ट्रेंडिंग:

>> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो
बुटवल कालिका क्याम्पसको अभ्यासः 

स्ववियुको विकल्प दिदै ‘स्टुडेन्ट क्वालिटि सर्कल’

३ चैत्र २०७९, शुक्रबार
३ चैत्र २०७९, शुक्रबार

बुटवल- त्रिभुवन विश्वविश्द्यालय (त्रिवि) को आंगिक क्याम्पसहरुमा १४ वर्षपछि स्ववियु निर्वाचनको चहलपहल छ । विभिन्न क्याम्पसहरुमा निर्वाचन केन्द्रित गतिविधि भइरहँदा बुटवल कालिका क्याम्पसमा भने यसको प्रभाव देखिदैन ।
विद्यार्थीहरु शैक्षिक गतिविधिमा मात्र केन्द्रित छन् । अन्य क्याम्पसमा देखिएको राजनैतिक संघ संगठनको दबदबा भन्दा अलग रहेर यस क्याम्पसले विद्यार्थी केन्द्रित रहेर ‘स्टुडेन्ट क्वालिटि सर्कल’ बनाएको बिबिएस दोस्रो वर्षमा अध्ययनरत छात्र भुवन ज्ञवालीले बताए । उनले भने, ‘विद्यालयमा पहिलादेखि स्टुडेन्ट क्वालिटि सर्कल’ नै छ । अहिले संगठनका प्रतिनिधिहरु आएर मिटिङ पनि भयो, उनले भने, ‘निर्विरोध सहमती गराउने निर्णय भएको छ ।’


