ट्रेंडिंग:

>> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो >> सञ्चारमन्त्री खरेल भन्छन् – राजनीतिमा अब युवाहरुको दबदबा कायम हुनुपर्छ >> नयाँ चार मन्त्री थपिने भएपछि भूमिमन्त्री सिन्हाको मन्त्रालय फेरिने >> संस्थापन समूहबाट सभापतिमा डा. प्रकाशशरण महतको दाबी >> चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै, को-को बन्दैछन् नयाँ मन्त्री ? >> सुन तोलामा ३ हजार ५ सयले बढ्यो, चाँदीले दिनहुँ नयाँ रेकर्ड बनाउँदै >> सशस्त्रद्वारा १७ बुँदे निर्वाचन परिचालन नीति सार्वजनिक >> एशिया कप आजदेखि यूएईमा शुरू, नेपालले भोलि श्रीलङ्कासँग खेल्ने >> दाउन्ने क्षेत्रमा कामले तिब्रता लिएपनि यात्रुलाई भने सास्ती >> अस्ट्रियाले विद्यालयमा लगायो हिजाब लगाउन प्रतिबन्ध >> बलात्कार अभियोगमा अष्ट्रेलियामा नेपाली युवा दोषी ठहर, दुई वर्ष जेल सजाय >> निर्वाच वैशाखसम्म पुगे पनि स्वभाविक रुपमा स्वीकार गर्नुपर्छ : विश्वप्रकाश शर्मा >> तत्कालीन सीडीओ छवि रिजालमाथि भ्रष्टाचारको अनुसन्धान >> जेनजीसँगको सम्झौता कार्यान्वयन गर  >> कोलनगर उत्खननका भग्नावशेष पर्यटकले खुल्ला देख्न पाउने >> गुल्मीमा २० करोडको सुन्तला ‘बिजु बिरुवा’ मा किसानको आकर्षण >> एमाले केन्द्रीय सदस्यका लागि युवा नेता गोपाल रानाको उम्मेदवारी घोषणा >> एमालेको सचिवालय बैठक आज बस्दै >> भिजिट भिसा प्रकरण : यसरी हुन्थ्यो घुस लेनदेन >> दाङकी उर्मिला : टायल-मार्बल मिस्त्री पेशामा महिला पहिचान बनाउने साहसी हस्ती >> जेनजी आन्दोलनको क्षति मूल्याङ्कन समितिले बुझायो प्रतिवेदन, ८४ अर्व ४५ करोडको भौतिक क्षति >> यामाहा ‘ब्लु स्क्वायर’ शोरूम बुटवलको कालिकानगरमा सञ्चालनमा >> विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा >> विराटनगरले टस जित्यो, लुम्बिनीले पहिले ब्याटिङ गर्दै >> प्रतिनिधि सभा सदस्यका लागि नेपाली काङ्ग्रेस दाङबाट ३ निर्वाचन क्षेत्रमा २० जना सिफारिस  >> पूर्व सीडीओ रिजालको लिखित जवाफ- घुँडा मुनिसम्म गोली हान्ने आदेश दिएको हुँ >> गोवा आगलागी : भागेका नाइटक्लब मालिक लुथरा दाजुभाइ थाइल्यान्डमा पक्राउ >> घुसपैठले बल प्रयोग भयो, मेरो भूमिका छैन : पूर्वगृहमन्त्री लेखक >> लामिछाने र जोशीको मुद्दा आज पनि हेर्न नमिल्ने >> आरजु देउवा भन्छिन् – मेरो घरमा नोट जलेको होइन >> जेनजी र सरकारबिच सम्झौता, ७ वटा आयोग र संयन्त्र गठन हुने >> स्वास्थ्यमन्त्री गौतम भन्छिन् : नेपालमा बीमाको व्यवस्था दिगो छैन >> सुनको मूल्य आज तोलामा १ हजार रुपैयाँले बढ्यो >> ट्रम्पद्वारा नयाँ ‘गोल्ड कार्ड’ आप्रवासन भिसा सार्वजनिक >> सम्झौता वार्तामा घुसपैठ भएको सुदन गुरुङको दाबी >> डडेलधुराबाट काठमाडौँ जादैँ गरेको बस दाङमा दुर्घटना हुँदा २२ जना घाइते  >> उम्मेदवार सिफारिसप्रति असहमति जनाउँदै काँग्रेस सल्यानको असन्तुष्ट पक्ष प्रदेश र केन्द्र जाने तयारीमा  >> रवि र छविको मुद्दा ४ नम्बर इजलासमा >> बालविवाह जस्ता कुप्रथा रोकथाममा शिक्षाको भूमिकाबारे अन्तरक्रिया  >> एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी र विराटनगर भिड्दै >> आउँदो निर्वाचनका उम्मेदवार कस्ता ? >> काला पहाड बन्दै पर्वत, संरक्षणमा चुनौती  >> केरामा आस मार्दै गहुँ खेतीमा फर्किए किसान >> जाँचबुझ आयोगले बोलायो पूर्वआईजीपी खापुङ र सचिव दुवाडी, आज बयान >> पर्वत समाज कतारको २३औँ वार्षिकोत्सव तथा साधारण सभाको तयारी पूरा
विशेष समाचार

