ट्रेंडिंग:

>> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो
फ्रन्टपेज

रेस्क्यु सेन्टरबाट मिनि चिडिया घर

५१.३४ हेक्टर क्षेत्रफलमा फैलिएको केन्द्रमा ६ वटा पार्कहरु, रेक्क्यु सेन्टरबाट शुरु भएको केन्द्र मिनि चिडिया घर बनेको छ । भ्यु टावरसहित मिनि रेल, चिल्डे«न पार्क अन्य धेरै पुर्वाधार विकासमा करिब २० करोड रुपैया लगानी भइसकेको छ ।
१ बैशाख २०८०, शुक्रबार
१ बैशाख २०८०, शुक्रबार

बुटवल,  चैत- नेपाली नया वर्ष २०८० भित्रिएसंगै आन्तरिक पर्यटक नजिकको पर्यटकिय स्थलमा घुमफिरमा जाने तयारीमा छन । रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकामा रहेको शंकरनगर बनबिहार तथा अनुसन्धान केन्द्र एउटा गन्त्ब्य हो । देशका विभिन्न बन क्षेत्रमा भेटिने जंगली घाईते र बच्चा जनावर उद्धारबाट शुरु भएको शंकरनगर बनबाटिका अहिले पर्यटकिय आर्कषकको केन्द्र बन्न सफल भएको छ । जंगली जनावर उद्धार गर्न काठमाण्डौ बाहेक देशका अन्य स्थानमा ब्यवस्थित ठाउ नभएको बेला सामुदायिक बनले तिलोत्तमा नगरमा उद्धार केन्द्र चलाएको थियो ।

उपभोक्ताहरु बन संरक्षणसंगै जंगली जनावरलाई बचाउने लक्ष्यसहित उद्धार केन्द्र शुरु भएको स्मरण शंकरनगर बनबिहार तथा अनुसन्धान केन्द्रका उपाध्यक्ष खिमलाल पाण्डे गर्छन । माया लागेर जनावर बचाउ शुरु गरेको अहिले त्यो मिनि चिडियाघरका रुपमा विकास भएको उनले बताए । काठमाण्डौ बाहिर नै आफुहरुले नमुना चिडियाघर बनाएको बताउने लक्ष्य अनुसार अन्तिम चरणमा रहेको उनको दाबी छ । बनबाटिका नामाकरण गरेर परिकल्पना गर्ने तथा अगुवाई संस्थापक अध्यक्ष स्वर्गिय बाबुराम अर्यालले गरे । विदेश भम्रणको क्रममा अर्यालले देखेका र अनुभव गाउघरमा गर्ने आट गरेका हुन् । यसमा उनलाई स्थानिय बासिन्दाहरुको सहयोग मिलेको थियो । गुरुयोजना अनुसार पुर्वाधार विकास र समयसापेक्ष लगानी बढ्दै जादा यो सुन्दर र आर्कषण बन्न सकेको छ ।

