ट्रेंडिंग:

>> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व

पोखरालाई रेडलाइट सिटी बनाउने ?

१ आश्विन २०७५, सोमबार
१ आश्विन २०७५, सोमबार

गोविन्द राज पोखरेल
गण्डक प्रदेशका मुख्यमन्त्री एवं नेकपाका नेता पृथ्बी सुव्बा गुरुङले बेश्याबृत्ति खुला गर्नुपर्ने र बेश्याबृत्ति गर्न चाहनेलाई परिचय पत्र र रेडलाइट एरिया तोक्नेसम्मका विचारहरू ओकले । उनले यसप्रकारको अभिव्यक्ति आप्mनै मन बुद्धिले गरेका हुन् । गत निर्वाचनमा उनलाई विकास र समृद्धिको लागि आम मतदाताले अत्यधिक मत दिएका हुन् । उनलाई पुराना राजनीतिज्ञ, कम्युनिष्ट राजनीति बुझेका र जनताप्रति उत्तरदायी, जिम्मेवार नेताको रूपमा चित्रित गरिन्थ्यो त्यसैले पनि उनले बोलेका सबै वाक्यहरू गम्भीर रूपमा चित्रण गर्नुपर्ने हुन्छ ।
पोखरा आफैमा पर्यटकीय सुन्दर शहर पनि हो । पोखराबाट अन्नपूर्ण बेसक्याम्प, घलेगाउँ, फेवाताल, बेगनास ताल, रूपाताल, माछापुछे« हिमाल, जोमसोम, मुक्तिनाथ आदि प्रसस्त मात्रामा पर्यटकहरूको लागि गन्तब्य स्थान छन् । धार्मिक पर्यटकको लागि पनि गन्तब्य स्थान छ । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण शहर आफैमा मनोरम स्थल पनि छ । अर्कोतर्फ बिभिन्न जाति जनजातिहरूको संगमस्थल उनीहरूको बसोबास रहन सहन, भेषभुषा, संस्कृति, परम्परा, खानपान आदिको लागि रसास्वादन गर्ने स्थल पनि हो ।
मन्त्रीज्यू तपाईंले देखेको पोखरा तरुनी तन्नेरीहरू मादक पदार्थ सेवन गरी झुम्दै गरेको, सबै होटलहरू यौन क्रिडास्थल बनेको देख्नु भएछ । मानब सभ्यता र संस्कृति भनेकै यौन क्रियाकलाप हो त्यसैले यसलाई बिकास गर्न खुला क्षेत्र निर्धारण गर्नुपर्ने तपाईंको मस्तिष्कले सुझायो । तपाइले पढेको माक्र्सवादी दर्शन यसैमा बिसर्जन हुनपुग्यो । गणतन्त्र नेपाल, संघीय नेपालमा मानब सभ्यता अनि बिकास र समृद्धिको लागि सजिलो उपाय निकाल्नुभएछ पोखरालाई सेक्स सिटीको रूपमा बिकास गर्न । गणतन्त्र नेपालमा बिकास गर्नुपर्ने थुप्रै आधारहरू थिए । तपाईंका अध्यक्ष एवं प्रधान मन्त्रीले चाइनाबाट रेल ल्याउने उद्घोष गरेका छन् । प्रत्येक घरघरमा ग्यासका पाइप लाइन बिच्छाउने घोषणा पनि गरे । अनि मेयरले उद्घोष गरेका छन् पोखरालाई स्मार्ट सिटी बनाउने, सम्पूर्ण तालतलैयाको संरक्षण, बाटाघाटाको सुदृढीकरण र प्रशस्त मात्रामा रोजगारीको अबसर श्रृजना गर्ने । तपाईं मुख्य मन्त्री भएको प्रदेश ! खै तपाईंले मोनोरेल चलाउने इन्जिनियर तयार गर्ने खाका कोरेको ? पानी जहाज चलाउने इन्जिनियर उत्पादन गरेको ? माइनिङ इन्जिनीयर बनाएको ? त्यसको पूर्वाधार र अबस्थाको बारेमा समय खर्चिने समय निस्किएन ।
