© २०२३
तिलकराम न्यौपाने
हाम्रा माझबाट तीजले भरखरै विदा लिएको छ । बर्ष दिनमा एकचोटी हिन्दु नारीहरूको लागि मन खोलेर आफ्ना पीडा पोख्ने सांस्कृतिक र मिष्ठान्न पर्वको रूपमा तीजलाई चिनिन्छ । नेपालमा आफ्नो गाउँबाट टाढा लमीको माग र आग्रह बमोजिम कुनै नयाँ कुटुम्बलाई आफ्नो छोरी सात बर्ष उमेरकी र बढि उमेरको पुरुषलाई विवाह गरिदिने चलन थियो । त्यसमा पनि धानको भण्डारको आधारमा, मकैका सुली, धानको पराल, कोदोको पराल, पालेको जिवजन्तुमध्ये दुहुनो भैंसीको संख्या, गोरुको संख्या, नोकरचाकरको संख्याको आधारमा बुहविवाह तथा अनमेल साथै धनीलाई छोरी खुसी खुसी सुम्पिदिने चलन थियो । जबकी छोरी दुलहीलाई दुलाह वा दुलापक्षको केही जानकारी हँुदैनथियो । बाबु र आमा एबम् मावलीले चेलीलाई जस्तो ठाउँमा दिए पनि चेलीले स्वीकार गर्नुपर्ने अवस्था थियो । त्यस्तो अवस्थामा आफ्नो माइतीघर छोडेर गएको लामो सममयसम्म पनि घरमा काम गरिरहनु पर्दथ्यो । तथा माइत आउन साइत कुर्नु पर्दथ्यो । माइतिमा विवाह, ब्रतबन्ध, यज्ञ, अनुष्ठान भएको होस या नत्र यस्तै विशेष चाडपर्व कुरेर बस्नुपर्दथ्यो । तीजमा आफ्नो माइतिपक्षबाट बाबु दाजु, चेलीलाई लिन जानुपर्दथ्यो र चेली निर्धक्क आफ्नो माइतिसंग मन खोलेर बोल्ने, मिठा मिठा परिकारहरू खान पाउँथे । सबै चेलीहरूले आफ्नो घरको दुःख पीडा, सासुसंगको व्यवहार खाना, पेटभर नपाएको अनुभव, टाढा खेती पातीको अनुभव, गीत र नृत्यबाट माइतीलाई पस्कने र माइती पनि आफ्ना चेलीले पाएको दुखको अभाष प्रकट गरी चेलीलाई भोकलाग्दा खाने कुरा ड्राईफुडको रूपमा चिउरा, सेलरोती, खुदो रोटी, फिलिङ्गे रोटी, आदि पोको पाररे पठाउने चलन थियो ।
पार्वतीले शिवजीलाई आप्mनो बनाउन पाउँ भनि निराहार कठोस ब्रत बसी भाद्र शुल्क पक्षको प्रतिपदा तिथिबाट द्वितीय, तृतीया चौथी र पञ्चमी गरी पाँचौदिनको कर्मपश्चात साक्षात भगवान शिवजी प्राप्त गर्न सकेको धर्मशास्त्रमा उल्लेख पाइन्छ । यहाँ पार्वतीको कठोर ब्रतका प्रभावले शिव पतिको रूपमा प्राप्त गरेको व्याख्या गरिएपनि बास्तवमा पार्वतीले शिवजीसंग भएको कल्याणकारी भावना वा अन्तरनिहित शक्ति प्राप्त गर्न सकेको हो । हाल संगै रहेका श्रीमान् र श्रमती छुट्टीएर ब्रत बसी शिवजीसंग रहेको अन्तरनिहित कल्याणकारी शक्ति ग्रहण गर्न असमर्थ हुनाले श्रीमानसंग छुटिएर माइत गएर बसेर निराहार कठोर ब्रत बसी फल प्राप्त गर्नका लागि बैदिक काल देखि नै चलन राखिएको विश्वास छ । जबकी श्रीमान् श्रीमती संगै नरहनु, सँगै भएमा शारीरिक सम्पर्क हुनु सक्दछ । ब्रत