रुपन्देहीको शंकरनगर बनबिहार तथा अनुसन्धान केन्द्र पर्यटकको आर्कषणको केन्द्र बनेको छ । सबेरैबाट आन्तरिक तथा बाह्य पर्यटकहरु अवलोकन भ्रमण, पिकनिकका लागि आउने गर्दछन । शंकरनगर सामुदायिक बन उपभोक्ता समुहको वन क्षेत्रमा संचालनमा रहेको यो पर्यटकिय स्थल देशकै नमुना भएको शंकरनगर बनबिहार तथा अनुसन्धान केन्द्रका उपाध्यक्ष खिमलाल पाण्डेको दाबी छ । संस्थापकहरुको अथक प्रयास र मेहनतबाट अहिलेको स्वरुप तयार भएको उनी बताउछन । नेपालमात्र नभई छिमेकी देश भारतका विभिन्न शहरका पर्यटक आउने गरेको उनी बताउछन । यो केवल मनोरन्जनका लागिमात्र नभई अध्ययन अनुसन्धानमा समेत उपयोगी थलो भएको हुदा स्कलर्सहरु आउने गरेको उनि बताउछन । २०६३ सालमा रेस्क्यु सेन्टर थियो । जंगलमा भेटिएका जनावर ल्याएर बचाउने गरेको उनि सुनाउछन । ‘अहिले २१ बढी प्रजातीका जनावर, सरिसृप भएका छन ।’– उनले भने । गत फागुन २९ गते डिभिजन बन कार्यालय अर्घाखाचीबाट एक थान हिमाली भालुको बच्चा यहा छाडिएको छ । ५१.३४ हेक्टर क्षेत्रफलमा फैलिएको केन्द्रमा ६ वटा पार्कहरु, करीब १२ करोड रुपैयाको भ्यु टावरसहित मिनि रेल, चिल्डे«न पार्क अन्य धेरै पुर्वाधार विकासमा हालसम्म २० करोड रुपैया लगानी भएको उनले बताए । केन्द्रको काउन्टरमा २ जना, चिडियाखाना ब्यवस्थापनमा ७ जना, सुरक्षागार्ड ५ जना र बगैचामा ११ जना माली गरि २५ जना कर्मचारीहरु छन ।

अवलोकन गर्न आउने दर्शकहरुको प्रवेश शुल्क नै मुल आय रहेको छ । चिडियाघरको कार्यविधि भने छैन । जनावर संरक्षणको काम गरेपनि सरकारी सहयोग र पुर्वाधार विकासमा कठिनाई भएको उनको दुखेसो छ । चितुवा, हरिण, राते, पहाडी भालु, खरायो, अष्ट्रिच चरा, मयुर, घोडा, अजिगर, गिद्ध, सारसलगायतसहित २३ प्रजातीका १ सय ८२ जनावर, पंक्षि र सरिसृपहरु छन । देशभरमा विभिन्न भेटिएका जंगली घाईते बन्यजन्तुको उपचार र रेखदेख यहा गरिन्छ । यहा रहेको चितुवाले दैनिक ६ केजी मासु खाने गर्छ । जनावरको रेखदेखमा मासिक ४ लाख रुपैया खर्च हुने गरेको छ । कर्मचारीहरुलाई काठमाण्डौमा रहेको चिडियाघरमा बेलाबेला लगेर जनावरहरु हरेचाह गर्ने बारे तालिम दिदै आईएको छ । किताबी ज्ञान लिएका बालबालिकाहरुलाई प्रत्यक्ष जनावर हेर्न र उनिहरुको हाउभाउ बुझन केन्द्र उपयोगी भएको छ ।
केन्द्रका अध्यक्ष बेल प्रसाद शर्मा अध्ययन अनुसन्धानकर्ताको उपयोगी हुने गरि विकासमा लागेको बताउछन । बहुआयामिक रुपमा यसको महत्व हुने गरि विकास गर्न लागेको उनको दाबी छ । ‘समुदायलाई जोडेर लैजादा हामीहरु सफल भएका छौ ।’– उनले भने । बालबालिकाहरुलाई खेल्न चिप्लेटी, पिङ, मिनि रेल छ ।
युवाहरुलाई ठुलो पिङ, पार्कहरु छन । ‘बालबालिकादेखि वृद्धसम्मका सबै उमेर समुहलाई मनोरन्जन र सिकाईको थलो बनेको छ ।’–उनले भने । ‘हाम्रो संस्कृति हाम्रो सभ्यता’ नारासहित सहयात्रा नेपालले लुम्बिनी संस्कृति तथा पर्यटन प्रर्वद्धन केन्द्र स्थापना गरेर विभिन्न जातीका भेषभुषा पर्यटकलाई लगाएर फोटो, भिडियो खिच्ने ब्यवस्था गरेको छ । बिशाल बहुउपयोगी भ्यु टावरबाट दृश्यालोकन गर्न सक्ने ब्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?