ट्रेंडिंग:

>> पश्चिम नेपालमा हिउँदे वर्षा र हिमपात >> निर्वाचन प्रहरीः बागलुङमा तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन >> हरिबोल गजुरेलसहित ७ नेता नेकपाबाट निष्कासित >> खलङ्गा स्थित थापागाउँ बसपार्कमा जग्गादाताको सालिक अनावरण >> प्राज्ञिक अनुसन्धान विना समुन्नति असम्भव >> भन्सार प्रक्रिया छिटोछरितो बनाउन व्यवसायीको माग >> जो हैदरावाद हाउसको त्यो दुर्लभ बैठकको प्रत्यक्षदर्शी बने, सय वर्षमा टेक्नै लाग्दा संसार त्याग >> प्रतिनिधि सभाको प्रत्यक्षमा महिला उम्मेदवार: आधा मतदाता, छैन अवसर >> राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सबै तयारी पूरा : निर्वाचन आयोग >> रेश्म चौधरी उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च पुगे >> महावीर पुनलाई स्वतन्त्र उम्मेदवारीमा त्रिभुज चुनाव चिह्न प्रदान >> नेपाली कांग्रेसले गर्‍यो गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय >> केसीले लिएनन् उम्मेदवारी फिर्ता >> महिला तथा बालिका विरुद्धको हिंसा न्यूनीकरणका लागि पालिका स्तरीय ऐन आवश्यक >> देशभर ४९ उम्मेदवारले लिए उम्मेदवारी फिर्ता >> सभापति बनेपछि गगन थापा पहिलोपटक पार्टी कार्यालयमा >> विश्व स्वास्थ्य सङ्गठनबाट अमेरिका औपचारिक रूपमा बाहिरियो >> कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु >> कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ३६ जना कर्मचारी माग्यो >> गोरखा–२ बाट बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता >> रूपन्देही–२ मा राप्रपाकी कार्भिका थापाद्वारा उम्मेदवारी फिर्ता >> एकैदिन ९ हजारले बढ्यो सुन, तोलाको ३ लाख नाघ्यो >> वसन्त पञ्चमीको परम्परा र महत्त्व >> वसन्त पञ्चमीको शुभकामना >> घुम्ती बैठक: स्थानीय सरकार जोड्ने सेतु >> एक वर्षमा ५ सय ५९ विरुद्ध मुद्दा >> आज श्रीपञ्चमी, विद्या र सृजनाकी देवी सरस्वतीको पूजा गरिँदै >> लुम्बिनी प्रदेश १७ सय मतदान स्थल, ३४ लाख मतदाता >> प्रदेश छाड्दै सङ्घतर्फ >> नवलपरासी पश्चिम २ मा कांग्रेसबाट भरत थापाको उम्मेदवारी कायम >> कांग्रेस नेता देवेन्द्रराज कँडेलको उम्मेदवारी खारेज >> रुपन्देही २ मा गुरुङको उम्मेदवारी खारेज >> तेस्रो पालडाँडा कपको तयारी पुरा >> कोटाको पर्खालभित्र थुनिएको आधा आकाश >> निपाह भाइरसको जोखिम बढ्दै >> अभिषेक शर्मा बने टी–२० क्रिकेटमा सबैभन्दा छिटो ५ हजार रन बनाउने खेलाडी >> ६ महिनामा धानचामल आयात साढे २० अर्ब रुपैयाँ नाघ्यो >> तीनवटा सेयरमा सर्किट ब्रेक, बजारमा ९ अर्ब रुपैयाँको कारोबार >> अस्ट्रेलियामा फेरि गोली चल्यो, न्यु साउथ वेल्समा ३ जनाको मृत्यु >> प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र फागुनको पहिलो हप्ताभित्र पुर्‍याइने >> शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको नयाँ निर्देशक डा. बास्तोला >> गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने कांग्रेसको तयारी >> कीर्तिपुर क्रिकेट रंगशाला राष्ट्रिय प्राथमिकतामा सूचीकृत >> शुक्रबार र शनिबार मधेसबाहेक देशभर वर्षा तथा हिमपातको सम्भावना >>  मन्त्रिपरिषद् बैठक आज बस्दै >> महिला टी–२० विश्वकप छनोटमा नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित >> सुनको मूल्य आज तोलामा २ हजार ९ सय रुपैयाँले घट्यो >> गगन– शून्यता कि पूर्णता ? >> ‘अब सुस्तावासीको पीडा सम्बोधन गर’  >> टिकट पाउन दल बदल्ने नेता
वन्यजन्तुले गर्छ सधैँ बाली नोक्सान

