ट्रेंडिंग:

>> पश्चिम नेपालमा हिउँदे वर्षा र हिमपात >> निर्वाचन प्रहरीः बागलुङमा तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन >> हरिबोल गजुरेलसहित ७ नेता नेकपाबाट निष्कासित >> खलङ्गा स्थित थापागाउँ बसपार्कमा जग्गादाताको सालिक अनावरण >> प्राज्ञिक अनुसन्धान विना समुन्नति असम्भव >> भन्सार प्रक्रिया छिटोछरितो बनाउन व्यवसायीको माग >> जो हैदरावाद हाउसको त्यो दुर्लभ बैठकको प्रत्यक्षदर्शी बने, सय वर्षमा टेक्नै लाग्दा संसार त्याग >> प्रतिनिधि सभाको प्रत्यक्षमा महिला उम्मेदवार: आधा मतदाता, छैन अवसर >> राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सबै तयारी पूरा : निर्वाचन आयोग >> रेश्म चौधरी उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च पुगे >> महावीर पुनलाई स्वतन्त्र उम्मेदवारीमा त्रिभुज चुनाव चिह्न प्रदान >> नेपाली कांग्रेसले गर्‍यो गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय >> केसीले लिएनन् उम्मेदवारी फिर्ता >> महिला तथा बालिका विरुद्धको हिंसा न्यूनीकरणका लागि पालिका स्तरीय ऐन आवश्यक >> देशभर ४९ उम्मेदवारले लिए उम्मेदवारी फिर्ता >> सभापति बनेपछि गगन थापा पहिलोपटक पार्टी कार्यालयमा >> विश्व स्वास्थ्य सङ्गठनबाट अमेरिका औपचारिक रूपमा बाहिरियो >> कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु >> कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ३६ जना कर्मचारी माग्यो >> गोरखा–२ बाट बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता >> रूपन्देही–२ मा राप्रपाकी कार्भिका थापाद्वारा उम्मेदवारी फिर्ता >> एकैदिन ९ हजारले बढ्यो सुन, तोलाको ३ लाख नाघ्यो >> वसन्त पञ्चमीको परम्परा र महत्त्व >> वसन्त पञ्चमीको शुभकामना >> घुम्ती बैठक: स्थानीय सरकार जोड्ने सेतु >> एक वर्षमा ५ सय ५९ विरुद्ध मुद्दा >> आज श्रीपञ्चमी, विद्या र सृजनाकी देवी सरस्वतीको पूजा गरिँदै >> लुम्बिनी प्रदेश १७ सय मतदान स्थल, ३४ लाख मतदाता >> प्रदेश छाड्दै सङ्घतर्फ >> नवलपरासी पश्चिम २ मा कांग्रेसबाट भरत थापाको उम्मेदवारी कायम >> कांग्रेस नेता देवेन्द्रराज कँडेलको उम्मेदवारी खारेज >> रुपन्देही २ मा गुरुङको उम्मेदवारी खारेज >> तेस्रो पालडाँडा कपको तयारी पुरा >> कोटाको पर्खालभित्र थुनिएको आधा आकाश >> निपाह भाइरसको जोखिम बढ्दै >> अभिषेक शर्मा बने टी–२० क्रिकेटमा सबैभन्दा छिटो ५ हजार रन बनाउने खेलाडी >> ६ महिनामा धानचामल आयात साढे २० अर्ब रुपैयाँ नाघ्यो >> तीनवटा सेयरमा सर्किट ब्रेक, बजारमा ९ अर्ब रुपैयाँको कारोबार >> अस्ट्रेलियामा फेरि गोली चल्यो, न्यु साउथ वेल्समा ३ जनाको मृत्यु >> प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र फागुनको पहिलो हप्ताभित्र पुर्‍याइने >> शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको नयाँ निर्देशक डा. बास्तोला >> गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने कांग्रेसको तयारी >> कीर्तिपुर क्रिकेट रंगशाला राष्ट्रिय प्राथमिकतामा सूचीकृत >> शुक्रबार र शनिबार मधेसबाहेक देशभर वर्षा तथा हिमपातको सम्भावना >>  मन्त्रिपरिषद् बैठक आज बस्दै >> महिला टी–२० विश्वकप छनोटमा नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित >> सुनको मूल्य आज तोलामा २ हजार ९ सय रुपैयाँले घट्यो >> गगन– शून्यता कि पूर्णता ? >> ‘अब सुस्तावासीको पीडा सम्बोधन गर’  >> टिकट पाउन दल बदल्ने नेता

