ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

दाङमा २६६ वटा मानव अधिकारका उलंघनका घटना

२ पुष २०७९, शनिबार
२ पुष २०७९, शनिबार

दाङ, २ पुस ।

दाङमा अंग्रेजी वर्ष सन् २०२२ मा २ सय ६६ वटा मानवअधिकारसंग सम्बन्धित घटना भएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले आज घोराहीमा सार्वजनिक गरेको तथ्यांक अनुसार, सबैभन्दा धेरै गैरराज्य पक्षबाट २०५, राज्य पक्षबाट १३ र अज्ञात पक्षबाट ८ वटा घटना भएका छन् ।

दाङमा अभिलेख भएका मध्ये सबैभन्दा धेरै घटना घरेलु हिंसाका रहेका छन् । खान लाउन नदिएको, आधारभूत आवश्यकता पूर्ति नगरेको, अपहेलना गरेको, मादक पदार्थ सेवन गरेर कुटपिट गरेको, लालनपालन नगरेको र सम्पत्तिमाथि हक नभएको जस्तो घटना इन्सेकले अभिलेख गरेको छ । यसवर्ष ११५ वटा घरेलु हिंसाका घटना अभिलेख भएका छन् । जसमा सबैभन्दा धेरै पत्नी र आमा, सासु नातापर्ने पीडित छन् ।

तथ्याङ्क अनुसार, २० देखि ३० वर्ष उमेर समूहका महिला हिंसामा परेको सबैभन्दा धेरै ७७ घटना छन् भने ३१ देखि ४९ उमेर समूहका ३० र ५० देखि ७० उमेर समूहका ८ वटा हिंसाका घटना छन् ।

यसैगरी दाङमा यो वर्ष ५५ वटा घटना बलात्कार तथा यौनदुव्र्यवहारजन्य घटना अभिलेख भएका छन् । जसमा ४० वटा बलात्कारका घटना छन् भने बलात्कार प्रयासका ७ र यौन दुव्र्यवहारका ८ वटा घटना छन् ।

बलात्कारका २० वटा घटनामा ३ देखि १७ वर्ष उमेर समूहका बालिका छन् । बलात्कार प्रयासमा सबै महिला छन् भने ८ वटा यौन दुव्र्यवहारका घटनामा ४ देखि १२ वर्ष उमेर समुहका बालिका पीडित भएका छन् । त्यस्तै ९ वटा हत्याका घटनामा १० जना मारिएका छन् । जसमा २ नवजात शिशु, ४ महिला र एक बालिकाको हत्या भएको छ । त्यसमा तीन पुरुष छन् । यस्तै धरपकड, कथित बोक्सी आरोप, आर्थिक लाभका लागि अपहरण, बेचविखन, कुटपिटलगायतका घटना पनि घटेका छन् ।

जिल्लामा भएको २ सय ६६ घटनामा २ सय ५५ जना नागरिक प्रत्यक्ष पीडित भएका छन् । जसमा सबैभन्दा धेरै १ सय ५९ महिला, ३५ बालिका, ३ बालक, २ शिशु र ६१ पुरुष पीडित भएका छन् । यी घटनामा ३६ संस्थागतसहित २ सय ६७ पीडक रहेको तथ्यांकमा उल्लेख छ ।

यसका साथै कोरोनाका कारण ज्यान गुमाएकाहरुका परिवारले राहत पाउन नसकेको, सडक निर्माण नहुँदा सुरक्षित यात्रा गर्न नपाएको, मुक्त कमलरी, सुकुम्वासी, भूमिहिन समस्या समाधान हुन नसकेको पाईएको छ ।

सरोकारवालाहरु संवेदनशील हुनुपर्ने न्यायिक निकायले पीडित केन्द्रित सेवामा ध्यान दिनुपर्ने, सार्वजनिक सरोकारका सेवा प्रदायक निकायले सेवाग्राहीमैत्री व्यवहार र न्यायिक संरचनाको निर्माणमा सबै सरोकारवालाको चासो हुनुपर्ने आवश्यकता औँल्याईएको इन्सेक जिल्ला प्रतिनिधि जेएन सागरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?