ट्रेंडिंग:

>> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’

९५ मिटर बाटो बनाउन ५ महिना !

३१ भाद्र २०७५, आईतवार
३१ भाद्र २०७५, आईतवार

बुटवलको एउटा सडक निर्माण गर्दा चरम लापरबाही भएको पुष्टी भएको छ । जम्मा ७५ मिटर लम्बाईको बाटो निर्माण गर्न ५ महिना भन्दा पनि बढि समय लागेको पाइएको हो । बुटवलको मुख्य व्यस्त बजारको रुपमा रहेको संगमपथको सडक निर्माण शुरु भएको ५ महिना पुरा भएपनि बाटोको हालत हिलाम्मे छ । त्यस क्षेत्रमा पसल व्यवसाय गरेर बस्दै आएका व्यक्तिहरुको लागि गर्मिमा धुलो र बर्षामा हिलो खानु सामान्य नियम जस्तै बनेको छ ठेक्का लिएको लामो समय सम्म पनि सडक निर्माण पुरा नहुँदा कतिपय व्यवसायीहरूको पसलमा नै सडकको धुलो र हिलो जाने गरेको गुनासो आएको छ ।
मानिसहरूको किनमेलको लागि बढि मात्रामा प्रयोग गर्ने बुटवलको नविल बैंक पारी देखि संगम पथ बाटोमा अहिले मानिसहरू पहिल्लै नाक खुम्चाएर हिँड्ने गर्दछन् । कतिपय त बाटोको अवस्था देखिर त्यहिँबाट नै फर्किने गरेका छन् । मर्मत तथा निर्माणका लागि भत्काईएको उक्त सडक लामो समयसम्म सम्पन्न नहुँदा सर्वसाधारणले सास्ती भोगेका छन् । बुटवल उपमहानगरपालिका वडा नम्बर–४ मा पर्ने उक्त सडक मर्मत तथा विस्तारका लागि गत बैशाखको अन्तिम तिर भत्काईएको थियो । त्यसपछि धुलोको सिकार भएका स्थानीय व्यवसायीहरू र सडक प्रयोग कर्ताहरूले निरन्तर ५ महिनासम्म धुलो र हिलोको सिकार भैरहेका छन् ।
नविल बैंकदेखि ज्योती बैंक उत्तर दक्षण सम्मका उक्त बाटो जोडिएको छ । गत असार मसान्तसम्म सम्पन्न भैसक्नुपर्ने सडक अहिलेसम्म सम्पन्न हुन नसकेको स्थानीयको गनुासो गरेका छन् । बुटवल उपमहानगरपालिकाको १८ लाख र उपभोक्ताको ३ लाख गरी २१ लाख बजेटको उक्त सडक निर्माणका लागि सगुन कन्टक्सनले ठेक्का लिएको थियो ।
निर्वाचित जनप्रतिनिधि र पटक पटक बुटवल उपमहानगरपालिका संग पनि यस विषयमा कुरा गर्दा कुनै पनि प्रतिक्रिया नपाएको स्थानियहरूले गुनासो गरेका छन् । बुटवल–४ का वडाध्यक्ष टंक प्रसाद पराजुलीले सडक निर्माणको काम सम्पन्न गर्न केही ढिलाई भएक ो स्वीकार गर्दछन्। उनी भन्छन्–‘बाटो निर्माणमा ढिला भएको हो बार्खाको समय यस्तै हो । ’
वडाध्यक्ष पराजुलीले नाली बनाउने विषयमा उपभोक्ताबीच विवाद हुंदा र कामदारको अभावले ढिलाई भएको दावि गरे । अहिले वर्षात भएकाले कालो पत्रेका लागि रोकिएको उनको भनाई रहेको छ ।
ठेकदार कम्पनी लाई बुटवल उपमहानगरपालिकाले चासो नदिएकाले सडक निर्माणमा ढिलाई भएको स्थानीय सरोकारवाला हरि देवकोटाले बताए । समयमा सडक निर्माणका लागि नगरपालिका र ठेकदारलाई खबरदारी गर्दापनि कुनै सुनुवाई नभएको उनको गुनासो छ । लामो समय सम्म सडक भत्काएर नबनाउंदा हिलो र धुलाले व्यवसाय प्रभावित भएको व्यवसायी शिव घिमिरेले बताउछन् । उनका अनुसार गर्मीमा धुलो र बार्षामा हिलोको कारण ग्राहको संख्या पनि घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?