आउँदो निर्वाचनका उम्मेदवार कस्ता ?

२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

नेपालमा निर्वाचनका लागि प्रशस्त दलहरू दर्ता भएका छन् । नेपाल सानो मुलुक भए पनि दलहरूको सङ्ख्याले विशाल जस्तै भएको छ । वास्तवमा लोकतन्त्रमा दलहरू थपिनु राम्रो कुरा हो ।

उनीहरूका बिचमा स्वच्छ प्रतिस्पर्धा हुनु झन् राम्रो कुरा भित्र पर्दछ । लोकतन्त्रको एउटा सक्कली रूप भनेको आवधिक निर्वाचन हो । अर्थात् निर्वाचनले दलहरूको लोकप्रियता थाह हुन्छ ।

को कति पानीमा छ भन्ने कुरा यही निर्वाचनले निर्धारण गर्दछ । निर्वाचन नामको होइन परिणामको हुनुपर्दछ । नामको निर्वाचनले राम्रो परिणाम दिन सक्दैन । जुन निर्वाचन भयरहित ढङ्गले सम्पन्न हुनु पर्दछ ।

उम्मेदवार र मतदाता दुवै ढुक्क भएर प्रचार प्रसार गर्न र आफ्नो मत खसाल्न पाउनु अनि त्यसको परिणाम पनि स्वच्छ ढंगलले सार्वजनिक हुनु लोकतन्त्र सुदृढ भएको मानिन्छ । जहाँ लोकतन्त्र सुदृढ हुन्छ त्यहाँ विकासका कार्यहरू पनि चुस्त र दुरुस्त गतिमा हुन्छन् । हामीले चाहेको लोकतन्त्र यही हो ।

कसैलाई यो मन नपरेको पनि हुन सक्छ । निर्वाचनमा नागरिकले आफ्नो मनले ठीक भनेर ठम्याएको उम्मेदवारलाई आफ्नो मत दिने हो भने । योग्य उम्मेदवार निर्वाचित हुन्छन् ।

उनीहरूबाट स्वच्छ र निष्पक्ष काम पनि हुन्छ । यसका निम्ति मतदाता पहिले आफू निष्पक्ष तरिकाले मतदान गर्ने मनसायको हुनु पर्दछ । यही निर्वाचनको समयमा दल वा दलका उम्मेदवारको सही छनौट हुनु सक्छ ।

हामी पञ्चायत काल देखिको निर्वाचन देखेका भोगेकाहरूलाई पञ्चायत कस्तो थियो । बहुदलको आगमनको लगत्तै २०४८को संसद्को निर्वाचन र ४९को स्थानीय निर्वाचन कस्तो रह्यो र राजा ज्ञानेन्द्रले सम्पन्न गर्न रहर गरेको २०६१ को नगरपालिकाको निर्वाचन कस्तो थियो ? भन्ने कुरा प्रष्टरूपमा देखेका र भोगेको हौँ ।

त्यति मात्र होइन २०६४ को संविधान सभाको पहिलो निर्वाचनमा मतदातालाई कसले कति सास्ती दियो भन्ने कुरा समेत कण्ठ छ । यी सबै निर्वाचन सम्झँदा अहिले पनि आश्चर्य लाग्छ । मतदातालाई कसले कसरी प्रयोग गर्छ भन्ने कुरा राम्रोसँग याद छ । यस कारण लोकतन्त्रको रक्षा लोकतन्त्रको मर्म लोकतन्त्रको धर्म समेत अव देखाउनु पर्ने छ ।

