ट्रेंडिंग:

>> पश्चिम नेपालमा हिउँदे वर्षा र हिमपात >> निर्वाचन प्रहरीः बागलुङमा तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन >> हरिबोल गजुरेलसहित ७ नेता नेकपाबाट निष्कासित >> खलङ्गा स्थित थापागाउँ बसपार्कमा जग्गादाताको सालिक अनावरण >> प्राज्ञिक अनुसन्धान विना समुन्नति असम्भव >> भन्सार प्रक्रिया छिटोछरितो बनाउन व्यवसायीको माग >> जो हैदरावाद हाउसको त्यो दुर्लभ बैठकको प्रत्यक्षदर्शी बने, सय वर्षमा टेक्नै लाग्दा संसार त्याग >> प्रतिनिधि सभाको प्रत्यक्षमा महिला उम्मेदवार: आधा मतदाता, छैन अवसर >> राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सबै तयारी पूरा : निर्वाचन आयोग >> रेश्म चौधरी उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च पुगे >> महावीर पुनलाई स्वतन्त्र उम्मेदवारीमा त्रिभुज चुनाव चिह्न प्रदान >> नेपाली कांग्रेसले गर्‍यो गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय >> केसीले लिएनन् उम्मेदवारी फिर्ता >> महिला तथा बालिका विरुद्धको हिंसा न्यूनीकरणका लागि पालिका स्तरीय ऐन आवश्यक >> देशभर ४९ उम्मेदवारले लिए उम्मेदवारी फिर्ता >> सभापति बनेपछि गगन थापा पहिलोपटक पार्टी कार्यालयमा >> विश्व स्वास्थ्य सङ्गठनबाट अमेरिका औपचारिक रूपमा बाहिरियो >> कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु >> कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ३६ जना कर्मचारी माग्यो >> गोरखा–२ बाट बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता >> रूपन्देही–२ मा राप्रपाकी कार्भिका थापाद्वारा उम्मेदवारी फिर्ता >> एकैदिन ९ हजारले बढ्यो सुन, तोलाको ३ लाख नाघ्यो >> वसन्त पञ्चमीको परम्परा र महत्त्व >> वसन्त पञ्चमीको शुभकामना >> घुम्ती बैठक: स्थानीय सरकार जोड्ने सेतु >> एक वर्षमा ५ सय ५९ विरुद्ध मुद्दा >> आज श्रीपञ्चमी, विद्या र सृजनाकी देवी सरस्वतीको पूजा गरिँदै >> लुम्बिनी प्रदेश १७ सय मतदान स्थल, ३४ लाख मतदाता >> प्रदेश छाड्दै सङ्घतर्फ >> नवलपरासी पश्चिम २ मा कांग्रेसबाट भरत थापाको उम्मेदवारी कायम >> कांग्रेस नेता देवेन्द्रराज कँडेलको उम्मेदवारी खारेज >> रुपन्देही २ मा गुरुङको उम्मेदवारी खारेज >> तेस्रो पालडाँडा कपको तयारी पुरा >> कोटाको पर्खालभित्र थुनिएको आधा आकाश >> निपाह भाइरसको जोखिम बढ्दै >> अभिषेक शर्मा बने टी–२० क्रिकेटमा सबैभन्दा छिटो ५ हजार रन बनाउने खेलाडी >> ६ महिनामा धानचामल आयात साढे २० अर्ब रुपैयाँ नाघ्यो >> तीनवटा सेयरमा सर्किट ब्रेक, बजारमा ९ अर्ब रुपैयाँको कारोबार >> अस्ट्रेलियामा फेरि गोली चल्यो, न्यु साउथ वेल्समा ३ जनाको मृत्यु >> प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र फागुनको पहिलो हप्ताभित्र पुर्‍याइने >> शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको नयाँ निर्देशक डा. बास्तोला >> गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने कांग्रेसको तयारी >> कीर्तिपुर क्रिकेट रंगशाला राष्ट्रिय प्राथमिकतामा सूचीकृत >> शुक्रबार र शनिबार मधेसबाहेक देशभर वर्षा तथा हिमपातको सम्भावना >>  मन्त्रिपरिषद् बैठक आज बस्दै >> महिला टी–२० विश्वकप छनोटमा नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित >> सुनको मूल्य आज तोलामा २ हजार ९ सय रुपैयाँले घट्यो >> गगन– शून्यता कि पूर्णता ? >> ‘अब सुस्तावासीको पीडा सम्बोधन गर’  >> टिकट पाउन दल बदल्ने नेता

काला पहाड बन्दै पर्वत, संरक्षणमा चुनौती 

२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

‘पर्वतका हिम नदी पानी र जीवनको आधार’ भन्ने नाराका साथ आज विश्व पर्वत दिवस मनाईदैछ ।

विश्व पर्वत दिवस मनाउँदै गर्दा हाम्रा पर्वतहरू काला पहाड बन्ने चुनौती बढेको छ । विश्वमा बदलिँदो जलवायु परिवर्तनको असर सोझै हाम्रा हिमाल र पर्वतहरूमा परिरहेका छन् ।

