ट्रेंडिंग:

>> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो

विद्यार्थी संगठनले भने–‘स्ववियु निर्वाचनमा बाधा पु-याउदैनौं’

२ चैत्र २०७९, बिहीबार
२ चैत्र २०७९, बिहीबार

बुटवल चैत- जिल्लाका विद्यार्थी संगठनहरुले यहि चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई शान्तिपुर्ण र मर्यादित बनाउने प्रतिबद्धता जनाएका छन् ।
सात वटा विद्यार्थी संगठन तथा समुहहरुका अध्यक्षहरुले ७ बुदे प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै आपसमा आरोप प्रत्यारोप तथा मान, प्रतिष्ठामा आँच पुग्ने गतिविधि नगर्ने र सम्मानजनक व्यबहार गर्ने बताएका हुन ।
चाँदनी नेपाल र सामाजिक परिबर्तन केन्द्रले संयुक्त रुपमा बुटवलमा बुधबार आयोजना गरेको संबाद कार्यक्रममा आफ्ना विचार, घोषणापत्र र एजेण्डा खुल्ला रुपमा मतदाता विद्यार्थी समक्ष राख्ने र बहस गर्ने वातावरणमा अबरोध श्रृजना नगर्ने बताउदै उनीहरुले मतदाताले रोजेको संगठन र उम्मेदवारलाइ मतदान गर्ने हकको संरक्षण र सुनिश्चितताप्रति संवेदनशील रहेको प्रतिबद्धता व्यक्त गरेका हुन ।

अनेरास्वबियुका अध्यक्ष शेषकान्त पोखरेल , नेपाल बिद्यार्थी संघका सभापति सन्दिप पाण्डे , अखिल (क्रान्तिकारी ) का अध्यक्ष कपिल चापागाई , अखिल ( क्रान्तिकारी ) बहुमतका अध्यक्ष पारस राहादी मगर , अखिल छैठौका अध्यक्ष सागर बेल्वासे , अखिल ( क्रान्तिकारी ) बिप्लवका अध्यक्ष पदम पराजुली र राष्ट्रिय स्वतन्त्र विद्यार्थी समुहका अध्यक्ष बरन्यम राज गौतमले हस्ताक्षर गरेको प्रतिबद्धता पत्रमा विद्यार्थी संगठनका उम्मेदवारहरुले आयोजना गरेको सभा, वैठक, भेला जस्ता कार्यक्रमलाइ बिथोल्ने वा वाधा अवरोध पु¥याउने कार्य जिल्लाभरी हुन नदिने उल्लेख गरिएको छ ।

कार्यक्रममा इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख मोहनराज जोशी , राष्ट्रिय मानवअधिकार आयोगको प्रदेश कार्यालयका अधिकृत दिपक ठाकुर , बुटवल बहुमुखी क्याम्पसका प्रमुख डा खिमानन्द न्यौपाने , निर्बाचन अधिकृत कुलानन्द पाण्डे , यज्ञोदय बहुमुखी क्याम्पस फर्साटिकरका प्रमुख टंक पौडेल , निर्बाचन अधिकृत भिमप्रसाद सापकोटा , नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भवानीप्रसाद पाण्डे , संवाद सहजकर्ताहरु हुमराज भुसाल , प्रेम परियार , समिक्षा बलाल लगाएतले बोल्दै स्वबियू निर्बाचनलाई शान्त, भयरहित र निश्पक्ष बनाउनका लागि बिद्यार्थी संगठन , क्याम्पस प्रशासन तथा निर्बाचन समितिको समन्वयात्मक भुमिका महत्वपुर्ण हुने भएकाले संयमता अपनाउदै जिम्मेवारी पुरा गर्नुपर्ने आवश्यकता रहेको बताएका थिए ।

रुपन्देहीका ४ आंगिक र १३ सामुदायिक गरि १७ क्याम्पसमा चैत ५ गते स्वबियु निर्बाचन हुने तयारी भएपनि ७ वटा क्याम्पसमा विद्यार्थी संगठनहरुले तालाबन्दि गरेका कारण निर्वाचन अन्यौलमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?