ट्रेंडिंग:

>> पश्चिम नेपालमा हिउँदे वर्षा र हिमपात >> निर्वाचन प्रहरीः बागलुङमा तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन >> हरिबोल गजुरेलसहित ७ नेता नेकपाबाट निष्कासित >> खलङ्गा स्थित थापागाउँ बसपार्कमा जग्गादाताको सालिक अनावरण >> प्राज्ञिक अनुसन्धान विना समुन्नति असम्भव >> भन्सार प्रक्रिया छिटोछरितो बनाउन व्यवसायीको माग >> जो हैदरावाद हाउसको त्यो दुर्लभ बैठकको प्रत्यक्षदर्शी बने, सय वर्षमा टेक्नै लाग्दा संसार त्याग >> प्रतिनिधि सभाको प्रत्यक्षमा महिला उम्मेदवार: आधा मतदाता, छैन अवसर >> राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सबै तयारी पूरा : निर्वाचन आयोग >> रेश्म चौधरी उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च पुगे >> महावीर पुनलाई स्वतन्त्र उम्मेदवारीमा त्रिभुज चुनाव चिह्न प्रदान >> नेपाली कांग्रेसले गर्‍यो गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय >> केसीले लिएनन् उम्मेदवारी फिर्ता >> महिला तथा बालिका विरुद्धको हिंसा न्यूनीकरणका लागि पालिका स्तरीय ऐन आवश्यक >> देशभर ४९ उम्मेदवारले लिए उम्मेदवारी फिर्ता >> सभापति बनेपछि गगन थापा पहिलोपटक पार्टी कार्यालयमा >> विश्व स्वास्थ्य सङ्गठनबाट अमेरिका औपचारिक रूपमा बाहिरियो >> कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु >> कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ३६ जना कर्मचारी माग्यो >> गोरखा–२ बाट बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता >> रूपन्देही–२ मा राप्रपाकी कार्भिका थापाद्वारा उम्मेदवारी फिर्ता >> एकैदिन ९ हजारले बढ्यो सुन, तोलाको ३ लाख नाघ्यो >> वसन्त पञ्चमीको परम्परा र महत्त्व >> वसन्त पञ्चमीको शुभकामना >> घुम्ती बैठक: स्थानीय सरकार जोड्ने सेतु >> एक वर्षमा ५ सय ५९ विरुद्ध मुद्दा >> आज श्रीपञ्चमी, विद्या र सृजनाकी देवी सरस्वतीको पूजा गरिँदै >> लुम्बिनी प्रदेश १७ सय मतदान स्थल, ३४ लाख मतदाता >> प्रदेश छाड्दै सङ्घतर्फ >> नवलपरासी पश्चिम २ मा कांग्रेसबाट भरत थापाको उम्मेदवारी कायम >> कांग्रेस नेता देवेन्द्रराज कँडेलको उम्मेदवारी खारेज >> रुपन्देही २ मा गुरुङको उम्मेदवारी खारेज >> तेस्रो पालडाँडा कपको तयारी पुरा >> कोटाको पर्खालभित्र थुनिएको आधा आकाश >> निपाह भाइरसको जोखिम बढ्दै >> अभिषेक शर्मा बने टी–२० क्रिकेटमा सबैभन्दा छिटो ५ हजार रन बनाउने खेलाडी >> ६ महिनामा धानचामल आयात साढे २० अर्ब रुपैयाँ नाघ्यो >> तीनवटा सेयरमा सर्किट ब्रेक, बजारमा ९ अर्ब रुपैयाँको कारोबार >> अस्ट्रेलियामा फेरि गोली चल्यो, न्यु साउथ वेल्समा ३ जनाको मृत्यु >> प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र फागुनको पहिलो हप्ताभित्र पुर्‍याइने >> शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको नयाँ निर्देशक डा. बास्तोला >> गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने कांग्रेसको तयारी >> कीर्तिपुर क्रिकेट रंगशाला राष्ट्रिय प्राथमिकतामा सूचीकृत >> शुक्रबार र शनिबार मधेसबाहेक देशभर वर्षा तथा हिमपातको सम्भावना >>  मन्त्रिपरिषद् बैठक आज बस्दै >> महिला टी–२० विश्वकप छनोटमा नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित >> सुनको मूल्य आज तोलामा २ हजार ९ सय रुपैयाँले घट्यो >> गगन– शून्यता कि पूर्णता ? >> ‘अब सुस्तावासीको पीडा सम्बोधन गर’  >> टिकट पाउन दल बदल्ने नेता

एमाले महाधिवेशन र अपेक्षा 

२८ मंसिर २०८२, आइतबार
२८ मंसिर २०८२, आइतबार

मुलुकको दोस्रो ठुलो दल नेकपा एमालेको ११ औँ महाधिवेशन शनिवारदेखि सुरु भएको छ ।

महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबिच अध्यक्षका लागि तीव्र प्रतिस्पर्धा हुने महाधिवेशन प्रतिनिधिहरू बताउँछन  ।

जेहोस चितवनको सौराहामा २०७८ सालमा भएको १० औँ महाधिवेशनपछि हुन लागेको यो महाधिवेशनप्रति आम देशवासीको चासो र चिन्ता छ । त्यो यसकारण पनि कि एमाले मुलुकको दोस्रो ठुलो राजनीतिक दल हो ।

जेनजी आन्दोलनपछि नयाँ राजनीतिक परिस्थिति निर्माण भएको सन्दर्भमा पार्टीले लिने आगामी नीतिप्रति आम चासो छ । खासगरी नेकपा एमालेका हजारौं कार्यकर्ता महाधिवेशनप्रति उत्साहित भैरहँदा उत्तिकै चिन्तित पनि छन् ।

महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरोस भन्ने धेरैको चाहना छ तर शनिवार विहानसम्मको परिस्थिति हेर्दा निर्वाचनबाटै नेतृत्व चयन हुने संभावना देखिएको छ । निश्चितरूपमा यो महाधिवेशनले वर्तमान राष्ट्रिय राजनीतिमा देखिएका चुनौतीहरू, आर्थिक तथा सामाजिक समस्याका सन्दर्भमा एमालेको स्पष्ट धारणा र संगठनलाई थप मजबुत बनाउने आधार तय गर्ने अपेक्षा गरिएको छ ।

यद्यपि अध्यक्ष केपी शर्मा ओलीले आम निर्वाचनप्रति विश्वास र उत्साह नदेखाउँदा संसद पुनस्र्थापनाको मुद्दामा पार्टीको ध्यान पुगेको छ । सर्वोच्च अदालतले संसद पुनस्र्थापना नगरि सुशीला नेतृत्वको सरकारले गराउने निर्वाचनमै पार्टी अग्रसर हुनुप¥यो भने त्यो पार्टीका लागि ठुलो घाटा हुनेछ । अतः यो महाधिवेशनले त्यो दिशामा दूरगामी धारणा स्पष्ट गर्नुपर्नेछ ।

राष्ट्रिय राजनीतिमा चुनौतिका पहाड छिचोल्दै अघि बढ्नुपर्ने बर्तमान सन्दर्भमा महाधिवेशनले पार्टी र देशको वर्तमान राजनीतिक घटनाक्रमका सन्दर्भमा नयाँ सन्देश दिन सक्नुपर्दछ । यो महाधिवेशनले आगामी दिनमा एमालेको आन्तरिक संरचना र राष्ट्रिय राजनीतिको दिशा निर्धारणमा महत्वपूर्ण प्रभाव पार्ने छ ।

देशमा जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक संक्रमणको निकास संविधानसम्मत र लोकतान्त्रिक विधिबाटै हुनुपर्ने माग गर्दै आएको नेकपा एमालेले यो महाधिवेशनबाट लिने राजनीतिक दिशाप्रति देशकै चासो छ ।

चुनावको दिन नजिक आउँदै गर्दा एमाले चुनावप्रति भन्दा संसद पुनस्र्थापनाको मागप्रति बढि उत्सुक भैरहेको सन्दर्भमा महाधिवेशनले लिने नीतिबाट मुलुकको राष्ट्रिय राजनीति समेत प्रभावित हुने स्पष्ट छ ।

अतः महाधिवेशनले पार्टीको भविष्यमात्रै होइन, यो देशलाई सही निकास दिन आवश्यक पर्ने सुझबुझपूर्ण नीति लिन सकोस् भन्ने आम नेपालीको अपेक्षा छ । महाधिवेशनले मदन भण्डारीको जनताको बहुदलीय जनबादकै नीति पारित गर्ने कुरामा सन्देह छैन ।

महाधिवेशनले सही नीति र सही नेतृत्व चयन गर्न सक्नुपर्दछ । सवैको नजर पार्टी अध्यक्षमा परेको छ । केपी शर्मा ओलीले एकपटक अध्यक्ष पद सर्वसम्मत दिन आग्रह गरेका छन । उता अर्का प्रत्यासी ईश्वर पोखरेलले देशले नयाँ राजनीतिक कोर्स गरिरहँदा पुरानो नेतृत्व विस्थापन हुनुपर्ने माग अघि बढाएका छन । जेहोस दुई पक्षबीच कडा टक्कर हुँदैछ ।

एमालेभित्रको एउटा समूहले बदलिँदो राजनीतिक परिस्थितिमा नेतृत्व बदलिनुपर्ने धारणा राखेको छ । अर्काे समूह भने मुलुक गंभीर राजनीतिक मोडमा पुगेकोले केपी शर्मा ओलीलाई नै नेतृत्व दिनुपर्ने अडानमा छ ।

जेहोस नेतृत्व बदलिन्छ वा दोहोरिन्छ भन्ने कुरा महाधिवेशनका प्रतिनिधिले निर्णय गर्नेछन् । तर, भदौ २३ र २४ को जेन–जी आन्दोलनले दिएको दिशालाई आत्मसाथ गर्ने हो भने एमालेमा युवापंक्तिको बर्चस्व हुनुपर्दछ भन्ने कुरामा दुईमत छैन ।

जेहोस महाधिबेशन सुरु भैसकेकोले एमाले नेतृत्वले जनताको बहुदलीय जनवादको मर्म अनुरूपको नयाँ नीति र नयाँ नेतृत्व चयन गरोस भन्ने आम अपेक्षा छ । यो महाधिवेशनले नेतृत्वमा पुस्तान्तरणको अपेक्षा पनि गरेको बिर्सन सकिदैन ।

एमालेभित्रका युवापंक्तिले ४० प्रतिशत बढी प्रतिनिधित्वको माग पनि गरेका छन । महाधिवेशनले युवाहरूको मागलाई सम्बोधन कसरी गर्छ त्यसबाट पनि पार्टीको आगामी यात्रा सुनिश्चित हुने छ ।

निश्चित रूपमा पार्टीले लिने नीतिले देशको राजनीतिलाई दिशानिर्देश गर्ने भएकोले यो महाधिवेशनले सही नीति अंगीकार गरोस् । सही नेतृत्व चयन गरोस् । हार्दिक शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?