ट्रेंडिंग:

>> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो
फ्रन्टपेज

रोल्पामा झाँगिदो वालविवाहः गम्भिर छैनन् स्थानीय सरकार

रोल्पामा बालविवाह झाँगिदो छ । वालविवाहले गर्दा विद्यालय छोड्ने दर वढ्नुका साथै महिला तथा बालवालिकाको स्वास्थ्यमा असर देखिएको छ । जनताको घर दैलोको सरकार भनिने पालिकाहरु भने यो समस्या प्रति गम्भिर देखिएका छैनन ।
२८ चैत्र २०७९, मंगलवार
२८ चैत्र २०७९, मंगलवार

रोल्पा चैत- रुन्टीगढी गाउँपालिका १ रिठावोटको नेपाल राष्ट्रिय माबिमा चालु शैक्षिक सत्रमा अध्ययनरत १० बिद्यार्थीले बाल्यावस्थामै बिवाह गरे । ती मध्ये ९ छात्रा र १ छात्र थिए । अघिल्लो शैक्षिक सत्रमा यो बिद्यालयका १३ जना विद्यार्थीले बालविवाह गरेका थिए । तीमध्ये ११ छात्रा र २ छात्र थिए ।
‘बालबिवाह गर्ने अधिकांशको औसत उमेर १३ वर्ष देखिन्छ,’ विद्यालयका प्रधानाध्यापक झक्कु वलीले भने, ‘विद्यार्थीले सानै उमेरमा बिवाह गरेर विद्यालय छाडेकाले माथिल्लो कक्षामा बिद्यार्थी घट्दै गएका छन ।’

सुनछहरी गाउँपालिका वडा नंं ४ मा रहेको नेपाल राष्ट्रिय माविको कक्षा ९ र १० मा कक्षा छोड्ने छात्र र छात्राको दर तीस प्रतिशतसम्म रहेको निमित्त प्रधानाध्यापक पूर्णिमाकुमारी थापाले बताइन् । ‘धेरै जना सानै उमेरमा बिवाह गरेर काम खोज्न मुस्ताङ, मनाङ र पोखरा जाने गर्छन्,’ थापाले भनिन् ।
बालविवाहमा वडा कार्यालयले कडाई गरेका कारण भगाएर अन्त लैजाने र उतै वच्चा जन्माउने प्रवृति वढ्दै गएको छ । सानै उमेरमा विवाह गर्नेहरु २० वर्ष पुगेपछि विवाह दर्ता गर्न आउछन । विवाह दर्ता र छोराछोरीको जन्मदर्ता एकै चोटी गर्न आउने वढ्दै गएको सुनछहरी गाउँपालिका ४ स्यूरीका वडाध्यक्ष हर्कराम वुढामगरले बताए । वालविवाहको असर शिक्षा, स्वास्थ्य तथा पोषण लगायतका क्षेत्रमा देखिएपनि यसको रोकथामका लागी गरिएका प्रयासहरु सार्थक हुन सकेका छैनन वडाध्यक्ष वुढामगले भने ।

स्यूरीमा मात्र नभई सुनछहरी गाउँपालिका भर विद्यालय छोड्नेको मात्रा २५ प्रतिशत भन्दा वढी रहने गरेको गाउँपालिकाको शिक्षा शाखाको तथ्यांकमा उल्लेख छ ।
कक्षा ९ सम्म पढेर एसईइ दिनका लागी रजिष्ट्रेशन फाराम भरेका विद्यार्थीहरु विवाह पछि परिक्षामा सहभागि हुँदैनन । शिक्षा विकास तथा समन्वय ईकाइ रोल्पाको तथ्यांक अनुसार २०७८ सालमा रजिष्टे«ेशन फारम भरेका मध्ये ६३० जना परीक्षामा विद्यार्थी अनुपस्थित थिए ।
यसरी सानैमा बिहे गर्दा आमा र बच्चा दुबैको स्वास्थ्यमा असर पर्छ । सुनछहरी–५ थनवाङकी प्रमिसा बिष्ट १७ वर्षकै उमेरमा गर्भवती भईन् । गर्भ बसेको सात महिनामै जन्मिएका शिशुको तौल १४ सय ग्राम मात्र थियो । स्वास्थ्य वच्चाको जन्मने वेलाको तौल २५ सय ग्राम हुनुपर्छ । जन्मदा कमतौल भएको नवजात शिसुको २८ दिनभित्रै मृत्यु भयो । रोल्पामा धेरैले सानै उमेरमा विवाह गर्छन् । चालु आर्थिक वर्षको फाल्गुन १५ सम्मको तथ्यांक अनुसार स्यूरी स्वास्थ्य चौकीमा २० वर्ष मुनीका ५ जनाले वच्चा जन्माए भने ६ जना गर्भवती छन । अधिकांशले १४÷१५ वर्षमा विवाह गर्ने गरेका छन् । उनीहरु २० वर्ष पुग्दा दुई सन्तानका आमा भईसक्ने गरेका छन स्यूरी स्वास्थ्य चौकीकी अहेव शान्ति वुढामगरले भनिन ।