लोकतन्त्र भनेको कागजमा लेखेर होइन व्यवहारबाट देखाउनु पर्दछ । त्यो पनि निर्वाचनबाट आरम्भ गर्नुपर्छ भन्ने लाग्दछ । यो लाग्ने कुरा एक दुई जनामा मात्र होइन आम मतदातामा लागेको कुरा हो । लोकतन्त्रमा सबै भन्दा मुख्य काम भनेको आफ्नो मतको रक्षा र सदुपयोग नै हो । यसै भित्र स्वतन्त्रता र सुशासन पर्दछन् ।

त्यसपछि मात्र अन्य अधिकारका र विकास निर्माणका कुरा पर्दछन् । मताधिकार सुरक्षित रहेन भने खराब व्यक्ति चयन हुन सक्छन् अनि न त स्वतन्त्रता न विकास न निर्माण । यसरी बुझ्नु पर्दछ ।

हामीले सिंहदरबार गाउँ गाउँमा भने पनि गाउँ गाउँमा सिंहदरबार ल्याउने जन प्रतिनिधि त्यहाँ पुगेनन् भने सिंहदरबार ल्याउने कुरा कुरामा मात्र सीमित हुन्छ । अनि कहाँबाट विकास कहाँबाट अधिकार ? यी त देखाउने दाँत मात्र हुने गर्दछन् । यसैले निर्वाचन स्वच्छ निष्पक्ष ढङ्गले हुने कुरा लोकतन्त्रको सबै भन्दा ठुलो कडी हो ।

निर्वाचन लोकतान्त्रिक बनाउने काम सरकारको हो । वर्तमान अवस्थामा सुशीला कार्की नेतृत्वको सरकार रहेकाले यही सरकारका क्रियाकलापले निर्वाचन कस्तो हुने भन्ने कुरामा भरपर्दछ ।

हालसम्म सरकार हामी प्रतिवद्ध छौं भनेर भनिरहेको छ । सबै दल र आम मतदाताहरू ढुक्क हुन सकेको अवस्था भने छैन । यो कुनै पूर्वाग्रही भएर अभिव्यक्त गरिएको कुरा होइन । यसका धेरै कारण छन् त्यसमध्यमा एउटा मुख्यकारण भनेको निर्वाच भयरहित हुन्छ या हुँदैन ? यही प्रश्न चारैतिरबाट आईरहेको छ ।

यसै भित्र ठुलो शङ्काको ज्वाला देखिन्छ । यो ज्वाला शान्त पार्न वर्तमान सरकारले अझैसम्म सकेको छैन । किन आशङ्का गर्ने अवस्था बन्यो ? कतिपयले निर्वाचनका वारेमा टिप्पणी गरेको सुनिन्छ कि निर्वाचन निर्धारित मितिमा होला  ?

यही प्रश्न दोहरियर आउने गर्छ । धेरैले गर्ने प्रश्न पनि यही हो । केही सत्यता छ भन्न सकिने अवस्था छ । निर्वाचन गराउने सबै जिम्मा सरकारको हो पहिले पनि भनियो जतिपटक भने पनि यही कुरा हो । सरकारले निर्वाचन हुन्छ भनेको छ तर उसले भनेकोकुरामा कति सत्यता छ ? अरू विश्लेषकहरूले भन्ने गरेको कुरा हो ।

निर्वाचन सहज बनाउने जिम्मा पहिलो सरकारको भए जस्तै दोस्रो स्थानमा राजनीतिक दलहरू हुन्छन् । दलहरूलाई पनि निर्वाचनको घेरामा ल्याउने काम पनि सरकारको हो । तर सरकारलाई सही दायरामा ल्याउने काम पनि राजनीतिक दलको हो ।

राजनीतिक दलहरू आपसमा सहमति गर्न सकेनन् भने साँढेको जुधाई बाच्छाको मिचाइ भने जस्तै हुन्छ । यस पटक हरेक स्थानबाट उम्मेदवार अलिक उर्जावान हुनु पर्छ भन्ने आवाज आएको छ । यो सही कुरा हो ।

