ट्रेंडिंग:

>> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो
फ्रन्ट पेज

वनस्पति अनुसन्धान केन्द्रलाई किसान रिझाउन धौं धौं

अनुसन्धान केन्द्रले आफुले उत्पादन गरेको तेजपातका तीन हजार ५०० विरुवा निःशुल्क रुपमा वितरण गरिसकेको छ । जडिबुटिका विरुवा उत्पादन गर्दै आएको वनस्पति अनुसन्धान केन्द्रको नर्सरिमा हाल १५ हजार ५०० विरुवा संचित छन् ।
१ फाल्गुन २०७९, सोमबार
१ फाल्गुन २०७९, सोमबार

सल्यान,  माघ – राम्रोसंग फस्टाउन सक्ने भएपनि सोँचे अनुसार तेजपात (दालचिनी) को खेति विस्तार हुन सकेको छैन । यहाँको सामुदायीक, राष्ट्रिय वन तथा नीजि आवादीमा समेत खेती हुन सक्ने संभावन भएपनि किसानहरु व्यवसायीक रुपमा खेति गरिरहेका छैनन् । वनस्पति अनुसन्धान केन्द्र सल्यानले तेजपातको खेती प्रविधिबारे समेत किसानहरुलाई जानकारी गराउँदै वर्षेनी विरुवा उत्पादन गर्दै आएको छ । यस्तै डिभिजन वन कार्यालय सल्यानले पनि यसका विरुवा उत्पादन र वितरण गर्दै आएको छ ।

वनस्पति अनुसन्धान केन्द्र सल्यानका प्रमुख डा. मित्रलाल पाठकले तेजपात खेती प्रति कृषकहरुको आकर्षण बढेको पाइएपनि अपेक्षा गरे अनुरुप खेती विस्तार हुन नसकेको बताउँछन् । ‘सामुदायिक वन, कवुलियत वन तथा निजी जग्गामा यसको खेतीको शुरुआत हुन थालेको छ, तर यसको विस्तार र व्यवसायीकरणमा सरोकारवालाले ध्यान पुर्याउन जरुरी छ,’ उनले भने । चालु आर्थिक वर्षको हाल सम्म अनुसन्धान केन्द्रले आफुले उत्पादन गरेको तेजपातका तीन हजार ५०० विरुवा निःशुल्क रुपमा वितरण गरिसकेको जनाएको छ । विभिन्न जडिबुटिका विरुवा उत्पादन गर्दै आएको वनस्पति अनुसन्धान केन्द्रको नर्सरिमा हाल १५ हजार ५०० विरुवा संचित छन् ।

यस्तै डिभिजन वन कार्यालय सल्यानले पनि तेजपात लगाएत जडिबुटि खेती विस्तारका लागि नर्सरीमा विरुवा उत्पादन, वितरण तथा वृक्षारोपण जस्ता कार्य गर्दै आएको जनाएको छ । कार्यालयका सूचना अधिकारी सहायक वन अधिकृत चन्द्र गुरुङले जिल्लामा हाल राष्ट्रिय वनमा तेजपात रहेको उल्लेख गर्दै निजि किसानहरुको पनि यसतर्फ चासो बढ्दै गएकाले विस्तारै जिल्लाबाट पनिठूलो परिमाणमा तेजपात निकासी हुने अपेक्षा व्यक्त गरे । उनका अनुसार चालु आर्थिक वर्ष २०७९।०८० को लागि जिल्लाभर ३१ हजार किलो तेजपात संकलन अनुमति दिइएकोमा हालसम्म ११ हजार किलो निकासी भइसकेको बताए ।