मैले तपाईंको पार्टीको घोषणा पत्र पनि हेरें । १० बर्षमा ५० लाख पर्यटक भित्राउने उद्घोष गरिएको छ । यसरी पर्यटक भित्राउँदा बनाउनु पर्ने पूर्वाधारहरू धेरै छन् जसको मुख्य भुमिका पोखराले लिन सक्दछ । त्यसको लागि चाहिने जनशक्ति निर्माण गर्नुपर्ने हुन्छ । तर मुख्य मन्त्रीको मुख्य पूर्वाधार बनाउने एजेण्डा रेडलाइट एरिया हुन पुग्यो । बर्तमान अबस्थामा नेपालको व्यापार घाटा नौ खर्ब नौ अर्ब ३५ करोड ५१ लाख पुगेको छ भनेर उल्लेख गरिएको छ । त्यस्तो घाटा पूर्ति गर्ने बेश्याहरूलाई दिइने परिचयपत्र अवश्य होइन । घोषणा पत्रमा पानी जहाज चलाउने, भूपरिवेष्ठित मुलुकहरूले समुद्र उपयोग गर्न पाउने अधिकार प्रयोग गर्दै प्रशान्त र हिन्द महासागरमा नेपाली ध्वजाबाहक पानी जहाज सञ्चालन गर्ने घोषणा छ । पर्यटन विकासको लागि ताप्लेजुङ देखि दार्चुलासम्म जोड्ने गरी हिमाली पर्यटकीय पदमार्ग निर्माण गर्ने योजना हो त्यसको लागि कति योजना तयार पार्नु भो घोषणा पत्र हेर्ने बानी छ कि छैन ? सदरमुकाम देखि नेपाल चीन सीमानासम्म हिमाली जिल्लाका दुई र चार लेनको राजमार्ग निर्माण गर्ने पनि छ । तर त्यसको लागि चाहिने जनशक्ति र पूँजी रेडलाइट एरिया र बेश्या हुन सक्दैनन् । तपाईंका घोषणापत्रले १० बर्ष भित्र सम्पन्न हुने गरी जलमार्ग, पदमार्ग, केवलकार तथा घोडेटो र गोडेटो बाटो निर्माण विस्तार एवं स्तरोन्नतिका बृहत परियोजना सञ्चालन गर्ने कुराहरू पनि छन् । यी सबै पर्यटन बिकासका लागि नै हो । तर तपाईंका योजना यस सम्बन्धमा खोई कहाँ छ ?
यो मुलुक कृषिमा आधारित देश हो । जसलाई तपाईंको पार्टीले घोषणा पत्रमा सम्बोधन गरेका बाक्यहरू सम्पूर्ण कृषि भूमिमा सुपरजोन, जोन ब्लक र पकेटस्तरका आधुनिक फार्मका बिकास गरी माटो अनुकुल एउटै बाली उत्पादन गर्ने प्रतिबद्धता जनाउँदै कृषि फार्महरूमा डेरी, पोल्ट्री, पशुपंक्षी, मौरी र माछापालन र खाद्य, फलफूल तथा गैरखाद्य कृषिको उत्पादन र बीउ सुरक्षा कार्यक्रम लागू गर्ने पनि छ । जसले कृषि पर्यटनको लागि गतिलो कार्यक्रम हुन सक्दथ्यो । यसले मुलुकको समृद्धिको लागि भूमिको बैज्ञानिक व्यबस्थापन, आधुनिक कृषि र सम्पन्न किसान हुने थिए भन्ने कल्पना गरिएका थिए । त्यस्तो कल्पना परिपूर्ति गर्ने दायित्व तपाईंको पनि हो । हामी आधारभूत रूपमा खाद्यान्न वा कृषि उपजमा आत्मनिर्भर पनि हुने हो । ५ बर्ष भित्रमा विकासशील