वास्तवमा यस पटक उठने उम्मेदवार चोखो मन भएको, कुराले मुलुक बनाउने नभएर कामले मुलुक बनाउने वाचा गर्न सक्ने संघर्षशील व्यक्तित्व हुनपर्दछ । हरेक नागरिकले सहजै भेट÷ सम्पर्क गर्न सक्ने खालको चाहिएको छ ।

हिंजो उठेका र केही जीतेकाहरूले पुरुष साँसदले सुत्केरीले खाने औषधीको सुविधा लिएको रेकर्ड छ । कतिले रातो पासपोर्ट विक्रि गरेर दुरूपयोग गरेको पनि सुनियो । नुन देखि सुन सम्म तस्कर गर्ने र मानव तस्कर गर्नेहरू पनि पाइए । केही त सुरा सुन्दरीमा झुम्मिएर जेलयाताना भोगेका पनि पाइए ।

यसपटक उठने उम्मेदवार यहाँ उल्लेख गरेका गलत क्रियाकलापबाट टाढा रहेको व्यक्तिलाई बनाउनु पर्नेछ । थोरै भए पनि इतिहास बोकेको हुनुपर्दछ । लोकतन्त्रका लागि योगदान दिएको हुनुपर्ने छ ।

हाम्रो पार्टी लोकप्रिय छ, हिंजो राम्रै मत ल्याएको हो भनेर यस्ता गलत कार्य गर्नेहरूलाई पुनः टिकट दिएर मैदानमा पठाइयो भने नागरिकबाट बहिस्कृत हुने निश्चित छ । पार्टीको लोकप्रियताले होइन व्यक्तिको लोकप्रियताले जीतहार हुने गर्दछ । यसप्रकारका गल्ती कमजोरी कुनै पनि राजनीतिक दलहरूले गर्ने छैनन् ।

अहिले यही अपेक्षा गर्नु सान्दर्भिक हुनेछ ।  सामान्य कार्यकर्ताहरूले पनि आफ्नो दलको उम्मेदवार कस्तो हुने भन्ने कुराको सुझाव यथा समयमा दिनु पर्ने छ । कुनै नातावाद कृपावाद र भाइ भैयावाद वा अरिया या फरियावादमा नलागेर साँच्चि मुलुकप्रति चिन्तित र समर्पित व्यक्तिको खाँचो छ ।

नागरिकसंग निकटको सम्वन्ध गाँस्न सक्ने हैसियत भएको पनि मतदाताले खोज्दोरहेछ । सहजरूपमा आँखा र मुख खोल्न सक्ने । सञ्चो ÷विसञ्चो बुझ्न जान्न चाहने पनि नागरिकले खोज्दो रहेछ । हिंजोका व्यवहार जे जसो भयो आजबाट आफूलाई सच्याएर अगाडि बढने वाचा गर्ने उमेनवार (नेता) चाहिएको छ ।

हिंजोका निर्वाचनमा कतिपय स्वतन्त्र उमेदवारले जितेका उदाहरण छन् । दलगत व्यवस्थामा किन कसरी स्वतन्त्र उमेदवारले विजय हासिल गर्न सके ? यसतर्फ पनि सबै राजनीतिक दलहरूले ध्यान दिनु पर्दछ ।

लरोतरो उमेदवारले निर्वाचनमा बाजी मार्न सक्ने छैन । नयाँ पुस्ताले देश बनाउने जुन अभिलाषा राखेका छन् त्यसलाई पनि सम्वोधन हुने गरी निर्वाचनको चाँजोपाँजो मिल्नुपर्ने छ । यसै भित्र नागरिकको पनि बलियो खवरदारी चाहिनेछ ।

पहिले जीतिएको हो अहिले पनि जितिन्छ भन्ने सोंच रत्तिभर नराखेर सक्षम र योग्य उम्मेदवार उठाउनु पर्नेछ । यो श्वर आम मतदाताको हो । धन्यवाद !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?