अन्य कलेजहरुमा भने यतिबेला को चुनिने भन्ने अन्योलताले घेरिरहेको अवस्थामा कालिका क्याम्पसले भने नयाँ अभ्यासको थालनी गरेको हो । त्यसमा विद्यार्थीहरु पनि खुशि देखिन्छन् । स्ववियुको नाममा शैक्षिक गतिविधिमा कुनै हस्तक्षेप र असर नभएको उनले बताए। उनी भन्छन, ‘अन्य कलेजमा राजनीतिमा संलग्न भएका व्यक्तिलाई मात्र उम्मेद्धवार बनाइन्छ तर यहाँ उत्कृष्ट विद्यार्थीलाई पनि सहभागी गराइन्छ ।’ जसका कारण क्याम्पसको शिक्षा राम्रो हुँदै आएको उनले महसुस गरेका छन् ।
कालिकामा स्ववियुको मर्म बोकको तर अन्य कलेज भन्दा फरक तरिकाले क्याम्पसमा ‘स्टुडेन्ट क्वालिटि सर्कल बनाइएको उनको मत छ ।
स्ववियुको चुनाव विद्यार्थीको कल्याणका लागी गर्नुपर्ने हो। स्ववियुको चुनाव नहुँदा पनि कालिका क्याम्पसमा विद्यार्थी कल्याणका लागी विद्यार्थीको संगठन अर्थात क्याम्पसको अंगको रुपमा ‘स्टुडेन्ट क्वालिटि सर्कल’ विकास गरिएको क्याम्पस प्रमुख घनश्याम पाठकले बताए ।
‘स्टुडेन्ट क्वालिटि सर्कल’ भनेको विद्यार्थीबाट नै आफ्नो प्रतिनिधिहरु छनोट गरेर उनीहरुले विद्यार्थी कल्याणका लागी र क्वालिटिका लागी क्रियाशिल हुन्छन्।
१९ गते त्रिविले विद्यार्थी संगठनले उम्मेदवारी दर्ता गर्ने अन्तिम मिति तोकेको थियो। त्यस दिनमा क्याम्पसको ‘स्टुडेन्ट क्वालिटि सर्कल’ नोमिनेसन कार्यक्रम गरि सबै विद्यार्थी त्यस कार्यक्रममा सहभागी भएको उनले जनाए।
‘स्टुडेन्ट क्वालिटि सर्कल’ले सिकाईको गुणस्तरमा केन्द्रित भएर विभिन्न क्रियाकलाप गर्छन् । यस सर्कलले विद्यार्थीको हक हितसँगै क्याम्पसमा सिकेको सिपलाई व्यवहारीक रुपमा लागु गर्न सकिने कार्यक्रमहरु पनि सञ्चालन गर्छन्।
यो उत्तम विधि, विद्यार्थीको प्रतिनिधित्व र राम्रो उदाहरण पनि रहेको उनको ठम्माई छ।
त्रीविले फागुन १९ गतेसम्म उम्मेदवारी दर्ता गराउने समय दिएको थियो । त्यो समयावधिमा उक्त क्याम्पसको सम्पर्कमा आएका ५ ओटा संगठनका दुई जना प्रतिनिधि (एक छात्र एक छात्रा) छनोट गरिएको छ ।
ति प्रतिनिधिहरु क्याम्पसमा अध्ययन गरेको, नियमित हाजिर भएको, परिक्षामा उत्तिर्ण भएको हुुनुपर्ने सर्तहरु राखिएको उनले जानकारी दिए । १० जना प्रतिनिधि संगठनको तर्फबाट र थप पाँच जना कलेजका टपर विद्यार्थीलाई स्वत ‘स्टुडेन्ट क्वालिटि सर्कल’ मा छनोट हुने मापदण्ड बनाएको उनले बताए ।
‘सर्कलमा छनोट भएका १५ जनाले अध्यक्ष, महासचिव, कोषाध्यक्ष जस्ता जिम्मेवारीको बाँडफाड गर्छन्,’ उनले भने, ‘उनिहरुले नै क्वालिटि सर्कल बनाउँछन्।’
त्यसपश्चात कलेजका सबै विद्यार्थीलाई प्रतिनिधिको रुपमा परिचित गराउने पाठकले जानकारी दिए।
उनले भने, ‘लिडर भनेको पठनपाठनमा पनि प्रतिभाशालि र क्याम्पसको हित चाहने विद्यार्थीहरु क्याम्पसको अंग बनेर आउनुपर्छ भन्ने सर्त राखेर सर्कल बनाइएको छ । जसमा विद्यार्थीहरु सन्तुष्ट छन्।’
कालिकामा ५ गते निर्विरोध सर्कलले नयाँ प्रतिनिधि पाउने उनले बताए । कसले के जिम्मेवारी लिने विद्यार्थीले नै बाँडफाड गर्नेछन्। सबै विद्यार्थीको उपस्थितीमा उनिहरुलाई निर्विरोध घोषणा गरिने उनले जानकारी दिए।
उनीहरुले सञ्चालक समितीको प्रत्येक विद्यार्थी प्रतिनिधि बसेर निर्णय गर्न पाउने गरि व्यवस्थापन गरिने बताए ।
क्याम्पसको यस अभ्यासमा राजनीति गर्ने संघ संगठनहरु आफ्ना गतिविधि गर्न नपाएको असन्तुष्टि होलान् तर हस्तक्षेप गर्न नसकेको उनले जानकारी दिए।
उनका अनुसार भड्किलो तरिकामा निर्वाचन गरेर प्रतिस्पर्धा गरेर, खुकुरी हानाहान गरेर तोडफोड गरेर मात्र स्ववियु बनाउने जुन कल्चर छ त्यसलाई हामीले उल्टाउन खोजेका छौं। एउटा मोडेल बनाउनका लागी यसरी काम सुरु गरेका छौं।
