ट्रेंडिंग:

>> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने

प्रतापपुरमा ७० करोड बढीको बजेटः शिक्षा, स्वाथ्य र कृषिलाई प्राथमिकता

७ असार २०८०, बिहीबार
७ असार २०८०, बिहीबार

सुनवल, ७ असार ।

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि ७० करोड ८ लाख बराबरको बजेट सार्वजनिक गरेको छ । बिहिवार चौधौ गाउँसभामा गाउँपालिका उपाध्यक्ष मान कुमारी चौधरीले समाजिक सुरक्षा भत्ता बाहेकको ७० करोड बढीको अनुमानित आय व्यय विवरण प्रस्तुत गरिन् । सशर्त, समपुरक र विशेष अनुदान बाहेक कुल ४० करोड ७७ लाख बजेट मध्ये विकास बजेट भन्दा चालु खर्च बढी रहेको छ । कुल बजेटको ५०.९१ प्रतिशत चालु तर्फ र ४९.०९ प्रतिशत पुँजीगत खर्च अनुमान गरिएको छ । बजेटमा गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि र पशुपालन, पुर्वाधार विकास लगायतका कामलाई प्राथमिकतामा राखेको छ ।

प्रस्तुत बजेटमा व्यवसायिक कृषि पेशा अवलम्बन गरौँ आत्मनिर्भर बनौँ भन्ने मूल नाराका साथ कृषि प्रयोगशाला निर्माण, कृषि तथा पशुजन्य उपजनको संकलन र विक्रिका लागि कृषि बजार केन्द्र, चिस्यान केन्द्र निर्माण गर्ने जनाईएको छ । गाउँपालिकालाई केरा र उखुको पकेट क्षेत्रको रुपमा विकास गर्न केरा र उखुको उद्योग स्थापना गर्न सम्भाव्यता अध्ययन गर्ने र उखु खेतिमा लगानी कम गर्न उखु हार्भेसटिङ्ग मेशिन खरिद गर्न बजेट विनयोजन गरिएको छ ।

कृषक परिचयपत्र, कृष विद्युतिकरण, माटो प्रयोशाला, बिउमा अनुदान, कृषि तथा बालि संरक्षण कार्यक्रम, केरा क्षेत्रको विस्तार लगाएतको लागी कृषिमा २ करोड बजेट विनियोजन गरिएको छ ।

विद्यालयमा शैक्षिक जनशक्ति कम भएकाले बरोजगारबाट अध्यापन गराउन अध्यक्ष शैक्षिक बेरोजगार सम्बोधन कार्यक्रम संञ्चालन गर्न बजेट विनियोजन गरिएको छ । सामुदायिक विद्यालयको पठनपाठन गुणस्तरीय र समयानुकुल बनाउन प्रत्येक विद्यालयका शिक्षकलाई आईसिटि तालिम दिने निति अनुरुप बजेट छुट्टाईएको छ । छात्रवृत्ति, प्राविधिक धारको विद्यालय संञ्चालन, स्थानीय पाठ्यक्रम छपाई, विद्यालय सुधार लगाएतका कामका लागि शिक्षा क्षेत्रमा कुल ३ करोड ५० लाख बजेट विनियोजन गरिएको उपाध्यक्ष चौधरीले बताईन् ।

स्वास्थ्य क्षेत्रमा दुई करोड बजेट विनियोजन गरेको प्रतापपुरले प्रसुती सेवाको लागि गरिव विपन्नलाई निःशुल्क एम्बुलेन्स सेवाको लागि बजेट विनियोजन गरिएको छ । यस्तै गरिव विपन्न, हिसां पिडित, कुपोषत बालबालिका लगायत नागरिकलाई राहत स्वरुप सहयोग प्रदान गर्न आर्थिक सहायता कोष स्थापनाका लागी पनि बजेट छुट्टाईएको छ ।

गाउँपालिकाले पुर्वाधार विकासमा सबै वडालाई छुने गरी चक्रपथ निर्माणलाई प्राथमिकता दिईएको छ । प्रशासकीय भवन निर्माण, अस्पतालको भवन निर्माण, वडा कार्यालय, स्वास्थ्य भवन निर्माण लगाएत वडा बाट समेत हुने विभिन्न कार्यका लागि पुर्वाधार तर्फ कुल १३ करोड ४ लाख ६४ हजार विनियोजन गरिएको छ । गाउँसभाले प्रस्तुत नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतले पारीत गरेको गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिरन्जीवि घिमिरले जानकारी दिए ।

गाउँ सभा समापन गर्दे गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले शिक्षाको गुणस्तरीयता, स्वास्थ्य क्षेत्रमा सुधार, खानेपानीको समस्या समाधान, किसानलाई थप सुविधा लगायतका काम आफुहरुको प्राथमिकतामा रहेको बताए । अघिल्लो पाँच वर्षे कार्यकालको नेतृत्वकर्ताले समयमै पुरा गर्नुपर्ने काम सुरुवात नै नगर्दा यो पाँच वर्ष भित्र ती काम पनि पुरा गर्नुपर्ने अभिभारका साथ आफुहरु अगाडी बढेको यादवले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?