स्वास्थ्य कार्यालय रोल्पाको तथ्यांक अनुसार आर्थीक वर्ष २०७८÷०७९ मा रोल्पा जिल्लाभर ९४९ जनाले २० वर्ष नपुग्दै पहिलो गर्भजाँच गराएका थिए । यो संख्या जिल्लामा कुल गर्भधारण गर्ने ३ हजार ७८५ को २५ प्रतिशत हो । बालविवाह गरेर अनिच्छित गर्भधारण भएका किशोरीहरु निजी क्लिनिक गएर समेत गर्भपतन गर्ने गरेका छन् ।
रोल्पा अस्पतालमा अघिल्लो वर्ष पहिलो गर्भ जाँच गर्न आएका २५० मध्ये ३५ जना २० वर्ष मुनीका किशोरी थिए । वालविवाहले गर्दा किशोरीहरुमा यौन तथा प्रजनन स्वास्थ्य समस्या देखिने गरेको रोल्पा अस्पतालका सिनियर स्टाप नर्स मीना कुवरले भनिन ।
बालविवाह रोकथामका लागी सरकारी तथा गैर सरकारी संस्थाहरुले पहल थालेका छन् । अघिल्लो वर्ष रोल्पामा प्रहरीले मौखिक उजुरीका अधारमा ४३ वटा विवाह रोकेको थियो । समुदाय तथा विद्यालयमा गठन भएका बाल क्लवहरुले वालविवाह हुन थालेको थाहा पाएपछि प्रहरीलाई सुराक दिने संयन्त्र तयार गरिएको छ । तीनै संयन्त्रहरुले दिएको सुराकका आधारमा प्रहरीले बालविवाह रोक्ने गर्छ ।

रोल्पामा बालविवाहको यस्तो झाँगिदो अवस्था रहेपनि जनताको घर दैलोको सरकार भनिने पालिकाहरु भने यो समस्या प्रति गम्भिर देखिएका छैनन ।
पहिलो स्थानीय तह निर्वाचनवाट निर्वाचित रोल्पाका अधिकांश स्थानीय पालिकाले बालविवाह न्यूनिकरण गर्न भन्दै पाँच वर्षे रणनीति योजना तय गरे । उनीहरुले तयार गरेको रणनैतिक योजनाले पाँच वर्ष पार गरेपनि जिल्लामा वालविवाह रोकिएको छैन ।
जिल्लाको एक मात्र नगरपालिका रोल्पा नगरपालिकाले बालविवाह न्यूनीकरण सम्वन्धी पाँच वर्षे रणनैतिक योजना तर्जुमा गरेको थियो । २०७५ सालमा तयार गरेको रणनीतिक योजना अनुसार आर्थिक वर्ष २०७९/०८० भित्र बालबिबाहको मात्रा ५ प्रतिशतमा झार्ने लक्ष्य निर्धारण गरेको थियो । तर यस विषयमा प्रगती हुनुको साटो बालविवाह झनै झाँगिदै जान थालेको छ ।

