© २०२३
झपेन्द्र जी.सी
स्वनिर्मित विश्व व्रह्माण्ड नै प्रकृति हो । प्रकृतिको कुनै निर्माता सर्जक र कालिगढ हुँदैन । त्यहाँ सिकर्मी र डकर्मी उपभोक्ता ठेकेदार निर्माण व्यवसायी र इन्जिनियरको पनि आवश्यकता पर्दैन । व्रह्माले, प्रभुले, अल्लाहले र त्यस्तै नाम भएका कल्पित स्वरूपले यो विश्व व्रह्माण्डको वा प्रकृतिको निर्माण गरेको पनि होइन । तर धार्मिक सम्प्रदायहरूको आ–आफ्नो ग्रन्थहरूमा भने यो विश्व व्रह्माण्डको निर्माणमा आ–आफ्नो इष्टदेव परमात्माको भूमिका रहेको वकालत गरिँदै आएको छ । विश्व मानवजातिमा यसखाले अदृश्य शक्तिको पराक्रम र पुरुषार्थले अहम् भूमिका निर्वाह गरेको छ । यसरी नै बखान गरिएका धार्मिक ग्रन्थहरूले राम्ररी शासन गरेका छन् । मानवजाति अत्यन्त प्रभावित छ । विज्ञान र प्रविधिको आविस्कार र तिनीहरूको प्रयोग, सोध खोज र अनुसन्धानले विश्व ब्रह्माण्ड भित्रको सूर्य, पृथ्वी र सारा तारागण भौतिक क्रिया प्रतिक्रियाबाट निर्माण भएको प्रष्टाउँदै आएका छन् । अहिलेसम्मको खोज अनुसन्धानबाट जीवित ग्रहका रूपमा चित्रित पृथ्वी जहाँ मानवजात पहुपंक्षी, कीटपतङ्ग र बोटविरुवाको उत्पत्ति विकास र तिनीहरूको क्रमिक रूपमा हुने अन्त्य वा भौतिक परिवर्तनका विषयमा पनि भुगोलबिद, ज्योतिष, बैज्ञानिक, जीबवैज्ञानिक, मानवशास्त्री आदि विधागत विशेषज्ञ बैज्ञानिकहरूले तिनीहरूका आन्तरिक नियमबारे सप्रमाण व्याख्या गरिसकेका छन् । यसबाट प्रकृति के हो भन्ने कुरा बुझ्न मानव जातिलाई सजिलो भएको छ ।
यही स्वनिर्मित पृथ्वीमा जलचर, थलचर, नभचर उभयचर प्राणीहरू छन् । बोट बिरुवा छन् । यिनीहरूमध्ये सबैभन्दा चेतनशील र सर्जकका रूपमा मानव जातिको उपस्थिति छ । मानव जातिको चेतनास्तर दिन प्रतिदिन बिकसित र समृद्ध पनि हुँदैछ । यही मानव जाति भित्र यो विश्व ब्रहामाण्ड कुनैमा प्रभु परमात्माले निर्माण ग¥यो र यसलाई परिचालित गर्ने नियम पनि उसैले बनायो भन्ने मत पनि छ । यस्तो दर्शन दृष्टिकोण राख्ने दार्शनिकहरूलाई अध्यात्मवादी, भाववादी दार्शनिक यस्तै यस्तै भनेर बुझ्न सकिन्छ । उनीहरूको दर्शनको आधार अदृश्य शक्ति परमात्माले यो संसार निर्माण ग¥यो र संचालनको बिधान नियम पनि उसैले बनाएको हँुदा उसैको दया मायामा संसार चल्छ र उसको क्षमता लिलामय छ भन्ने व्याख्या गरेको पाइन्छ ।
यसरी नै स्वनिर्मित यो प्रकृति, पृथ्वीमा मानव जातिले हतियार र प्रविधिको प्रयोग गरेर सडक, पुल, घर, भवन, दरबार, पानीजहाज, हवाइजहाज, रेलमार्ग, मात्र होइन सारा मठ मन्दिर मस्जिद, चर्च, गुम्बा, बिहार, चैत्य, मात्र होइन, आ–आफ्ना कला क्षमताअनुसार मूर्ति पनि निर्माण गरेको छ । के के मुर्ति क–कसको मुर्ति भनेर न्वारन पनि गरेको छ । संसारमा जे जति मठ मन्दिर मस्जिद चैत्य विहार गुरुद्वार आदि जे जति छन् तिनीहरूको निर्माता पनि मानव नै हुन् । मानब भन्दा पनि श्रमिक कालिगढ नै यसका निर्माता हुन् । ती निर्मित मठ मन्दिर, मस्जिद र चर्चमा रहेका आआफ्ना आस्थाकेन्दका प्रमुखहरूलाई के के चिजविजले स्वागत, सत्कार, पुजा, आरधाना गर्ने ती सवै चिजका उत्पादक पनि श्रमिक किसान हुन् । श्रमजीवी मजदुर हुन् । तिनिहरूले नै गजुर,अन्नपात, फलफुल, धजापतका, फुलटिकासबै उपलब्ध गराएर सहयोग गर्दछन् । त्यसैले यो प्रकृति भित्र जे जति कृत्रिम निर्माण भएका छन् ती सवै कृति हुन् । कृति भनेको मानव निर्मित बस्तु हुन् । मानबले नै सारा भौतिक संरचना निर्माण गरेको हो । यस्तो दर्शन दृष्टिकोण राख्नेलाई भौतिकबादी दृष्टिकोण भनिन्छ । संसारका सारा बस्तुहरू भित्र आन्तरिक व्दन्व्द र गतिशीलता हुने भएकाले यस्तो दर्शनलाई व्दन्व्दात्मक भौतिकबादी दर्शन, दृष्टिकोण भनिन्छ । मानबजातिले