ट्रेंडिंग:

>> पश्चिम नेपालमा हिउँदे वर्षा र हिमपात >> निर्वाचन प्रहरीः बागलुङमा तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन >> हरिबोल गजुरेलसहित ७ नेता नेकपाबाट निष्कासित >> खलङ्गा स्थित थापागाउँ बसपार्कमा जग्गादाताको सालिक अनावरण >> प्राज्ञिक अनुसन्धान विना समुन्नति असम्भव >> भन्सार प्रक्रिया छिटोछरितो बनाउन व्यवसायीको माग >> जो हैदरावाद हाउसको त्यो दुर्लभ बैठकको प्रत्यक्षदर्शी बने, सय वर्षमा टेक्नै लाग्दा संसार त्याग >> प्रतिनिधि सभाको प्रत्यक्षमा महिला उम्मेदवार: आधा मतदाता, छैन अवसर >> राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सबै तयारी पूरा : निर्वाचन आयोग >> रेश्म चौधरी उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च पुगे >> महावीर पुनलाई स्वतन्त्र उम्मेदवारीमा त्रिभुज चुनाव चिह्न प्रदान >> नेपाली कांग्रेसले गर्‍यो गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय >> केसीले लिएनन् उम्मेदवारी फिर्ता >> महिला तथा बालिका विरुद्धको हिंसा न्यूनीकरणका लागि पालिका स्तरीय ऐन आवश्यक >> देशभर ४९ उम्मेदवारले लिए उम्मेदवारी फिर्ता >> सभापति बनेपछि गगन थापा पहिलोपटक पार्टी कार्यालयमा >> विश्व स्वास्थ्य सङ्गठनबाट अमेरिका औपचारिक रूपमा बाहिरियो >> कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु >> कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ३६ जना कर्मचारी माग्यो >> गोरखा–२ बाट बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता >> रूपन्देही–२ मा राप्रपाकी कार्भिका थापाद्वारा उम्मेदवारी फिर्ता >> एकैदिन ९ हजारले बढ्यो सुन, तोलाको ३ लाख नाघ्यो >> वसन्त पञ्चमीको परम्परा र महत्त्व >> वसन्त पञ्चमीको शुभकामना >> घुम्ती बैठक: स्थानीय सरकार जोड्ने सेतु >> एक वर्षमा ५ सय ५९ विरुद्ध मुद्दा >> आज श्रीपञ्चमी, विद्या र सृजनाकी देवी सरस्वतीको पूजा गरिँदै >> लुम्बिनी प्रदेश १७ सय मतदान स्थल, ३४ लाख मतदाता >> प्रदेश छाड्दै सङ्घतर्फ >> नवलपरासी पश्चिम २ मा कांग्रेसबाट भरत थापाको उम्मेदवारी कायम >> कांग्रेस नेता देवेन्द्रराज कँडेलको उम्मेदवारी खारेज >> रुपन्देही २ मा गुरुङको उम्मेदवारी खारेज >> तेस्रो पालडाँडा कपको तयारी पुरा >> कोटाको पर्खालभित्र थुनिएको आधा आकाश >> निपाह भाइरसको जोखिम बढ्दै >> अभिषेक शर्मा बने टी–२० क्रिकेटमा सबैभन्दा छिटो ५ हजार रन बनाउने खेलाडी >> ६ महिनामा धानचामल आयात साढे २० अर्ब रुपैयाँ नाघ्यो >> तीनवटा सेयरमा सर्किट ब्रेक, बजारमा ९ अर्ब रुपैयाँको कारोबार >> अस्ट्रेलियामा फेरि गोली चल्यो, न्यु साउथ वेल्समा ३ जनाको मृत्यु >> प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र फागुनको पहिलो हप्ताभित्र पुर्‍याइने >> शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको नयाँ निर्देशक डा. बास्तोला >> गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने कांग्रेसको तयारी >> कीर्तिपुर क्रिकेट रंगशाला राष्ट्रिय प्राथमिकतामा सूचीकृत >> शुक्रबार र शनिबार मधेसबाहेक देशभर वर्षा तथा हिमपातको सम्भावना >>  मन्त्रिपरिषद् बैठक आज बस्दै >> महिला टी–२० विश्वकप छनोटमा नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित >> सुनको मूल्य आज तोलामा २ हजार ९ सय रुपैयाँले घट्यो >> गगन– शून्यता कि पूर्णता ? >> ‘अब सुस्तावासीको पीडा सम्बोधन गर’  >> टिकट पाउन दल बदल्ने नेता

