ट्रेंडिंग:

>> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो

वडाध्यक्षहरुलाई उपमहानगर प्रमुखको निर्देशनः पुँजीगत खर्च ९० प्रतिशत भन्दा बढी गर्नुस्

२१ कार्तिक २०७९, सोमबार
२१ कार्तिक २०७९, सोमबार

बुटवल, २१ कात्तिक ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले ९० प्रतिशतभन्दा बढी पूँजीगत खर्च हुने गरी योजनाका काम गर्न निर्देशन दिएका छन् । आर्थिक वर्ष २०७८÷७९ को वार्षिक र २०७९÷८० को प्रथम चौमासिक प्रगति समीक्षा कार्यक्रममा बोल्दै प्रमुख पाण्डेयले माघ मसान्तसम्म योजना सम्झौताको काम पूरा गर्न निर्देशन दिए ।

उनले महाशाखा र शाखाहरुलाई योजनाका कामलाई छिटो भन्दा छिटो प्रक्रियामा अघि बढाउन र सेवाग्राहीका कामलाई तीब्र गतिमा गर्नका लागि निर्देशन दिए । उनले नगरका हरेक काममा आर्थिक अनुशासन र पारदर्शिता अपनाउन तथा सेवाग्राहीमैत्री वातावरण बनाउन कर्मचारीहरुलाई निर्देशन दिए ।

‘बुटवललाई कसरी अरु नगरहरुभन्दा सफल र सम्पन्न बनाउने भन्ने कुरामा सबै जनप्रतिनिधि र कर्मचारीहरुले उत्तिकै चासो र जिम्मेवारी वहन गर्नुपर्छ, उनले भने–‘आवश्यक प¥यो भने दैनिक १८ घण्टा काम गरेर भएपनि जनताका काम सहज र समयमै गर्ने गरी मैले त्यसको नेतृत्व गर्छु तपाइँहरु सँगसँगै आउनुहोस् ।’

प्रमुख पाण्डेयले हरेक वडालाई देशकै नमूनायोग्य र प्रभावकारी काम गर्नका लागि आग्रह गरे । ‘एउटा वडाले पाँच वर्षमा कम्तीमा एउटा यस्तो काम गर्नुस् जसले देशमै नमूना होस्, कैयौं वर्षसम्म बुटवलबासीले त्यसबाट लाभ लिने अवस्था सिर्जना गर्नुहोस्, उनले भने–‘त्यसका लागि सकिन्छ हाम्रै बजेटले काम गरौं, सकिदैन संघ, प्रदेश वा अरु दातृ निकायको सहयोगमा गरौं, मैले कहाँनेर अगुवाई गर्नुपर्छ म तयार छु ।’

उनले बुटवलका १९ वटै वडाको समान विकास र समान हिसाबको मानवीय विकासको लागि काम गर्न वडाध्यक्षहरुलाई आग्रह गरे । कार्यक्रममा बोल्दै उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलको विकास अन्य क्षेत्रलाई समेत सिक्नलायक हुनुपर्ने बताइन् । उनले जनप्रतिनिधि र कर्मचारीबीचको सहकार्यले मात्रै बुटवल समृद्ध बन्नसक्ने बताइन् ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले वार्षिक योजना सम्पन्न गर्ने गरी काम अघि बढाउन महाशाखा प्रमुखहरुलाई निर्देशन दिए । राजस्व संकलन र योजना कार्यान्वयनको पाटोलाई उत्तिकै चासोका साथ अघि बढाइने बताउँदै उनले बुटवलले सबै योजना समयमै सम्पन्न गर्ने गरी अघि बढेको बताए ।

कार्यक्रममा महाशाखा प्रमुखहरु मित्रमणि खनाल, तुल्सा अर्याल, विष्णुप्रसाद खनाल, भुवा प्रसाद लुईटेल, शाखा प्रमुखहरु गौतम रौनियार, युवराज पाण्डे, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरुले आफ्नो प्रस्तुति तथा समीक्षात्मक प्रतिवेदन र भनाई व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?