको छ । त्यसैगरी जलवायु परिवर्तनकाकारण नयाँ प्रजातिका झारपात, रोग र किराहरूको सङ्क्रमण पनि बढ्दै गएको छ । यस्ता गतिविधिले थोरै जमीनमा खेतीपाती गर्ने र अर्काको जमिन अधिया, ठेक्कामा लिएर खेतीपाती गरि जीवन निर्वाह गर्ने गरिवहरू नै बढी पीडित भैरहेका छन् । बढ्दो तापक्रमले माटोको ओसिलोपना घट्ने र हावामा सुख्खापन बढ्ने क्रम बढ्दै गएकोले पछिल्ला वर्षहरूमा नेपालका सबै वनहरूमा डढेलोका घटनाहरू बढिरहेका छन् । डढेलोले वन र वनस्पतिको विनास गर्दा पशुपालन, जडिबुटी तथा अन्य वन पैदावारहरूको संकलन, उपयोग र विक्री गरेर गुजारा चलाउने गरिबहरू समस्यामा पर्न थालेका छन् ।
जलवायु परिवर्तन गरिबहरूको स्वास्थ्यकानिम्ति नयाँ र गम्भीर समस्याको रूपमा देखापरेको छ । जलवायुजन्य प्रकोपहरू तातो हावा (लू) चल्ने, शीतलहर, बाढी, आँधी, आगजनी र खडेरीजस्ता घटना वृद्धि हुने र महामारी छिटो फैलने भएकोले नेपालका गरिब वस्तीहरूमा वर्षेनी ठूला स्वास्थ्य समस्याहरू दोहोरीइरहेका छन् । गरिवका घरहरू माटो, काठ, स्याउला, खरजस्ता सामग्रीको प्रयोग गरि बनाइएका हुन्छन् । यसरि निर्माण गरिएका अधिकांश घरले आकस्मिक मौसमी परिवर्तनलाई थेग्न नसक्ने भएकोले शितलहर, लू, अतिवर्षा बाढीबाट गरिवहरू बढी प्रभावित हुने गरेका छन् । पृथ्वीको तापक्रममा वृद्धि र वर्षाचक्रमा आएको परिवर्तनले गरिवले प्रयोग गर्ने पानीका श्रोतहरू सुख्खा हुँदै जाने क्रम बढ्दै गएर गरिवहरूले खानेपानीको लागि घन्टौँ समय खर्चिनुपरेको र पानीकै कारणले वसाइ सर्न वाध्य भएका खवरहरू अचेल धेरै सुनिन थालेका छन् ।
जल, जमीन र जंगल गरिवहरूका बाँच्ने आधारहरू हुन् । विश्वमा हरितगृह प्रभाव वृद्धि गर्नमा नेपालका गरिबहरूको भूमिका नगण्य छ तर हरितगृह प्रभावको कारणले सिर्जित विश्वब्यापी उष्णिकरण र जलवायु परिवर्तनको कारणले गरिवहरूका बाँच्ने आधारहरू खलबलिन थालेका छन् । जलवायु परिवर्तन अनुकूलनको लागि आवश्यक पर्ने आर्थिक र प्राविधिक सक्षमतामा गरिवहरू पछि परेकोले गरिवहरूमा जलवायु परिवर्तनको असर बढी देखिएको छ । अहिले बढ्दै गएको जलवायु परिवर्तनले गरिवलाई अझ गरिव बनाई देशको आर्थिक–सामाजिक अवस्थालाई कमजोर बनाइरहेको छ । जलवायु परिवर्तनका असरहरू अनुकुलन व्यवहार गर्न र जीवनयापन गर्न गरिवहरूलाई सघाइएन भने देशमा प्राकृतिक विपत्तिको साथसाथै गरिवी अझै बढ्दै जाने निश्चित छ । [email protected]

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?