जडिबुटि संकलन तथा विक्रिका लागि इजाजत प्राप्त फर्मलाई कार्यालयले संकलन अनुमति दिने गरेको छ । कार्यालयले तेजपात निकासीका लागि प्रतिकिलो ३ रुपैयाँको दरले राजस्व उठाउने गर्छ । सहायक वनअधिकृत गुरुङले तेजपात संकलन अघि नै संकलन गर्ने फर्मले सतप्रतिशत राजस्व बुझाउनुपर्ने व्यवस्था अनुसार ९३ हजार राजस्व संकलन भइसकेको जानकारी दिए । वन कार्यालयले गत वर्ष १० हजार तेजपातका विरुवा उत्पादन गरेको थियो भने आगामी जेठ असार सम्म यो वर्ष कति विरुवा उत्पादन हुन्छ भन्ने थाहा हुने जनाएको छ ।

४५० मिटर देखि दुई हजार ५०० मि. सम्म को उचाईमा रहेको स्थानमा पूर्व मध्य र पश्चिम नेपालमा पाइने तेजपात चुरे तथा महाभारतीय पर्वत श्रृखलाको पतझड तथा अर्धपतझड वन क्षेत्रमा उत्तर र पश्चिम चिसो तथा छहारी परेको स्थानमा राम्रो फष्टाउने गरेको वनस्पति अनुसन्धान केन्द्रले जनाएको छ । बारीका छेउं, खोला खोल्सी तथा कमसल खालको माटो भएको र पहिरो जानसक्ने खतरा भएको ठाउंमा पनि तेजपात खेती गर्न सकिने भएकाले यसबाट लाभ लिन सकिने प्रसस्त सम्भावना रहेको अनुसन्धान केन्द्रका प्रमुख डाक्टर पाठक बताउँछन् ।

यस्तो छ तेजपातको उपयोगिताः

यसको पात र वोक्रा लाई मसलाको रुपमा प्रयोग गरिन्छ । मसलाको रुपमा तेजपातलाई तरकारी, मासु, पुलाउ आदिमा प्रयोग गरिन्छ । अनुसन्धान केन्द्रका अनुसार पातवाट र वोक्रावाट सुगनिधत तेल निकालिन्छ भने तेललाई औषधी वाहेक ससेज, अचार, केक जस्ता खाद्य पदार्थ, पेय पदार्थ र सुर्तीमा स्वाद एवम् वासनादार वनाउन प्रयोग गरिन्छ । यसको पातलाइ वायुशमन गर्न, पेट दुखेको कम गर्न, उत्तेजना वढाउन, वाकवाकी लागेको वेला रोक्न, आउँ परेमा, पेट गडवढी भएमा तथा यसको तेल दांत दुखे र मुख गन्हाउने रोगको औषधीको रुपमा समेत प्रयोग गरिन्छ । वोक्रालाई पानीमा उमालेर पिउनाले पखाला रोक्ने गर्दछ । दालचिनी वोक्रा आयुर्वेदिक औषधी वनाउन प्रयोग गरिन्छ भने यसको सुगन्धित तेल दांतको औषधी वनाउन सकिन्छ । यसको तेलमा ढुसी अवरोधक र एन्टीडाइवेटिक तत्व पनि पाईने वनस्पति अनुसन्धान केन्द्रले प्रकाशित गरेको पुस्तकमा उल्लेख छ ।

तेजपातको खेती विस्तार संगै पुरानो तरिकाको खेती प्रविधी, संकलन, भण्डारण एवं वजारीकरणको प्रकृयालाई बदल्नुपर्ने विज्ञहरु बताउँछन् । विशेषगरी संकलन गर्दा बोट नै काटेर संकलन गर्ने ,पात काट्दा ठुला ठुला हांगा काटेर नोक्सान पु¥याउने ,जथाभावी गर्ने भएको हुनाले यसको दिगो संरक्षणका लागि ध्यानपुर्याउन आवश्यक छ । तेजपात खेतीको वैज्ञानिक प्रविधिलाई जनस्तर सम्म पु¥याई यसको वढ्दो मागलाई पुरा गर्न सामुदायिक वन र निजी खेतवारीमा व्यावसायिक ढंगले खेती गर्न प्रोत्साहन गर्नु पर्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?