ट्रेंडिंग:

>> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता

आर्थिक गतिविधि बढाउन मेला महोत्सव प्रभावकारी माध्यम

३१ भाद्र २०७५, आईतवार
३१ भाद्र २०७५, आईतवार

छवि पाण्डे
असोज १५ देखि औपचारिक रूपमा यो वर्षको मनसुन अन्त्य हुँदैछ । मौसमविद्हरूका अनुसार कुनै काकताली परेन भने त्यस अघिबाट नै पानी पर्न बिस्तारै कम हुँदै जानेछ । पानी पर्ने क्रम करिव करिव अन्त्य भएसंगै यो वर्षको मेला र महोत्सवको मौसम पनि सुरू हुनेछन् । आर्थिक चहलपहलसंगै मेला र महोत्सवले करिब करिब चार पाँच महिना सुस्ताएको मेला महोत्सवको मौसमलाई चलायमान वनाउने छ र त्यसबाट मुलुकमा केही मात्रामा भए पनि आर्थिक गतिविधि बढ्न सहयोग पुग्नेछ । वर्षा लागेसंगै सुस्ताएको मेला र महोत्सवको व्यापार र आर्थिक गतिविधिको चहलपहल मनसुनको समाप्तिसंगै अघि बढ्ने प्रत्येक वर्षको नियमित आकस्मिकता नै वनेको छ र यसपटक पनि त्यही नै हुनेछ । पश्चिम नेपालको आर्थिक र वाणिज्यको केन्द्र मानिने वुटवल लगायत सिंगो रूपन्देहीमा मेला र महोत्सवको क्रम यसपटक पनि सुरू हँुदैछ र यो सिजनमा त्यसको पहिलो सुरूवात गर्दैछ– उद्योग व्यापार संघ वुटवल रूपन्देहीले । स्वाधीन अर्थतन्त्रको लागि औद्योगिकरण तथा व्यापार विविधिकरण भन्ने नाराकासाथ संघले तेश्रो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेला एवं पर्यटन, कृषि प्रवद्र्धन आयोजना गर्दैछ । संघको यो सिजनको यो पहिलो सुरूवात हुनेछ । जसबाट करिव २० करोड वरावरको आर्थिक कारोवार हुने लक्ष्य राखिएको छ ।
उद्योग व्यापार संघ वुटवलले आयोजना गर्ने यस वर्षको पहिलो मेलासंगै क्रमैसंग मेलाका कार्यक्रम सुरू हुँदैछन् । बुटवल उद्योग वाणिज्य संघले बिजया दशमीको अवसरमा आउँदो असोज अन्तिम साता दशैं सस्तो बजार आयोजना गर्ने भएको छ । संघको कार्यसमितिको बैठकले असोज २४ गतेदेखि २८ गतेसम्म बालमन्दिर परिसरमा दशैं सस्तो बजार आयोजना गर्ने निणर्य गरेको हो । संघले प्रत्येक वर्ष दशैका अवसरमा बुटवलमा दशैं बजार आयोजना गर्दै आएको छ । दशैं बजार व्यवस्थापन र तयारीका लागि संघले यस अघि नै संघका कार्यसमिति सदस्य नरीश्वर शर्मा पौडेललाई जिम्मेवारी दिएको थियो । दशै बजारमा दैनिक उपभोग्य वस्तु सहित पर्वका आवश्यक बस्तुहरू बिक्रीका लागि राखिने छ । संघले दशैं बजारमा सस्तोमा गुणस्तरीय वस्तु उपलब्ध गराउन सम्बन्धित उद्योगलाई प्रत्यक्ष पत्राचार गर्ने गर्दछ । बैठकले बुटवल बजार क्षेत्रमा साप्ताहिक रूपमा सोमबार र शनिबार बन्द हुँदै आएका पसललाई मुख्य चाड दशैं र तिहार नजिकिएसँगै खुल्ला राख्ने निर्णय गरेको छ । संघले असोज १ गतेदेखि छठ पर्व नसकिँदासम्म साप्ताहिक रूपमा सोमबार र शनिबार बन्द हुने पसललाई खुल्ला राखी सर्वसाधारण उपभोक्तालाई सेवा प्रवाह गर्न सवै व्यवसायीहरूलाई आग्रह समेत गरेको छ ।