राहतबारे अनविज्ञ छन् किसान

वन्यजन्तुबाट हुने क्षतिमा राहतका लागि नेपाल सरकारले वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका २०८० अनुसार राहत उपलब्ध गराउँदै आएको छ । तर कपिलवस्तुका कृषक भने वन्यजन्तुबाट हुने बाली नालीमा हुने क्षतिको राहत बारे अनविज्ञ देखिन्छन् । 
२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

कपिलवस्तु, २३ मङ्सिर । 

पछिल्लो समय कपिलवस्तु जिल्लाका कृषकहरू निजी जमिनमा लगाएका बालीनालीलाई वन्यजन्तुले सखाप पार्न थालेका छन् ।

जिल्लाका कृषकहरू निलगाई, बँदेल, दुम्सी लगायतका वन्यजन्तुले खाद्यान्न बाली र तरकारी बाली नष्ट पार्न थालेपछि हैरान परेका छन् । तर वन्यजन्तुले बाली सखाप पार्न थाले पनि पीडित कृषकहरूले क्षतिको राहतका लागी डिभिजन वन कार्यालयहरूमा निवेदन दिए ।

विशेष गरी नेपालको वन क्षेत्र र भारतको संरक्षित वनबाट आउने वन्यजन्तुले बाली सखाप पार्न थालेपछि कृषकहरू मर्कामा पर्दै गएका हुन ।

जिल्लाको शुद्धोदन गाउँपालिका, मायादेवी गाउँपालिका, कपिलवस्तु नगरपालिका, यशोधरा गाउँपालिका, महाराजगन्ज नगरपालिका, कृष्णनगर नगरपालिका र बिजयनगर गाउँपालिकाका कृषकहरू सिजनको खाद्यान्न बाली र तरकारी बालीहरू वन्यजन्तु निलगाईले क्षति गर्ने भएकाले समस्यामा परेको बताउँछन् ।

निलगाई र बँदेलले बाली नोक्सानी गर्दा खेतबारीमा तारबार, जाली, बत्तीको प्रयोग गर्दा कृषि उत्पादनको लागत बढ्ने गरेको कृषकहरूको गुनासो छ । कतिपय स्थानमा वन्यजन्तुले बाली सखाप पार्न थालेपछि तरकारी खेती गर्ने कृषकको सङ्ख्या घट्दै गएको कृषकहरू नै बताउँछन् ।

पहिले वन्यजन्तु निलगाईको झुन्ड गाउँ बस्तीमा नआउँदा आफ्नो गाउँको करिब १ सय ५० घरधुरी नै तरकारी खेतीमा लाग्दै आएको शुद्धोदन गाउँपालिका वडा नं. २ हरनामपुरका कृषक ब्रिकम चौधरीले बताए । “निलगाईको झुण्डले तरकारी खेती सखाप पार्न थालेपछि ५० परिवारले त तरकारी खेती गर्नै छोडिसके ।

निलगाईले खाएर र कुल्चेर बाली नोक्सान गरिदिन्छ । निलगाईबाट बाली जोगाउन कुनै किसानले झट्का मेसिन, कसैले बत्ती, कसैले तारबार र कसैले जाली लगाउनु परेको छ,” उनले भने ।  वन्यजन्तुबाट बाली जोगाउन तारबार सहितको उपाय अपनाउँदा कृषकलाई खेतीमा उत्पादन लागत बढ्दो छ ।

निलगाईको झुण्डनै आएर तरकारी खेती मास्ने गरेको सोही गाउँका अर्का कृषक कमलेश चौधरीले बताए । वन्यजन्तुबाट बालीनाली जोगाउने उपाय नहुँदा कतिपय बेला जाग्राम बसेरै बालीनाली जोगाउनु परेको उनले अनुभव सुनाए ।

निलगाईले खेतीपाती गर्न सक्ने अवस्था नै नभएको भए पनि आफूहरूले जसोतसो तरकारी खेती गर्दै आएको शुद्धोदन गाउँपालिका वडा नं. ४ ठुलो महादेवका तरकारी उत्पादक कृषक नन्दराम मौर्यले बताए । वन्यजन्तुले बालीनाली क्षति गर्दा राहत पाउने विषयमा आफूहरूलाई कुनै जानकारी नभएको मौर्यले बताए ।

वन्यजन्तुबाट हुने क्षतिमा राहतका लागि नेपाल सरकारले वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका २०८० जारी गरि देशभर राहत उपलब्ध गराउँदै आएको छ ।

