© २०२३
देवदह उद्योग वाणिज्य संघ रुपन्देहीको चौथो साधरण सभा तथा दोश्रो अधिवेशनमा निर्वाचित कार्यसमितिहरु पदस्थापन कार्यक्रममा बोल्दै व्यापार व्यवसायीहरुको स्तरबद्धिको लागि बेला–बेलामा तालिम, गोष्ठी सेमिनार लगायतका कार्यहरु संचालन गर्नुपर्नेमा जोड दिनुपर्ने बताए । संस्थाका अध्यक्ष गोपाल ढकाल, देवदह नगरपालिका प्रमुख हिराबहादुर खत्री, नेपाली कांगे्रस जिल्ला सदस्य बासुदेव रिमाल, देवदह वडा नं ६ का वडा अध्यक्ष दामोदर क्षेत्री, कामधेनु गौशलाका रामचन्द्र पाण्डे, नेपाली कांगे्रस नगर सचिव अर्जुन पोखरेल, तरुण दल नगर अध्यक्ष मोहन जिसी, लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा निर्वाचन मण्डलका अध्यक्ष यमलाल भट्टराईले नवनिर्वाचित संघका पदाधिकारीहरुलाई सफत ग्रहण गराएका थिए । उद्योग वाणिज्य संघ रुपन्देहीको चौथो साधरण सभा तथा दोश्रो अधिवेशनमा पुन गोपालप्रसाद ढकालकै संयोजकत्वमा १५ सदस्यीय नयाँ कार्यसमितिहरु चयन भएका छन् । जसको उपाध्यक्षमा प्रमोद खनाल, मिना श्रेष्ठ, महासचिवमा हरि भण्डारी, सचिवमा अजय भण्डारी, कोषाध्यक्षमा सन्तोषनारायण श्रेष्ठ रहेका छन् । त्यसैगरी सदस्यहरुमा कृष्ण शाही, दिपेन्द्र बराल, बिष्णु पोखरेल, रमेश गैरे, ताज मोहम्बत, पुजा ढुङ्गाना, चोलीमाया राना, सुमन राना, विष्णु न्यौपाने रहेका छन् । त्यसैगरी दुर्गानारायण डुम्रेको संयोजकत्वमा ३ सदस्यीय सल्लाहकार समिति सदस्यहरु चयन गरेको छ । जसको सदस्यहरुमा गोपीकृष्ण तिवारी र दिपेश अर्याल रहेका छन् ।