आहा ! मोतिगन्जको लोभलाग्दो मकै खेती, ६ सय कठ्ठाबाट ३२ परिवारले वर्षेनी ५० लाख कमाउंँदै

पकेट क्षेत्रमा परेपछि मकै खेती गर्ने किसानलाई परियोजनाले बिउ, मल, औजार सबैमा ५० प्रतिशत अनुदान दिएको छ । अर्थात मकै खेती गर्दा हुने कूल खर्चको आधा हिस्सा सरकारले दिन्छ । यसले गर्दा किसानहरु मकै खेतीतर्फ झनै आकर्षित भएका छन् ।
१५ चैत्र २०७९, बुधबार
१५ चैत्र २०७९, बुधबार

बुटवल, १५ चैत ।    दुई वर्ष अघिसम्म बुटवल–१४ मोतिगन्जमा धान र तोरी खेतीपछि अधिकांश खेत बांँझै रहन्थे । त्यहांँ भैसी चराइन्थ्यो । तर अहिले मोतिगन्जका खेत कतै पनि बांँझो देखिन्न । कतै घोंगा लागेका बेच्न तयार मकै त कतै भर्खर उकेरा लगाएका मकै खेतीले सिंगो गाउं हरियाली र मकैमय बनेको छ । गत वर्ष १० बिघामा गरिएको मकै खेती अहिले ६ सय कठ्ठा अर्थात ३० बिघामा विस्तार गरिएको छ । मोतीगन्जवासीले थोरैमा ४ कठ्ठा देखि बढीमा साढे २ बिघा खेतमा मकै खेती गरेका छन् । अन्य बालीबाट भन्दा राम्रो आम्दानी हुने भएपछि अरुको जग्गा लिजमा लिएर पनि मकै खेती गर्नेहरु थपिन थालेका छन् ।

गत वर्ष मिलिजुली कृषक समूहमा आवद्ध १६ परिवारले शुरु गरेको मकै खेतीले राम्रो प्रतिफल दिएपछि बुटवल उपमहानगरपालिका कृषि विकास शाखाको ध्यान तानिएर प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत मकै पकेट विकास कार्यक्रममा मोतिगन्ज छनोट भएको छ । ‘पोहोर साल गाउंँका आफन्तहरु मिलेर १० बिघामा मकै खेती शुरु गरेका थियौं, त्यो राम्रो भएपछि उपमहानगर र वडाले मकै पकेट क्षेत्र बनाएको छ’–समूहका अध्यक्ष हरिप्रसाद खनालले भने–‘अहिले ३२ परिवारले मकै खेती गरेका छन्, जसमा ९ जना महिला र २३ जना पुरुष आवद्ध छन् ।’

