ट्रेंडिंग:

>> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो
मुख्य खबर

थारु संग्रहालय : निर्माण भएको ४ बर्ष मा सञ्चालन आएन

३ फाल्गुन २०७९, बुधबार
३ फाल्गुन २०७९, बुधबार
चन्द्राैटा(कपिलवस्तु),  फागुन – थारु संग्रहालयकाे निर्माण सम्पन्न भएकाे ४ बर्ष बितिसक्दा समेत सञ्चालनमा आउन सकेकाे छैन । जिल्लाकाे विजयनगर गाउँपालिका-२, लाेहराैलामा रहेकाे संग्रहालय सञ्चालनमा आउन नसकेकाे स्थानीयले गुनासो गरेका छन् ।
२०७६ सालमा स्थापना गरिएको संग्रहालय अहिलेसम्म सञ्चालनमा आउन सकेकाे छैन । सिंगाे थारु समुदायकाे अस्तित्वसँग जाेडिएकाे संग्रहालय ३७ लाखकाे लागतमा निर्माण गरिएकाे भएपनि बेवास्ता गरिएको पाइएकाे छ । गाउँका अगुवा (बरघर) अगुवा रुद्र नारायण थारुले संग्रहालय सञ्चालनका लागि पटकपटक वडा, गाउँपालिका लगायत कार्यालयमा पहल गरेपनि चाँसाे नदिएको बताए ।
संग्राहलयकाे सबै संरचना निर्माण हुँदा पनि सञ्चालनमा आउन नसकेकाे उनले गुनासो पाेखे । थारुले संग्रहालय सञ्चालनमा आउन नसक्दा आन्तरिक पर्यटन भित्र्याउन र प्रचारप्रसारलाई तीव्रता दिन नसकेकाे रुद्रले जिकिर गरे । पर्यटन भित्र्याउन सके आर्थिक वृद्धि र राेजगारकाे समेत सिर्जना हुने उनकाे भनाइ छ । उक्त संग्राहलयले थारुकाे पहिचानसँग जाेडिएकाेले संरक्षणमा गर्न आवश्यक रहेकाे समेत थारुले जिकिर गरे ।
यस्तै पूर्व अगुवा (बरघर) कृष्णबहादुर थारुले लाखौं रकम खर्चिएर निर्माण भएकाे थारु संग्रहालय छिट्टै सञ्चालनमा ल्याउन आग्रह गरे । अन्य समुदायभन्दा थारु समुदायकाे बेग्लै पहिचान रहेकाेले ऐतिहासिक सामग्री संकलन गरि नयाँ पुस्तालाई सहज हुने बताए । पछिल्लो समय लाेपहुँदै गएकाे गहना गुरिया, हस्तकला ढकिया, पाेशाक, डेहरी, पाैवा र संस्कृति परम्परागत रहनसहन लगायत सामग्री बचाउन सके देशकै शिर उच्च रहने उनले जनाए ।
यता गाउँपालिका उपाध्यक्ष लक्ष्मीकुमारी चाैधरीले आफूले गाउँबासीलाई संरक्षण समिति गठन गर्न पटकपटक अनुराेध गरेकाे बताइन् । संग्रहालय सञ्चालनका लागि गाउँपालिका र प्रदेश सरकारसँगसमेत पहल गरेकाे उनले जनाइन् ।
संग्रहालय सञ्चालन गर्न समिति गठन हुन नसक्दा बजेट विनियोजन नभएकाे बताउँदै सम्बन्धित निकायमा पहल गरिरहेको चाैधरीले दावी गरिन् । थारु जातिको पहिचान झल्किने ऐतिहासिक पुर्खाैली सामग्री संकलन गरेर संग्रहालयमा राख्दा पर्यटकीय गन्तव्य बन्ने संभावना देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?