जाँचबुझ आयोगले बोलायो पूर्वआईजीपी खापुङ र सचिव दुवाडी, आज बयान

२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

काठमाडौँ ।

भदौ २३ र २४ गते जेनजी आन्दोलनमा भएका घटना जाँचबुझ आयोगले बिहीबार पूर्व प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ र पूर्वगृहसचिव गोकर्णमणी दुवाडीसँग बयान लिने भएको छ।

बयानका लागि बुधबार आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्यद्वय विज्ञानराज शर्मा र विश्वेश्वर प्रसाद भण्डारीले प्रस्न तयार गरिसकेका छन्। यसअघि मंगलबार सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालसँग सोधपुछ गरिएको थियो।

खापुङ जेनजी आन्दोलनकाने समयमा नेपाल प्रहरीको महानिरीक्षक थिए। आन्दोलनमा २३ गते प्रहरीले अत्याधिक बल प्रयोग गरेको भन्दै आलोचना भइरहेको छ।

यसअघि खापुङलाई आयोगले २४ घण्टे स्पष्टिकरण समेत सोधेको थियो। आयोग गठन भएको केही दिनमै आयोगले प्रहरीसँग फिल्डमा खटिएका प्रहरीहरुको विवरण माग गरेको थियो। जसको जवाफमा प्रहरीले जवानदेखि आईजीपीसम्म फिल्डमा खटिएको उल्लेख गरेर पठाएका थिए।

त्यसपछि आयोगले अर्को पत्र पठाएको थियो। त्यसको जवाफ लामो समयसम्म नपठाएपछि आयोगलाई असहयोग गरेको भन्दै खापुङलाई २४ घण्टे स्पष्टिकरण नै सोधेको थियो। तर त्यही बिचमा उनले उक्त स्पष्टिकरणको जवाफसँगै आयोगले माग गरेको विवरण पनि पठाएका थिए।

त्यसको केही दिनमै खापुङ कात्तिक २६ गतेबाट अनिवार्य अवकास भएका थिए। अवकासमा गएका खापुङसँग त्यतिबेलाको मारेमा आयोगले सोधपुछ गर्न लागेको हो।

पूर्वगृहसचिव गोकर्णमणी दुवाडीसँग पनि बिहीबार नै बयान लिने भएको छ। जेनजी आन्दोलनको समयमा गृहसचिव रहेका दुवाडीलाई अन्तरिम सरकारले असोज ७ गते सरुवा गरेको थियो। उनलाई गृहसचिवबाट हटाएर राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ। गृहसचिवको जिम्मेवारी रामेश्वर दंगालले पाएका छन्।

दुवाडीलाई पनि जाँचबुझ आयोगले विदेश जान प्रतिबन्ध लगाएको छ। काठमाडौँबाहिर जान पनि प्रतिबन्ध लगाएको थियो। तर यसबिचमा उनी आयोगसँग अनुमति लिएर उपत्यकाबाहिर गएका छन्।
जेनजी आन्दोलनमा दमन गर्न दुवाडीको पनि भूमिका रहेको भन्दै उनलाई पनि आयोगले सुरुमै कडाइ गरेको हो।

बिहीबार दुवाडी र खापुङसँग बयान लिएपछि आयोगले वर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई बोलाउने भएको छ। आन्दोलनको पहिलो दिन मानवस्रोत विभागमा रहेका कार्कीलाई खापुङले २४ गते काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीको प्रमुखमा खटाएका थिए।

आईजीपी कार्कीको बयान यसपछि हुने जाँचबुझ आयोगका प्रवक्ता समेत रहेका पूर्व एआईजी शर्माले बताए। उनका अनुसार त्यसपछि तत्कालीन गृहमन्त्री रमेश लेखकलाई र प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाइने उनको भनाई छ।

पूर्व गृहमन्त्री लेखकले पनि आफूलाई आयोगले अहिलेसम्म कुनै जानकारी नदिएको बताएका छन्। लेखकले भने, ‘अहिलेसम्म मलाई आयोगले मौखिक वा लिखित रुपमा बोलाएको छैन।’

प्रधानमन्त्री ओलीले आयोगमा बयान दिन नजाने बताउँदै आएका छन्। तर लेखकले भने यसअघि नै बयानका लागि तयारी गरिसकेको उनी निकट स्रोतले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?