© २०२३
दुई तिहाईको स्थिर सरकार जनताप्रति उत्तरदायी नभएको खानेपानी तथा सरसफाई पूर्वराज्यमन्त्री अब्दुल रज्जाकले बताएका छन् । देवदह उद्योग बाणिज्य संघले आयोजना गरेको चौथो साधरण सभा तथा दोश्रो अधिवेशलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । रज्जाकले अहिलेको सरकारले उत्पादनमा बृद्धि गरेर मुलुकलाई आत्मनिर्भर गराउनको सट्टामा उद्योगी व्यवसायीलाई मर्का पर्ने काम मात्र भएको बताए । सिंहदरबारको अधिकार जनताको घर–घरमा पु¥याउने सपना सपनामै सिमित रहेको बताउँदै ७ सय ४४ स्थानिय सरकार अस्तव्यस्तको अवस्थामा पुगेको बताए कार्यक्रममा उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य भिमबहादुर क्षेत्रीले स्थानिय सरकारले ल्याएको नितीलाई सफल तुल्याउन नसके समृद्धिको सपना पुरा नहुने बताए उनले स्थानिय सरकारका माग पुरा गर्न कर देखि कोही डराउन नहुने उल्लेख गरे ।
सुनवल नगरपालिकाका प्रमुख समेत रहेका क्षेत्रीले देवदह नगरपालिका समृद्ध बोकेको क्षेत्र भएकाले बुद्धको सर्किट संग जोडेर पर्यटनको विकासलाई जोड दिनुपर्ने बताए । त्यसैगरी देवदह नगरपालिकाका प्रमुख हिराबहादुर खत्रीले देवदह नगरपालिकाले करको दायरा बढाउदा व्यापारीहरूको छाता संगठनहरू संग मिलेर बढाएको बताए ।
कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष गोपालप्रसाद ढकालले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै खुल्ला सिमानाका कारण भन्सार छली गरी ल्याइने समानहरू राज्यले नियन्त्रण गर्न नसक्दा उद्योगी व्यवसायीहरू मर्कामा परेको उल्लेख गरे । उनले राज्यका बिभिन्न निकायबाट लिइने कर तथा दस्तुरहरू मनोमानी ढङ्गले लिदा उद्योगी व्यवसायी करकोे दोहोरो समस्यामा परेको बताए । कार्यक्रममा नेपाल भारत मैत्री संघका बासुदेव रिमाल, नेपाल कम्युष्टि पार्टीका ऋषिराम सापकोटा, नेपाली कांग्रेसका नगर सभापति गुनाखर भुर्तेल, देवदह व्यापार संघका अध्यक्ष कोषबहादुर गुरुङ्ग, देवदह उद्योग व्यापार संगठनका अध्यक्ष गोविन्द ठडराई, देवदह आर्दश बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख जयकिशन अधिकारी, सामुदायिक बिद्यालयका दुर्गादत्त शर्मा, देवदह खानेपानीका कार्यवहाक अध्यक्ष मिनादेवि रिमाल, देवदह साकोसका कोषाध्यक्ष डिल्लीराज मरासिनी, संस्थाका उपाध्यक्ष मिना श्रेष्ठ, महासचिव प्रमोद खनाल लगायतले बोल्दै उद्योगी व्यवसायहरू फस्टाउने काम मात्र नगरी गुणस्तरिय समानहरूलाई प्रवद्र्धन गर्नतर्फ लाग्नुपर्ने बताएका थिए । à