भंग पनि हुन सक्दछ । फल प्राप्त नहुन पनि सक्छ । शक्ति क्षिण हुने संभावना रहन्छ । तर बैदिक नियमको आशय नै नबुझी वा बुझपचाएर छोरी ज्वाईं दुबैजना घरमा बसे पनि संगै ससुराली गए पनि संगै हुने चलन राम्रो होइन । यस्तो भएमा ब्रत भंग हुन सक्दछ भने अर्कोतर्फ ब्रत केवल श्रीमतीमात्रै बसेर आफु उसको श्रीमान् बच्चा बच्चीका लागि दीर्घायु तथा शक्ति सञ्चयको लागि व्रत बस्ने भनिए पनि पुरुषले पनि ब्रत बसी शक्ति सञ्चय गर्न सक्दछन् । कुनै एक मानिसले गरेको ब्रतको प्रभावले अर्कोलाई शक्ति दिने आफैमा राम्रो होला, तर प्रत्येक सचेत व्यक्तिले ब्रत बसेमा फल उसले स्वयम् प्राप्त गर्दछ । हरितालिका तीज श्रीकृष्ण जन्मअष्टमी संग जोडिएर आएको पर्व हो । श्रीकृष्ण जन्मअष्ठमीको न्वारान ११ आँै दिनमा पञ्चमी पर्ने हुनाले अष्ठमी, नमीव दशमी, एकादशी, व्दादशी त्रयोदशी, चतुर्दशी, औँशी प्रतिपदा, द्वितीय, तृतीय चतुर्थी र पञ्चमी गरी ११ औँ दिनमा न्वारान वा नामाकरण गरिएको किंबदन्ती रहेको छ । श्रीकृष्णसंग जोडिएको पर्वको रूपमा लिइन्छ । त्यसै गरी हरितालिका तीज भन्नाले साक्षात् हरि बुझिन्छ । जव की हरि भन्नेले कृष्ण, राम, विष्णु शिव आदि अनेकौँ रूपमध्ये एक रूपमा मानिन्छ । भाद्र शुल्क पक्षको द्वितीय तिथिका दिनमा सात्वीक मिष्ठान्न भोजन खाने, खुवाउने गरिन्छ । बाँकी दिन भोकै निराहर व्रत बस्न सकियोस् । त्यसैले तीजको दर खाने दिनको रूपमा चिनिन्छ । दर खाएका भक्तजनले तृतीयाको दिनभर निराहार वसी भगवान शिवजीको आराधना गर्ने, शिवजीलाई मन पर्ने पुष्प बेलपत्र चढाउने, गाईको दुध चढाउने, शुद्ध जल चढाउने, पुजा आराधना गरी भक्ति प्रकट गरिन्छ । त्यसैगरी पञ्चमी तिथिकादिनमा ऋषि पञ्चमीको व्रत बस्दा विशेष गरी महिलाहरूमात्रै बसेको पाइन्छ । किनकी पञ्चमी तिथिमा महिलाहरूको मासिक रजश्वला कर्मबाट शुद्धाई प्राप्त गर्दै सात ऋषिहरूको पुजा गरी भगवान शिवजीको कल्याणकारी शक्ति आफ्नो शरीरका साथै आफ्नो परिवारका सदस्यहरूलाई प्रतिस्थापना होस । निराहार ब्रत बस्ने र पञ्चमीका दिनमा १०८ वटा दतिवन बनाई नदी तलाउमा गई नुहाउँदै दतिवन टोक्ने आयुवले यशोवर्च प्रजापशु वलसुनिय ब्रहमापुत्रानञ्मे धाम्यमधेञ्न्वन्नो हदिनावसने’ र पञ्चगब्य ग्रहण गर्दा ‘यत्वगास्थ ग्रवयाप देहि निष्ठानति मामके प्रशानपञ्चगव्यास्य दहीन्गानी रिवेन्धत्रय्’ मन्त्रको प्रयोग गर्दै सेवन गर्नुपर्दछ ।