रोल्पा नगरपालिका भित्रका विभिन्न स्वास्थ्य संस्थाहरुमा अघिल्लो आर्थिक वर्षमा गर्भवती भई पहिलो पटक गर्भजाँच गर्न जाने ६६४ मध्ये १८१ जना २० वर्षमुनीका थिए । चालु आर्थिक वर्षको पौष मसान्त सम्म नगरपालिका भित्रकै स्वास्थ्य संस्थाहरुमा पहिलो गर्भजाँचका लागी जाने ३२९ मध्ये ५७ जना २० वर्षमुनीका थिए । यो तथ्यांकले पनि नगरपालिका भित्र वालविवाह गर्नेको संख्या नघटेको देखाउछ ।
यसका लागी उसले १ करोड २९ लाख खर्च गर्ने गरि कार्ययोजना वनाए पनि गतिविधि भने शून्य रहदा प्रतिवद्धता अनुरुप प्रगती हुन नसकेको हो । वार्षिक नीति तथा कार्यक्रमका लागि ५ वर्षमा १९ लाख २० हजार मात्रै वजेट विनियोजन गरेको थियो । बालविवाह न्यूनिकरणमा उसले खर्चिएको यो वजेट कुल रणनैतिक योजनाको १५ प्रतिशत भन्दा पनि कम हो । रोल्पा नगरपालिकाले तयार गरेको ५ वर्षे वालविवाह न्यूनिकरण रणनीति अनुसार प्रगती हुन नसकेको नगर स्वास्थ्य संयोजक टंक गिरीले स्वीकार गरे ।
सुनछहरी गाउँपालिकाले चालु आर्थिक वर्षमा किशोरीसंग उपाध्यक्ष कार्यक्रमका लागी ३ लाख विनियोजन गरे पनि वालविवाहका लागी भनेर बजेट विनियोजन गरेको छैन । जिल्लाका अन्य पालिका पनि वालविवाह न्यूनिकरणमा वजेट विनियोजन गर्न उदासिन देखिएका छन ।
कानून, नीति नियम र योजना वनाउन हतारिने स्थानीय सरकारहरु कार्यन्वयनका मामलामा उदासिन भएकाले वालवालिकाहरु प्रभावित हुने गरेको महिला अधिकारकर्मी तीर्था आचार्य बताउँछिन् ।

मुख्य कारण गरिवी,अचेतना
राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार रोल्पा जिल्लाको जनसंख्या २ लाख ३६ हजार २२६ छ । यति मानिसका लागि २३ हजार २६६ मेट्रिक टन खाद्यान्न आवश्यक पर्छ । तर रोल्पामा ७०४ मेट्रिक टन मात्रै उत्पादन हुने गर्दछ, १६ हजार २६२ मेट्रिक टन खाद्यान्न अपुग रहेको छ ।
नेपाल मानव विकास प्रतिवेदन, २०१४ अनुसार रोल्पा जिल्ला मानव विकास सूचकांकका दृष्टिकोणले ७५ जिल्लाहरु मध्ये ६७ औं स्थानमा पर्दछ । गरिवी सूचकांकका दृष्टिकोणले रोल्पा ७५ जिल्लाहरु मध्ये ५४ औं स्थानमा पर्दछ ।
जनचेतनाको मुख्य औजार सामाजिक परिचालन भएपनि यसका लागी आवश्यक जनशक्तिको अभाव छ । गैर सरकारी संस्थाहरुले छोटो अवधिमा गर्ने सामाजिक परिचालन वाहेक सरकारी निकायवाट सामाजिक परिचालनमा ध्यान दिएको पाईदैन । स्वास्थ्य संस्थामा दिईने सामान्य परामर्श वाहेक जिल्लाभर सचेतनाका लागी सामाजिक परिचालन भएको पाईदैन । स्वास्थ्य संस्थाहरुमा भएको मौजुदा जनशक्ति प्रयाप्त नहुदा सामाजिक परिचालन संभव नभएको सुनछहरी गाउँपालिकामा स्वास्थ्य शाखा संयोजक जगत वुढामगरले भने । जनचेतना मुख्य कुरा तर स्वास्थ्यकर्मीको एकल प्रयासले मात्रै यो संभव छैन वुढामगरले भने ।
पारिवारिक तथा सामाजिक चालचलन तथा सांस्कृतिक रीतिस्थितिले समेत वालविवाहलाई वढावा दिईरहेको जलजला वहुमुखी क्याम्पस रोल्पाका जनसंख्या विषयमा सहप्रध्यापक गोकर्ण पुनले बताए । गोठ वस्ने परम्परा, मौसमी वसाई सराई तथा मेला जात्राले समेत वालविवाहलाई प्रसय दिईरहेका छन पुनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?