जसका कारण पर्वत अहिलेदेखि नै कालो पहाडको रूपमा देखापरिरहेका छन् । पर्वत बचाउने चुनौती बढ्दै गएको छ । नेपालका पर्वतहरूमा अव हिउँ होइन कि काला पहाड बन्ने खतरा देखिएको छ ।

यो दिवसको नाराले भनेजस्तो पर्वतका हिम नदी पहिले पानी र जीवनको आधार थिए । अहिलेपनि छन तर पानी र जीवनको आधार वनेका पर्वत भोलिको दिनमा त्यो अवस्थामा नरहने हो कि भन्ने चिन्ता बढेको छ ।

तसर्थ अवको दिनमा दिवसकै अवसरमा यो गंभीर विषयमा बहस र छलफल गर्ने समय आएको छ । अव ढिलाई नगरि पर्वत जोगाउने हो भने नेपालले संरक्षणका लागि आवश्यक तयारी सुरु गर्नैपर्दछ ।

हिउँ बिनाका पर्वतमा फेरी हिउँ भरिएको देख्ने अभिलाषा हामी सवैलाई छ । तर, जाडो सुरु भैसक्दा पनि पर्वतमा हिउँ देख्नै नपाईने अवस्था छ । अर्कोतर्फ नेपालमा पटक पटक गैरहने भूकम्पका कारण हाम्रा हिमालहरूको आधार हल्लिएको हुनसक्ने अनुमान गरिएको छ ।

त्यसमाथि जलबायु परिवर्तनको असरले हिमाललाई प्रत्यक्ष प्रभावित गरेका छन् । हिमाली क्षेत्रमा पाइने वन्यजन्तु तथा वनस्पतिहरू लोप हुँदै गएको छ । हिउँ चितुवाको बासस्थान घटदोक्रममा छ ।

सरकारले हिउँचितुवा संरक्षणका लागि गणनाको काम सुरु गर्दैछ तर हिउँ चितुवा समेत घटिरहेको विगतमा देखिएका कारण अव पर्वतमात्रै होइन, त्यहाँ बसोबास गर्ने प्राणीहरूको संरक्षणको जिम्मेवारी लिनुपर्ने आवश्यता छ ।

त्यसो त नेपालले विगतमा भएको कोप सम्मेलनमा हिमाल संरक्षणको कुरा उठाउँदै आएको छ । नेपालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्ना कुरा राखिरहँदा विश्व समुदायको ध्यान नेपालमा आकर्षित हुनु जरुरी छ ।

निश्चितरूपमा बढ्दो जलबायु परिवर्तनको असरबाट हिमाल बचाउनेतर्फ नेपालकोमात्र होइन सारा संसारकै ध्यान जानुपर्ने खाँचो छ । अवको दिनमा नेपालको पर्वतीय पर्यटनको विकास, साहसिक पर्यटनको संरक्षण र प्रवर्धन गर्न थप पर्वत खुलाउने भनिएपनि त्यसको वातावरणमा पर्ने असरका बिषयमा पनि सरकार सचेत बन्नुपर्ने आवश्यकता छ ।

पर्वत दिवस मनाउँदै गर्दा हाम्रा पर्वतमा कुनैपनि प्रकारको असर पर्न दिनु हुँदैन भन्नेतर्फ सचेत बन्नु जरुरी छ ।
विश्वका हिम श्रृंखलाहरू त्यसैपनि अहिले जलबायु परिवर्तनको चुनौतिसंग जुधिरहेको बेला अव विश्वको ध्यान नेपालका हिम श्रृंखला संरक्षणमा जानु जरुरी छ । वास्तवमा पर्वत नेपालको गौरव हो ।

विश्वले नेपाललाई हिमाल र पर्वतको पहिचानको रूपमा चिन्छ । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पाईला टेक्नेपनि नेपाली नै हुन । नेपालीले नेपालका हिम श्रृंखलामा अनेक विश्व रेकर्ड कायम गरेका छन् ।

नेपालीको पहाडसँग वा हिमालसँग वा पर्वतका चुचुरा र बेसीहरूसँग सदियौँदेखिको अन्योन्याश्रित सम्बन्ध छ । हाम्रो जीवन हिमाल र पर्वतसंग जोडिएको छ । नेपालको कूल भूभागको १५ प्रतिशत त हिमाली क्षेत्रले ओगटेको छ ।

त्यसैले पनि हामी विविधतामा धनी छौँ, हिमाली उत्पादनका विषयमा हामीले गर्व गर्न सक्ने थुप्रै विशेषता छन् । हिमाली जडीबुटीमा हामी विश्वमै धनी छौँ । तर यी सवै कुराले सम्पन्न भएपनि जलवायु परिवर्तनको प्रत्यक्ष असर हाम्रो पर्वतमा परेकोले चिन्ता उत्पन्न भएको छ ।

हाम्रा पर्वतलाई पर्वतकै रूपमा रहन दिने हो भने जलवायु परिवर्तनको असरबाट पर्वतलाई कसरी सुरक्षित वनाउन सकिन्छ भन्नेतर्फ अब ध्यान पुग्नु आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?