‘सर्कलमा संगठनका प्रतिनिधि पनि हुन्छन्, कलेजका राम्रा र नराम्रा क्रियाकलाप संगठनमा पुग्छ। हामीले विद्यार्थी कल्याणको लागी गर्नुपर्ने काम बाँकि केहि भए पनि प्रतिनिधि मार्फत हामी कहाँ आउँछ,’ उनले भने, ‘यसरी हामीले विद्यार्थी कल्याणको लागी नयाँ र प्रभाबकारी काम गर्न सक्छौं। यसरी विद्यार्थीहरु पनि मोटिभेट भएका छन्।’
क्याम्पस स्थापना भएको नौं वर्षको अवधिमा विद्यार्थी संख्या, कलेजको भौतिक पुर्वाधार र नतिजाको हिसाबले क्याम्पस उत्कृष्ट बन्दै गएको उनको दाबि छ । त्यसका लागी सबैभन्दा ठुलो सहयोग विद्यार्थीको रहेको उनी बताउँछन्।
‘विद्यार्थीले इमान्दार रुपमा सबै क्रियाकलाप गर्छन्। विद्यार्थीका लागी अतिरिक्त तालिममा सञ्चालन गर्ने, शिक्षाको गुणस्तरमा विशेष ध्यान दिएका छन्,’ उनले भने, ‘यस कार्यप्रति विद्यार्थीहरु प्रभावित छन्। यसरी राम्रो काम गरिरहेको अवस्थामा कुनै पनि संगठनले हस्तक्षेप गर्न सकिरहेको छैन।’
स्ववियु क्याम्पस भित्रका विद्यार्थीका लागी आवश्यक पर्ने हो। विद्यार्थीहरुलाई मोटिभेट गर्ने र शैक्षिक क्रियाकलाप सुधार गर्ने अहिलेको भन्दा उत्कृष्ट विकल्प लिएर आए संगठनको बिषयलाई कार्यान्वयन गर्ने तर यदि क्याम्पसले गरिरहेको क्रियाकलापको विकल्प दिन नसक्ने हो भने क्याम्पसको अभ्यासलाई स्विकार्न भनेपछि नयाँ अभ्यास सुरुवात सम्भव उनको दाबि छ ।
आफ्नो देशप्रतिको माया गर्ने, राष्ट्रको बचाउ, शासन पद्धतीलाई राम्रो बनाउने, राजनीतिलाई सफा बनाउने विषयमा विद्यार्थी अथार्त अहिलेको युवा चनाखो हुनुपर्छ।
तर, विगतमा भएको गलत क्रियाकलापलाई छोड्ने र नयाँ सुधारका गतिविधिलाई आत्मसाथ गरियो भने स्ववियुलाई सहि दिशामा लैजान सकिने उनको मत छ।
हतियार लिएर शिक्षण संस्थाभित्र प्रवेश गर्ने, झै झगडा गर्ने, अस्वस्थ्य प्रतिस्पर्धा गर्ने, भौतिक संरचना तोडफोड गर्ने, धम्काउने प्रवृति हिजो पनि देखिन्थ्यो अहिले पनि देखिरहेको छ ।
‘अहिलेको निर्वाचनमा विगतका कुराहरु नदोहोराउने किसिमले व्यवस्थापन गर्नुपथ्र्यो,’ उनले भने, ‘नविनतम सोच लिएर सबै विद्यार्थीलाई सहभागी गराउने हिसाबले सोच बनाउनुपथ्र्यो तयो बन्न सकेन ।’
हिजोकै परम्परालाई यथावत राख्ने हिसाबले जुन कार्यलाई दोहोराउनु अनुचित रहेको भन्दै पाठकले यस विषयमा गम्भिर भएर सोच्ने समयम आएको बताए ।
राजनीति गर्नुपर्छ, जान्नुपर्छ, सिक्नुपर्छ, राष्ट्रको नीति सिद्धान्त, दर्शनका बारेमा विश्वविद्यालयका विद्यार्थीहरु जानकार हुनुपर्छ । तर हिसांत्मक खालका गतिविधि हुँदा शैक्षिक क्षेत्र कहिल्यै राम्रो हुन सक्दैन यसरी स्ववियुको निर्वाचन हुँदा यसको औचित्य पुष्टि नहुने उनको मत छ ।
यस्ता गतिविधिबाट बचाउन कालिकाले नयाँ प्रयत्न गरेकोमा सबै साथ सहयोग प्राप्त गर्यो। अहिले क्याम्पसको संस्थाको हितको लागी काम गरिरहेको यहि नै उपयुक्त विधि रहेको उनको मत छ ।
चार बर्षदेखि यो अभ्यास क्याम्पसमा भइरहेको छ । सर्कलको कार्यकाल दुई बर्षको हुने गरेको छ । यो तेस्रो पटक भएको सर्कलका वर्तमान अध्यक्ष अर्जुन पोखरेलले बताए । उनका अनुसार सर्कलको अध्यक्ष क्याम्पस व्यवस्थापन समितिको सदस्य समेत हुने गरेको छ । सर्कलले कक्षागत रुपमा विद्यार्थीको समस्या संकलन गरेर व्यवस्थापन समिति समक्ष पुर्याउने र सम्बोधन गर्ने गरेको छ । त्यसैगरी टफिक सचेतना, सरसफाई, रक्तदान जस्ता कार्यक्रम आयोजना गर्ने काम समेत सर्कलले गर्ने गरेको पोखरेलले बताए । उनले सर्कल राजनैतिक गतिबिधी भन्दापनि विद्यार्थीको व्यक्तित्व विकासमा लाग्ने गरेको सुनाए ।
स्ववियूले बढी मात्रामा राजनैतिक प्रतिनिधित्व गर्ने, ताला लगाउने, पठन पाठनमा अबरोध गर्ने जस्ता गतिविधि गरेको सुनेकाले ‘स्टुडेन्ट क्वालिटि सर्कल’ फरक अभ्यास र उपयोगी पनि लागेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?