यसरी बुटवलमा मेला र महोत्सवको यो वर्षको रौनक सुरू हुँदैछन र त्यसले आर्थिक गतिविधि क्रियाशील बनाउन ठूलो सहयोग गर्ने विश्वास गरिएको छ । बुटवल उद्योग वाणिज्य संघले आयोजना गर्ने दशैं सस्तो बजार तथा मेला लाखौंको कारोबार हुने गरेको छ जसबाट क्रेता र विक्रेताकाबीचमा आपसी सम्बन्ध अझै नजिक बनाउन सहयोग पुग्ने गरेको छ । आकासिँदो बजार भाउबाट वाक्क दिक्क भएका उपभोक्तालाई संघले सञ्चालन गर्ने सस्तो बजारले थोरै भएपनि राहत दिने गरेको छ र संघले यसलाई वर्षौंदेखि निरन्तरता दिँदै आएको छ । संघले गर्ने हरेक कृयाकलाप उद्योगी व्यवसायीको हित र त्यससंगै उपभोक्तालाई राहत पु¥याउने गरि केन्द्रित गरिरहेको छ । केही समयअघि स्थानीय निकायले उद्योगी व्यापारीमात्र होइन आम जनतालाई ठूलो आर्थिक बोझ पु¥याउने उद्देश्यले बढाएको करको विरोधमा संघले महत्वपूर्ण दबाब तथा विरोधको कार्यक्रम गरेको थियो जुन प्रशंसायोग्य र सम्झनालायक छ । संघले आम उपभोक्तालाई सहज रूपमा उपभोग्य सामाग्री उपलव्ध गराउन र किसानलाई राहत तथा प्रवद्र्धनात्मक कार्यक्रममा सहभागी वनाउन समय समयमा तालिम, सेमिनार तथा गोष्ठीको आयोजना गर्दै आएको छ जुन स्वागतयोग्य छ ।
कुनैपनि व्यवसायीक संघ संस्थाले आयोजना गर्ने मेला महोत्सव पवित्र ध्येय र उद्देश्यले नै गरिएको हुन्छ । यद्यपि बेला बेलामा आयोजकमाथि पैसा कमाउने उद्देश्य राखिएको भन्ने आरोप पनि नलागेको होइन । कुनैपनि वस्तु तथा विषयलाई सहज दृष्टिले हेर्ने हो भने त्यसमा सकारात्मकता प्राप्त हुन्छ र त्यही वस्तु तथा विषयलाई नकारात्मक कोणले हेरियो भने त्यसभित्र धेरै नकारात्मकता, असमानता र असहजता महसुस हुन्छ त्यो हेराइको दृष्टिमा पनि भर पर्दछ । यद्यपि मेला र महोत्सवको मौसम सुरू हुनासाथ धेरैतिर महोत्सवकै रौनक देखिँदा केही आशंका हुनु स्वाभाविक हो तर ती सवै मेला र महोत्सवले देशको आर्थिक गतिविधि चलायमान बनाउन धेरथोर महŒवपूर्ण भूमिका निर्वाह गरेकै छन भन्नु अस्वाभाविक हुँदैन होला । मेला र महोत्सव गर्ने आयोजकहरूको उद्देश्य कति सराहनीय हुने गर्दछ भन्ने हेक्का राख्नु जरूरी पनि छ । संघले अव असोज १९ देखि गर्ने मेला तथा महोत्सवको उद्देश्य हेरौं ।
– परनिर्भर अर्थतन्त्रलाई आत्मनिर्भर अर्थतन्त्रमा रूपान्तरित गरि कुटिर, साना तथा घरेलु उद्योगलाई प्रोत्साहन गर्ने ।
– लुम्बिनीलाई यस क्षेत्रको पर्यटकीय आर्थिक स्थलका रूपमा विकास गर्ने ।
– उत्पादक र उपभोक्ताबीच सिधा सम्पर्क गराई उपभोक्तामुखी क्रियाकलापमा बृद्धि गराई स्थानीय वस्तुको बजार व्यवस्थापनमा सहयोग पु¥याउने ।