निर्देशिकामा सामान्य घाइतेलाई बढीमा २० हजार रुपैयाँ, गम्भीर घाइतेलाई उपचार भई सके बढीमा २ लाख रुपैयाँ तथा उपचार पुरा नभए सरकारी अस्पतालमा उपचारको सम्पूर्ण खर्च, अङ्गभङ्ग भई जीवनभर गम्भीर शारीरिक अशक्त हुने अवस्थामा एकमुष्ठ ५ लाख रुपैयाँ, मृत्यु भएका नजिकको हकवालालाई १० लाख रुपैयाँ, ठुला पशु मृत्यु भएकालाई ६० हजार रुपैयाँ सम्म, अन्य पशुलाई १० हजार रुपैयाँ सम्म, माछा र कुखुरामा क्षति पुगे एक पटकमा बढीमा १० हजार रुपैयाँ सम्म र बाली क्षति भएमा मूल्याङ्कनका आधारमा एक मौसममा बढीमा १० हजार रुपैयाँ राहत दिन मिल्ने उल्लेख छ ।

तर कपिलवस्तुका कृषक भने वन्यजन्तुबाट हुने बाली नालीमा हुने क्षतिको राहत बारे अनभिज्ञ देखिन्छन् । सङ्घीय सरकारले प्रत्येक प्रदेशलाई राहत उपलब्ध गराउनका लागि १ करोड बजेट दिएको छ । क्षतिको अवस्था हेर्दा सो बजेट साह्रै नै न्यून छ ।

निर्देशिकामा बँदेल र बाँदरले गर्ने क्षतिलाई समेत समेटिएपछि पहाडी जिल्लाबाट राहतका लागि आउने निवेदन बढ्दो छ । जसका कारण राहत उपलब्ध गराउन प्रदेश सरकारलाई समस्या पर्दै आएको देखिएको छ ।

लुम्बिनी प्रदेश सरकारले वन्यजन्तुको आक्रमण भएका नेपाली नागरिकको हकमा निर्देशिका अनुसारको १० लाख र प्रदेश सरकारबाट थप १ लाख गरि ११ लाख रूपैया राहत उपलब्ध गराउँदै आएको छ । यसै गरी बाँके र बर्दिया जिल्लामा वन्यजन्तुको आक्रमणले हुने मृत्युको सङ्ख्या बढी रहने भएकाले समेत राहतका लागि रकम अपुग हुँदै आएको देखिन्छ ।

गत आर्थिक वर्ष २०८१/८२ कै अवधिमा वन्यजन्तुको आक्रमणबाट बर्दियामा ६ जना नागरिक र बाँकेमा ४ जना नागरिकको मृत्यु भएको देखिएको छ । एकातिर राहतका लागी दिइने रकम अपुग छ भने अर्का तर्फ राहत प्राप्तिको प्रक्रिया समेत झन्झटिलो रहेको देखिएको छ ।

बालीको नोक्सानी भएका कृषकले वडा, कृषि, वन सहितका चार स्थानको सिफारिसका आधारमा मूल्याङ्कन पछि डिभिजन वन कार्यालयको निर्णयको आधारमा प्रदेश सरकारबाट राहत पाउने प्रक्रिया छ जुन आफैमा झन्झटिलो छ ।

कपिलवस्तु जिल्लामा गत आर्थिक वर्षमा चितुवाले बाख्रा मारेको विषयमा २ वटा र यो आवमा १ वटा राहतको लागि निवेदन आएको देखिएको छ । सो निवेदनको आधारमा डिभिजन वन कार्यालय कपिलवस्तुले आवश्यक निर्णय पश्चात् प्रदेश मन्त्रालयमा सिफारिस गरी सकेको भए पनि पीडितले राहत रकम पाइसकेका छैनन् ।

हालसम्म डिभिजन वन कार्यालयमा वन्यजन्तुले बाली क्षति पुर्‍याएको राहतको लागी भनेर कुनै निवेदन नआएको डिभिजन वन कार्यालय कपिलवस्तु (कपिलवस्तु) का सिनियर डिभिजन वन अधिकृत ईश्वरी प्रसाद पौडेलले जानकारी दिए ।

निर्देशिका अनुसार बाली क्षतिमा बढीमा १० हजार राहत पाउने प्रक्रिया झन्झटिलो लाग्नुका साथै राहत पाउने जानकारी नहुँदा समेत कृषकहरूले राहतका लागि निवेदन नदिएको हुन सक्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?