राष्ट्रको रूपमा र १० बर्षमा प्रतिव्यक्ति आय ५ हजार डलर पुराउने लक्ष्य रेड लाइट एरियाले पूर्ति गर्छ कि गर्दैन ? तपाईंको पोखरामा खेलकुद सम्बन्धी आवाशीय विद्यालय सञ्चालन गर्ने हो । खेलकुद मैदान निर्माण गर्ने हो । जसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल प्रतियोगिता गर्न सके पनि पर्यटनको अर्को आधार बन्न सक्दथ्यो । तर त्यस्तो बिबेक प्रयोग गर्न सक्नु भएन ।
बेश्याबृत्तिमा संलग्नहरूलाई एकपटक गएर सोध्नुहोस् उनीहरूसँग प्रशस्त धन पैसा भएर त्यस्तो पेशामा संलग्न भएका हुन् ? तपाईं आप्mनो छोरी चेली बेश्या भएको देख्न सक्नुहुन्छ ? तपाईंको चेलीलाई बेश्याको परिचय पत्र दिने कि आत्मसम्मानयुक्त पेशा, रोजगारी श्रृजना गर्ने ? अब कर आउँछ भने पैसा थुप्रिन्छ भने लागु औषधको खुला क्षेत्र बनाउनुस् । बिभिन्न देशका रेडलाइटहरूमा नेपाली चेलीहरू पठाउन मेन पावर खोलीदिनुस् जसबाट लाखौं रूपैयाँ तपाईंको आम्दानीको श्रोत हुन सक्दछ । बम्बैका कोठीबाट नारकीय जीवन बिताएर फर्केका चेलीहरूसंग कहिल्यै सोध्ने गर्नुभएको छ उनीहरूको जीवन कसरी व्यतीत भएको छ । उनीहरू त्यस्तो पेशा अपनाउनुको कारण के थियो बुभ्mनु भएको छ ? यौन कुण्ठा र यौन स्वतन्त्रता के हो ? यस बारेमा भावी पींढीलाई कसरी शिक्षा दिलाउने ? यौन, बिबाह र सम्बन्धका बारेमा समाजलाई उत्कृष्ट शिक्षा कसरी दिने ? तपाईं मुख्य मन्त्री भएको व्यक्तिले बनाउने योजना हो तर त्यसतर्फ तपाईंको ध्यान आकर्षण हुन सकेन । समाजलाई सुसंस्कृत सभ्य र बैभब बनाउनु पर्ने हो । उत्कृष्ट समाज र संस्कृतिको बिकास गर्ने हो । नेपालका नारीहरूमा मान सम्मान गर्नुपर्ने हो । स्वर्गसरी भएको यस मुलुकमा बिचरण गर्ने क्षेत्र बनाउनु पर्ने हो । प्रकृति, जलचर, थलचरको संरक्षण गर्नु हो । तर त्यसको ठीक बिपरित महिलाहरूमाथि चोट पुराउनु भयो । आमा दिदी बहिनीको अनुहार हेरेर कार्यक्रम बनाउनु पर्नेमा सबै महिलालाई बेश्या देख्नुभयो योभन्दा निचता के हुन सक्छ ?
हाम्रा पहाडका प्रत्येक कान्ला थुम्का र खोंचहरूले मानब सभ्यताको लागि खोजपूर्ण अनुसन्धानको बाटो तय गरेको छ । मानब संस्कार भातृत्व र स्नेहताको लागि एउटा क्रिडास्थल पनि हो । मिश्रृत बसोबास र उनीहरूबीच भएको बन्धुत्वको एउटा भकारी पनि हो । यस्तो बैभब, सुन्दर र रमणीय स्थललाई सेक्स सिटीको रूपमा बिकास गर्न रेडलाइट एरिया थप्दै हुनुहँुदोरहेछ बिडम्बना तपाँइसंग सहमत हुन सकिनँ । धन्यवाद । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?