– कृषिलाई आधुनिक व्यवसायीकरण गर्न र गर्नमा सहयोग पु¥याउने
– आधुनिक उपकरण, नवीन प्रविधिबारेमा उद्यमी, व्यवसायी तथा कृषकलाई जानकारी गराउने ।
– सूचना प्रविधिमा पहुँच पु¥याउने तथा विकास र बिस्तारमा सहयोग पु¥याउने ।
– यस क्षेत्रलाई पर्यटकीय, औद्योगिक र व्यापारिक केन्द्रको रूपमा रूपान्तरित गर्ने
उपभोक्ताको रूची पहिचान गरी सुझाव संकलन गर्ने लगायत ।
संघले राखेका यी उद्देश्यहरूले वास्तवमा नेपालको उद्योग वाणिज्य क्षेत्रको विकासकासाथै पर्यटन प्रवद्र्धनमा समेत महŒवपूर्ण सहयोग पुग्ने विश्वास राखिएको छ । समग्र नेपालको आर्थिक गतिविधि चलायमान वनाउन सहयोग पुग्ने मेलाको आयोजनाले संघको उद्देश्य परिपूर्तिमा समेत ठूलो भूमिका खेल्ने निश्चित छ । मेलामा प्रदर्शन गरिने वस्तुहरूको प्रकृति हेर्दा उपभोक्तालाई धेरै राहत पुग्ने विश्वास लिन सकिन्छ । जस्तो कि मेलामा प्रदर्शन गरिने वस्तुमा साना तथा घरेलु उत्पादन, जडिबुटी तथा कृषि उत्पादन, औद्योगिक मेसिनरी उपकरण, हस्तकलाका उत्पादन, अटोमोबाइल्स, मोबाइल, सूचना प्रविधि तथा इलेक्ट्रोनिक्स, टेक्सटाईल्स, गार्मेन्टस, तथा फुटवेयर, शैक्षिक स्वास्थ्य, वैक तथा वित्तीय संस्थाहरूको मेलामा प्रत्यक्ष सहभागिता हुनेछ जसको लाभ उपभोक्ताले लिन सक्नेछन् । यसअघि आयोजना हुने र जुन संस्थाले आयोजना गरेका मेला महोत्सवको पनि सारभूत उद्देश्य यही र यस्तै प्रकृतिको हुने गर्दछ । त्यसकारण कुनै संस्थाले गर्ने महोत्सव प्रभावकारी र अर्को कुनै संस्थाले गर्ने मेला महोत्सव अप्रभावकारी भन्ने नै हुँदैन । जसले आयोजना गरिएपनि त्यसको प्रकृति र उद्देश्य समानखालको छ र हुने गर्दछ । वास्तवमा रूपन्देहीमा हुने मेला महोत्सवको यही समानता छ र यहाँका उद्योगी व्यवसायी तथा व्यवसायिक संघ संस्थाबीचको आपसी भाइचारा सम्बन्ध धेरै कुरामा समानता राख्ने खालको छ ।
अन्त्यमा मौसमले साथ दिएमा असोज १९ देखि नै बुटवलमा मेला महोत्सवको रौनक सुरू हुनेछ । त्यसपछि दशैं मेलाको रौनक थपिनेछ । उता रूपन्देहीको सैनामैनामा पनि कार्तिकमै मेला महोत्सव हुँदैछ । भैरहवा, मणिग्राम, बुटवल, देवदह लगायतका स्थानमा पनि मेला र महोत्सव हुनेछन् । यी सबै मेला महोत्सवले आर्थिक गतिविधि बढाउने नै छन् । आर्थिक गतिविधि प्रभावकारी सञ्चालन नभैकन देशको आर्थिक विकासमा पनि टेवा पुग्न सक्दैन । जति नै बढी पैसाको कारोबार एकदेखि अर्को उपभोक्ता तथा उद्योगी व्यवसायीदेखि केन्द्र र गाउँतहसम्म हुन्छ त्यति नै बढी मुलुकको आर्थिक सम्मृद्धिमा टेवा पुग्ने भएकोले मेला र महोत्सवमा हुने कारोवारले त्यो मुलुकको सम्मृद्धिको विकासमा ठूलो योगदान हुनेछ भन्नु अस्वाभाविक हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?