भौतिक निर्माणमात्र गरेका छैनन् उसले आ–आफ्नो भुगोलमा ऋतु परिर्वतनको अवस्था, उत्पादन पद्धति निर्माण पद्धतिअनुसार चाडपर्व जात्रा उत्सव रीतिरिवाज भेषभुषा खानपान, नृत्य कला संगीत कला मुर्तिकलालगायतको पनि उत्पति र बिकास गरेको छ । निरन्तरता दिँदै आएको छ । त्यतीमात्र होइन उसले समाज परिचालको पनि नियम बनाएको छ । राजनीतिक प्रणालीको विकास गरेको छ । त्यसअनुरूप हाम्रो देश नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण गरेको छ । आ–आफ्नो आवश्यकतालाई र स्थितिअनुरूप राजनीतिक प्रणाली चलाउने र फेरबदल गर्ने गर्दछन् । मानवजातिले निर्माण गरेको कृत्रिम भौतिक निर्माण, उत्पादन पद्धति, चाडपर्व संगीतकला नृत्यकला, गास कपास, शिक्षा स्वास्थ्यजस्ता सबैको सार नै संस्कृति हो । दसंै, तिहार, तीज, होली, गाईजात्रा, भगवती जात्रा, नारायण जात्रा इन्दजात्रा आदि पनि मानव निर्मित पर्वउत्सव हुन् । यी पर्वहरू ब्रह्माले शिवले इन्द्रले विष्णुले कसैले निर्माण गरेको नभई खास युग चरणमा सुरु भई निरन्तरता पाएका छन् । टाढा जान पर्दैन अंग्रेजी फौजलाई जितगढीको युद्धमा वि.सं १८७२ मा परास्त गरेपछि आफ्नो भाकलअनुसार कर्नेल उजिरसिंह थापाले १८७६ मा रणउजेश्वरी भगवती जात्रा सुरु गर्ने निर्णय गरेपछि १८७७ देखि सो जात्रा राष्ट्रिय जात्राका रूपमा भव्यताकासाथ हँुदै आए को हो । यसरी नै तीज पर्व जो नेपाली नारीहरूको महान पर्वको रूपमा चिन्छि । यो पर्वको सुरुवात पनि आफ्नै भौतिक कारणहरू छन् । बाल विबाह, सगोत्रीय विवाहको अन्त्य र परगोत्रीय विवाह प्रणालिको सुरुवात भएपछि माइती र चेलीवेटीको पुनर्मिलनको पर्वका रूपमा मनाउन थालेको पाइन्छ । तीज पर्व कृषियुगको थालनीसंगै स्थानीय बसोवासको सुरु र दास युगको थालनी भएपछि मनाउन थालिएको देखिन्छ । त्यसैले तीज पर्वका सन्दर्भमा प्रजापतिका रूपमा स्थापित ऋषिहरू कश्यप, जमदग्नि, वशिष्ठ, भरव्दाज, विश्वामित्र, गौतम आदिको नाम पनि जोडिएर आएका छन् । ऋषिपञ्चमी र व्रतोपवासका कुरा आएका छन् । राजसुय यज्ञका व्यास विश्वरूप पण्डितलाई इन्द्रमहाराजले हत्या गरेपछि त्यो अपराधबाट इन्द्रमहाराजलाई मुक्त गराउन हत्याको एक भाग पाप महिला जगतको रज मासिक क्रियामा लगेर राखिदिएपछि इन्द्रमहाराज व्रह्म हत्याबाट मुक्त भएको र स्त्रीहरूले अव छुवाछुत गर्न नहुने, छाउपडी हुँदा घरमा बस्न नहुने, पुरुष जातिको सेवा सुसारमा चुपचापसंग गर्नुपर्ने यसो नगरे सात जुनीसम्म कुकुरजस्ता प्राणी भई जन्मनुपर्ने भनि हरितालिका ब्रत कथामा लेखिएको हुँदा महिलाहरू अघोषित यो डर र त्रासबाट आतंकित पारिएका छन् । यसले के देखाउँछ भने मातृप्रधान समाजको अस्तय र पुरुषप्रधान समाजको स्थापनापछि यो ब्रत कथा लेखिएको छ । (सोतःश्रीमत भागवत महापुराण सम्बन्ध १–७) यसरी नै उतङ्ग ऋषिको छोरीलाई बलात्कार गर्ने बलात्कारीलाई दण्ड दिनुको सट्टा उल्र्टै छुटकारा दिएको पाइन्छ । इन्द्र महाराजले गरेको अपराध अहिलेसम्म पनि नेपाली (हिन्दुसँग आवद्ध) महिलाहरूले खेप्नुपरेको देखिन्छ । यसरी हरितालिकाको ब्रतकथामा दास युगीन सस्कृतिको नमुनाका रूपमा रहेको छ ।
संस्कृति मानव जातिले निर्माण गर्दछन् र मानवहितमा हुन्छ । मानव हितकारी संस्कार, रितीरिवाजमात्र सस्कृति हुन् । संस्कार परम्परा र रितिरिवाजले कसैलाई अहित गर्छ भने त्यो संस्कृती हुन सक्दैन । त्यो त विकृति हो । जसले नारी जगतलाई दमन गर्छ त्यो दासताको द्योताक हो । जे होस् तीज नेपाली नारीहरूको महान पर्व हो । यसले परापूर्वकाल देखि माइती र चेलीका बीचमा मिलन गराउँदै आएको छ । हिन्दु नारी जगतगलाई मात्र होइन हिन्दुईतर नारी र पुरुष समाजलाई समेत राम्रो परिभाषित गरेको छ । à