© २०२३
राप्ती क्रेसर तथा बालुवा उद्योग व्यबसायी संघको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रममा नेपाल क्रसर तथा खानि उद्योग महासंघका केन्द्रिय अध्यक्ष उमेश शेरचनले संघमा एकता जरुरी रहेको बताए । संघमा एकता रहे कुनै पनि शक्तिले आफूहरूको संगठनलाई दबाउन नसक्ने बताउँदै एकआपसमा मिलेर काम गर्नुपर्ने बताए ।
कार्यक्रममा ५ नं. प्रदेश सभासद फकरुद्दीन खान, नेपाल क्रेसर तथा खानी उद्योग महासंघका केन्द्रिय सचिब चन्द्रमणि अधिकारी, नेपाल क्रेसर तथा खानि उद्योग महासंघ प्रदेश नं. ५ का अध्यक्ष गोपाल ज्ञवाली, राप्ति पोस्टका सम्पादक सरद अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।संघको तदर्थ समितिलाई प्रथम साधारण सभाबाट बैधानिकता दिँदै अध्यक्ष पदमा मीन बहादुर शाही, महासचिबमा अनोद कुमार देवकोटा, वरिष्ठ उपाध्यक्षमा शंकरनाथ योगी, उपाध्यक्षमा लब नरसिङ अधिकारी, कोषाध्यक्षमा दुर्गा जि.एम, सदस्यहरूमा लोकेन्द्र बि.सि., सन्जात धिताल, धनसिङ थापा, बिदुर कार्की, सागर मरासिनी, कपिल देव खनाल, सल्लाहकारहरूमा राम प्रसाद पोख्रेल, भरत प्रसाद रेग्मी, मनोज बुढाथोकी मोनोनित भएको महासचिबमा अनोद कुमार देवकोटाले जानकारी दिए ।