तर हालका दिनमा महिनौ दिनसम्म कहिले माइतीको निमन्त्रणामा कहिले मावलीको निमन्त्रणामा कहिले आफ्नो जिल्लासंग जोडिएको सम्बन्धीको निमन्त्रणामा कहिले टोल समितिको निमन्त्रणामा कहिले आफूले अँगालेको पार्टीको निमन्त्रणामा सात्विक तथा राजर्षि एवम् विविधखाले तामसी भोजन गरी समय व्यतीत गर्ने चलन बढेको छ । हिँजोका दिनमा अपरिचित व्यक्तिसंग विवाह हुन्थ्यो उसंग दिन गुजार्न सहज हँुदैन्थ्यो । तर हालका दिनमा आफ्नो हुनेवाला श्रीमान् सुपरिचित हुन्छ । त्यसमा पनि उमेर पुगेपछि मात्रै विवाह बन्धनमा बाँधिएका हुन्छन् । बैदिक कालको मूल मर्मअनुसार तीजको ब्रत नवसी मौलिकताको आधारमा वा अज्ञानतामा भोकभोकै बस्ने गरेको भेटिन्छ । श्रीमान् श्रमती छुट्नु वा संभोगबाट बञ्चित हुुन र व्रत वसी भगवान शिवको कल्याणकारी शक्तिको समन्वय गर्ने तौरतरिकामा कमि आएको भेटिन्छ । तीजमा गाइने भावुक अनुभवका गीतहरू तथा भगवान प्राप्तीकी गीतहरूलाई लोक गीत पपगीत लगायतका दोहारी गीतले प्रतिस्थापन गरि तीजको मुल मर्मलाई नै बिर्साउने प्रयास गरिएको छ ।
महिनौँ दिनसम्म होटल रेष्टुरेन्ट, तथा क्याटरिङ्ग सेवाबाट अलग अलग स्थानमा खानपिनको व्यवस्थाले धनीहरूले गरिबलाई चुङ्गाइरहेका र जिस्काइरहेको छन् भने गरिबहरूले एकछाक पेटभर खान नपाएर तड्पीरहेका छन् । यसरी सामान्यतया धनी र गरिबबीचको खाडल झन् गहिरिँदै गएको छ । तीज त गरिब धनी सबैकोनिम्ति समान अवसरको रूपमा जुट्नु पर्दछ । खुसी रमाइलो सबैले प्राप्त गर्नुपर्दछ । जव कि हुने खानेहरूले प्रतिष्पर्धात्मक रूपमा खर्च गर्दा गरिब र निमुखाहरूले मुखमा ¥याल काट्दै चुङ्गिने बाहेक अर्को विकल्प छैन । त्यसकारण समाज सुधारको निम्ति तीजको उपलक्षमा आफ्नो चेली तथा इष्टमित्रहरूलाई तडकभडकरहितको आफ्नो घरमा दर खुवाउने र रमाइलो गर्नुपर्ने अवस्था सृजना भएको छ । समाजमा धनी झनै धनी बन्दै गएका छन् भने गरिव अझै गरिब बनेका छन् । गरिबको घरमा साँझ विहानको हातमुख जोड्ने उपाय पनि धौ धौ भएको छ तर, जति गरिब भए पनि दिदी बहिनी चेलीबेटी नातो त रहन्छ नै । अनि ती निमुखा गरिवहरूले धनीलेजस्तै क्याटरिङ्गको व्यवस्था गरेर वा होटल र रेष्टुरेन्टमा गएर अर्डर गरि दर खुवाउने कल्पना पनि गर्न सक्दैनन् । त्यसैले हालको गणतान्त्रिक सरकारको पनि संघीय संरचना प्रादेशिक संरचना साथै स्थानीय संरचनाका अंगहरूले त्यस्ता भड्किलो खर्च गर्ने प्रचलनलाई निरुत्साहित गराई धैर्य एबम् संयमित किसिमबाट मितव्ययी तरिकाले तीजको दर खाने र खुवाउने साथै तीज गीत र नृत्यमा उचित व्यवस्थापन गराउनुपर्दछ । धार्मिक परम्परालाई संस्थागत रूपमा संरक्षण गर्दै सबैको पर्व हो भन्ने भावना अभिवृद्धि गराउनु पर्दछ ।à