मोतिगन्ज मकै पकेट सञ्चालन समन्वय समितिका अध्यक्ष मुरारी खनालले पकेट क्षेत्रमा रामपुर ६, ८ र १० गरी ३ जातको हाइब्रिड र रामपुर कम्पोजिट नामको उन्नत जातका मकै खेती भएको बताए । ‘सकेसम्म पालैपालो फल्ने समय मिलाएर बाह्रै महिना उत्पादन बेच्न मिल्ने गरी फरक फरक जातका मकै लगाउने योजना छ’–खनालले भने । उत्पादन बृद्धि भएसंगै विक्रि हुन समस्या आउन सक्ने भएकाले बजारीकरणमा उपमहानगरले ध्यान दिनुपर्ने अध्यक्ष खनालको माग छ । ‘अरु कुराको समस्या छैन, उत्पादन धेरै हुंदा विक्रि नहुने हो कि भन्ने छ’–खनालले भने । खनालका अनुसार ६ सय कठ्ठामा भएको मकै खेतीबाट वर्षेनी करिब ५० लाख रुपैयां बराबरको आम्दानी गर्न सकिन्छ ।

यो कार्यक्रमका लागि बुटवल उपमहानगरपालिकाले ११ लाख २२ हजार रुपैयां अनुदान दिएर किसानलाई प्रोत्साहन गरेको उपमहानगरा कृषि विकास शाखा प्रमुख सन्तोष जीसीले बताए ।

‘मकै पकेट विकास कार्यक्रममा आवद्ध किसानलाई मल, बिउ, कृषि यन्त्र आदिमा ५० प्रतिशत अनुदान उपमहानगरले दिएको छ’–जीसीले भने–‘विक्रि नभएर बांकी रहेको मकै सुकेपछि आटो पिठो बनाएर उपभोग गर्न र बेच्न मिलोस् भनेर आटो पिठो बनाउने मेसिन किन्न पनि अनुदान दिएका छौं, यसले गर्दा उत्पादन खेर जाने सम्भावना कम हुन्छ ।’

मकै बिक्री गर्न उपमहानगरपालिकाले मकै पकेट सञ्चालन समन्वय समितिलाई हाटबजारका २ वटा सटर दिने सोंचमा रहेको शाखा प्र्रमुख जीसीले बताए ।

१३ कठ्ठामा मकै खेती गरेका स्थानीय यादव पराजुली मकै खेती गर्दा वहुआयामिक फाइदा भएको बताउंँछन् ।

 

‘एकातिर बांँझो रहने खेतले उत्पादन र आम्दानी दिएको छ, अर्कोतर्फ मकै खेती हुंदा गाई भैंसीलाई घांस र दाना पनि हुन्छ, दुध उत्पादन पनि बढ्छ’– पराजुली भन्छन्–‘वर्षेनी अरबौं रुपैयांको मकै विदेशबाट किनेर ल्याउनुको सट्टा यसरी देशभरि मकै खेती गर्ने हो भने बाहिरबाट किनेर ल्याउनु पर्थेन, देशको पैसा बाहिर जान्थेन ।’

मकै खेतीले पशु पालन र गोबर मलको उत्पादन बढ्न गई रासायनिक मलको आयात विस्थापित गर्न सक्ने पराजुली औंल्याउँंछन् । भन्सार विभागको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्ष १६ अर्ब २ करोड रुपैयाँ बराबरको ५ लाख ९० चार ९ सय ४१ टन मकै आयात भएको थियो । मकैबाट बनेका कर्नफ्लेक्स, कर्नफ्लोर लगायत वस्तु के–कति आयात हुन्छन्, लेखाजोखा छैन ।

मध्यपहाडी भूभागको करिब ७३ प्रतिशत, तराईको १७ र उच्च पहाडको १० प्रतिशत भूभागमा मकै खेती हुन्छ । कृषि तथा सहकारी मन्त्रालयको गत वर्षको तथ्यांकअनुसार मुलुकको ९ लाख ७९ हजार ७ सय ७६ हेक्टरमा गरिएको खेतीबाट २९ लाख ९७ हजार ७ सय ३३ मेट्रिक टन मकै उत्पादन भएको थियो ।

‘सबै खेतीयोग्य जमिनमा मोतिगन्जमा जसरी नै खेती गर्ने हो भने वर्षेनी मकै आयातमा जाने अरबौं रकम जोगिएर ब्यापार घाटा कम गर्न सकिन्छ भन्ने उदाहरण मोतिगन्जवासीले दिएका छन्’–पराजुलीले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?