© २०२३
बजेट अभावले विगत एक दशकदेखि सञ्चालनमा रहेका खानेपानी आयोजनाहरू सम्पन्न गर्नका लागि तिन अर्ब भन्दा बढि रकम आवश्यक रहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले जनाएको छ । डिभिजन कार्यालय खारेज भए पनि यो कार्यालय प्रदेश सरकारको ईकाई कार्यालयको रूपमा रहने र बेलामै सबै योजना सम्पन्न गर्ने कार्यका लागि तिन सो रकम आवश्यक रहेको कार्यालयका प्राविधिकहरूले बताएका हुन् । कार्यालय अन्तरगत अहिलेसम्म अधुरो योजना २४ वटा रहेका छन् । कार्यालय खारेज भई सकेको अवस्था र नयाँ कार्यालयको रूपमा नयाँ कुनै परिपत्र आई नसकेको अवस्थामा ति आयोजनाको भविष्य पनि अन्यौलमा रहेको कार्यालयका इन्जिनियर प्रदिप रेग्मीले बताए । कार्यालय खारेजीले दुई दर्जन खानेपानी आयोजनाको भविष्य अन्यौलमा छ, उनले भने, बजेट कहिले र कहाँबाट आउने, खर्च कसरी गर्नेबारे पनि अन्यौलता छ । त्यो भएर आयोजनाको काम अन्यौलमा पर्नु स्वभाविक हो । उनका अनुसार बजेट आए यही बर्ष पनि आधा दर्जन खानेपानी आयोजनाले पानी आपुर्ति शुरु गथ्र्यो । बोरिगँ र ओभर हेड ट्यांकी समेत निर्माण भई सकेका छन् । विद्युत जडान भई आयोजनाको कार्यालय भवन समेत बनि सकेको अवस्था छ ।
बजेट प्राप्त र कार्यालयको सुनिश्चिता भए प्रतापपुर गाउपालिका भित्र गुठीप्रसौनी खानेपानी आयोजना सुनवल नगरपालिका भित्र लोकेश्वर खानेपानी आयोजना,रामनगर खानेपानी आयोजना,रामग्राम नगरपालिका ४ स्थित बैरिहवा खानेपानी आयोजना,सरावल गाउपालिका भित्रको बाँसा खानेपानी आयोजना र पाल्हीनन्दन गाउपालिका भित्रको बेलासपुर खानेपानी आयोजनाबाट यही बर्ष पिउने पानी आपुर्ति गर्ने लक्ष्य रहेको छ । त्यसै गरि अलि प्रयाप्त मात्रामा बजेट आए ओभरहेड निर्माणाधिन रहेको रामग्रामको सुकौली खानेपानी आयोजना, सुनवलको पाथभैया खानेपानी आयोजना,सुस्ता गाउपालिकाको कुडिया खानेपानी आयोजना, वर्दघाट नगरपालिकाको कर्मैया खानेपानी आयोजना,,रामग्राम कै घनश्यामपुर खानेपानी आयोजना र सरावल गाउपालिका भित्रको बडहरादुबौलिया खानेपानी आयोजनाबाट पनि पानी सप्लाई गर्न सक्ने अवस्था रहेको इन्जिनियर रेग्मीले जनाए ।
अहिलेसम्म बोरिगँ भएको तर ओभरहेड निर्माणको कार्य हुन नसकेको आयोजना मध्ये पाल्हीनन्दन गाउपािलकाको सनई खानेपानी आयोजना, सरावल गाउपािलकाको भुजहवा खानेपानी आयोजना, प्रतापपुर गाउपालिकाको गुठीसुर्यपुरा खानेपानी आयोजना, रामग्राम नगरपालिकाको देवगाव खानोपनी आयोजना, सुस्ता गाउँपालिकाको नर्सही खानेपानी आयोजना र पकलिहवा खानेपानी आयोजना रहेका छन् । त्यसै गरि सर्वेक्षण भई काम शुभारम्भ भएका आयोजनामा पाल्ही नन्दन गाउँपालिकाकै पाल्ही खानेपानी आयोजना र गेर्मी खानेपानी आयोजना, रामग्राम नगरपालिकाको जमुवाड खानेपानी आयोजना, सुनवल नगरपालिकाको दुर्गाटोल खानेपानी आयोजना र सिबनी खानेपानी आयोजना रहेको छ । बोरिंग गर्ने कार्य अगाडी बढाएका यि आयोजना पछिल्लो समय मात्र सञ्चालन गर्न लागिएको इन्जिनियर रेग्मीले जनाए । एक करोड देखी २० करोड लागतका यि आयोजना सम्पन्न गर्नका लागि तिन अर्ब भन्दा बढि रकम आवश्यक छ । जिल्लामा एउटा आयोजना सम्पन्न गर्नका लागि १२ बर्षसम्म पनि प्रतिक्षा गर्ने उदाहरण रहेका छन् । आयोजन सम्पन्न गर्नका लागि प्रयाप्त बजेट नआउदा आयोजनाको लागत समेत बढने गरेको छ, इन्जिनियर रेग्मीले भने, बेलामै स्वच्छ खानेपानी पिउन पाउने जनताको अधिकारबाट बन्चित हुन परेको छ । सरकारले बेलामै ध्यान दिन आवश्यक रहेको उनले बताए । à