© २०२३
डि.एल.टी ट्रेडर्स बुटवल कालिकानगरले सबै प्रकारका गाडिहरूमा लाग्ने एपोलो कम्पनी काईजन ब्राण्डका टायरहरूको विक्रि विरण सुरु गरेको छ । भारतीय कम्पनी एपोलो कम्पनीका हेभी टिप्पर, लरी ट्रक र बसमा लाग्ने टायरहरूको विक्रि वितरण सुरु गरेको हो । सेवाको शुभारम्भ गर्दै कम्पनीका कन्ट्रिहेड अभिषेक श्रीवास्तवले अन्य टायरको तुलनामा मजबुद र टिकाउ रहेको बताए ।
तीन वर्षे वारेन्टी समेत रहेको टायर ४० देखि ५० हजार किलोमिटर गुड्ने श्रीवास्तवले जानकारी दिए । कार्यक्रममा एपोलोको आधिकारीक विक्रेता राठी गु्रप, पल्लवी इन्टरप्राईजेजका संचालक श्याम राठीले १०००÷२० तथा १८ र १६ प्लाईका साईजका टायर र त्यसको माईलेज बढाउनका लागि माईलेज कम्पाउण्ड राखिएको बताए ।
शुभारम्भ कार्यक्रममा पश्चिमाञ्चल यातायात ब्यवसायि समितिका बरिष्ठ उपाध्यक्ष यमप्रसाद पाण्डे, राष्ट्रिय यातायात उद्यमशिल मजदुर भलाई कोषका अध्यक्ष मोहन भुषाल, पल्लबी ईन्टरप्राईजेजका जिएम अरूण वियानी लगायतले एपोलो काईजनका टायर मजबुद रहेको भन्दै शुभकामना मन्तब्य दिए । डि.एल.टी ट्रेडर्सका संचालक टोपेन्द्र घिमिरेको स्वागत तथा दिपक अधिकारीको संचालनमा कार्यक्रम भएको थियो ।